Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराको वडा नं. २१ वा ३३ मा ल्याण्डफिल साइट सार्ने तयारीमा महानगर

वडा नं. १७ मा सेग्रिगेशन सेन्टर

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
पोखराको वडा नं. २१ वा ३३ मा ल्याण्डफिल साइट सार्ने तयारीमा महानगर
ShareTweetSend

पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरणले अंग्रेजी नयाँ वर्ष २०२३ को जनवरी १ बाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि प्राधिकरणले मंसिर १४ गतेदेखि परीक्षण उडान गर्ने तयारीसमेत गरिसकेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार मंसिर १४ गतेदेखि एक सातासम्म विमानस्थलमा एरो थाईको जहाजले यान्त्रिक उडान गर्नेछ । तर, विमानस्थल सञ्चालनको मूख्य समस्याको रुपमा देखिएको ल्याण्डफिल साइटबारे पोखरा महानगरले हालसम्म निर्णय गर्न सकेको छैन । ल्याण्डफिल साइट नयाँ स्थानमा स्थानान्तरण नगर्ने बेलासम्म विमानस्थल सञ्चालनमा ल्याउन सम्भव छैन ।

प्राधिकरणले पोखरा महानगरपालिकालाई बारम्बार पत्र काटेर ल्याण्डफिल साइटबारे निर्णय गर्न ताकेता गरेको छ । यसैको दबाबमा परेका पोखराका मेयर धनराज आचार्यले भित्री रुपमा ल्याण्डफिल साइट सार्ने तयारी गरेका छन् । उनले यसका लागि पोखराको वडा नंं. २१, ३३, २२ र १७ लाई जोड दिँदै तयारी थालेका छन् । यसमध्ये पनि कास्कीको पोखरा वडा नं. २१ र स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ५ सीमानामा पर्ने बक्रेक नजिकै ल्याण्डफिल साइट स्थापनाको लागि जोडबल गरिएको छ । जसका लागि पोखरा महानगरपालिका र पुतलीबजार नगरपालिकाका प्रमुखसहितको बैठक बसी दुई पक्षीय सहमति गरी समितिसमेत गठन भइसकेको छ ।

पोखरातर्फ वडा नं. २१ को केही भूभाग र पुतलीबजार वडा नं. ५ तर्फको मूख्य जमिन क्षेत्र रहने गरी स्थानीयसँग जग्गाको विषयमा छलफल गरी प्रक्रिया अघि बढाउन ७ सदस्यीय समिति गठन भएको पुतलीबजारका मेयर तुल्सीराम रेग्मीले जानकारी दिए । पुतलीबजार ५ का वडाध्यक्ष अर्जुनबहादुर कार्की संयोजक रहेको समितिमा पोखरा वडा नं. २१ का अध्यक्ष दीपकप्रसाद सुवेदी, कृस्तिका पूर्व गाविस अध्यक्ष पूर्णबहादुर थापा, पोखरा महानगरपालिकाका ईञ्जिनियर नेत्र तिमिल्सिना, पुतलीबजारका ईञ्जिनियर गोविन्द दोरङ्गा, सदस्यसचिव धनप्रसाद कोइराला र जग्गाधनी शेरबहादुर शाही (कृष्ण) रहेका छन् ।

समितिले चुनाव लगत्तै कामकारबाही अघि बढाउने गरी छलफल टुंगिएको मेयर रेग्मीले जानकारी दिए । यता, समितिका सदस्यसमेत रहेका पोखरा २१ का अध्यक्ष दीपकप्रसाद सुवेदीले भने समिति बनेपनि उक्त स्थानमा ल्याण्डफिल साइट बनाउने विषय जटिल रहेको बताए । ‘स्थानीयबासीको सहमति र सर्वपक्षीय छलफल विना पोखरा २१ लाई डम्पिङ साइट बनाउन दिनेछैनौँ ।’– सुवेदीले भने ।

वडा नं. २१ मा ल्याण्डफिल साइट बनाउन नदिने भए समितिमा किन बस्नुभयो त ? भन्ने प्रश्नमा सुवेदीले भने – ‘दुई वटै पालिकाबाट समिति बनाउने विषयमा टुंगो लागिसकेको रहेछ । मलाई फोन गरेर बोलाउनुभयो । कार्यपालिका सदस्य भएकाले मेयरको प्रस्तावलाई हुन्न भन्न मिलेन । यो छलफलकै विषय हो ।’

जुनसुकै मूल्यमा पनि ल्याण्डफिल साइटको लागि विकल्प तयार पार्नुपर्ने बाध्यतामा रहेका पोखराका मेयर आचार्य भने केही गरी पोखरा २१ मा सहमति नजुटेमा तनहूँको सीमा क्षेत्र पर्ने गरी पोखराको वडा नं. ३३ मा ल्याण्डफिल साइट बनाउने तयारीमा छन् । त्यसका लागि ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई उनले ठाउँ खोज्न र सहमतिको वातावरण तयार गर्न भनिसकेका छन् ।

यस विषयमा बुझ्दा वडाध्यक्ष अधिकारीले भने – ‘मेयरसाबले विकल्पको रुपमा धेरै ठाउँमा हेर्नुभएको छ । हिजो अस्ति २२ तिर पनि हेर्नुभयो । २१ र ३३ मा पनि छलफल भएको हो । ३३ भित्रका पनि चार पाँच ठाउँमा हेर्ने कार्य भएको छ । हालसम्म डाँडा क्षेत्रका २ ठाउँ, गैह्राको डम्फे भन्ने ठाउँमा हेरिएको छ । तल्लो ठाउँको जग्गा उपयुक्त देखिएको छैन ।

हाल केन्द्रित गरिएका वडामध्ये जुनसुकैमा पनि ल्याण्डफिल साइट रहन सक्ने बताउँदै वडाध्यक्ष अधिकारीले ३३ मा आउने भए स्थानियको सहमतिमै हुने गरी पहिले जस्तो नभई व्यवस्थित र नयाँ प्रविधियुक्त बनाइने उल्लेख गरे ।

उता, पोखरा वडा नं. २२ का अध्यक्ष हिमलाल बरालले २२ मा सम्भाव्यता अध्ययनका लागि भन्दै महानगरबाट मेयरसहितको टोली आएकाले आफू पनि सहभागी भएको प्रतिक्रिया दिए । यसबारेमा वडा नं. २२ मा थप केही कार्य अघि नबढेको उनले स्पष्ट पारे ।

सहभागीबाट प्राप्त तस्वीर

वडा नं. १७ मा फोहोरको वर्गिकरण गरेर ल्याण्डफिल साइटमा लग्ने योजनामा मेयर

मेयर धनराज आचार्य भने जुनसुकै ठाउँमा ल्याण्डफिल साइट तयार पारिएपनि फोहोरलाई साइटमा लैजानुपूर्व वर्गीकरण गरेर लैजाने योजनामा रहेका छन् । त्यसका लागि पोखरा वडा नं. १७ लाई उनले उपयुक्त ठाउँ ठानेका छन् । सो बारेमा मेयर आचार्यले वडाध्यक्ष राधिका शाही योगीसमक्ष प्रस्तावसमेत राखेका छन् ।

मेयर आचार्यले फोहोर वर्गिकरणका लागि वडाको पावरहाउस क्षेत्रमा सेग्रिगेशन सेन्टर स्थापना गर्नको लागि आफूसँग सोधेको वडाध्यक्ष शाहीले बताईन् । त्यसबाहेक पनि खाली ठाउँहरु भएमा सम्भावना खोज्नको लागि मेयर आचार्यले आफूलाई भनेको भएपनि पोखरा १७ मा त्यस्तो ठाउँ नरहेको भनी जवाफ दिएको वडाध्यक्ष शाहीले बताईन् । वडाध्यक्ष शाहीले १७ मै फोहोर वर्गिकरण गर्ने आन्तरिक रणनीतिमा मेयर रहेको देखिएको उल्लेख गरिन् ।

यस विषयमा पोखराका मेयर आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट समयमै व्यवसायिक उडान गराउन पहल गर्ने सबैको दायित्व रहेको भन्दै ल्याण्डफिल साइटको विषय पनि छिट्टै टुंगो लाग्ने प्रतिक्रिया दिए । ‘हामी अहिले चुनावको मुखमा छौँ । ल्याण्डफिल साइटको लागि उपयुक्त स्थान खोज्ने कार्य भइरहेको छ । कुन स्थान भन्नेबारेमा ५/६ गतेमा औपचारिक रुपमा बाहिर आउनेछ ।’ – आचार्यले भने– ‘अहिले यसबारेमा बोल्दा चुनावी फण्डामात्र हुन्छ । यो बारे जे हो त्यही त्यतिबेला नै सार्वजनिक गर्नेछौँ ।’

मेयर आचार्यले ल्याण्डफिल साइटकै कारण विमानस्थल सञ्चालनमा अवरोध नआउने जिकिर गरे ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पञ्चकन्या माविलाई खुमा फाउण्डेसनको कम्प्युटर सहयोग
गण्डकी क्षेत्र

पञ्चकन्या माविलाई खुमा फाउण्डेसनको कम्प्युटर सहयोग

by राम बहादुर रोकाहा
2026 January 2 मा प्रकाशित
निःशुल्क शल्यक्रियाले वृद्धवृद्धाको आँखामा उज्यालो
गण्डकी क्षेत्र

निःशुल्क शल्यक्रियाले वृद्धवृद्धाको आँखामा उज्यालो

by राम बहादुर रोकाहा
2026 January 2 मा प्रकाशित
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जा प्रहरीको सक्रियता : जडीबुटी, अवैध उत्खनन र फरार कसूरदारमाथि एकैसाथ कारबाही

by राम बहादुर रोकाहा
2025 December 31 मा प्रकाशित
करिब ८० हजार रुपैयाँ बराबरको अवैध खाद्यवस्तु बरामद
गण्डकी क्षेत्र

करिब ८० हजार रुपैयाँ बराबरको अवैध खाद्यवस्तु बरामद

by राम बहादुर रोकाहा
2025 December 31 मा प्रकाशित
भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते
गण्डकी क्षेत्र

भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते

by राम बहादुर रोकाहा
2025 December 30 मा प्रकाशित
माघ १४ देखि नवौं संस्करणको वालिङ् महोत्सव हुने
Breaking 2

ऐतिहासिक आँधीखोलाको किनारमा माघ १४ देखि नवौं संस्करणको वालिङ महोत्सव

by राम बहादुर रोकाहा
2025 December 30 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पञ्चकन्या माविलाई खुमा फाउण्डेसनको कम्प्युटर सहयोग

पञ्चकन्या माविलाई खुमा फाउण्डेसनको कम्प्युटर सहयोग

2026 January 2 मा प्रकाशित
निःशुल्क शल्यक्रियाले वृद्धवृद्धाको आँखामा उज्यालो

निःशुल्क शल्यक्रियाले वृद्धवृद्धाको आँखामा उज्यालो

2026 January 2 मा प्रकाशित
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

स्याङ्जा प्रहरीको सक्रियता : जडीबुटी, अवैध उत्खनन र फरार कसूरदारमाथि एकैसाथ कारबाही

2025 December 31 मा प्रकाशित
करिब ८० हजार रुपैयाँ बराबरको अवैध खाद्यवस्तु बरामद

करिब ८० हजार रुपैयाँ बराबरको अवैध खाद्यवस्तु बरामद

2025 December 31 मा प्रकाशित
भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते

भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते

2025 December 30 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews