बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही मायादेवी गाउँपालिका – ८ सुनारटोल बस्ने ३२ वर्षीय राज सुनार रहेका छन् ।
आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै सुनारले दुई लाख रुपैयाँ रकम भुक्तानी गर्नका लागि चेक दिएकोमा उक्त चेक बाउन्स भएको थियो ।
चेक बाउन्स भएको व्यहोरासहित जाहेरी आएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले सुनारलाई उनकै घरबाट पक्राउ गरिएको स्याङ्जा प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।
उनलाई आवश्यक कारबाहीको लागि स्याङ्जा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।