Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकी एकेडेमीमा शिक्षकले कुट्दा बालकको हात भाँचियो, उल्टै शिक्षिकाले चोरको आरोप लगाइन्

'हात खुट्टा भाँचेर शिक्षकहरुले रमाइलो मान्दैन । खेल्दा पनि चोटपटक लाग्छ नि' - प्रिन्सिपल

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 September 9 मा प्रकाशित
गण्डकी एकेडेमीमा शिक्षकले कुट्दा बालकको हात भाँचियो, उल्टै शिक्षिकाले चोरको आरोप लगाइन्
ShareTweetSend

पोखरा वडा नं. ६, लेकसाइड जरेबरभित्र गण्डकी एकेडेमी, कास्की नामक विद्यालय सञ्चालनमा छ । गत मंगलबार सोहि स्कूलका विज्ञान शिक्षक कृष्ण गुरुङले लठ्ठीले पिट्दा कक्षा ७ का १३ वर्षीय बालकको हात नै भाँचियो । घटनालाई विद्यालयमै थामथुम गर्ने प्रयास पनि भयो ।

घाइते विद्यार्थीलाई सोहि दिन पैसा चोरेको आरोप शिक्षिकाले लगाउँदा बाल मनस्थितिमा नराम्रो असर परेको छ । एक त हात भाँचिएर शारीरिक पीडा त हुने नै भयो, त्यसमाथि घरमा फोन गर्न मोबाइल लिन स्टाफ रुममा पठाएका बेला पैसा चोरेको आरोप लगाएपछि बाल मनोविज्ञानमा कस्तो असर पर्ला ?

पोखरा नागढुंगा बस्ने बालक बि.पि. सदाझैं मंगलबार विद्यालय पुगे । साइन्स विषयको पिरियड थियो । विषय शिक्षक हुन् कृष्ण गुरुङ । सोहि पिरियडमा कृष्णले लठ्ठीले पिट्दा बालकको दाहिने हात भाँचिएकाे हाे । मिडियासँग बालकले भनेका छन् – ‘साइन्स टिचर कृष्ण गुरुङले स्टिकले पिट्नुभयो । मैले हातमा नहान्नू, मेरो हात पहिल्यै भाँचिएको हो, ढाँडमा हान्नू भनेको हातमै हान्नुभयो । अनि भाँच्चियो ।’

बालकको हात भाँचिएपछि शिक्षकले प्रिन्सिपलसहित शिक्षकहरुसँग कुरा गरी घरमा फोन गरेको खुलेको छ । त्यसपछि बालककी आमा शान्ता पाण्डेले घर ल्याइदिनू भनेपछि बाइकमै राखेर कृष्ण बालकको घर नागढुंगा पुग्छन् । त्यहाँबाट बालकका ठूलो दाइसँगै जिएसमी पुगेर उपचार गर्छन् । प्लास्टर गरेर फर्किन्छन् । भोलिपल्ट बालक पढ्न विद्यालय नै जान्छन् ।

अघिल्लो दिन हात भाँचिएपछि घरमा फोन गरिदिने बेलासम्मको समयमा विद्यालयमा जे भयो, त्यसले बालक र परिवारको असाध्यै चित्त दुखेको छ । शिक्षिका ज्ञानु खनालले आमासँग कुरा गर्न बालकलाई स्टाफ रुममा आफ्नो ब्यागबाट मोबाइल लिएर आउ भनेर पठाउँछन् । भाँचिएको हातले उनलाई अफ्ठेरो हुन्छ । केही समय लाग्छ ।

पछि बर्षा नामक शिक्षिकाको ब्यागबाट ३ हजार हराएको खबर फैलिन्छ । त्यसपछि ज्ञानुले ‘३ हजार हरायो, तैँ गएको होस्, तैंले चोरेको हो, निकाल्’ भनेर झोलाबाट किताबकापी छरपस्ट पारिदिने काम गरेको बालक सुनाउँछन् । जुत्ता मोजासमेत खोल्न लगाएर खानतलासी गरेको उनको भनाई छ ।

कुट्ने शिक्षक भन्दा चोर आरोप लगाउनेसँग उनको बढी चित्त दुखाई छ । सर र मिसलाई कारबाही गर्नुपर्छ नत्र पढ्न जान्नँ भनेर घरमा भनेको आमा शान्ता बताउँछिन् । प्रिन्सिपलले एकान्तमा सोध्ने, गाली गर्ने, टर्चर दिने काम हुने गरेको उनी दुःखेसो पोख्छिन् । ‘बाबुलाई टर्चर नदिनू, पढाईको कुरामा मात्र डर देखाउने हो । जे भन्नूछ मलाई भन्नू, बरू म पसल बन्द गरेर स्कूल आउँछु । भनेकाे थिएँ ।’ – शान्ता भन्छिन् । प्रिन्सिपल सरले पहिले पनि एकान्तमा टर्चर दिने उनी बताउँछिन् ।

शिक्षक कृष्ण गुरुङले सबै बच्चाहरुलाई पिटेको स्विकार्छन् । झुक्केर लागेको भन्दै प्रस्टीकरण दिन्छन् । कुट्ने शिक्षक कृष्ण भन्छन् – ‘मेरो पिरियडमा खेल्छु भनेका थिए, किताब निकाल भनेको थिएँ । किताब ननिकाल्नेहरुलाई पनिसमेन्ट दिन्छु भनेको थिएँ । बाबु चाहिँ पछाडिबाट अगाडि बढ्दा मैले समाएर लठ्ठी उठाउँदा हातमा लागेको हो । विद्यार्थीबाट अहिलेसम्म मेरोबारे कमेन्ट आएको थिएन ।’

चोरीको आरोप लगाउने शिक्षिका ज्ञानु खनालले हात भाँचिएपछि घरमा फोन गरिदिन आफ्नो मोबाइल लिन स्टाफ रुममा पठाएको तर बर्षा मिसको पैसा हरायो भनेपछि स्टाफ रुममा पठाएको विद्यार्थी भएकाले सोधपुछ मात्र गरिएको बताइन् । नयाँ चकलेटहरू किनेकाे अन्य विद्यार्थीहरूले बताएका कारण केरकार गरिएकाे उनले स्विकारिन् ।

प्रिन्सिपल शिवराज पौडेल घटनाबारे पूर्ण जानकार रहेको बताउँदै परिवारसँग सबै कुराकानी भइसकेको बताए । ‘चकचक गरिरहेका थिए, एक्सिडेन्टली यस्तो भयो भनेर कृष्ण सरले भन्नुभो । घर लगेर हस्पिटल लान्छु भनेर उपचार गरेर पनि लैजानुभयो । गर्छु भनेर कसैले गर्दैनन्, नियतवश गर्ने होइन ।’ उनले भने– ‘बच्चाहरु पिटेर, हात खुट्टा भाँचेर शिक्षकहरुले रमाइलो मान्दैन । त्यो तपाईंहरुले बुझिदिनुहोला । खेल्दा पनि चोटपटक लाग्छ नि । उहाँ नरम मान्छे हो, बच्चाहरु पिट्ने मान्छे पनि होइन । व्यवस्थापन समिति अध्यक्ष म्याडमसँग पनि बैठक बसेर सबै कुरा भइसकेको छ । संयोगले परेको हो ।’

प्रिन्सिपलले शिक्षक कृष्णले विद्यार्थी कुट्दैन भनेपनि कृष्ण स्वयंले भने भनेको नमान्ने सबै विद्यार्थीलाई पनिसमेन्ट दिएको बताएका छन् । प्रिन्सिपल पौडेलले शिक्षिकाले चाेर भनेकाे कुरा बालकले नभनेकाे जिकिर गरे । यद्यपी, याे कार्यले हातमा चाेट लागेका बेला उनमा मानसिक दबाब पुगेकाे भने उनले स्विकारे ।

पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले कसैलाई पनि शारीरिक दण्ड दिन नपाइने बताउँदै सम्बन्धित विद्यालय प्रशासनसँग बुझ्ने बताए । उनले भने– ‘हामी बुझ्छौँ, अनुसन्धान गर्छौँ । बालमैत्री विद्यालय सञ्चालन गर्ने अवधारणा उल्लंघन गर्नेलाई जे सजाय तोकिएको छ, सोहि अनुसार हामी कारबाही गर्दछौँ ।’

भिडियाेका लागि यहाँ क्लिक गर्नुहाेस् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण
गण्डकी क्षेत्र

पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण

by राम बहादुर रोकाहा
2026 September 12 मा प्रकाशित
अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने

by राम बहादुर रोकाहा
2026 September 11 मा प्रकाशित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
गण्डकी क्षेत्र

स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु

by राम बहादुर रोकाहा
2026 September 10 मा प्रकाशित
आवश्यक परे नेतृत्व छाड्न तयार छु : कांग्रेस सभापति गगन थापा
गण्डकी क्षेत्र

आवश्यक परे नेतृत्व छाड्न तयार छु : कांग्रेस सभापति गगन थापा

by राम बहादुर रोकाहा
2026 September 10 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना

by राम बहादुर रोकाहा
2026 September 10 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा फरार तीन प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2026 September 10 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण

पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण

2026 September 12 मा प्रकाशित
अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने

अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने

2026 September 11 मा प्रकाशित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु

स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु

2026 September 10 मा प्रकाशित
आवश्यक परे नेतृत्व छाड्न तयार छु : कांग्रेस सभापति गगन थापा

आवश्यक परे नेतृत्व छाड्न तयार छु : कांग्रेस सभापति गगन थापा

2026 September 10 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना

2026 September 10 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews