Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी एवं षड्यन्त्र भएको एमालेको निष्कर्ष, प्रतिवाद गर्न मातहतका समितिलाई निर्देशन

गण्डकी न्यूज गण्डकी न्यूज
2024 December 23 मा प्रकाशित
पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी एवं षड्यन्त्र भएको एमालेको निष्कर्ष, प्रतिवाद गर्न मातहतका समितिलाई निर्देशन
ShareTweetSend

काठमाडौँ — एमालेले सरकार, पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी एवं षड्यन्त्र भएको निष्कर्ष निकाल्दै त्यसको प्रतिवाद गर्न मातहतका समितिलाई निर्देशन दिएको छ । केन्द्रीय सचिवालय, संगठन विभागको राष्ट्रिय कार्यशालाका साथै आर्थिक, संसदीय, निर्वाचन, प्रचार, युवालगायत विभागको बैठकले पार्टी र नेतृत्वविरुद्ध षड्यन्त्र भएको निष्कर्ष निकालेको छ ।

गत साता भएको राष्ट्रिय कार्यशालामा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी, षड्यन्त्र र कुप्रचार भइरहेको भन्दै प्रतिवाद गर्न निर्देशन दिएका थिए । प्रतिपक्षी दलहरू माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीतिर लक्ष्य गर्दै षड्यन्त्र चिरेर एमाले अघि बढ्नुपर्ने उनको भनाइ थियो । सरकारले अपेक्षित काम गर्न नसकिरहेका बेला माओवादीले ‘खबरदारी सभा’ र सामाजिक सञ्जालबाट प्रधानमन्त्री ओलीको चर्को आलोचना गरिरहेको छ ।

सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको, सुशासन कमजोर बनाएको, सहकार ठगीमा आफ्नालाई जोगाएको आरोप माओवादीले लगाउँदै आएको छ । माओवादी नेताहरूले प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्ने मिसन नै चलाएका छन् । नयाँ सरकारले सय दिन पूरा गरेको दिन माओवादीले भिडियो बनाएर ओली सरकार असफल भएको दाबी गरेको थियो भने ओलीले त्यसको खण्डन गर्दै सरकार लक्ष्यको ७० प्रतिशत सफल भएको दाबी गरेका थिए ।

रास्वपाले सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा पक्राउ परेपछि प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाउँदै आएको छ । रास्वपाका नेता तथा कार्यकर्ताले ओलीविरुद्ध अभियान नै चलाएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियाको टेलिकममा ओलीको लगानी रहेको नक्कली कागजात बनाएर प्रचार गरेपछि एमालेले त्यसलाई खण्डन गर्न मंसिर ७ मा एमालेले दरबारमार्गमा जागरण सभा गरेको थियो । सभालाई ओलीले सम्बोधन गरेका थिए ।

एमालेले पुस १० मा केन्द्रीय सचिवालय र पुस तेस्रो साता केन्द्रीय कमिटी बैठक गर्दै छ । ती बैठकले सरकार र पार्टी नेतृत्वविरुद्ध हुने घेराबन्दी प्रतिवाद गर्ने योजना बनाउने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

‘सरकार र एमालेविरुद्ध घेराबन्दी भइरहेको छ । पार्टी अध्यक्षप्रति लक्षित कुप्रचार र षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्षी माओवादी र रास्वपाका नेताबाट तथ्यहीन, भ्रमपूर्ण प्रचार र अमर्यादित गोलगलौज भइरहेको छर्लंग छ । यस्ता क्रियाकलापको एमालेले जमेर प्रतिवाद गर्छ ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकार सय दिन नपुग्दै प्रतिशोधपूर्ण र आवेगात्मक अभिव्यक्ति दिन सुरु गरेको उल्लेख गर्दै गौतमले त्यसको निरन्तरताले मुलुकमा अराजकता बढाउने बताए । ‘प्रमुख प्रतिपक्षका नेताको बोलीमा कुनै सन्तुलन छैन । अभिव्यक्तिमा राजनीतिभन्दा प्रतिशोध देखिन्छ,’ उनले भने, ‘सबै दलका नेता लोकतान्त्रिक मूल्यमान्यतालाई आधार बनाएर अघि बढ्नुपर्छ । अराजनीतिक ढंगले भएका दुष्प्रचार र टिकाटिप्पणीले मुलुकमा अराजकता बाहेक केही ल्याउँदैन ।’

एमाले केन्द्रीय संगठन विभागले मंसिर अन्तिम साता काठमाडौंमा प्रदेश, जिल्ला र भ्रातृ संगठनका अध्यक्ष र सचिवहरूको दुईदिने राष्ट्रिय कार्यशाला गरेको थियो । कार्यशालाले ‘पार्टी र नेतृत्वका विरुद्धका षड्यन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने’ संकल्प प्रस्ताव पारित गरेको थियो । यस्तै, पुस २ मा पार्टी मुख्यालय ललितपुरमा केन्द्रीय विभाग प्रमुख र सचिवहरूको संयुक्त बैठक भएको थियो । त्यसले पनि पार्टीमाथि ‘नियोजित तरिकाले घेराबन्दी’ भएको निष्कर्ष निकालेको थियो । बैठकमा पार्टीविरुद्धको घेराबन्दी एवं आक्रमणलाई दृढतापूर्वक सामना गर्ने र पार्टी तथा सरकारको कामलाई थप प्रभावकारी बनाउने सन्दर्भमा महत्त्वपूर्ण छलफल महासचिव शंकर पोखरेलले जनाएका छन् ।

स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्न मंसिर २५ मा बसेको बैठकले पनि सामाजिक सञ्जाल दुरुपयोग गरी पार्टी र नेतृत्वको बदनाम गर्न चलखेल भएको निष्कर्ष निकालेको थियो । बैठकमा सरकार, पार्टी र नेतृत्वविरुद्ध भएका गतिविधिको प्रतिवाद गर्न पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका थिए । ‘भ्रम प्रचारले कसैलाई पनि लाभ दिँदैन । यसका विरुद्ध हाम्रो पार्टी पंक्तिले राजनीतिक प्रतिवाद गर्नुपर्छ,’ उनले भनेका थिए ।

प्रमुख प्रतिपक्ष दल माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गठबन्धन सरकारको नेतृत्व गरेको एमालेले प्रतिपक्षबाट भएको आलोचनालाई षड्यन्त्र देख्नु निरंकुशतावादी चरित्र भएको टिप्पणी गरे । उनले सरकारका गलत कामको सशक्त ढंगले खबरदारी गर्ने पनि बताए । माओवादी नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारविरोधी काम एवं सामाजिक न्याय र सुशासनमा ओली सरकारले अवरुद्ध गरेकाले त्यसको भन्डाफोर अभियान जारी राख्ने श्रेष्ठको भनाइ छ । उनले प्रतिपक्ष दलहरूलाई ‘आधारहीन’ आरोप लगाउनुभन्दा काम गरेर देखाउन एमालेलाई चुनौती दिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे
गण्डकी क्षेत्र

स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध

by राम बहादुर रोकाहा
2026 September 22 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे
गण्डकी क्षेत्र

स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज

by राम बहादुर रोकाहा
2026 September 20 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
Main News 1

तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा

by राम बहादुर रोकाहा
2026 September 20 मा प्रकाशित
पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण
Main News 1

पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण

by राम बहादुर रोकाहा
2026 September 13 मा प्रकाशित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
गण्डकी क्षेत्र

स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु

by राम बहादुर रोकाहा
2026 September 10 मा प्रकाशित
स्याङ्जामा हुलाकमार्फत घरमै पुग्यो एक सय १४ जनाको राहदानी
Main News 1

स्याङ्जामा हुलाकमार्फत घरमै पुग्यो एक सय १४ जनाको राहदानी

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला

सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला

2026 September 22 मा प्रकाशित
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा

दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा

2026 September 22 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे

स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध

2026 September 22 मा प्रकाशित
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी

विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी

2026 September 20 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे

स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज

2026 September 20 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews