Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

रास्वपा प्रवेश गरे गण्डकीका विवेकशील साझाका संस्थापक नेताहरू

पोखरा महानगरदेखि गण्डकी प्रदेश कमिटिका संस्थापक नेतृत्वले रास्वपा रोजे

गण्डकी न्यूज गण्डकी न्यूज
2024 January 31 मा प्रकाशित
रास्वपा प्रवेश गरे गण्डकीका विवेकशील साझाका संस्थापक नेताहरू
ShareTweetSend

वैकल्पिक अभियानमा होमिएका युवाहरूको रोजाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनेको छ ।

विवेकशील साझा पार्टीका संस्थापक नेतृत्व अहिले धमाधम  रास्वपा प्रवेश गर्न थालेका छन् । पोखरा महानगरदेखि गण्डकी प्रदेश कमिटिसम्मका संस्थापकहरु रास्वपामा भित्रिएका हुन् ।

विवेकशील साझा पार्टी, गण्डकी प्रदेशका संस्थापक संयोजक महेश भण्डारीले माघ १५ गते रास्वपाको सदस्यता लिएको सार्वजनिक गरेसँगै वैकल्पिक अभियानमा होमिएका अन्य नेताहरु पनि खुलिरहेका छन् ।

विवेकशील साझा पार्टीका पूर्व कास्की संयोजक फडिन्द्र अधिकारी पनि रास्वपा पुगेका छन् । रविन्द्र मिश्र विवेकशील छाडेर राप्रपामा मिसिँदा कास्कीमा पनि मिश्र लाइनबाट जिल्ला उपाध्यक्ष भएका अधिकारी अहिले राप्रपाबाट रास्वपा बनेका हुन् । अवको वैकल्पिक शक्ति रास्वपा बाहेक अरू नभएको ठहर गर्दै अधिकारीले स्वतन्त्र पार्टी रोजेका हुन् ।

विवेकशील साझाका पोखरा महानगर कमिटि संयोजक मनकाजी गुरुङ पनि रास्वपा सदस्य बनेका छन् । दुवै जना शिक्षाकर्मी हुन् । फडिन्द्र पोखरा आदर्श माविका प्राचार्य र मनकाजी कान्तिपुर एकेडेमीका संस्थापक प्राचार्य हुन् ।

वातावरणविद् डा. कृष्ण पोखरेल पनि रास्वपा भित्रिएका छन् । यस्तै, व्यवसायी तथा अभियन्ताद्वय दीपक पौडेल र सोमनाथ ढुंगानाले पनि रास्वपा रोजेका छन् । पौडेल विवेकशील साझाका तत्कालिन केन्द्रीय सदस्य र ढुंगाना जिल्ला सदस्य थिए । डा. पोखरेल पनि जिल्ला सदस्य थिए ।

रास्वपाका गण्डकी संगठन विभाग सचिव एकराज न्यौपानेका अनुसार पोखरामा परिचित व्यक्तित्व, शैक्षिक क्षेत्रका अगुवा पार्टी प्रवेश गरेसँगै रास्वपाका केन्द्रीय तहका नेताहरू प्रसन्न छन् ।

रास्वपाका गण्डकी संगठन विभाग सचिव न्यौपाने पार्टीमा साथीहरू जोड्ने अभियानमा लागिरहेका छन् । तत्कालिन साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भई विवेकशील साझा बन्दा न्यौपाने संस्थापक जिल्ला संयोजक हुन् । उनी गत उपनिर्वाचनदेखि रास्वपामा आबद्ध भएका हुन् ।

गण्डकी संस्थापक संयोजक महेश भण्डारी रास्वपा भित्रिएसँगै वैकल्पिक अभियानका नेताहरु रास्वपा प्रवेश गर्न सहज मानेका छन् । अन्य युवा नेताहरू पनि रास्वपाको सदस्यता लिने मनसायमा पुगेका छन् ।

पार्टी वृहत्तर बनाउन लागिरहेका गण्डकी संगठन सचिव न्यौपानेका अनुसार कास्कीमा मात्रै ४ हजार पार्टी सदस्य पुगिसकेका छन् । गण्डकीमा २० हजार सदस्य बनिसकेका छन् । २०८१ वैशाख १ अघि कास्कीमा ५ हजार, गण्डकीमा ३० हजार सदस्य पुर्‍याउने लक्ष्यका साथ पार्टी अघि बढेको उनले बताए ।

‘नयाँ युवा साथीहरू मात्र नभई पूराना पार्टीबाट आजित बनेका नेता, कार्यकर्ताहरू पनि अब रास्वपाको विकल्प छैन भन्नेमा पुग्नुभएको छ । धेरै जना पार्टी प्रवेश गर्दै हुनुहुन्छ ।’ न्यौपानेले भने ।

वैकल्पिक अभियानकर्मी धमाधम पुनः एकीकृत हुँदै एउटै मार्गमा अघि बढ्ने निर्णयले आफूलाई उत्साहित बनाएको रास्वपा नवप्रवेशी महेश भण्डारी बताउँछन् ।

विवेकशील साझामा प्रदेश संयोजक बनेर नेतृत्व गरिसकेका भण्डारी अहिले विना पद रास्वपामा साधारण सदस्यको हैसियतमा भित्रिएका हुन् । उनले पद जनताको ईच्छा र पार्टीको आवश्यकताका आधारमा प्राप्त हुने चीज रहेको बताएका छन् ।

‘वैकल्पिक शक्तिको आवश्यकता रहेका बेला आ–आफ्ना व्यवसायलाई थाती राखेर देश बनाउने अभियानको नेतृत्व लियौँ । अगुवाले नै अभियान तहसनहस पारेपछि बीचमै रोकियौँ, छोडियौँ, मोडियौँ । अब पुनः एकसाथ अघि बढ्ने स्थिति बनेको छ । हिजोका सबै मित्रहरु छरिएका छन् । अब जोडिँदैछौँ । सँगाल्दै, सम्हाल्दै सँगसँगै अघि बढ्ने हो ।’ – भण्डारीले भने ।

सम्बन्धित समाचारः

महेश भण्डारी रास्वपा प्रवेश

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट
Breaking 1

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते
Breaking 2

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान
Main News 1

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
गण्डकी क्षेत्र

२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2026 June 24 मा प्रकाशित
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
Main News 1

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

by राम बहादुर रोकाहा
2026 June 26 मा प्रकाशित
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
Breaking 2

वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा

by राम बहादुर रोकाहा
2026 June 23 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

2026 June 27 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

2026 June 27 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ

२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

2026 June 24 मा प्रकाशित
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

2026 June 26 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews