Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

विदेशमा ज्यान गुमाएका स्याङ्जाली श्रमिकका परिवारलाई दुई करोडभन्दा बढी रकम प्रदान

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 June 19 मा प्रकाशित
विदेशमा ज्यान गुमाएका स्याङ्जाली श्रमिकका परिवारलाई दुई करोडभन्दा बढी रकम प्रदान
ShareTweetSend

विदेशमा रोजगारीका क्रममा ज्यान गुमाएका स्याङ्जा जिल्लाका सातजना श्रमिकका परिवारलाई सामाजिक सुरक्षा बीमाअन्तर्गतको रकम प्रदान गरिएको छ ।

स्याङ्जास्थित आप्रवासी स्रोत केन्द्रले विगत सन् २००७ सालदेखि साउदी अरबमा रोजगारीका क्रममा मृत्यु भएका सात श्रमिकका परिवारलाई दुई करोड २१ लाख ७६ हजार ७२४ रुपैयाँ सामाजिक सुरक्षा बीमा रकम प्रदान गरेको जानकारी दिएको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा विदेशी भूमिमा काम गर्ने क्रममा दुर्घटना, रोग तथा अन्य कारणले मृत्यु भएका श्रमिकका परिवारलाई केन्द्रको सहजीकरणमा साउदी अरबको सामाजिक सुरक्षा बीमाअन्तर्गतको आर्थिक सहायता उपलब्ध गराइएको सूचना तथा परामर्शकर्ता रमेश पौडेलले बताए ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका -३ का सुर्य बहादुर पाण्डे क्षेत्रीको २०२४ सेप्टेम्बर १३ गते मृत्यु भएपछि उनका परिवारलाई ४९ लाख ९९ हजार रुपैयाँ बीमा रकम उपलब्ध गराइएको छ ।

यसैगरी, पुतलीबजार -१४ का राजेन्द्र कु. राईको परिवारलाई २०११ जुन ११ गतेको मृत्युपश्चात् १२ लाख ३२ हजार ३२० रुपैयाँ वितरण गरिएको छ । २००७ डिसेम्बर २० गते मृत्यु भएपछि अर्जुनचौपारी गाउँपालिका -१ का डोल बहादुर खत्रीका परिवारलाई १२ लाख रुपैयाँ उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।

यस्तै, भीरकोट नगरपालिकाका कुल बहादुर सुनारको परिवारलाई ३४ लाख ७१ हजार रुपैयाँ, खुमानाथ लामिछानेको परिवारलाई ३५ लाख ८५ हजार रुपैयाँ बीमा रकम दिइएको छ ।

चापाकोट नगरपालिका-४ का बेग बहादुर थापाको परिवारलाई २६ लाख २२ हजार ४०४ रुपैयाँ र अर्जुनचौपारी गाउँपालिका -१ का जय बहादुर रोक्काको परिवारलाई पचास लाख ६७ हजार रुपैयाँ प्रदान गरिएको केन्द्रले जनाएको छ ।

श्रमिकको जीवन सुरक्षाका लागि सामाजिक सुरक्षा बीमा प्रणाली प्रभावकारी बन्न थालेको भन्दै परामर्शकर्ता पौडेलले विदेशमा कार्यरत नेपाली श्रमिकले यो प्रणालीमा अनिवार्य सहभागिता जनाउनुपर्नेमा जोड दिए । परिवार गुमाउँदा पाएको राहत रकमले पीडित परिवारलाई केही सहज भएको उनले बताए ।

त्यस्तै, विदेशमा ज्यान गुमाएका बिरुवा गाउँपालिका -८ का निरज सुक्मे गुरुङ, अर्जुनचौपारी गाउँपालिका -२ का रेशम बहादुर कामी र अर्जुनचौपारी -३ का कृष्ण बहादुर विकको सामाजिक सुरक्षा बीमा रकमका लागि प्रक्रियामा रहेको परामर्शकर्ता पौडेलले बताए ।

वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी गत २०७६ देखि जिल्ला प्रशासन कार्यालयभित्र सहायता कक्ष स्थापना भएको थियो । यद्यपि, सहायता कक्ष बीचमा प्राविधिक कारणका बाबजुद दुई वर्ष अवरुद्ध भएको थियो भने २०८१ वैशाखदेखि पुनः सुचारु भएको थियो ।

राहदानी बनाउन आएका व्यक्तिलाई वैदेशिक रोजगारीमा जानुअघि, विदेशमा काम गर्दा र फर्कदा आइपर्ने कानुनी ज्ञान र विधिका बारेमा जानकारी गराउनका साथै ठगी, उद्धार, राहत, विदेशबाट शव ल्याउन, क्षतिपूर्ति र बीमा सुविधाका लागि सहजीकरण गर्ने गरिएको कक्षका सूचना तथा परामर्शकर्ता जेशिका सिंह थापा ठकुरीले बताइन् । ‘सहायता कक्ष स्थापना भएदेखि परामर्श, समस्याको सुनुवाइ, सहायता प्रदान र ठगिएको रकम असुल उपर गरिएको छ,’ उनले भनिन्, ‘समस्यामा परेकालाई सामाजिक सञ्जाल, इमेल र फोनमार्फत सम्पर्क गर्ने व्यवस्था मिलाएका छौँ ।’

विदेशमा अप्ठ्यारोमा परेकाले सम्पर्क गरेकामा उद्दार समेत भएको सूचना तथा परामर्शकर्ता ठकुरीले जानकारी दिइन् । उनका अनुसार वैदेशिक रोजगारसम्बन्धी ठगीका उजुरी परेकामा समाधान समेत भएको छ । विदेशमा दिवङ्गत व्यक्तिहरुको बीमा सुविधाका लागि सहजीकरण गर्दै आर्थिक सहायता प्रदान गरिएको परामर्शकर्ता ठकुरीले बताइन् ।

वैदेशिक रोजगारका क्रममा विदेशमा ज्यान गुमाएकाका परिवारलाई सामाजिक सुरक्षा बीमा सुविधा, छोराछोरीलाई उपलब्ध गराइने छात्रवृत्ति सुविधाका बारेमा समुदायस्तरमा जानकारी कमै भएकोले निवेदन कम आएको सूचना तथा परामर्शकर्ता पौडेलले बताए ।

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि आप्रवासीहरुले व्यहोर्नुपर्ने सास्ती, झन्झट र समस्या न्यूनीकरण गर्न आप्रवासी स्रोत केन्द्रबाट सहयोग पुगेको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।

‘वैदेशिक रोजगारीमा गएका र समस्यामा फसेका वा उतै मृत्युवरण गरेका आप्रवासीका परिवारलाई कानुनी सहायता लिने विधिसम्बन्धी परामर्श दिनका लागि सहायता कक्षमा दुई जना कर्मचारी परिचालन गरिएको छ,’ उनले भने, ‘लक्षित वर्गले सही सूचना पाउन थालेका छन् भने श्रमिक तथा परिवारको आर्थिक सामाजिक सुदृढीकरण एवम् सीप र उद्यमशीलतामा पहुँच बढ्न थालेको छ ।’

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
अपराध/सुरक्षा

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम
Breaking 1

प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र
Breaking 2

स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य
गण्डकी क्षेत्र

जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने
Main News 1

स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Breaking 1

स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by राम बहादुर रोकाहा
2026 February 13 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

2026 February 16 मा प्रकाशित
प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम

प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम

2026 February 16 मा प्रकाशित
स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

2026 February 16 मा प्रकाशित
जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

2026 February 16 मा प्रकाशित
स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

2026 February 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews