नेपाली काङ्ग्रेसका केन्द्रीय महामन्त्री गगन थापा स्याङ्जा आउने भएका छन् । नेपाल काङ्ग्रेस स्याङ्जा क्षेत्र नं. १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नका लागि महामन्त्री थापा स्याङ्जा आउने भएका हुन् ।
यहि जेठ ३ गते स्याङ्जाको पुतलीबजार नगरपालिका – १ स्थित सिटिहलमा स्याङ्जा क्षेत्र नं. १ को दोस्रो क्षेत्रीय सम्मेलनको सम्बोधन गर्न महामन्त्री थापा आउने स्याङ्जा निर्वाचन क्षेत्र नं. १ का सभापति तुलसीराम रेग्मीले जानकारी दिए ।
कुल ५२ वटा वडा रहेको यस क्षेत्रमा आठ पालिका अन्तर्गतका हजारौं नेता, कार्यकर्ता तथा आम लोकतन्त्रप्रेमी नागरिकको उपस्थिति रहने क्षेत्रीय समितिका सचिव मनोज मल्लले बताए ।
क्षेत्र नं. १ मा रहेका आठ स्थानीय तह र यहाँका ५२ वटा वडामा गरी एक हजार ३० जना क्षेत्रीय प्रतिनिधि रहेका छन् ।