Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

बाघ मारेर सेलाएसँगै सकियो पोखराको बाघ जात्रा [फोटो फिचर]

२३ वर्षपछि यो वर्ष भएको जात्रा अब ५/५ वर्षमा निकालिने

गण्डकी न्यूज गण्डकी न्यूज
2023 September 7 मा प्रकाशित
बाघ मारेर सेलाएसँगै सकियो पोखराको बाघ जात्रा [फोटो फिचर]

तस्वीर: सञ्जय शाक्य

ShareTweetSend

पोखरा । बाघ मारेर सेलाएपछि पोखरामा भएको तीन दिने बाघ जात्रा समापन भएको छ । जनतालाई दुःख दिने हिंस्रक जंगली जनावरका रुपमा देखाइएको बाघलाई मारेर सेलाएपछि पोखरामा सोमबारदेखि शुरु भएको बाघ जात्रा बुधबार सम्पन्न भएको हो ।

बाघ जात्राको अन्तिम दिन नेवा छेँ भवन नदीपुरबाट शुरु भएको जात्रा नालामुख, तेर्सापट्टी, पालिखेचोक, महेन्द्रपुल, रानीपौवा, शितलदेवी, गौंडाकोमुख, अमरसिंहचोकहुँदै पोखरा रंगशालामा आएर बाघ मार्ने कार्यक्रममा परिणत भएको थियो । हजारौं सर्वसाधारणको भीडकाबीच बाघ मार्दा हर्षोल्लास छाएको थियो ।

जात्राको मुख्य उद्देश्य नै बाघ मारेर जनतालाई पीडाबाट उन्मुक्ति दिएको देखाउनु हो । पोखरामा तेईस वर्षपछि देखाइएको जात्रापनि यहि दृश्य देखाउँदा उपस्थित दर्शकको मन रमायो । किम्वदन्ती अनुसार कुनै समय जंगली हिंस्रक जनावर बाघले शहर पसेर जनताका घरपालुवा जनावरका साथै मानिसहरुलाईसमेत आक्रमण गरेर मार्न थालेपछि जनताले तत्कालीन राजालाई नरभक्षी बाघ मारिदिन अनुरोध गरियो ।

सो अनुरोध अनुसार राजाले आफ्नै उपस्थितिमा आफ्नो सम्पूर्ण राज्यशक्तिका रुपमा प्रधानमन्त्री, सेनापती, सेना, शिकारीहरु, जनता प्रयोग गरेर चारैतिरबाट घेरा हाली बाघलाई बन्दुकले हानेर मारिएको थियो । नरभक्षी बाघबाट जनतालाई उन्मुक्ति दिएकाले त्यसलाई पछि जात्राका रुपमा मनाउन थालिएअनुसार पोखरामापनि जात्रा मनाउन थालेको पाइएको बाघ जात्रा तयारी समितिका सचिव सुनिल उलकले जानकारी दिए । जात्राको सन्देश अहिलेपनि बाघ मार्नुपर्छ भन्ने नरहेको तर मानिसलाई दुःख दिने हिंस्रक जनावर मारेर जनतालाई मुक्ति दिलाउनुपर्छ भन्ने रहेको उनको भनाई छ ।

बाघ जात्रामा ऐतिहासिक पक्षको उजागर गरिएको छ । त्यसरी ऐतिहासिक पक्ष उजागर गर्न अग्रभागमा कुमारी, त्यसपछि तायाःमचा नाच, धिमेबाजा, घोडानाच राखिएको छ । त्यसपछि घोडामा सवार श्रीपेच लगाएको राजा र डोलीमा चढाएर रानी राखिन्छ भने त्यसको दायाँबायाँ प्रधानमन्त्री र सेनापतीसहित जनता साथमा हुन्छन् ।

राजारानी र प्रधानमन्त्रीको दायाँबायाँ सुरक्षागार्ड, घोडचढी रिसल्लाहरु, झ्यासीन्यासीका रुपमा हतियारधारी शिकारीहरु, उहिलेका सैनिकका रुपमा गुरुज्यूका पल्टनका सैनिकहरुपनि दुरुस्तै देखिनेगरी राखिन्छ । बाघ जात्राको प्रमुख आर्षणका रुपमा बाघ तथा बाघको शिकारका लागि चारै तर्फबाट घेर्नका लागि हातमा बाँस बोकेका गाउँलेका रुपमा ढेकेग्वाराहरु हुन्छन् । जात्रालाई जीवन्त बनाउनका लागि सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरीसमेत परिचालन गरिएको थियो । जात्रामा विशेष आकर्षणका रुपमा भक्तपुरको प्रख्यात घिन्ताघिसी जात्रापनि समावेश छ । भक्तपुर वडा नं ३ मा रहेको घट्खा दाफा भजन खलःका नृत्य तथा बाजा टोलि सहभागि भएको हो ।

तेईस वर्षपछि निकालिएको बाघजात्रा देख्दा बुढापाकाहरु पहिलेको बाघजात्रासँग तुलना गर्दै गफिएका देखिन्थे । पहिले नदेखेकाहरु एक्कासी राजारानीदेखि प्रधानमन्त्री र सेनापतीसहितको लस्कर देख्दा अचम्म मान्दै हेरिरहेका भेटिए । कतिपय जात्राको ऐतिहासिकता जीवन्त बनेकोमा गदगद् भएको पाईयो भने कतिपयचाहिं गणतन्त्र आएको डेढ दशकपछि जात्राको नाममा राजारानी बनाएर सेनाको लावालस्कर लगाएको देखाउनु बेकार भएको टिप्पणी गर्नेपनि भेटिए । तर जात्रा तयारी समितिका सचिव सुनिल उलक ऐतिहासिक पक्ष जस्ताकोतस्तै देखाउने प्रयासलाई अन्यथा लिन नहुने बताउँछन् । ‘हामीले गणतन्त्रको विरोध गरेका होईनौं । ऐतिहासिक पक्षलाई उजागर गर्नमात्र राजारानीदेखि सेनापतीसम्मको चरित्र जस्ताकोतस्तै राखेका हौं ।’

बााघजात्रामा पोखरेली सर्वसाधारणको सहभागिता बाक्लै देखियो । नेवार समुदायको संस्कृतिमा पर्ने जात्रा भएकाले सो समुदायको सहभागिता बाक्लो रुपमा देखियो भने गैह्रनेवार समुदायकोपनि सहभागिता र उपस्थितिपनि ठूलो मात्रामा देखियो । खास गरेर घर अगाडी आउँदा ताँती लागेर हेर्नका लागि भीड देखियो भने ठाउँठाउँमा घडा राखेर स्वागत तथा फलफूल वितरण गर्नेपनि प्रशस्तै थिए । सर्वसाधारणले उत्सुकता र रुचीपूर्वक हेर्दा आयोजकलाई हौषला मिलेको सचिव उलकले बताए ।

बाघ जात्रा तीन प्रदर्शन गरिएको थियो । जात्राको पहिलो दिन नेवा छेँबाट शुरु भई भीमसेन मन्दिरमा रहेको नासः द्यको परिक्रमा गरेर भैरवटोल, मोहरियाटोल, बागबजार हुँदै नदीपुर, तेर्सापट्टी, नालामुखहुँदै नेवाः छेँ मा पुगेर समापन भएको थियो भने दोश्रो दिन नेवा छेँ भवनबाटै शुरु भई गणेशटोल, रामकृष्णटोल, बगालेटोल, सिमलचौरहुँदै सृजनाचोक पुगेर सभागृहचोक, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, तेर्सापट्टी, नालामुखचोक हुँदै नेवाः छेँ मै फर्किएर समापन भएको थियो ।

पोखराको सबैभन्दा पुरानो जात्रा मानिने बाघ जात्रा एक सय वर्ष अघिदेखि शुरु भएको बताइन्छ । २०५७ सालपछि भने पोखरामा प्रदर्शन हुन सकेको थिएन । बाघ जात्रामा प्रायः सबै जात्राहरुको संयोजन हुने बाघ जात्रा तयारी समितिका अध्यक्ष जवाहरलाल श्रेष्ठले बताए ।

अब पाँच/पाँच वर्षमा यो जात्रा लगाउने ८१ वर्षीय संस्कृतिकर्मी एवं बाघजात्रा आयोजक समितिका अध्यक्ष जवाहरलाल श्रेष्ठले बताए। कहिलेदेखि यो जात्रा लागेको भन्नेबारे चाहिँ आफूलाई थाहा नभएको उनले बताए।

‘मैले २०१४ सालमा हाम्रो भैरवटोलका बालकृष्ण भन्नेलाई राजा बनाएको थाहा छ। त्यसभन्दा अघि २००६ सालमा जात्रा निकालेका थिए रे,’ उनले भने, ‘कहिलेदेखि सुरू भयो भन्ने चाहिँ हामीलाई थाहा छैन।’

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री
Breaking 1

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न
Breaking 2

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट
Main News 1

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
गण्डकी क्षेत्र

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
गण्डकी क्षेत्र

स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

2026 August 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews