Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराको बाग्लुङ बसपार्कबाट ४ युवकले यसरी उठाए आमालाई औषधि किन्न गएकी बालिका

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
पोखराको बाग्लुङ बसपार्कबाट ४ युवकले यसरी उठाए आमालाई औषधि किन्न गएकी बालिका
ShareTweetSend

पोखरा । घटना मंगलबार सबेरै हो । पोखरा महानगरपालिका वडा नं. २, बागलुङ बसपार्क नजिकै सहारा हस्पिटल अगाडि एक १४ वर्षकी बालिका उभिइरहेकी थिइन् । बिहान साढे ६ बजेतिरको समय थियो । स्थानिय ति बालिका आफ्नी आमाको लागि औषधि किन्न आएकी थिइन् । उनी औषधि किनेर बाहिर सडक छेउ निस्किइन् । चार जना युवकहरु ग १ च ७७४५ नम्बरको निलो कारमा आए ।

कारमा थिए – कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नं. १० घान्द्रुक घर भई हाल अन्नपूर्ण वडा नं. ३, काँडे बस्ने २४ वर्षीय कपिल गुरुङ, अन्नपूर्ण ३ काँडेकै २२ वर्षीय योगेश थकाली, माछापुच्छ्रे ७ धम्पुस घर भई अन्नपूर्ण ३ काँडे नै बस्ने १९ वर्षीय पुकार गुरुङ र काँडेकै १८ वर्षीय शुशल गुरुङ ।

उनीहरुले बालिकालाई देखे । एक होटलमा लगेर मोज गर्ने कुविचार जाग्यो । बालिका नजिकै गए । ‘बहिनी हामी टाढाबाट आएको । पोखरामा कहिँ होटल चिनेका छैनौँ । तिमीलाई थाहा छ कुनै होटल ? यता हैन, लेकसाइडतिर ।’ उनीहरुले पालैसँग बालिकलाई आग्रह गरे । बालिकाले आफूले नदेखेको भन्दै तर्किइन् । तर उनीहरु अगाडि बढेनन् । ‘आउ बस । तिमी कता जाने हो पु¥याइदिन्छौँ । होटल देखाइदेउ । आउन बस । डर नमान न ।’ भनेर बालिकालाई कारमा राखे ।

बालिकालाई बीचमा राखेर उनीहरु सिधै लेकसाइड हानिए । डिहिकोपाटन स्थित ‘होली शिव होटल’ अगाडि पुगे । बालिकाले ‘होटल यहीँ छ’ भनिन् । कारबाटै नओर्ली युवकहरुले ‘यो होटल त हेर्दै ठीक लागेन अर्को होटल हेरौं’ भनेर कार अघि बढाए । पोखरा ६ लेकसाइड खहरेको बंगलादी डाँडामा रहेको ‘नेचर कनेक्शन होटल’मा पु¥याए । होटलसम्मै गाडी नजाने भएकाले केही मिटर तलै रोकेर हिँडेर चारै जना गए । सकेसम्म होटलवालालाई अपहरण गरी ल्याएको थाहा नपाउने गरी होटलको रुम लिने उपाय निकाले । कोठा नं. २०३ बुक गरे ।

कोठामा योगेश थकालीले ति बालिकालाई लगे । ३ जना माथि टपमा गएर भ्यू हेर्दै बसे । उनीहरुले पालैसँग शारिरीक सम्पर्क राख्ने योजना बनाएका थिए । योगेशले बालिकालाई जबर्जस्ती गर्न सुरु गर्न थाले । आफ्नो कपडा खोले । बालिकाले प्रतिकार गरिन् । डराएर माथि तीन जना युवकहरु भएको ठाउँमा उक्लिन् । उनले आफूमाथि भएको हर्कतबारे जानकारी गराउँदै घर पु¥याउन आग्रह गरिन् । कपिल गुरुङले ‘ए त्यसले यस्तो पो गर्यो । ल हिँड घर लगिदिन्छु’ भनेर तल झारे । पुनः तल कोठामा लगे । कपिलले दुव्र्यवहार गर्न थाले । बालिका पुनः उम्कन सफल भइन् । सिधै तल रिसेप्सनिष्टमा पुगिन् । उनले फोन गर्न खोज्दा ल्याण्डलाइन छैन भनियो । किचनको रुमबाट म्युजिक बजिरहेको सुनिन् । र, त्यहीँ पुगेर चार्जमा राखेको मोबाइलबाट आफ्नो बुबालाई फोन गरी आफू होटलमा रहेको र तुरुन्त आउन भनिन् । त्यसपछि बुबाले प्रहरीलाई खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुग्यो । प्रहरीकहाँ सूचना पुगेको थाहा भएपछि पर्वततिर भागेका उनीहरुलाई पोखरा १८ लामागाउँबाट प्रहरीले कारसहित पक्राउ गरेको हो ।

कास्की प्रहरीले घटनाको मोटामोटी जानकारी बुधबार साँझ पत्रकारहरुलाई गरायो । अहिले चार जनालाई नै अपहरण तथा शरिर बन्धक र करणी सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । चार जना मध्ये दुई जना योगेश र कपिल सशरीर जबर्जस्ती करणी प्रयासमा सामेल छन् । अन्य दुई जना किशोरहरु सुशल र पुकार यौन क्रियामा संलग्न हुन पाएनन् । यद्यपी, उनीहरु चारै जनाको मनसाय बालिकालाई बलात्कार गर्ने नै थियो ।

गोप्य श्रोतको सहयोगमा घटना विवरण बुझेपछि डिएसपी हमाललाई घटनाबारे जानकारी माग्यौँ । उनले भने– ‘रेप केस हो । आरोपी र स्थान बाहेक पीडितका नाम ठेगाना सबै गोप्य राख्नुपर्छ । त्यसैले भन्न मिल्नेजति सूचना जारी गरिसक्यौँ ।’

‘होटल सञ्चालकसँग के भयो ?’ भन्ने प्रश्नमा हमालले भनेः ‘घटनापछि अनुसन्धानका लागि सञ्चालकलाई हामीले ल्यायौँ । प्रारम्भिक बयानमा उहाँ संलग्न भएको देखिएन । आवश्यक परेको खण्डमा उपस्थित हुने गरी तारेखमा छाडेका छौं ।’

नेचर कनेक्शन होटलको फोन नम्बर बन्द अवस्थामा छ । म्यानेजिङ डाइरेक्टरको व्यक्तिगत नम्बरमा दुई पटक फोन गर्दा उठेन ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना

by राम बहादुर रोकाहा
2026 September 7 मा प्रकाशित
गण्डकी क्षेत्र

अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना

by राम बहादुर रोकाहा
2026 September 7 मा प्रकाशित
२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला
गण्डकी क्षेत्र

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

by राम बहादुर रोकाहा
2026 September 7 मा प्रकाशित
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
गण्डकी क्षेत्र

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

by राम बहादुर रोकाहा
2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
गण्डकी क्षेत्र

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

by राम बहादुर रोकाहा
2026 September 5 मा प्रकाशित
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
गण्डकी क्षेत्र

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना

2026 September 7 मा प्रकाशित

अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना

2026 September 7 मा प्रकाशित
२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

2026 September 7 मा प्रकाशित
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

2026 September 5 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews