स्याङ्जाको पुतलीबजार नगरपालिका – १ रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ ।
मंगलबार सम्पन्न मतगणनामा नेविसंघका देवदत्त सुवेदी (गोपी)सहित नेविसंघको सबै प्यानल नै निर्वाचित भएको हो ।
स्ववियु सभापतिमा अनेरास्ववियुकी बिपना सुनामलाई पराजित गर्दै नेविसंघका सुवेदी निर्वाचित भएका हुन् । सुवेदीले ३०९ मत र सुनामले ८० मत प्राप्त गरेका थिए ।
त्यस्तै, सचिवमा नेविसंघकै असिम भण्डारी २९१ मत र कोषाध्यक्षमा समिक्षा मरासिनी ३०६ मतका साथ निर्वाचित भएका छन् । सचिवमा अनेरास्ववियुका समुन्द्र शर्माले ९४ मत र कोषाध्यक्षमा मनोज कुमार नेपालीले ८० मत ल्याएका थिए ।
सदस्यमा नेविसंघका शक्ति नेपाली ३०१ मत, इमत्याज मियाँ(बेलाल) २९४ मत, बिन्दु सुनार २९३ मग, सोफिया जिटी २९१ मत र रीतु कार्की २९० मतका साथ निर्वाचित भएका हुन् । सदस्यमा अनेरास्ववियुका लेविस्का गुरुङले ९६ मत, स्नेहा सेनले ८० मत, सोनिया थापाले ८५ मत र सोनिया गुरुङले ८६ मत प्राप्त गरेका थिए ।
स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघ दुवै आफ्नो प्यानलसहित निर्वाचनमा उत्रेको थियो ।
निर्वाचन समितिका अनुसार त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा ५३४ मतदाता रहेकोमा ३९३ मत खसेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-