Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ? 

बन, बन्दुकदेखि भैंसीसम्म, मुख्यमन्त्रीको ४२ तोला सुन र हिरामोती

गण्डकी न्यूज गण्डकी न्यूज
2023 September 22 मा प्रकाशित
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ? 
ShareTweetSend

पोखरा । गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने आचारसंहिता बनाएको छ । तर, आफैंले तोकेको समयसीमा भित्र मुख्यमन्त्रीदेखि कसैले पनि सम्पत्ति विवरण सार्वजनिक गरेनन् ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार बिहीबार साँझ सार्वजनिक भएको छ । गत वैशाख १४ गते नियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २९ वैशाखमा मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए ।

आचारसंहिताविपरीत झन्डै तीन महिनापछि गण्डकीका मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो । मन्त्रीहरूले आचारसंहिता अनुसार असार दोस्रो साताभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने थियो ।

मुख्यमन्त्रीको विभिन्न जिल्लामा पैतृक जग्गा, ४२ तोला सुन

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग जन्मथलो गोरखासहित विभिन्न जिल्लामा पैतृक सम्पति रहेको खुलाएका छन् । काठमाडौं, भक्तपुर र कपिलवस्तुमा पनि पैतृक जग्गा रहेको विवरण सार्वजनिक गरेका हुन् ।

पाण्डेको गोरखामा ५ रोपनी १० आना १ दाम जग्गा र घर छ भने काठमाडौं महानगरपालिका वडा नम्बर ३ मा २ सय १२ वर्गमिटरमा घरजग्गा छ । पाण्डेसँग ४२ तोला सुन, ५ सय तोला चाँदी छ भने जग्गा बिक्री गरेर २ सेट हिरा किनेको देखाएका छन् । तलब सुविधाबाट १ सेट मोती किनेको पनि पाण्डेले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

व्यवसाय, तलब र जग्गा बिक्रीबाट एभरेस्ट बैंकमा २४ लाख ९६ हजार मौज्दात रहेको मुख्यमन्त्री पाण्डेले खुलाएका छन् । पत्नी विना पाण्डेको नाममा प्रभु बैंकमा ६० लाख रुपैयाँ तलब तथा उपदानमार्फत जम्मा गरेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरेका छन् । छोरा सुयोग्यराज पाण्डेको ग्लोबल आइएमई बैंकमा १ लाख ५६ हजार बैंक मौज्दात देखाएका छन् ।

मुख्यमन्त्री पाण्डेले राष्ट्रिय वाणिज्य बैंकमा ओभर ड्राफ्ट रहेको ५० लाखमध्ये २३ लाख निकालेको देखाएका छन् । मुख्यमन्त्री पाण्डेको श्रीमतीको नाममा नगद तथा बैंकबाट ऋणसमेत गरी ६२ लाख रुपैयाँमा कार खरिद गरेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले व्यवसायबाट बैंकमा नगद मौज्दात रहेको उल्लेख गरे पनि कुन व्यवसाय भन्ने खुलाएका छैनन् । पाण्डेले राष्ट्रिय वाणिज्य बैंकबाट २३ लाख ऋण लिएको उल्लेख गरेका छन् ।

मन्त्री सिम्खडासँग पुख्र्याैली घरजग्गा र १० लाखको सेयर, छैन गरगहना

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले दाइ विष्णु सिम्खडाको नाममा गोरखामा पुख्र्याैली जग्गा रहेको खुलाएकी छन् ।

गहनाको नाममा केही पनि नलगाई हिँड्ने उनले सुनचाँदी आफूसँग नरहेको उल्लेख गरेकी छन् । उनले २६ हजारको मोबाइल र ७ हजारको घडी किनेको खुलाएकी छन् । नवलपुरको गैंडाकोटमा १५ लाख रुपैयाँमा खरिद गरेको ६ हजार ३ सय ९५ वर्ग मिटर जग्गा रहेको उल्लेख गरेकी छन् ।

ललितपुर गोदावरी–३ मा १९ लाखमा खरिद गरेको ६ सय ४ वर्ग मिटर, जग्गा किनेको र श्रीमान जनकबहादुर बुढाको नाममा जुम्ला तातोपानी गाउँपालिका २ मा पुर्ख्यौली घरसम्पत्ति रहेको बताएकी छन् ।

व्यापार व्यवसायबाट विभिन्न बैंकमा १ लाख ७० हजार मौज्दात रहेको सिंखडाले खुलाएकी छन् । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई ६ लाख ७५ हजार रुपैयाँ ऋण दिएको विवरणमा उल्लेख छ । उनले १० लाख बराबरको विभिन्न कम्पनीको सेयर रहेको खुलाएकी छन् ।

ऊर्जामन्त्री सरस्वती अर्याल तिवारीको स्कुटर मात्रै, ९५ लाख ऋण तर प्रयोजन खुलाइनन्

गण्डकी सरकारकी प्रवक्ता तथा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले स्याङ्जा वालिङ नगरपालिका–८ मा पुख्र्यौली घरजग्गा देखाएकी छन् । वालिङ–८ मा परिवारका सदस्यहरुको नाममा २७ वटा कित्तामा जग्गा रहेको अर्यालले बताएकी छन् ।

अर्यालले २३ लाख नगद, २२ तोला सुन, ४० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । तलबभत्ता सापटी गरेर परिवारका नाममा ३ लाख ५७ हजार मौज्दात रहेको अर्यालले खुलाएकी छन् ।

अर्यालको नाममा एउटा स्कुटर र श्रीमानको नाममा एउटा मोटरसाइकल छ । अर्यालले ९५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेकी छन् तर प्रयोजन खुलाएकी छैनन् । २ लाख ८५ हजार बराबरको विभिन्न सहकारी, रेडियो, जलविद्युत आयोजनामा सेयर रहेको अर्यालले बताएकी छन् ।

कृषिमन्त्री महेन्द्रध्वज जिसीसँग ट्याक्टर र ४० तोला सुन, नगद विवरण लुकाए

नवलपुरका कांग्रेस नेता तथा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले नवलपुरमा १ रोपनी ७ आना १५ दाम जग्गा र साढे २ तलाको घर रहेको बताएका छन् ।

नवलपुर सुस्तापूर्व बर्दघाटमा १३ कित्तामा ५ हजार २१ दशमलव ५४ वर्गमिटरभन्दा धेरै पैतृक जग्गा रहेको जिसीले उल्लेख गरेका छन् । स्वआर्जनबाट जिसीले एउटा ट्याक्टर खरिद गरेको उल्लेख गरेका छन् ।

कृषिमन्त्री जिसीसँग ४० तोला सुन र २० तोला चाँदी छ । त्यो पनि उनले पैतृक नै भएको बताएका छन् । जिसीको एउटा सहकारी र ५ वटा बैंकमा नगद मौज्दात रहेको तर बैंक स्टेटमेन्ट प्राप्त भएपछि रकम उल्लेख गरिने बताउँदै खाली सम्पत्ति विवरण बुझाएका छन् ।

पूर्वाधारमन्त्री जुग्जालीसँग ट्याक्टर र स्काभेटर, ६० लाख ऋण

गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले आफूसँग ट्याक्टर,  स्काभेटर र मोटरसाइकल रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । उनले २०७५ सालमा ऋण तथा व्यवसायबाट प्राप्त रकमबाट २३ लाख रुपैयाँमा ट्याक्टर किनेको उल्लेख गरेका छन् । ०७४ सालमा व्यवसायबाट प्राप्त रकमले ३ लाख ७० हजार रुपैयाँमा मोटरसाइकल खरिद गरेको उल्लेख गरेका छन् ।

जुग्जालीको म्याग्दी मालिका गाउँपालिकामा २ वटा घर छ । एउटा आफ्नै नाममा ११ आनामा बनेको एकतले ५ कोठाको पक्की पैतृक घर भएको बताएका छन् ।

मालिकामै आफ्नो नाममा १५ रोपनी जग्गा र बाबु खड्गबहादुर जुग्जालीको नाममा ३५ रोपनी जग्गा रहेकोे देखाएका छन् । मन्त्री जुग्जालीले आफूसँग ७ तोला सुन रहेको देखाएका छन् । जसमध्ये ०७० सालमा ४ लाख ५० हजार रुपैयाँमा ५ तोल सुन खरिद गरेको देखाएका छन । उनले सुन किनेको स्रोत भने व्यवसाय देखाएका छन् ।

०७३ सालमा २ तोल सुन जोडेको बताएका छन् । उक्त सुन पैत्रिकबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । गरिमा विकास बैंकमा व्यवसाय र तलबबाट ६ लाख ४० हजार र प्रभु बंैंकमा ५० हजार व्यवसायबाट प्राप्त रकम जम्मा गरेको उल्लेख गरेका छन् ।

हाइड्रो एम्पाएर प्रालिमा २५ लाखको सेयर ऋणमा खरिद गरेको उल्लेख गरेका छन् । त्यस्तै परिचय नेपाल सहकारीमा व्यवसायबाट प्राप्त ४ लाख रुपैयाँ र मितेरी बचत तथा ऋण सहकारी संस्थामा १ लाख शेयर देखाएका छन् ।

मन्त्री जुग्जालीले सम्पत्ति विवरणमार्फत आफू ६० लाख रुपैयाँ ऋणमा रहेको देखाएका छन् । जसमध्ये गरिमा विकास बैंकमा ४० लाख रुपैयाँ छ । उक्त ऋण चुक्ता गर्न अहिले पनि आफूले किस्ता तिरिरहेको बताएका छन् ।

त्यस्तै, विभिन्न व्यक्तिसँग २० लाख रुपैयाँ सापटी लिएको उल्लेख गरेका छन् । ऋण तिर्न बाँकी देखाएका उनले कुन कुन प्रयोजनका लागि ऋण लिएका हुन् त्यो खुलाएका छैनन् ।

उनले सम्पत्ति विवरणमा १ सय ५० वटा सुन्तलाको बोट भएको बताएका छन् । बाबु खड्ग जुग्जालीको नाममा रहेको उक्त सुन्तलाबारीबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी भइरहेको बताएका छन् ।

स्काभेटरमा साझेदारीमा लगानी गरेको बताएका छन् । ९५ लाख रुपैयाँ पर्ने उक्त स्काभेटरमा आफ्नो भागमा २० लाख रुपैयाँ पर्ने गरी लगानी गरेको उनले बताएका छन् ।

अर्थमन्त्रीसँग निजी बन र एकनाले बन्दुक

तनहुँ घर भएका गण्डकीका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले भीमाद नगरपालिका–६ मा पुख्र्यौली घरजग्गा रहेको खुलाएका छन् ।

अर्थमन्त्री आलेले आफ्नो र सगोलमा गरेर भीमाद वडा नम्बर ५ मा ३० वटा कित्तामा जग्गा रहेको उल्लेख गरेका छन् । सम्पत्ति विवरणमा उनले ६ रोपनी १० आनामा फैलिएको निजी वन रहेको खुलाएका छन् । पैतृकरूपमा २०५४ सालमा आफूले यो वन पाएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

कामना सहकारीमा ३ लाख र कृषि विकास बैंकमा ३३ सय शेयर रहेको अर्थमन्त्री आलेले बताएका छन् । पैतृक सम्पतिकै रुपमा २१ तोला सुन र २७ तोला चाँदी रहेको अर्थमन्त्री आलेले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

आफ्नो नाममा निजी वन रहेको देखाएका अर्थमन्त्री आलेले ३४ लाख ७० हजार रुपैयाँ बैंकबाट ऋण लिएको देखाएका छन् तर प्रयोजन भने खुलाएका छैनन् । आलेसँग एउटा मोटरसाइकल छ । अर्थमन्त्री आलेसँग ३३ हजार रुपैयाँमा खरिद गरेको लाइसेन्स प्राप्त एक नाले १२ बोर बन्दुक पनि रहेको उल्लेख गरेका छन् ।

बनमन्त्रीसँग जिप, ट्याक्टर र दुईवटा भैँसी

उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापासँग जिप, ट्याक्टर, र फार्मेसी पसल छ । थापाको बागलुङ नगरपालिका ३ मा घरजग्गा छ । अंशबण्डा नभएको पैतृक सम्पतिका रुपमा बागलुङ– ११ मा ५ कित्तामा करिब ११ लाखमा व्यवसायबाट आएको रकमबाट खरिद गरेको थापाले उल्लेख गरेका छन् ।

थापाले कास्कीमा ५० लाख र ६० लाख रुपैयाँमा २ कित्ता जग्गा खरिद गरेका छन् । थापासँग १७ तोला सुन, २ केजी चाँदी छ । २ लाख २५ हजार नगद मौज्दात देखाएका थापाले विभिन्न कम्पनीमा व्यापार नोकरीबाट १४ लाख ६६ हजार रुपैयाँ सेयर रहेको खुलाएका छन् । थापाले ३७ लाख रुपैयाँ ऋण लिएको देखाएका छन् ।

वनमन्त्री थापाले व्यापार व्यवसायबाट पिकअप गाडी ११ लाख ५० हजारर ४ लाख ५० हजार रुपैयाँमा रसियन बेलारुसी ट्याक्टर खरिद गरेको खुलाएका छन् । थापाले १ लाख ६० हजार रुपैयाँ बराबरको २ भैंसी रहेको बताएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पञ्चकन्या माविलाई खुमा फाउण्डेसनको कम्प्युटर सहयोग
गण्डकी क्षेत्र

पञ्चकन्या माविलाई खुमा फाउण्डेसनको कम्प्युटर सहयोग

by राम बहादुर रोकाहा
2026 January 2 मा प्रकाशित
निःशुल्क शल्यक्रियाले वृद्धवृद्धाको आँखामा उज्यालो
गण्डकी क्षेत्र

निःशुल्क शल्यक्रियाले वृद्धवृद्धाको आँखामा उज्यालो

by राम बहादुर रोकाहा
2026 January 2 मा प्रकाशित
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जा प्रहरीको सक्रियता : जडीबुटी, अवैध उत्खनन र फरार कसूरदारमाथि एकैसाथ कारबाही

by राम बहादुर रोकाहा
2025 December 31 मा प्रकाशित
करिब ८० हजार रुपैयाँ बराबरको अवैध खाद्यवस्तु बरामद
गण्डकी क्षेत्र

करिब ८० हजार रुपैयाँ बराबरको अवैध खाद्यवस्तु बरामद

by राम बहादुर रोकाहा
2025 December 31 मा प्रकाशित
भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते
गण्डकी क्षेत्र

भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते

by राम बहादुर रोकाहा
2025 December 30 मा प्रकाशित
माघ १४ देखि नवौं संस्करणको वालिङ् महोत्सव हुने
Breaking 2

ऐतिहासिक आँधीखोलाको किनारमा माघ १४ देखि नवौं संस्करणको वालिङ महोत्सव

by राम बहादुर रोकाहा
2025 December 30 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पञ्चकन्या माविलाई खुमा फाउण्डेसनको कम्प्युटर सहयोग

पञ्चकन्या माविलाई खुमा फाउण्डेसनको कम्प्युटर सहयोग

2026 January 2 मा प्रकाशित
निःशुल्क शल्यक्रियाले वृद्धवृद्धाको आँखामा उज्यालो

निःशुल्क शल्यक्रियाले वृद्धवृद्धाको आँखामा उज्यालो

2026 January 2 मा प्रकाशित
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

स्याङ्जा प्रहरीको सक्रियता : जडीबुटी, अवैध उत्खनन र फरार कसूरदारमाथि एकैसाथ कारबाही

2025 December 31 मा प्रकाशित
करिब ८० हजार रुपैयाँ बराबरको अवैध खाद्यवस्तु बरामद

करिब ८० हजार रुपैयाँ बराबरको अवैध खाद्यवस्तु बरामद

2025 December 31 मा प्रकाशित
भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते

भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते

2025 December 30 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews