Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

ज्यान हस्पिटल बेडमा, मन सुटिङ सेटमा

तङ्ग्रिदै अभिनेता घिमिरे

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 November 7 मा प्रकाशित
ज्यान हस्पिटल बेडमा, मन सुटिङ सेटमा
ShareTweetSend

पोखरा । घाँस काट्ने क्रममा लडेका चर्चित अभिनेता प्रकाश घिमिरेको स्वास्थ्यअवस्थामा राम्रो सुधार भइरहेको छ । शरीरका घाउ चोटहरु बिसेक हुँदैछन् । भित्री दुखाई कम महसुस हुँदै गरेको घिमिरे बताउँछन् ।

मंगलबारसम्म आइपुग्दा उनको ज्यान मात्र मणिपाल हस्पिटलको बेडमा छ । मन भने फिल्म सेटमै छ । बेड छाडेर सेटमा पुग्ने हुटहुटी छ । भेट्न पुग्ने शुभेच्छुकसँग मज्जाले गफिन्छन् । फिल्म हलमा चलिरहेको आफू अभिनित फिल्मबारे सोधीखोजी गर्छन् । सुटिङ रोकिएका फिल्मबारे चिन्ता मान्छन् । रसिक स्वभावका उनले उस्तै पारामा दोहोरो कुराकानी गर्छन् । तर, अझै केही दिन कम भेटघाट गर्न चिकित्सकले सुझाएका छन् ।

अभिनेता घिमिरेलाई आइसियूबाट आइतबार वार्डमा सारिसकिएको छ । त्यहाँ नै उनको दैनिक फिजियोथेरापी चलिरहेको छ । घिमिरेको स्वास्थ्यलाभमा चिकित्सक छोरी र आफन्तको पनि महत्वपूर्ण भूमिका छ । छोरीले चिकित्सकीय सेवादेखि थेरापीसम्ममा साथ दिइरहेकी छिन् ।परिवारले अबको केहि दिनमा डिस्चार्ज हुने जनाएका छन् ।

हामीसँगको कुराकानीमा घिमिरेले फिल्म हलमा चलिरहेको भष्मे डन, सुटिङ जारी रहेको डिग्री माईला, सुटिङ सुरु हुन लागेको महाजात्रा आदि चलचित्रबारे चिन्ता व्यक्त गरे । महाजात्राको निर्माणपक्षसँग फोनमै कुराकानी पनि गरे । आफ्नो स्वास्थ्यसुधारको लागि बौद्धविधि अनुसार पूजापाठ गरेकोमा कार्यकारी निर्माता एवं अभिनेता रबिन्द्रसिंह बानियाँलाई आभार व्यक्त गरे ।

लडेपछि अचेत उनको अस्पतालको बेडमै होस फर्कियो । आफ्नो लागि शुभेच्छा र प्रार्थना गर्नेहरु धेरै पाएकोमा प्रशन्नता व्यक्त गर्दै उनले भने – ‘माया गर्ने मान्छे धेरै कमाएछु । यही रहेछ कमाएको । खुशी लागेको छ ।’

घिमिरे दशैं चलिरहेका बेला गत कार्तिक १० गते शुक्रबार पोखरा नदिपुरको भिरमा गाईलाई घाँस काट्ने क्रममा लडेर गम्भिर घाइते भई अचेत भएका थिए । पहराबाट उनी करिब ५० मिटर तल झाडीमा खसेका थिए।

तत्काल पोखराको मणिपाल शिक्षण अस्पताल लगिएकोमा त्यहीँ निरन्तर उपचार भैरहेको छ । हेलिकोप्टरमार्फत् काठमाण्डौ लैजाने तयारी गरिरहँदा चिकित्सकले मणिपालमै उपचार हुने भनेपछि यहीँ उपचारलाई निरन्तरता दिइएको थियो ।

उनको स्वास्थ्यमा क्रमिक रुपमा राम्रो सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अहिले फिजियोथेरापीको काम भइरहेको छ । प्रकाशको टाउकोमा चोट लागेको छ। छातीको करङ भाँचिएर फोक्सोमा छोएको थियो । ढाडमा पनि चोट लागेको थियो । अहिले ठीक हुँदैछ ।

नाटकबाट अभिनय यात्रा थालेका प्रकाशले हालसम्म तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन्। उनले २०६१/६२ सालतिर निर्देशक नबिन सुब्बाद्वारा निर्देशित नेपाल टेलिभिजनमा प्रसारित नेपाली धारावाहिक टेलिसिरियल ‘दलन’मा अभिनय पनि गरे । यो उनको चलचित्र क्षेत्रमा पहिलो डेब्यू थियो ।

विस्तारै उनी अभिनय यात्रा सिने क्षेत्रमा छलाङ्ग मार्दै गयो । उनीद्वारा अभिनित नेपाली चलचित्रहरु ‘टलक जंग भर्सेस टुल्के, जात्रा, जात्रै जात्रा, पशुपति प्रसाद, छ माया छपक्कै, साईंली, फन्को, पञ्चे बाजा, घाम पानी, पानीफोटो आदि छन् । प्रकाश अभिनीत चलचित्र ’पशुपति प्रसाद २ः भष्मे डन’ अहिले प्रदर्शनमा छ।

नदिपुरकै कन्या माविमा ३७ वर्ष शिक्षण गरेका प्रकाश २०७५ सालमा अवकाश लिएपछि अभिनय क्षेत्रमा क्रियाशील भएका हुन्।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित
Breaking 1

बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित

by राम बहादुर रोकाहा
2026 July 6 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो
Breaking 2

अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

by राम बहादुर रोकाहा
2026 July 6 मा प्रकाशित
सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा
Main News 1

सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

by राम बहादुर रोकाहा
2026 July 6 मा प्रकाशित
स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै
Breaking 2

स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै

by राम बहादुर रोकाहा
2026 July 3 मा प्रकाशित
फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन
Main News 1

फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन

by राम बहादुर रोकाहा
2026 July 3 मा प्रकाशित
चितुवा खोरमै पस्यो, आठ बाख्रा गुमाए किसानले
गण्डकी क्षेत्र

चितुवा खोरमै पस्यो, आठ बाख्रा गुमाए किसानले

by राम बहादुर रोकाहा
2026 July 1 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित

बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित

2026 July 6 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

2026 July 6 मा प्रकाशित
सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

2026 July 6 मा प्रकाशित
स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै

स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै

2026 July 3 मा प्रकाशित
फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन

फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन

2026 July 3 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews