Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

ज्यान हस्पिटल बेडमा, मन सुटिङ सेटमा

तङ्ग्रिदै अभिनेता घिमिरे

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 November 7 मा प्रकाशित
ज्यान हस्पिटल बेडमा, मन सुटिङ सेटमा
ShareTweetSend

पोखरा । घाँस काट्ने क्रममा लडेका चर्चित अभिनेता प्रकाश घिमिरेको स्वास्थ्यअवस्थामा राम्रो सुधार भइरहेको छ । शरीरका घाउ चोटहरु बिसेक हुँदैछन् । भित्री दुखाई कम महसुस हुँदै गरेको घिमिरे बताउँछन् ।

मंगलबारसम्म आइपुग्दा उनको ज्यान मात्र मणिपाल हस्पिटलको बेडमा छ । मन भने फिल्म सेटमै छ । बेड छाडेर सेटमा पुग्ने हुटहुटी छ । भेट्न पुग्ने शुभेच्छुकसँग मज्जाले गफिन्छन् । फिल्म हलमा चलिरहेको आफू अभिनित फिल्मबारे सोधीखोजी गर्छन् । सुटिङ रोकिएका फिल्मबारे चिन्ता मान्छन् । रसिक स्वभावका उनले उस्तै पारामा दोहोरो कुराकानी गर्छन् । तर, अझै केही दिन कम भेटघाट गर्न चिकित्सकले सुझाएका छन् ।

अभिनेता घिमिरेलाई आइसियूबाट आइतबार वार्डमा सारिसकिएको छ । त्यहाँ नै उनको दैनिक फिजियोथेरापी चलिरहेको छ । घिमिरेको स्वास्थ्यलाभमा चिकित्सक छोरी र आफन्तको पनि महत्वपूर्ण भूमिका छ । छोरीले चिकित्सकीय सेवादेखि थेरापीसम्ममा साथ दिइरहेकी छिन् ।परिवारले अबको केहि दिनमा डिस्चार्ज हुने जनाएका छन् ।

हामीसँगको कुराकानीमा घिमिरेले फिल्म हलमा चलिरहेको भष्मे डन, सुटिङ जारी रहेको डिग्री माईला, सुटिङ सुरु हुन लागेको महाजात्रा आदि चलचित्रबारे चिन्ता व्यक्त गरे । महाजात्राको निर्माणपक्षसँग फोनमै कुराकानी पनि गरे । आफ्नो स्वास्थ्यसुधारको लागि बौद्धविधि अनुसार पूजापाठ गरेकोमा कार्यकारी निर्माता एवं अभिनेता रबिन्द्रसिंह बानियाँलाई आभार व्यक्त गरे ।

लडेपछि अचेत उनको अस्पतालको बेडमै होस फर्कियो । आफ्नो लागि शुभेच्छा र प्रार्थना गर्नेहरु धेरै पाएकोमा प्रशन्नता व्यक्त गर्दै उनले भने – ‘माया गर्ने मान्छे धेरै कमाएछु । यही रहेछ कमाएको । खुशी लागेको छ ।’

घिमिरे दशैं चलिरहेका बेला गत कार्तिक १० गते शुक्रबार पोखरा नदिपुरको भिरमा गाईलाई घाँस काट्ने क्रममा लडेर गम्भिर घाइते भई अचेत भएका थिए । पहराबाट उनी करिब ५० मिटर तल झाडीमा खसेका थिए।

तत्काल पोखराको मणिपाल शिक्षण अस्पताल लगिएकोमा त्यहीँ निरन्तर उपचार भैरहेको छ । हेलिकोप्टरमार्फत् काठमाण्डौ लैजाने तयारी गरिरहँदा चिकित्सकले मणिपालमै उपचार हुने भनेपछि यहीँ उपचारलाई निरन्तरता दिइएको थियो ।

उनको स्वास्थ्यमा क्रमिक रुपमा राम्रो सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अहिले फिजियोथेरापीको काम भइरहेको छ । प्रकाशको टाउकोमा चोट लागेको छ। छातीको करङ भाँचिएर फोक्सोमा छोएको थियो । ढाडमा पनि चोट लागेको थियो । अहिले ठीक हुँदैछ ।

नाटकबाट अभिनय यात्रा थालेका प्रकाशले हालसम्म तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन्। उनले २०६१/६२ सालतिर निर्देशक नबिन सुब्बाद्वारा निर्देशित नेपाल टेलिभिजनमा प्रसारित नेपाली धारावाहिक टेलिसिरियल ‘दलन’मा अभिनय पनि गरे । यो उनको चलचित्र क्षेत्रमा पहिलो डेब्यू थियो ।

विस्तारै उनी अभिनय यात्रा सिने क्षेत्रमा छलाङ्ग मार्दै गयो । उनीद्वारा अभिनित नेपाली चलचित्रहरु ‘टलक जंग भर्सेस टुल्के, जात्रा, जात्रै जात्रा, पशुपति प्रसाद, छ माया छपक्कै, साईंली, फन्को, पञ्चे बाजा, घाम पानी, पानीफोटो आदि छन् । प्रकाश अभिनीत चलचित्र ’पशुपति प्रसाद २ः भष्मे डन’ अहिले प्रदर्शनमा छ।

नदिपुरकै कन्या माविमा ३७ वर्ष शिक्षण गरेका प्रकाश २०७५ सालमा अवकाश लिएपछि अभिनय क्षेत्रमा क्रियाशील भएका हुन्।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
खेलकुद

प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय

by राम बहादुर रोकाहा
2026 January 25 मा प्रकाशित
प्रथम पिंक सिटी महोत्सव कप: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
खेलकुद

वालिङ महोत्सवमा खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै

by राम बहादुर रोकाहा
2026 January 25 मा प्रकाशित
चार जनाको उम्मेदवारी फिर्तापछि स्याङ्जामा २४ उम्मेदवार कायम
गण्डकी क्षेत्र

चार जनाको उम्मेदवारी फिर्तापछि स्याङ्जामा २४ उम्मेदवार कायम

by राम बहादुर रोकाहा
2026 January 24 मा प्रकाशित
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ
गण्डकी क्षेत्र

निर्वाचन नजिकिँदै जाँदा स्याङ्जामा निर्वाचन प्रहरी अभाव, मागभन्दा झण्डै आठ सय कम आवेदनपछि दुई दिन थप

by राम बहादुर रोकाहा
2026 January 24 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे
गण्डकी क्षेत्र

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस स्याङ्जाद्वारा आठ समिति गठन

by राम बहादुर रोकाहा
2026 January 24 मा प्रकाशित
माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला
गण्डकी क्षेत्र

भिरबाट लडेर युवकको मृत्यु

by राम बहादुर रोकाहा
2026 January 24 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय

प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय

2026 January 25 मा प्रकाशित
प्रथम पिंक सिटी महोत्सव कप: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

वालिङ महोत्सवमा खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै

2026 January 25 मा प्रकाशित
चार जनाको उम्मेदवारी फिर्तापछि स्याङ्जामा २४ उम्मेदवार कायम

चार जनाको उम्मेदवारी फिर्तापछि स्याङ्जामा २४ उम्मेदवार कायम

2026 January 24 मा प्रकाशित
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

निर्वाचन नजिकिँदै जाँदा स्याङ्जामा निर्वाचन प्रहरी अभाव, मागभन्दा झण्डै आठ सय कम आवेदनपछि दुई दिन थप

2026 January 24 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस स्याङ्जाद्वारा आठ समिति गठन

2026 January 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews