Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पल शाहको मुद्दा फैसलाको पूर्णपाठ: नाबालिका र पिताले नै `हाेइन´ भनेपछि दाेषी भन्न मिलेन

शाहका यौनजन्य अवशेष नभेटिएको आधार देखाउँदै सफाइ !

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 July 17 मा प्रकाशित
पल शाहको मुद्दा फैसलाको पूर्णपाठ: नाबालिका र पिताले नै `हाेइन´ भनेपछि दाेषी भन्न मिलेन
ShareTweetSend
  • लामो समयपछि जाहेरी पर्नुलाई सोच विचार गरी जाहेरी दिएको भन्न मिल्छ
  • मुद्दा सर्वोच्च अदालततिर सोझियाे 

नायक पल शाहमाथि लागेको अभियोगमा उच्च अदालत पाेखराले सफाइ दिएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । उच्च अदालत पोखराले पललाई फागुन १४ गते सफाइ दिएको थियो । २०७८ फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका पल ठिक एक वर्षपछि फागुन १५ गते नै रिहा भएका थिए ।

जबरजस्ती करणी मुद्दामा पीडित नै सर्वश्रेष्ठ प्रमाण हुने र उनले जबरजस्ती करणी नभएको बताएकाले पललाई दोषी करार गर्न नसकिएको पूर्णपाठमा उल्लेख छ ।

उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पीडित बालिकाको शरीर तथा कपडामा पल शाहका यौनजन्य अवशेष नभेटिएको भन्ने आधार देखाउँदै उनलाई बलात्कार अभियोगबाट सफाइ दिएको छ। पीडितले सोचविचार गरेर जाहेरी दिएको पनि बताएको छ।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । पललाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपुर जिल्ला अदालतले भने बाल यौन दुरुपयोगमा साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यसविरुद्ध पहलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्चले नवलपुर अदालतको फैसलालाई उल्ट्याउँदै सफाइ दिएको थियो ।

‘सामान्यतया जबरजस्ती करणीको वारदातमा प्रत्यक्षदर्शी हुँदैनन्। जबरजस्ती करणी भएको भन्ने वारदातमा पीडितले प्रतिकार गरेको र कसैले सुनेको, तत्काल वा वारदात भनिएको भोलिपल्ट वा जति सक्दो छिटो पीडितले कसैलाई भनेको आधारमा खुलाउन सक्ने व्यक्ति पीडित वा पीडकको कपडा वा वीर्य वा कुनै यौनजन्य तरल पदार्थ वा रौंहरू वा शरीरमा लागेका चोटपटकहरू जस्ता प्रत्यक्ष एवं वस्तुगत प्रमाण हुन सक्दछन्। प्रस्तुत मुद्दामा भएको वारदात स्थल वा सो वारदातको कारणले सिर्जित अवस्थामा उल्लिखित प्रमाणहरूको अभाव रहेको छ,’ फैसलामा लेखिएको छ।

‘निज निर्दाेष छन् भन्ने समेत बेहोराबाट बकपत्रमा गरेको देखिन्छ । यसरी जो व्यक्ति पीडित भयो भनी जाहेरी दरखास्त परेको छ र आफू जबरजस्ती करणीको वारदातमा परि पीडित भएको भनी मौकामा कागज गर्दछिन् उनै व्यक्तिले अदालतमा उपस्थित भई आफू पीडित होइन, मेरो बुवाले अरुको उक्साहटमा जाहेरी दिएको र प्रतिवादीबाट कुनै प्रकारको यौन दुरुपयोग नभएको भनी सुरु अदालतमै व्यस्क जाहेरवाला निज पीडित कै पिता र नाबालिकाले बकपत्र गरेको स्थितिमा अभियोग दावी बमोजिमको जबरजस्ती करणीको वारदात भएको भन्न मिल्ने देखिएन,’ आदेशको पूर्णपाठमा भनिएको छ ।

पीडितले आफू सुतिरहेको कोठामा प्रतिवादी प्रवेश नगरेको र करणी नगरेको बकपत्रले समेत जवरजस्ती करणीको दोषी भन्न नमिल्ने उल्लेख छ । ‘नवलपुर जिल्ला अदालत समक्ष उपस्थित भई पीडितले बकपत्र गर्दा रात म गैंडाकोट रिसोर्टमा रिसोर्टकी मालिकको छोरी सामिया जिसिसँगै सुतेकी हूँ । म सुतिरहेको कोठामा प्रतिवादी प्रवेश गरेकै होइनन् र मलाई करणी गरेकै होइनन् भनेकी छन् । यसैगरी मिडियामा नराम्रा कुराहरु आएकोले त्यसलाई सहन नसकी मेरो बुवाले जाहेरी दरखास्त दिनु भएको हो । म खेलाडी पनि हूँ र साइकल चढ्ने समेत गर्दछु । प्रतिवादीले मलाई विवाहको विश्वास देखाई वा प्रेमको बहाना गरी मेरो कोठामा प्रवेश गरी करणी नै गरेका होइनन्,’ आदेशमा भनिएको छ ।

पीडित र उनका बुबाले पनि उक्साहटमा जाहेरी गरेको बताएको, अन्य प्रमाणहरु पनि नमिलेको देखिँदा नवलपुर जिल्ला अदालतबाट भएको फैसला पनि मिलेको नदेखिएको उल्लेख छ ।

जबरजस्ती करणीसहितको यौन दुव्र्यवहार नभएको भनी बकपत्र गरेकी, जाहेरवालालसमेत आफ्नै जाहेरीको व्यहोरालाई अस्वीकार गरी प्रतिवादी कसूरदार होइनन् भनेकाले पनि पललाई सफाइ दिइएको फैसलामा उल्लेख छ । बलात्कारको मुद्दामा बाल यौन दुर्व्यवहारमा जरिवाना, क्षतिपूर्तीसहित कैद सजाय गर्ने नवलपुर अदालतको फैसला नै मिलेको नदेखिएको पूर्णपाठमा लेखिएको छ ।

‘२ वर्ष ६ महिनाको कैद सजाय तथा रु. २५०००।– (पच्चिस हजार रुपैयाँ जरिवाना हुने र परिवर्तित नाम २०७८ गैडाकोट ५ (क) ले प्रतिवादीबाट रु.१०,००,०००।– (दश लाख रुपैयाँ क्षतिपूर्ती वापत भराई पाउने ठहय¥याएको सुरु नवलपुर जिल्ला अदालतको मिति २०७९/५/२१ को फैसला उल्लिखित आधार र कारणहरुबाट मिलेको देखिएन,’ उच्च अदालत पोखराको फैसलामा भनिएको छ ।

बलात्कार भएकै छैन भनी अदालतमै जाहरेवाला बुवाकै रोहवरमा पीडितले बकपत्र गरेकी थिइन् । पल शाह र पीडित भनिएकी नाबालिक बाग्लुङ, तनहूँ हुँदै गैंडाकोट सौराहा समेतका स्थानहरुमा सुटिङका क्रममा जाँदा बलात्कार भएको जाहेरी परेको थियो ।

घटना विवरण, विभिन्न व्यक्तिहरुको बयान र पीडितले नै मोबाइलमा म्यासेज गरेर माफी मागेको पाइएको फैसलामा उल्लेख छ । २०७८/५/१५ गतेका दिन परिवर्तित नाम २०७८ गैडाकोट ५ (क) ले प्रतिवादीलाई ‘हामीलाई थाहा छ, हामीबीच त्यस्तो केही भएन, यसबीच तिमीलाई परेको दुःखका लागि माफी माग्न चाहान्छु’ भन्ने समेत बेहोराबाट प्रतिवादीको मोबाइलमा म्यासेज गरेको देखिएको फैसलामा भनिएको छ ।

पोलिग्राफ परीक्षण गर्दा प्रतिवादीको प्रस्तुति अवस्था ठिक रहेको भन्ने प्रतिवेदनबाट देखिएको र अनुसन्धानको क्रममा संकलन भएका परिवर्तित नाम २०७८ गैडाकोट ५ (क) र प्रतिवादीका बीचको सम्वाद (अडियो) को विश्वसनियता शंकारहित प्रमाण एवं अन्य वस्तुनिष्ठ प्रमाणबाट समर्पित हुन नसकेको आधार र प्रमाणहरुबाट पललाई सफाइ दिइएको फैसलामा लेखिएको छ ।

यता, नाबालिगले पनि सार्वजनिक सञ्चार माध्यमबाट आफूमाथि मार्नेसम्मको धम्की आएको र मुद्दामा आफू गलत नभएको बताएकी छन्। अदालतले शाहलाई सफाइ दिने फैसलापछि पनि नाबालिगले एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै माया लागेर बयान फेरिदिएको बताएकी थिइन्। तर उनले मुद्दामा आफू गलत नभएको बताएकी छन्।

शाहलाई सफाइ दिँदा नाबालिगका तर्फबाट पेश भएको अडिओ संवादलाई भने अदालतले पत्याएको छैन। फोनमा बोलिएको अडिओ राष्ट्रिय विधिविज्ञान प्रयोगशालाले प्रमाणित गरेको उच्च सरकारी वकिलको कार्यालयले जनाएको छ। प्रमाणका रुपमा पेश गरिएको अडियोको आंशिक तथ्यलाई पल शाहले स्वीकार गरे पनि पीडितले नै इन्कार गरेकी थिइन् ।

अडियोमा शाहले भनेका थिए– ‘यसमा चाही के छ भनेसी यो यति ठूलो डिसिजन, पर्छ नै भन्ने छैन किनभने ऊ प्रेग्नेन्ट भाको भए… मैले गर्दा प्रेगनेन्ट भएको भए .. समस्या भएको वा बच्चा भएको भए कुरा मिल्यो, बिहे गर्ने, स्वीकार्ने कि नस्वीकार्ने, अब गर्लफ्रेण्ड व्बोइफ्रेण्डमा अरूको बाहिर हेर्नुस्…. अब अहिले यही छ….. कान्छी गर्लफ्रेण्डमा अन्डरस्ट्यान्डिङ हिसाबमा हुँदा पनि लाष्टमा स्विकार्नै पर्छ विवाह गर्नैपर्छ….।’

उक्त संवादमा नाबालिगले होस्टाइल बयान दिँदा ‘फिल्म रिहर्सल’का लागि बोलिएको संवाद भनेकी थिइन्। उक्त संवाद सुन्दा २, ३ जना पुरुषको स्वर सुनिएको र फरक फरक व्यक्तिले नाबालिगलाई मुद्दा दिन सिकाएको फैसलामा उल्लेख गरेको छ।

‘पीडित भनिएकी युवतीलाई पल शाहले स्विकार गर्नुपर्ने अन्यथा पल शाहलाई फिल्म क्षेत्रबाटै बाहिर निकाली झोला बोकाएर दाङतिर पठाउने र यसका लागि पछिसम्म युवतीलाई सहयोग गर्न उनीहरू तयार रहेको भन्ने व्यहोरासमेत देखिन्छ,’ फैसलामा उल्लेख छ।

संचारमाध्यममा सार्वजनिक उक्त संवादमा भने अदालतले फैसलामा लेखे जस्तो शाहलाई फिल्म क्षेत्रबाट बाहिर निकाली झोला बोकाएर दाङतिर पठाउने विषय उल्लेख छैन। फैसलाले भने अडियो संवादको समग्रता अभियोग पत्रमा नखुलेको भन्दै आंशिक वाक्यांशहरु उद्धरण गरिएको जनाएको छ।

मुद्दा सर्वोच्च अदालततिर सोझियाे 

नवलपुर जिल्ला अदालतको फैसलाको पुनरावेदनमा उच्च अदालतले शाहलाई सफाइ दिएपछि मुद्दा सर्वोच्च अदालततिर सोझिएको छ।

मुद्दा सर्वोच्च अदालत लैजान सोमबार महान्यायाधिवक्ताको कार्यालयमा फाइल पठाएको उपन्यायाधिवक्ता रामप्रसाद अधिकारीले बताए। उच्च अदालतको फैसला चित्त नबुझेर सर्वोच्च जान सिफारिस गरेको उनले बताए ।

‘हामीलाई उच्च अदालतको फैसला चित्त नबुझेर सर्वोच्च अदालत जान महान्यायाधिवक्ताको कार्यालयमा फाइल पठाएका छौं,’ उनले भने, ‘सर्वोच्चबाट कसुर ठहर भयो भने प्रतिवादी शाह कारागार चलान हुन्छन् ।’

यस्तो छ आदेशको पूर्णपाठः

Paul Case_high_7_605057

के थियाे घटना ? 

एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेकाे थियाे । गत फागुन ११ गते नाबालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

शाह र नाबालिगको भेटघाट पहिलो पटक २०७७ असोज २२ गते काठमाडौंमा एउटा म्युजिक भिडिओ सुटिङमा भएको थियो । त्यही बेला शाहले नाबालिगसँग मोबाइल नम्बर र फेसबुक आइडी मागेका थिए । नाबालिगको जाहेरी अनुसार त्यसपछि शाहले बारम्बार भेट्ने, प्रेम र विवाहको आश्वासन दिएका थिए ।

शाह र नाबालिग २०७७ चैत ३१ गते बागलुङको गलकोट महोत्सवमा एउटै गाडीमा गई फकर्ने क्रममा बाल यौन दुरूपयोग गरेको नाबालिगले उल्लेख गरेकी थिइन्।

त्यसपछि पोखराबाट ०७८ वैशाख पोखराबाट सँगसँगै काठमाडौं जादा तनहुँको शुक्लागण्डकी ४ दुलेगौडामा शाहले आफ्ना चिनजानका प्रदीप थापाको घरमा लगेर बलात्कार गरेको उल्लेख गरेकी थिइन्।

 ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा जाहेरी दिएकी थिइन् ।

त्यसपछि फरार पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए । त्यसअघि मुद्दाको थुनछेक बहसमा जिल्ला अदालत तनहुँले २०७८ चैत १० मा र जिल्ला अदालत नवलपुरले चैत २३ गते पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो ।  शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।

नवलपुरको गैडाकोटमा २०७७ चैतमा सुटिङमा जाँदा शाहले मदिरा सेवन गरेर बलात्कार गरेको भन्दै नाबालिगले ननवलपुरमा जाहेरी दिएकी थिइन्। त्यतिबेला सुटिङमा नाबालिगलाई १ दिनका लागि भनेर ५ दिन राखेका थिए । शाह मदिरासेवन गरी नाबालिग सुतेको कोठामा मध्यरात छिरेर दुइपटक बलात्कार गरेको जाहेरीमा नाबालिगले उल्लेख गरेकी थिइन्।

शाहले बकपत्रमा मध्यरात मदिरा सेवन गरेर नाबालिगको कोठामा गएको बकपत्रमा स्विकार गरेका थिए। तर उनले बलात्कार अस्वीकार गर्दै आएका छन्। तनहुँ जिल्ला अदालतले पहिलो पटक कारागार पठाउँदा जारी थुनछेक आदेशमा शाह ‘मध्यरात नाबालिगको कोठामा छिर्नुको औचित्य सावित हुन नसकेको’ बताएको थियो। नाबालिगले होस्टाइल बकपत्रमा शाह आफू सुतेको कोठामा प्रवेशै नगरेको बताएकी थिइन्।

पललाई नाबालिकामाथि बाल यौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । शाहलाई जबर्जस्ती करणीको मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा माघ १२ गते पुनरावेदन दिएको थियो ।

आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध पल गत कात्तिक २५ गते उच्च अदालत पोखरा अाएका थिए । नाबालिका बलात्कारको आरोपमा पललाई जिल्ला अदालत तनहुँले भने माघ ३ गते सफाइ दिएको थियो । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको थियो ।

विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरेको, मध्य रातमा पीडितको कोठामा गएको स्वीकार गरेको र गर्भवती भएमात्र स्वीकार्छु भन्ने पीडकको अडियोलाई आधार मानेर अदालतले अभियोग पुष्टि हुने थुप्रै आधार देखिएको भन्दै शाहलाई थुनामै राखेर अनुसन्धानअगाडि बढाउन आदेश गरेको थियो । त्यसविरुद्ध शाहका वकिलले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । यसबीचमा पीडितले बयान फेरेकी थिइन् । उनले पीडकले जबरजस्ती करणी नगरेको र आवेशमा आएर जाहेरी दिएको बयान दिएकी थिइन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ
अपराध/सुरक्षा

स्वास्थ्य केन्द्र तोडफोड गर्ने युवक पक्राउ

by राम बहादुर रोकाहा
2025 August 26 मा प्रकाशित
फरार तीन चेक अनादर मुद्दाका दोषी पक्राउ, अदालतमा पेश
गण्डकी क्षेत्र

फैसला कार्यान्वयनमा कडाइ: फरार कसूरदार पक्राउ, जरिवाना असुली

by राम बहादुर रोकाहा
2025 August 26 मा प्रकाशित
वालिङमा शिक्षण सबलीकरण कार्यक्रम: शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाको नमुना पहल
गण्डकी क्षेत्र

वालिङमा शिक्षण सबलीकरण कार्यक्रम: शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाको नमुना पहल

by राम बहादुर रोकाहा
2025 August 26 मा प्रकाशित
स्याङ्जामा बस चेकजाँचमा लागू औषधसहित दुई युवक पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा बस चेकजाँचमा लागू औषधसहित दुई युवक पक्राउ

by राम बहादुर रोकाहा
2025 August 25 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ
अपराध/सुरक्षा

वालिङ कुटपिट प्रकरण : प्रहरीले अनुसन्धान तीव्र बनायो, थप छ जना पक्राउ

by राम बहादुर रोकाहा
2025 August 25 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ
अपराध/सुरक्षा

स्याङ्जामा यात्रु र सहचालकमाथि कुटपिट: दुईजना पक्राउ

by राम बहादुर रोकाहा
2025 August 24 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ

स्वास्थ्य केन्द्र तोडफोड गर्ने युवक पक्राउ

2025 August 26 मा प्रकाशित
फरार तीन चेक अनादर मुद्दाका दोषी पक्राउ, अदालतमा पेश

फैसला कार्यान्वयनमा कडाइ: फरार कसूरदार पक्राउ, जरिवाना असुली

2025 August 26 मा प्रकाशित
वालिङमा शिक्षण सबलीकरण कार्यक्रम: शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाको नमुना पहल

वालिङमा शिक्षण सबलीकरण कार्यक्रम: शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाको नमुना पहल

2025 August 26 मा प्रकाशित
स्याङ्जामा बस चेकजाँचमा लागू औषधसहित दुई युवक पक्राउ

स्याङ्जामा बस चेकजाँचमा लागू औषधसहित दुई युवक पक्राउ

2025 August 25 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ

वालिङ कुटपिट प्रकरण : प्रहरीले अनुसन्धान तीव्र बनायो, थप छ जना पक्राउ

2025 August 25 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews