Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो

सोमबार १ करोड २५ लाख दीप प्रज्वलन गरिने

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 March 7 मा प्रकाशित
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
ShareTweetSend

अर्जुनचौपारीमा बनेको नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गिता ज्ञान तथा धार्मिक महोत्सवमा भक्तजनको घुइँचो लागेको छ । यहाँ दिनहुँ हजारौंको संख्यामा दर्शन एवं पुजाआजा गर्ने भक्तजनहरु आउने गरेका छन् ।

अर्जुनचौपारी गाउँपालिका – १ जलबराह धार्मिक वनमा निर्माण भएको नवग्रह मन्दिरमा अनुष्ठानको पाँचौ दिनमा करिब २५ हजार जना भक्तजनहरु आएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

अनुष्ठान सुरु भएसङ्गै दिनहुँ भक्तजनको घुइँचो लागेपनि शनिबार पुजा गरिने नवग्रह मन्दिर भएकाले पनि शनिबार धेरैको संख्यामा भक्तजनको उपस्थिति रहेको अध्यक्ष तिवारीको भनाइ छ । मन्दिरमा पुजाआजा तथा दर्शनको लागि बिहानैदेखि सुरु गरेपनि नौ बजेबाट नै लाइनमा बसेर भक्तजनले पुजाआजा गरेर फर्केका छन् ।

१४४ वर्षमा आएको महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुने हुँदा महाशिवरात्रीको अवसर पारेर यहाँ नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठाण र धार्मिक महोत्सव गरिएको हो ।

यहि १४ गतेसम्म चल्ने अनुष्ठान तथा धार्मिक महोत्सवमा विजया एकादशीको अवसरमा सोमबार १ करोड २५ लाख दीप प्रज्वलन गरिने छ । यस महोत्सवमा चार वेदको पाठ पारायण, गायत्री मन्त्रद्वारा सवालाख हवन, धार्मिक अन्तरक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन गरिँदै आइएको छ ।

यस महोत्सवमा आचार्य श्री चैतन्य कृष्ण महाराज गुरु प्रमुख वाचक रहेका छन् भने शनिबार केएन स्वामीले धार्मिक प्रवचन दिएका थिए । यहाँ आउने हरेक भक्तजनलाई रुद्राक्षको माला लगाउने व्यवस्था समेत गरिएको छ ।

घर तथा शक्तिपीठको एक नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएकोमा यहाँ नेपालकै पहिलोपटक नवग्रह मन्दिरको निर्माण गरिएपछि दर्शन तथा पूजाअर्चना गर्न पाइने भएको छ ।

१५७ रोपनी अर्थात् आठ हेक्टर क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभुज आकारको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ । यस मन्दिरमा रहने पिल्लरको सबैभन्दा माथि आकाशतर्फ फर्काएर सौर्यमण्डलीय ब्रह्माण्डको प्रतीक राखिएको छ ।

पिल्लरको १४ फिटमा सूर्य, शुक्र, केतु, चन्द्र, मंगल, बुध, शनि, बृहस्पति र राहुका प्रतीक राखिएको छ भने पिल्लरको नौवटा भुजामा ग्रह अनुसारका रंग लगाइएको छ । नवग्रह मन्दिरसङ्गै षट्कोण शिवालय बनाइएको छ भने यसको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङ्ग (सात क्वीन्टल) र कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ ।

मन्दिरमा षट्कोणको एक छेउबाट प्रवेश गरेर गणेश, कुलदेवता (तेलको पोखरी), इष्टदेवताको पूजा गरेर बीचमा रहेको पञ्चमुखी शिवलिङ्गको दुई पटक घुमेर पूजा गरेसङ्गै हनुमान, लक्ष्मी, कालभैरवको पूजा गरेर बाहिर निस्किने बनाइएको छ ।

षट्कोण शिवालयको पूजा पश्चात् देब्रे छेउबाट हिँडेर करिब तीन सय मिटर टाढा रहेको वर्षौंदेखि पूजा अर्चना गरिँदै आइएको पञ्चकन्याको मन्दिरको दर्शन गरिनेछ । त्यस पश्चात् विपरीत बाटो दियो आकारको पूर्वतर्फ फर्केको नवग्रह मन्दिर पुगिने छ । नौ चक्रमा रहेको मन्दिरको एक ठाउँबाट छिरेर परिक्रमा सहितको पूजा गरेपछि चक्रको पुछारमा रहेको सुरुङबाट बाहिर निस्किने छ । षट्कोण, नवग्रह तथा यहाँ हिँड्ने बाटोमा स्थानीय ढुङ्गा बिच्छाएर कलात्मक बनाइएको छ भने दुबो बिच्छाएर हरिया र सुन्दर बनाइएको छ ।

यहाँ नव्रग्रह यन्त्र, शिवयन्त्र र एक मण्डला समेत निर्माण गरिएको छ भने मन्दिरमा विवाह नहुने हुँदा सँगै रहेको राधाकृष्ण मन्दिरको मर्मत समेत गरिएको छ । यहाँ षट्कोण शिवालयका मूर्तिको अस्तित्वमा रहेको कर्णको मूर्ति नवग्रह फर्काएर करिब तीन मिटर पूर्वको जङ्गलमा राखिएको छ ।

नवग्रह मन्दिर शनिबार मात्र खुला हुनेछ भने नौमध्ये एक चक्रमा भने हरेक दिनमा पनि पूजा गर्न सकिने छ । सौर्यमण्डलीय ब्रह्माण्डको मूर्ति भने हरेक वर्षको गणेश चतुर्थीमा मात्र हेर्न पाइने छ भने सो दिन पालिका नै बिदा गरेर पूजा गरिने छ ।

मूल नवग्रह मन्दिर पालिकाको वडा नं. – १ मा रहेपनि अन्य नौवटा निशान प्रतीमा पालिकाका अन्य पाँच वडा तथा भौगोलिक स्वरूप ब्रह्माण्डीय स्वरूपमा घुमेर रहेको भीरकोट नपाको वडा नं – ७, पुतलीबजार नपाको वडा नं – १३ र १४ र आँधीखोला गापा – १ मा निशान प्रतिमालाई आलोपालो पूजा गर्ने प्रबन्ध मिलाइने छ भने नौ वर्षमा सबै निशान पहिलाको ठाउँमा पुग्ने छन् ।

नव्रग्रह मन्दिर बनेको यस जल वराह धार्मिक वनभित्र ग्रह अनुसारका बिरुवा समेत रोपिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
Breaking 2

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
गण्डकी क्षेत्र

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

by राम बहादुर रोकाहा
2026 October 8 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

2026 October 8 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

2026 October 6 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews