कास्कीको अन्नपूर्ण गाउँपालिकाको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी नेतृत्वको टोलीले आफूहरूलाई कार्यसम्पादनमा भएका समस्या सुनाउन र आगामी वर्षका योजनामा बजेट हालिदिन माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई भेटेको हो ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो ध्यानाकर्षण भएको र बजेट विनियोजन गर्ने आश्वासन दिएको गाउँपालिका प्रवक्ता एवं अन्नपूर्ण–७ का वडाध्यक्ष भरतमान गुरूङले बताए । ‘प्रधानमन्त्री ज्यूले मेरो ध्यानाकर्षण भयो । मेरो जन्म गाउँ पनि भएकाले अन्नपूर्णको विकासमा सक्दो सहयोग गर्छु भन्नुभयो,’ प्रवक्ता गुरूङले भने ।
यस्तै, टोलीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग पनि भेट गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-