Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

६ महिनामा दुई पाइलट गुमाएपछि शाेकमा रूपा

कमल र सीबी दुवै अनुभवी र सिनियर

गण्डकी न्यूज गण्डकी न्यूज
2023 July 12 मा प्रकाशित
६ महिनामा दुई पाइलट गुमाएपछि शाेकमा रूपा
ShareTweetSend

पोखरा । कास्कीको रुपा गाउँपालिका यतिबेला शोकमा छ । गाउँपालिकामा जन्मिएका दुई सिनियर पाइलटलाई ६ महिना अन्तरमै हवाई दुर्घटनामा गुमाउनुपर्दा गाउँबासी शोकमा छन् ।

हिजो मंगलबार सोलुखुम्बुमाम भएको हेलिकप्टर दुर्घटनामा सिनियर पाइलट चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन नागरिकले ज्यान गुमाए । गत माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा सिनियर पाइलट कमल केसी लगायत ७२ जनाको निधन भएको थियो ।

६ महिनाको अवधिमै दुई होनहार पाइलटलाई गुमाउनुपर्दा रुपा गाउँपालिका शोकमा डुबेको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।

अनुभवी सिनियर पाइलट थिए गुरुङ

हिजो दुर्घटनामा परेको मनाङ एयरका पाइलट गुरुङ रुपा गाउँपालिका वडा नं. ६, मोहोरियामा जन्मेका थिए ।

५५ वर्षीय गुरूङ अनुभवी पाइलट थिए । उनी सन् २०१४ देखि मनाङ एयरमा आवद्ध थिए। गुरुङ सिनियर पाइलट रहेकाले उनलाई कुनै पनि गन्तव्यमा उडानका लागि रोकतोक थिएन । मनाङ एयरमा गुरूङ फ्लाइट सेफ्टीका प्रमुख पनि थिए।

त्यसअघि सन् १९९७/९८ देखि उनी निरन्तर उडानमा थिए। मनाङ एयरमा आउनु भन्दा पहिले गुरूङ एमआइसेभेन्टिन हेलिकप्टर, गोर्खा एरलाइन्स, श्री एयरलाइन्सका हेलिप्टर उडाउँथे । सात हजार घण्टा उडेका उनी सोलुमा अस्ताउन पुगे ।

श्री एयरलाइन्समा हुँदा गुरूङले विदेशी उडान समेत गरे । रुसदेखि अफगानिस्तासम्म उनी पुगेका थिए । उनी चार वर्षअघि समिट एयरको विमानले मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिँदा बाँच्न सफल भएको समेत न्यौपानेले खुलाए । २०७६ वैशाख १ गते लुक्ला विमानस्थलमा समिट एयरको जहाजले मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा समिट एयरका को-पाइलट सुदीप ढुंगाना, पर्यटक प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो । उक्त दुर्घटनामा परी समिट एयरका क्याप्टेन आर.बी. रोकाया र मनाङ एयरका क्याप्टेन गुरुङ घाइते भएका थिए । गुरुङको खुट्टामा चोट लागेको थियो । ३/४ महिना रेस्ट गरेर फिट भई पुनः फ्लाइट गरिरहेका थिए ।

गुरुङ काठमाडौंको भैसेपाटीमा बस्दै आएका थिए। नेपालमा उनी एक्लै बस्दै आएका थिए। उनको परिवारका अरू सदस्य अहिले बेलायतमा छन्। उनका श्रीमती र एक छोरी छन् ।

गुरुङका दाजुभाइ छन् । हेलिकप्टर दुर्घटनामा उनको निधनको खबर पाएपछि आफन्त सोमबार नै काठमाडौं पुगेका छन् । पाइलट गुरुङलाई गत वर्ष रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसमा ‘रुपा रत्न’ बाट समेत सम्मान गरेको थियो ।

अवकाशको समय अवसान भए पाइलट कमल केसी

यति एयरलाइन्सका अनुभवी पाइलट कमल केसी नेपाली आकाशमा उडान भर्ने पाइलटमध्ये अनुभवी थिए । केसीको जन्म २०१९ सालमा रुपा गाउँपालिका वडा नं. ३, पोल्याङमा भएको थियो ।

हाल पोखरा महानगरपालिका–३, तेर्सापट्टीमा उनको घर छ । तर, अधिकांश समय उनी काममै हुने भएकाले परिवारसहित काठमाडौं बस्दै आएका थिए ।

६० वर्षीय केसी अमेरिकाबाट पाइलट पढेर आएर २०४६ सालदेखि निरन्तर नेपाली आकाशमा विमान उडाइरहेका थिए । उनी पाइलटका प्रशिक्षक पनि थिए ।

कमलले अमेरिकामा पढाइ पूरा गरेर आएपछि केही समय नेपाल एअरलाइन्सको विमान उडाए । बीचमा एक वर्ष भारतको बैंगलोरमा ‘इन्डियन एअरलाइन्स’ को विमान पनि चलाएका थिए । तर, पछि नेपाल फर्किएर यती एअरलाइन्ससँग जोडिएका थिए ।

दुर्घटनाको एक हप्ताअघि मात्रै थाइल्यान्डमा पाइलटहरुलाई प्रशिक्षण दिएर केसी नेपाल फर्किएका थिए । ६५ वर्ष उमेर हद भए पनि उनी अर्को वर्ष अवकाश लिएर परिवारलाई समय दिने योजनामा थिए तर पोखराको खोँचमा खसेर अस्ताए । परिवारको जेठो सदस्य रहेका कमल पाइलट बन्दा माइलो भाइ इन्जिनियर र कान्छो डाक्टर छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
Breaking 1

बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

by राम बहादुर रोकाहा
2026 May 21 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु
Breaking 2

स्याङ्जाका पालिकामा बेरुजु घट्यो, अझै १३ करोडभन्दा बढी हिसाब मिलेन

by राम बहादुर रोकाहा
2026 May 21 मा प्रकाशित
सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ
Main News 1

सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ

by राम बहादुर रोकाहा
2026 May 21 मा प्रकाशित
पाँच–दस मिनेटमै नागरिकता, स्याङ्जा प्रशासनको नयाँ प्रणालीले घटायो लाइन र भनसुन
Breaking 2

पाँच–दस मिनेटमै नागरिकता, स्याङ्जा प्रशासनको नयाँ प्रणालीले घटायो लाइन र भनसुन

by राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
खेलकुद

गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि

by राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित
वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी
Main News 1

वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी

by राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

2026 May 21 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

स्याङ्जाका पालिकामा बेरुजु घट्यो, अझै १३ करोडभन्दा बढी हिसाब मिलेन

2026 May 21 मा प्रकाशित
सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ

सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ

2026 May 21 मा प्रकाशित
पाँच–दस मिनेटमै नागरिकता, स्याङ्जा प्रशासनको नयाँ प्रणालीले घटायो लाइन र भनसुन

पाँच–दस मिनेटमै नागरिकता, स्याङ्जा प्रशासनको नयाँ प्रणालीले घटायो लाइन र भनसुन

2026 May 20 मा प्रकाशित
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि

गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि

2026 May 20 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews