Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोषण पुनर्स्थापना गृह नै एक वर्षदेखि दिसापिसावले घेरेपछि…

रञ्जन अधिकारी रञ्जन अधिकारी
2021 December 7 मा प्रकाशित
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोषण पुनर्स्थापना गृह नै एक वर्षदेखि दिसापिसावले घेरेपछि…
ShareTweetSend

बालबालिका, गर्भवती तथा सुत्केरी महिलादेखि कुरुवा, कर्मचारीसम्म जोखिममा

पोखरा । गण्डकी हस्पिटल भनेर चिनिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल हो । चिकित्सकीय सेवाको हिसाबमा सन्तोषजनक यो अस्पतालको व्यवस्थापकीय पक्ष भने झुर छ भनेर आलोचना हुँदै आएको छ ।

अस्पताल व्यवस्थापनको कमजोरी यतिसम्म छ कि, आफैं हिँड्ने बाटोमा शौचालयको पाईप फुटेर दिसापिसाव असरल्ल भएर फैलिएको एक वर्ष बित्न लाग्यो । अझै उनीहरु नदेखेझैं गरेका छन् । तर, नेतृत्वले नदेखेको भने होइन । फेसबुक ग्रुप च्याटमा समेत केही चिकित्सकले आवाज उठाउँदा वर्तमानदेखि पूर्व नेतृत्वतहमा बसेकाहरुले ठ्याँस्स लाइक ठोकेर बस्छन्, समस्या समाधानमा कुनै पहलकदमी छैन ।

पूरानो भवनको भिडियो एक्सरे कक्ष हुँदै प्रसूति तथा स्त्रीरोग विभागको नयाँ भवनतर्फ जाँदा च्यानल गेट कट्नेबित्तिकै आँखै अगाडि देखिन्छ पोषण पुनस्र्थापना गृहको सिंगो भवन । सो भवनको पश्चिम पट्टी हुँदै अघि बढ्दा डुङडुङ्ती गन्हाउछ । दाहिने फर्किएर हेरे दिसापिसावको आहाल परेको देखिन्छ । दुर्गन्ध र फोहोरको त्यो विजोक दृश्य देख्दा जोकसैलाई बान्ता रोक्न गाह्रो पर्छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पूर्ण सरसफाई हुनुपर्नेमा ठीक उल्टो भएको छ ।

धादिङकी प्रेरणा थापा (सरु) को ५ दिनको अस्पताल बसाईं कष्टकर बन्यो । ‘दिदीको प्रसूति सेवाका लागि आएँ । औषधि लिन, रगत जाँच गर्न जाँदा बाटो यही हो । यहाँ आइपुगेपछि श्वास रोक्दै दौडिने गर्छु । यति राम्रो भवन बनेको छ तर बाटैमा यस्तो बिजोक रै’छ ।’ उनले भनिन् ।

झण्डै एक वर्षदेखि शौचालयको पाइप फुटेर दिसापिसाव खुल्ला स्थानमा फैलिँदासमेत अस्पताल व्यवस्थापन पक्ष मुकदर्शक बन्नु आश्चर्यको विषय छ । कुपोषणले ग्रस्त बालबालिकालाई तंग्राउने ठाउँ नै दिसापिसावले डुब्दा बालबच्चाको स्वास्थ्यलाई कस्तो असर गर्ला ? भुईंतल्लाको भान्साकोठा, खेल्ने कोठा र प्रबन्धकको कार्यालय गरी ३ वटा कोठाको झ्यालै मुनी दिसापिसावको आहाल परेको छ । मास्कको प्रयोग गरेर हिँड्ने व्यक्तिलाई समेत दुर्गन्ध खप्न गाह्रो हुने गरी आहाल परेको दिसापिसावमा आँखा नपरोस् भनेर महिनौँदेखि प्लाइउडले छोपिएको छ ।

नवजात शिशु, गर्भवती तथा सुत्केरी महिला र कुपोषण भएका बालबालिकाको स्वास्थ्यमा पर्ने असरलाई समेत नजर अन्दाज गर्नु अस्पताल व्यवस्थापन पक्षको चरम लापरबाही हो । सयौं बिरामी र कुरुवा ओहोरदोहोर गर्ने मुख्य स्थानमै शौचालयको पाइप फुटेर दिसापिसाव बगिरहँदा संक्रमणको जोखिम मात्र बढेको छैन, पोषण गृहमा कुपोषण भएर उपचारका लागि भर्ना गरिएका बिरामी बच्चालाईसमेत उच्च संक्रमणको खतरा बढेको छ ।

पोषण गृहका प्रबन्धक निरमाया गुरुङ प्लाइउडले छेकिदिने बाहेक अरु केही काम वर्षदिनमा हुन नसकेको बताउँछिन् । अस्पतालमा पुगेका बिरामीका आफन्तको गुनासोपछि हामी पुग्दा गृहमा काम गर्ने कर्मचारीहरुले उल्टै हामीसँग गुनासो पोखे ।

वर्षदिनदेखि दिसा पास हुने पाइप फुटेर डुङडुङती गन्हाउँदा पनि के हेरेर बस्नुभएको ? भनेर प्रबन्धक गुरुङलाई प्रश्न गर्दा उनी भन्छिन् – ‘मैले गत वर्ष फागुनदेखि भनेको भन्यै छु । हुन्छ मात्र भन्ने, काम कहिल्यै नहुने । एचओडी, डाइरेक्टर, मर्मत शाखा सबैलाई जानकारी गराइसकेको हुँ । डाइरेक्टर डा. साबले माग फाराम भर्नू भन्नुभएपछि साउनको ३२ गते स्पष्ट हिसाबमा ट्वाइलेटको पाईप फुटेको भनेर मर्मत शाखामा अस्पतालका निर्देशक डा. भरत खत्रीको हस्ताक्षरसमेत गराएर बुझाएको हो । तर, आजसम्म काम भएन ।’

व्यवस्थापक गुरुङले यस सम्बन्धमा पटक पटक आफू र आफ्ना कर्मचारीसहितले सरोकारवालासँग प्रश्न गर्दा पनि कुनै सुनुवाई नभएको बताईन् । उनले थपिन्– ‘मैले माग फाराम भरेर पठाएपछि पनि धेरै पटक मर्मत शाखामा यसबारेमा सोधेँ । तर, काम हुँदैछ, हुँदैछ मात्र भनियो । हामी यहाँ अत्यधिक दुर्गन्ध फैलिएका कारण जाडोमा फ्यान चलाउँदा पनि बस्न सकिने अवस्था छैन ।’

उनले पोषण गृहमा शौचालयको ढल निकासको मात्र नभई सो फिट, सेप्टी ट्याङ्की, ट्वाइलेट तथा बेसिनमा समेत ठूलो समस्या रहेको उल्लेख गरिन् । पोषण गृह दायाँ–बायाँ दुई नयाँ भवन रहेकाले अहिले छेकबार समेत नहुँदा धारो समेत फोहोर हुने गरेको त्यहाँका कर्मचारीको गुनासो छ ।

सो सम्बन्धमा विभागीय (बालरोग विभाग) प्रमुख डा. रामचन्द्र बास्तोलासँग बुझ्दा आफूले पोषण गृहबाट आएको गुनासोलाई अस्पतालका निर्देशकसम्म समयमै पु¥याएको बताउँदै कार्य प्रगतिका बारेमा अस्पतालका निर्देशकलाई नै बुझ्न सुझाए ।

अस्पतालका निर्देशक डा. भरत खत्रीले भने आफूलाई सो बारेमा केही समयअघि मात्रै थाहा पाएको अचम्मको प्रतिक्रिया पत्रकारलाई दिएका छन् । प्लाइउडले बारेको देखेपछि के भएको भनेर सोध्दा ढल फुटेको जानकारी पाएको उनको भनाई छ ।

झण्डै एक वर्षदेखि ढल फुटेर दुर्गन्ध फैलँदासमेत थाहा पाएन भन्न मिल्छ ? भन्ने प्रश्नमा उनले भने– ‘यसको तत्काल कुनै सोलुसन नै छैन । त्यहाँ नजिकै क्यान्टिनको बिल्डिङ बन्दै गरेको छ । त्यो बिल्डिङ बनेपछि त्यहीबाट डाइभर्ट गरेर ढल पास गराउँछौँ ।’ नयाँ बिल्डिङ बन्न अझै ३ देखि ४ महिना लाग्ने भन्दै उनले अहिले अरू केही गर्न नसक्ने बताए ।

अस्थायी प्रबन्ध गरेर ढल निकास गर्न सकिने विकल्प हुँदाहुदै अझै ३–४ महिना केही गर्न नसक्ने भनेर बस्ने छुट अस्पताल व्यवस्थापनलाई छैन ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती
Breaking 1

वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती

by राम बहादुर रोकाहा
2026 March 26 मा प्रकाशित
स्याङ्जामा ४ हजारभन्दा बढी विद्यार्थी एसईईमा, केन्द्र संख्या घट्यो
Breaking 2

स्याङ्जामा ४ हजारभन्दा बढी विद्यार्थी एसईईमा, केन्द्र संख्या घट्यो

by राम बहादुर रोकाहा
2026 March 26 मा प्रकाशित
भीरकोटको पूर्वाधार योजना विवादमा अल्झिँदा काम सुस्त
Main News 1

भीरकोटको पूर्वाधार योजना विवादमा अल्झिँदा काम सुस्त

by राम बहादुर रोकाहा
2026 March 26 मा प्रकाशित
दुई विद्यालयका एक सय विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकद्वारा शैक्षिक सामाग्री सहयोग
Main News 1

दुई विद्यालयका एक सय विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकद्वारा शैक्षिक सामाग्री सहयोग

by राम बहादुर रोकाहा
2026 March 26 मा प्रकाशित
स्याङ्जामा एसइई केन्द्र घटे, २१ मा सीमित
Main News 1

स्याङ्जामा एसइई केन्द्र घटे, २१ मा सीमित

by राम बहादुर रोकाहा
2026 March 25 मा प्रकाशित
स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु
Main News 1

स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु

by राम बहादुर रोकाहा
2026 March 25 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती

वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती

2026 March 26 मा प्रकाशित
स्याङ्जामा ४ हजारभन्दा बढी विद्यार्थी एसईईमा, केन्द्र संख्या घट्यो

स्याङ्जामा ४ हजारभन्दा बढी विद्यार्थी एसईईमा, केन्द्र संख्या घट्यो

2026 March 26 मा प्रकाशित
भीरकोटको पूर्वाधार योजना विवादमा अल्झिँदा काम सुस्त

भीरकोटको पूर्वाधार योजना विवादमा अल्झिँदा काम सुस्त

2026 March 26 मा प्रकाशित
दुई विद्यालयका एक सय विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकद्वारा शैक्षिक सामाग्री सहयोग

दुई विद्यालयका एक सय विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकद्वारा शैक्षिक सामाग्री सहयोग

2026 March 26 मा प्रकाशित
स्याङ्जामा एसइई केन्द्र घटे, २१ मा सीमित

स्याङ्जामा एसइई केन्द्र घटे, २१ मा सीमित

2026 March 25 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews