Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

महेश भण्डारी रास्वपा प्रवेश

'साधारण सदस्य मात्रै हूँ, वैकल्पिक अभियानमा प्रत्यक्ष जोडिएँ, पद गौण हुन्'

गण्डकी न्यूज गण्डकी न्यूज
2024 February 1 मा प्रकाशित
महेश भण्डारी रास्वपा प्रवेश
ShareTweetSend

राजनीतिबाट केही समय विश्राम लिएका युवा नेता महेश भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

पोखराका परिचित सञ्चारकर्मी/सञ्चार उद्यमी भण्डारीले ५ बर्षअघि तत्कालिन वैकल्पिक पार्टीका रूपमा उदाएको विवेकशील साझा पार्टीबाट राजनीति सुरू गरेका थिए ।

२०७५ कार्तिक १० गते पोखरामा भव्य कार्यक्रम गरी उज्ज्वल थापा र रविन्द्र मिश्रले माटोको टीका लगाएर भण्डारीलाई पार्टीको गण्डकी प्रदेश संयाेजकको जिम्मेवारी दिएका थिए ।

२०७८ कार्तिक ११ गते मिश्रले मार्ग परिवर्तन भन्दै राप्रपाको लाइनमा पार्टी लगेपछि भण्डारी बाहिरिए । त्यसयता स्वतन्त्र अभिव्यक्ति दिँदै आएका भण्डारी रास्वपा गठनपछि पार्टीका नेताकार्यकर्तासँग निकट रहे । आज औपचारिक रूपमै उनले पार्टी प्रवेश गरेको सदस्यतापत्र सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् ।

रास्वपामा कुन भूमिकामा रहने भन्नेबारे उनले केही खुलाएका छैनन् । भण्डारीले भनेका छन् – ‘मैले हिजो राजनीतिमा रहँदा कुनै पद वा जिम्मेवारी वा लोभ राखिनँ। आज पनि पहिलेको जस्तै कुनै दुर्भावना नराखी सप्रेम, सगौरव राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिने निर्णयमा पुगेँ।’ भण्डारीले वैकल्पिक अभियानमा जोडिएको बताउँदै आफ्नो लागि पद गौण रहेको बताए ।

दुई दशकदेखि  सञ्चारकर्ममा क्रियाशील छन् भण्डारी । पोखरा १४ चाउथेका स्थायी बासिन्दा भण्डारी यहाँको बिग एफएम १०१.२ मेगाहर्ज र बिग खबर डटकमका सञ्चालक हुन् ।

भण्डारीले फेसबुकमा लेखेका छन् :

र पुन: समाहित भएँ वैकल्पिक अभियानमा
०००
दुई दशकदेखि  सञ्चारकर्ममा क्रियाशील थिएँ। लेखन कर्ममा पनि निरन्तर लागेँ। विभिन्न फरक धार र धरातलका इभेन्टहरूको आयोजना र व्यवस्थापनमा उत्तिकै खटिएँ। पाँच वर्षअघि यी सबै काम र क्रियाशीलतालाई थाती राख्दै एक वैकल्पिक राजनीतिक दलको जिम्मेवार पदमा रहेर क्रियाशील रहेँ।

त्यसबेला गण्डकी प्रदेशका सबै जिल्ला, गाउँ र नगरहरूमा दलको संगठन निर्माण गर्दै उत्साह र हौसलाका साथ अगाडि बढ्दै थिएँ। अचानक मोड यस्तो आयो कि; दलका अगुवाले नै मार्ग-परिवर्तन गरे। हामी अधिकांशले देखेको सपनासँग त्यो मार्गको कुनै साइनो थिएन। केही साथीहरू झुक्किए, केही झोक्किए। अन्ततः दल क्षतविक्षत भयो। मजस्तै कैयन् युवा नेताहरू निस्क्रिय र निस्काम बने। अझ पोखरामा रहेर वैकल्पिक राजनीतिको जग र जमिन जोगाउन र पुनर्निर्माण गर्न मुस्किल भयो।

भनिन्छ, जे हुन्छ राम्रोको लागि हुन्छ।

वैकल्पिक अभियान अघि बढाउँदै केही साथीहरूले गजबको आँट गरे र राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गरे। अहिले जनताले आशा गरेका छन्, विश्वास गरेका छन्। केन्द्रदेखि वडासम्म यस पार्टीमा हिजो वैकल्पिक राजनीतिक अभियानमा सँगसँगै लागेका थुप्रै साथीहरू आवद्ध भएका छन्। र, म स्वयम् उक्त पार्टीको स्थापना, चुनावी तयारी र विचार निर्माण लगायतका चरणहरूमा नजिक थिएँ, छु । यो निकटता भावानात्मक थियो। खास राजनीति, अझ भनौँ जनताको लागि गरिने राजनीति भावानात्मक मात्रै हुँदैन, प्रत्यक्ष हुन्छ। हस्तक्षेपकारी हुन्छ। साथीभाइ र शुभेच्छुकहरूसँग कैयौँपटक बसेँ । छलफल भयो।

मसँग अब मात्रै दुईवटा विकल्प थिए।
पहिलो थियो– चुपचाप पुरानै काम वा पेसामा फर्कने। र दोश्रो– विचार मिल्ने अधिकांश पुराना साथी र असंख्य नयाँ साथीहरूले अकल्पनीय आँट गरेर सुरु गरेको पार्टीमा क्रियाशील हुने। नयाँ साथीहरुबाट नयाँ कुरा सिक्ने।

मैले दोश्रो विकल्प रोजेँ।

मैले हिजो राजनीतिमा रहँदा कुनै पद वा जिम्मेवारी वा लोभ राखिनँ। आज पनि पहिलेको जस्तै कुनै दुर्भावना नराखी सप्रेम, सगौरव राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिने निर्णयमा पुगेँ।

बाँकी कुरा जनताको चाहना, पार्टीको आवश्यकता र शुभेच्छुकहरूको हो। जो आज्ञा !

महेश भण्डारी

पोखरा- १४, कास्की, गण्डकी।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना
गण्डकी क्षेत्र

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

by राम बहादुर रोकाहा
2026 August 29 मा प्रकाशित
बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने
गण्डकी क्षेत्र

बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने

by राम बहादुर रोकाहा
2026 August 29 मा प्रकाशित
गण्डकी क्षेत्र

निकासी कर नतिरी खसी–बोका ओसार्ने बोलेरो जरिवानामा

by राम बहादुर रोकाहा
2026 August 28 मा प्रकाशित
निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा
गण्डकी क्षेत्र

निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा

by राम बहादुर रोकाहा
2026 August 28 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

रसुवा बाढीपीडितका लागि स्याङ्जाका तीन स्थानीय तहको सहयोग

by राम बहादुर रोकाहा
2026 August 27 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 August 26 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

2026 August 29 मा प्रकाशित
बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने

बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने

2026 August 29 मा प्रकाशित

निकासी कर नतिरी खसी–बोका ओसार्ने बोलेरो जरिवानामा

2026 August 28 मा प्रकाशित
निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा

निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा

2026 August 28 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

रसुवा बाढीपीडितका लागि स्याङ्जाका तीन स्थानीय तहको सहयोग

2026 August 27 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews