Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

‘अनलाइन’ हुँदा पनि ‘लाइन’

सन्दर्भः ईपिएस कोरिया

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
‘अनलाइन’ हुँदा पनि ‘लाइन’
ShareTweetSend

पोखरा । आँखाले देख्नै मुस्किल पर्ने गरी एकातिर युवाको भिड छ । थकित मुद्रामा कोहि लहरै उभिएका छन्, कोहि भुईंमा थचक्कै बसिदिएका छन् । अर्कोतर्फ युवतीका समूह एकअर्कोलाई ज्यानको आड लगाएर पंक्तिबद्ध छन् । युवाको दाँजोमा युवती निकै कम देखिन्छन् । बुधबार मध्यान्ह पोखरा–लेखनाथ महानगरपालिका कार्यालय अगाडि रहेको ग्लोबल आईएमई बैंक परिसरमा जोकोहि पुग्दा देखिने दृश्य यही हो । पृथ्वीचोक स्थित होटल आनन्दमा रहेको बैंकको अर्को शाखामा उभिएको लाईनले पोखरा सभागृह भेटेको छ । मंगलबार दिउँसो देखि नै बैंक घेरेका यिनीहरु कोरिया जाने तयारीमा रहेका समूह हुन।

‘हामी त हिजो साँझ ६ बजेदेखि नै लाईन बस्न सुरु गरेको । अझै कहिले हो ? पृथ्वीचोकमा लामो लाईन देखेर माथि आएको यहाँ पनि उस्तै ।’ भिडको बीचतिर रहेका पृथ्वीचोकका राजेश थापा विरक्तिए । २५ सय १९ रुपैंयाको डिपोजिट भौचर हातमा लिएका स्याङ्जा सरादीका गोविन्द सुवेदी चाहिँ पालो आउनै लागेकोमा खुशी देखिन्थे । ‘हिजो दिउँसो २ बजेदेखि आफ्नो ठाउँ छोपेर बस्ने साथीहरु तिरेर गईसके । हाम्रो पालो बल्ल आयो ।’ बुधबार मध्यान्ह बैंक काउण्टरमा भेटिएका सुवेदीले भने– पहिले एक पटक लाईन बसे सबै काम एकैचोटी हुन्थ्यो । अब बैंकमा पनि, साईबरमा पनि लाईन बस्नुपर्ने भो ।’ पृथ्वीचोकको लाईनमा भेटिएकी स्याङ्जा वालिङकी स्मृति रेग्मी बैंकमा खाजा समय भएकोले कुर्नु परेकोमा थकित देखिन्थिन् । ‘केटाहरुको लाईन त झन् कति हो कति, हामी थोरै छौं र त कति समय भईसक्यो’ –रेग्मीले भनिन्– ‘यसपटक अनलाईन फाराम र कोटा पनि धेरै भएकोले पहिले भन्दा धेरैले अप्लाई गरेका होलान् ।’ बैंकमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै रकम जम्मा गर्न सकिन्छ ।

मानव संंशाधन विकास बोर्ड (एचआरडी), कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत यो वर्ष १० हजार दुई सय नेपालीलाई रोजगारीका लागि छनोट गर्ने निर्णय गरिसकेको छ । जेठ २७ र २८ गते हुने कोरियन भाषा परीक्षाका लागि अनलाईन मार्फत आवेदन दिने व्यवस्था गरिएको छ । इपिएस कोरिया शाखाले परीक्षा एकै दिन दुई सिफ्टमा सञ्चालन गर्ने तयारी गरेको छ । परीक्षा केन्द्र र समय भने आउँदो जेठ १९ गते मात्रै तोकिने छ । असार १६ गते प्रकाशित हुने नतिजा परीक्षार्थीले अंक सहित हेर्न पाउने छन् ।

आवेदन दर्ताको समय चैत ९ देखि १८ गतेसम्मका लागि तोकिएको छ । ग्लोबल आइएमई बैंकमा रकम जम्मा गरेको भौचर नम्बर प्राप्त गरेपछि अनलाईन मार्फत् नै १० दिनभित्र परीक्षाका लागि आवेदन फाराम भर्न सकिनेछ । बैंकको भौचर नम्बरका लागि नै पोखरामा रहेका ग्लोबल आईएमई बैंकका शाखा कार्यालयहरुमा यसरी युवाको भिड लागेको हो । मास्टर्स लेभल पढिरहेका, राम्रो कमाई /व्यवसाय गरिरहेका युवाहरु समेत कोरिया जाने लाईनमा उभिएका थिए ।

ईपिएस कोरिया शाखाले आठौं पटकमा पहिलोपल्ट यसरी अनलाईन प्रणालीबाट आवेदन दिने व्यवस्था मिलाएको हो । अघिल्ला वर्षहरूमा परीक्षा आवेदन दिन २४ घण्टासम्म लाईन बस्नुपर्ने, रातभर लाइन, दिनभर भोकभोकै अवस्थाका कारण युवा बेहोस हुने गरेपछि लाईन बस्नु नपर्ने गरी अनलाईन सिस्टम अवलम्बन गरेको हो तर लाईन लाग्ने क्रम रोकिएन । युवा रातभर लाईन लागेको जानकारी आफूले पनि पाएको भन्दै श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग, ईपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले निकै असन्तुष्टि जनाए ।

‘यसपटक झन् दश दिनसम्म आवेदन दिने समय दिईएको छ । ग्लोबल आईएमईका जुन बैंकमा पनि पैसा डिपोजिट गर्न सकिनेछ । खुल्नुभन्दा एक दिन अघि नै रातभरी लाईन बस्न थालेपछि हाम्रो कमजोरी हुन्छ ?’ खतिवडाले असन्तुष्टि पोखे । उनले आवश्यक परे दर्ता आवेदन समय थप्न सक्ने जनाउँदै धैर्यताका साथ आवेदन दिन र रातभर चिसोमा लाईन नबस्न सुझाव समेत दिए । मुलुकका विभिन्न ९४ ब्राञ्चबाट पैसा डिपोजिट गर्न सकिने र पोखरामा न्युरोड र पृथ्वीचोक ब्राञ्चमा समेत क्रमशः तीन र दुई काउण्टरबाट डिपोजिट गर्ने व्यवस्था गरिएको दाबी गरे ।

निर्देशक खतिवडाले पहिलो दिन नै देशभर १३ हजारले बैंकमा रकम डिपोजिट दिएको जानकारी गराउँदै यो अनुपातमा १० दिनमा एक लाख ३० हजारले आवेदन दिने देखिएपनि त्यसो नहुने उल्लेख गरे । ‘सबैले रातभर लाईनमा बसेर हतारमा भरेका हुन् । कोरियाा भाषा पढेकाले मात्र दिने कुरा हो । तीन दिनपछि घट्दै जान्छन् अनि लाईन बस्नै पर्दैन ।’ खतिवडाले तीतो पोखे –‘हामी जे कुरा नहोस् भनेर रोक्न खोजेका हौं । सरोकारवाला नै धैर्यवान् नभएपछि हामी के गर्न सक्छौं र ?’

उनले देशभरबाट यस वर्ष ८० हजार अनुमान गरिएको र पोखरामा १२ हजार जतिले आवेदन भर्न सक्ने बताए । गत वर्ष ६१ हजार सामेल भएकोमा झण्डै नौ हजार पोखराबाट सहभागी थिए । अघिल्ला वर्ष कोरियाली भाषा परीक्षाका लागि देशका विभिन्न पाँच क्षेत्रबाट आवेदन फाराम संकलन गरिएको थियो भने परीक्षा काठमाडौं र पोखरामा मात्र सञ्चालन गरिएको थियो । यसपटक भने अनलाईन प्रणालीबाट जुनसकै ठाउँबाट आवेदन दिन पाएपनि परीक्षा दिन काठमाण्डौ नै पुग्नुपर्ने बाध्यकारी अवस्था छ ।

पोखरामा परीक्षा सञ्चालन गर्दा लागत बढेको भन्दै कोरियाले काठमाण्डौमा मात्र गर्न भनेपनि बाध्य भएको निर्देशक खतिवडा बताउँछन् । ‘कोरियन पक्षले कस्ट बढ्यो काठमाण्डौ मात्रै गरौं भनेपछि पोखरामा गर्न नसकिएको हो ।’ उनले भने– ‘पोखरा राख्न कोसिस हाम्रो हो । यो पटकदेखि हाम्रै आग्रहमा अनलाईन सिस्टम सुरु भो भने कोटा पनि तेब्बर बढ्यो ।’

आवेदन फारम भर्नु पहिले २४ डलर बराबरको पैसा ग्लोबल आइएमई बैंकमा जम्मा गरेर भौचर अनलाइनबाटै पठाउनु पर्ने इपिएस कोरिया शाखाले जनाएको छ । भौचर नम्बर र पासपोर्ट नम्बर भरेपछि मात्रै अनलाइन फारमका लागि पेज https://eoers.epsnepal.gov.np/ खुल्नेछ । अनलाइनमा आवेदन दिएकाको प्रवेशपत्र इमेल आइडीमा नै पठाइने भएकाले इमेल आइडी अनिवार्य हुनुपर्नेछ । साईबरमा पुनः अर्को लाईन बस्न नपर्ने पनि शाखाले जनाएको छ । ‘त्यो कोड प्राप्त भएपछि इन्टरनेट सुविधा भएको कुनै पनि क्षेत्रबाट फारम भर्न सकिनेछ।’ उनले भने ।

अब साईबर कम्युनिकेशनले व्यापार बढाउने माध्यम बनाउने तर्फ सचेत गराउँदै उनले स्क्यान र भरेको बाहेक कुनै पनि शुल्क फारामको नाममा बुझाउन नपर्ने जानकारी गराए । आवेदकले प्राप्त इमेललाई रंगिन प्रिन्ट गरि सक्कल पासपोर्ट सहित भाषा परिक्षाको समयमा उपस्थित हुनुपर्नेछ । आवेदकको चापका कारण सर्भरमा समस्या उत्पन्न हुनसक्ने भएकाले क्षमता बढाईएको भनेपनि पहिलो दिन सर्भरकै कारण समस्या परेको छ ।

देशभरबाट पहिलो दिन १३ हजारले बैंकमा रकम डिपोजिट गरेपछि कोरियन भाषा परीक्षाका लागि बुधबार तीन हजार ७४ जनाले अनलाईन मार्फत आवेदन दिन सफल भएका छन् । निर्देशक खतिवडाका अनुसार सिस्टम सुस्त भएका कारण थोरै जनाले मात्रै आवेदन दिन पाएका हुन् । पोखरासँगै धरान र बुटवलबाट सिस्टम स्लो भएका कारण थोरै मात्र आवेदन लिन सकिएको उनले जनाए ।

गत वर्षको भाषा परीक्षामा सामेल भएका ६० हजारमध्ये ३ हजार ५ सय लाई मात्र रोजगारीको लागि छनोट गरिएकोमा यो संख्यामा तेब्बरले बृद्धि गराएको छ । सन् २०१८ मा कोरियाले उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि तथा पशुपालन क्षेत्रमा ६ हजार दुई सय नेपाली कामदार लैजाने घोषणा गरेको छ । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाइनेछ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्नु पर्नेछ । उत्पादनमुलक क्षेत्रमा फारम भर्नेले तीन उपक्षेत्र र कृषि तथा उत्पादनमुलक तर्फ दुई उपक्षेत्र छनौट गर्नु पर्नेछ ।

रोजगारीका लागि कोरिया जान परीक्षा फारम, स्वास्थ्य परीक्षण, रोजगार दरखास्त, अभिमुखीकरण तालिम, बिमा, भिसा शुल्क र हवाई टिकटका लागि लगभग ९० हजार रुपैया लाग्ने गरेको छ । त्यहाँ पुगेपछि कम्तिमा सवा लाखदेखि कमाई हुनेछ । कम लागतमा चित्तबुझ्दो कमाई हुने भएकाले कोरियातर्फ आकर्षण यसरी बढेको हो । कोरियामा हाल ४० हजारभन्दा बढी नेपाली कृषि तथा उत्पादनमूलक क्षेत्रमा कार्यरत छन् । त्यहाँको सरकारले विदेशी कामदारलाई कोरियाली कामदार सरह तलब र अन्य श्रमिक सुविधा दिने गरेका कारण कोरिया वैदेशिक रोजगारको गन्तव्य मुलुक बनेको हो ।

कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समितिमार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको कारण बिनाबिबाद बर्षेनी तलब बढ्ने गरेको छ । कोरियामा १६ देशका कामदारमध्ये नेपाली कामदारको कार्यक्षमता उच्च रहेका कारण मागसमेत बढ्दै गएको शाखाले जनाएको छ । सन् २००७ मा नेपाल र कोरिया सरकारबीच इपीएस प्रणालीअन्तर्गत कामदार लिने सम्झौता भएर २००८ देखि भाषा परीक्षा हुने गरेको हो । २००९ र २०१२ मा भने कोरियाले भाषा परिक्षा लिएन ।

भाषा परीक्षामा उत्तीर्ण भएर मात्र कोरिया जाने ग्यारेण्टी हुँदैन । रोजगारदाताको मागका आधारमा भाषा जानेकाहरुलाई त्यहाँ पठाईने गरिन्छ । सन् २००८ देखि हालसम्म ५० हजार ३ सय ६५ युवायुवतीले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेपनि ४० हजार नौ सय ४५ मात्र उड्न सकेका छन् । झण्डै १० हजारको दुई वर्ष समयसीमा रहने सो भाषा उत्तिर्ण प्रमाणपत्र र भाषा सिकुन्जेल लागेको खर्च, समय बर्बाद भएको छ । कोरियाप्रति मोह बढेपछि बग्रेल्ती खुलेका भाषा सेन्टरले भाषा परीक्षा नै सबथोक भन्ने हाउगुजी बनाएपछि व्यवसायीको धन्दा बढेको छ, युवाको चिन्ता थोपरिएको छ । भाषा इन्स्च्यिुटले कोरिया जाने खर्चभन्दा पनि बढी रकम असुल गर्न थालेको पीडितको गुनासो छ ।

कोरिया जानु अघि मात्रै मानसिक तनाव छैन, गएपछि पनि धेरै जना काम गर्न नसकेर डिप्रेशनको शिकार बन्ने गरेका छन् । नेपालीहरू रोजगारीका लागि दक्षिण कोरिया आउन थालेदेखि हालसम्म एक सय बढिले ज्यान गुमाएका छन् । हाल यो क्रम बढेर मासिक दुई जनाले विभिन्न कारण ज्यान गुमाउँदै आएका छन् । पछिल्लो समय तनाबमा परि आत्महत्या गर्नेको संख्या बढ्दो छ । नेपालमा उच्च शिक्षा हासिल गरि कोरिया पुगेका युवा युवतीलाई त्यहाँ योग्यता अनुसारको काम नहुनु नै मानसिक तनाबको प्रमुख कारण हो । जति सुकै योग्यता हासिल गरेको भएपनि कोरियामा सामान्य श्रमिक बन्न जाने भएकाले त्यही अनुसार मानसिकता बनाउन त्यहाँ गएकाहरुको सुझाव छ । ‘कोरीयाली रोजगारदाताहरु कामलाई माया गर्छन् । जसले श्रम गर्छन्, मेहनती छन्, उसैलाई ईज्जत गर्छन् । नत्र समस्यामा परिन्छ ।’ कोरियामा रहेका एक युवाले नाम नबताउने शर्तमा भने– ‘यहाँ कृषिमा जस्तो काम पनि गर्नुपर्छ । आफै बुझ्नुस् हाम्रै घरतिर गर्ने काम हो । उत्पादन क्षेत्रमा ध्यान पु¥याईएन भने ज्यानकै खतरा पनि हुन्छ ।’ आठ घण्टा अनवरत काममा मात्र खटिनुपर्नेछ ।

१८ वर्ष पुरा गरी ३९ वर्ष ननाघेका युवा मात्र कोरियाले लैजाने गर्छ । रोजगारी ऐन अनुसार प्रवासी मजदुरको रोजगार अवधि तीन वर्ष तोकिएको छ । चाहेको खण्डमा रोजगारदाताले एक पटकमा बढिमा दुई वर्षसम्मका लागि नविकरण गर्न सक्नेछ । अहिले ईपिएसमार्फत कोरिया गएका मध्ये झण्डै आठ सय जना नेपाली कामदार अवैधानिक रहेको बताईन्छ ।

हालसम्म कोरियन भाषा उत्तीर्ण गरेका र कोरिया पुगेका कामदार संख्याः

वर्ष (सन्)      सहभागी        उत्तीर्ण         कोरिया उडेका

२००८             ३१५२५          ६७८६          २८१४
२००९             –                   –                 १९११
२०१०             ३६२०३          ४१८०            २३३९
२०११             ५००४३         १५६७८           ३९८३
२०१२             –                  –                   ६३३२
२०१३            ४४१२२          ८०५१              ५०४६
२०१४            ५८७४६         ३६६३             ६०२८
२०१५            ५११३७          ८४९०             ५८६६
२०१६            ६०६२६         ३५१७              ६६२६
२०१७                                              (कोटा १०,२००)
जम्मा          ३,३२,४०२     ५०,३६५         ४०,९४५

स्रोतः ईपीएस कोरिया शाखा

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए
गण्डकी क्षेत्र

एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए

by राम बहादुर रोकाहा
2025 June 28 मा प्रकाशित
पोखरामा टिप्परको ठक्करबाट फेदीखोलाकी एक महिलाको मृत्यु
Breaking 1

पोखरामा टिप्परको ठक्करबाट फेदीखोलाकी एक महिलाको मृत्यु

by गण्डकी न्यूज
2025 June 27 मा प्रकाशित
तमु धिं नेपाल स्याङ्जाको अध्यक्षमा बालकुमार गुरुङ
गण्डकी क्षेत्र

तमु धिं नेपाल स्याङ्जाको अध्यक्षमा बालकुमार गुरुङ

by गण्डकी न्यूज
2025 June 27 मा प्रकाशित
गण्डकीको बजेटः असन्तुष्टि नै असन्तुष्टि, मुस्ताङको भन्दा बढी बजेट मुख्यमन्त्रीको एउटै योजनालाई
Breaking 2

गण्डकीको बजेटः असन्तुष्टि नै असन्तुष्टि, मुस्ताङको भन्दा बढी बजेट मुख्यमन्त्रीको एउटै योजनालाई

by रञ्जन अधिकारी
2025 June 25 मा प्रकाशित
पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर
Main News 1

पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर

by रञ्जन अधिकारी
2025 June 25 मा प्रकाशित
स्याङ्जामा एकैदिन छ जना फरार कसुरदार पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा विभिन्न मुद्दाका फरार आठ कसुरदार पक्राउ

by राम बहादुर रोकाहा
2025 June 23 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सेभियामा आयोजित साइड इभेन्टमा युवाहरूद्वारा न्यायोचित वित्तको नेतृत्व

सेभियामा आयोजित साइड इभेन्टमा युवाहरूद्वारा न्यायोचित वित्तको नेतृत्व

2025 July 1 मा प्रकाशित
एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए

एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए

2025 June 28 मा प्रकाशित
राइड सेयरिङ स्थगन नगर्नु, सार्वजनिक यातायातमा बन्द हड्ताल नगर्नु :सर्वोच्च अदालत

राइड सेयरिङ स्थगन नगर्नु, सार्वजनिक यातायातमा बन्द हड्ताल नगर्नु :सर्वोच्च अदालत

2025 June 28 मा प्रकाशित
१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे

१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे

2025 June 27 मा प्रकाशित
पोखरामा टिप्परको ठक्करबाट फेदीखोलाकी एक महिलाको मृत्यु

पोखरामा टिप्परको ठक्करबाट फेदीखोलाकी एक महिलाको मृत्यु

2025 June 27 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews