Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा सुरु भयो सडक महोत्सव, पुस १६ गतेसम्म चल्ने

एक महिना भित्र पोखरा पर्यटनको राजधानी घोषणा हुने मेयर आचार्यको दाबी

गण्डकी न्यूज गण्डकी न्यूज
2023 December 28 मा प्रकाशित
पोखरामा सुरु भयो सडक महोत्सव, पुस १६ गतेसम्म चल्ने
ShareTweetSend

पोखरा । २५ औं पोखरा सडक महोत्सव विहीबारदेखि लेकसाइडमा सुरु भएको छ । पुस १६ गतेसम्म चल्ने उक्त महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

प्रमुख आचार्यले एक महिना भित्र पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने दाबी गरे । प्रमुख आचार्यले सडक महोत्सवले पोखराको थप पहिचान दिन मद्दत मिलेको बताए । उनले हाल स्थगित प्याराग्लाइडिङ तत्काल खुलाउन सम्बन्धित निकायलाई आग्रह गरे ।

रेवान पोखराका संस्थापक अध्यक्ष हरिप्रसाद गुरुङले युरोपका विभिन्न गल्लीमा यस्तै खालका मेला र महोत्सव हुने गरेकोमा पोखरामा सडक महोत्सवको अवधारणा अगाडि बढाएको स्मरण गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले गुणस्तरीय पर्यटक भित्राउन जोड दिए । रेवान केन्द्रका कावा अध्यक्ष संघर्ष बिस्टले साहसिक खेलकुदको गन्तव्य पोखरामा प्याराग्लाइडिङ बन्द भएकोमा चिन्ता व्यक्त गरे ।

‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नाराका साथ आयोजित २५ औं सडक महोत्सवका अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको रेवान पोखरा अध्यक्ष नरेश भट्टराईले जानकारी दिए ।

जसमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति संस्कृति विज्ञ जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार सरुभक्त, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कार्टुनिष्ट दुर्गा बराल बात्स्यायन, विम्वकवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, कलाकार अमृत गुरुङ, शिक्षासेवी जर्ज जोन, प्राडा कुशुमाकर न्यौपाने, भूगोलविद् प्राडा कृष्ण केसी, प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुली, पर्यटनविद् झलक थापा, पत्रकार कृष्णमणि बराल सम्मानित भए ।

कार्यक्रममा सम्मानित व्यक्तित्व जगमान गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्य लगायतले बोलेका थिए ।

आयोजक रेवान पोखराले अहिलेको महोत्सवलाई फेवाताल किनार लेकसाइडमा पुस १२ देखि १६ सम्म विविध कार्यक्रम गरी रजत महोत्सवको रुपमा मनाउँदैछ ।

महोत्सव उद्घाटनपूर्व विभिन्न कला संस्कृति, जातजाति, भेषभूषा झल्किने झाँकी प्रस्तुति मुख्य आकर्षणको केन्द्र रह्यो । हल्लनचोकदेखि सुरु भएको र्‍यालीमा विभिन्न जातजातिका मानिसहरु आफ्नो जातीय पोशाकमा सजिएका थिए । पञ्चेबाजा, भजन, नाचगानसहित र्‍याली महोत्सवस्थल ३ किमी दुरी पार गर्दै कोमागाने पार्कमा आयोजित उद्घाटन समारोहमा परिणत भएको हो ।

महोत्सव फिस्टेल गेटदेखि गैह्राको चौतारा हुँदै जरेश्वर लेकसाइडसम्म हुनेछ । महोत्सवमा दैनिकरुपमा विभिन्न कलाकारको प्रस्तुति समेत रहनेछ ।

महोत्सवमा सहभागि झाँकीहरु मध्यबाट पुन समाज पोखरा प्रथम भएको छ । समाजले नगद पचास हजार प्राप्त गर्‍यो । त्यसैगरी, चिउली पार्चे तमु समूह दोश्रो हुँदा रूकुम पूर्वको मयूर डान्सको समुह तेश्रो भएको छ भने देविस्थान भजन समूह हेमजा र बाम्दीको गुम्बाको समुहले शान्त्वना स्थान हाँसिल गरेको छ । त्यसैगरी आमा समूहहरु बीचको र्‍याली प्रतियोगितामा बंगलादी आमा समुह प्रथम भएको छ ।

त्यस्तै, अन्नपूर्ण आमा समुह दोश्रो र नमुना आमा समुह तेश्रो भएको महोत्सवका साँस्कृतिक संयोजक एवं पूर्व अध्यक्ष चौबहादुर गुरूङले बताए । सुरू देखि अन्त्यसम्म सहभागि, भेषभुषा, सिँगार लगायतका आधारमा विजेता घोषणा गरिएको निर्णायक संयोजक प्रजापती पराजुलीले  बताए । उनका अनुसार ५४ समुहको झाँकी सहित र्‍यालीमा सहभागिता रहेको थियो।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
गण्डकी क्षेत्र

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 14 मा प्रकाशित
गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
गण्डकी क्षेत्र

गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 14 मा प्रकाशित
प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद
Breaking 1

प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद

by राम बहादुर रोकाहा
2026 September 13 मा प्रकाशित
भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान
गण्डकी क्षेत्र

भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान

by राम बहादुर रोकाहा
2026 September 13 मा प्रकाशित
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण
Breaking 2

राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण

by राम बहादुर रोकाहा
2026 September 13 मा प्रकाशित
पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण
Main News 1

पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण

by राम बहादुर रोकाहा
2026 September 13 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

2026 September 14 मा प्रकाशित
गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

2026 September 14 मा प्रकाशित
प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद

प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद

2026 September 13 मा प्रकाशित
भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान

भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान

2026 September 13 मा प्रकाशित
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण

राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण

2026 September 13 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews