जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा एक जना पक्राउ परेका छन् । बुधबार राति करिब ५० वर्षीया महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका २६ वर्षीय एक युवक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–४ का २६ वर्षीय अजय परियार रहेका छन् । परियारले ती महिलालाई बुधबार राती खेतमा मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरी फरार भएका थिए । उनलाई खोजतलासका क्रममा लुकिछिपी बसेको अवस्थामा बिहीबार साँझ फेदीखोला गाउँपालिका–२ बाट पक्राउ गरिएको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए ।
पक्राउ परेका परियारलाई शुक्रबार स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई जबरजस्ती करणी मुद्दामा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।












