Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकी प्रदेशमै पहिलोपटक चरकमा ‘ओपन हर्ट सर्जरी’

डा. अनिल भट्टराई नेतृत्वको टोलीद्वारा सफल शल्यक्रिया

गण्डकी न्यूज गण्डकी न्यूज
2023 August 19 मा प्रकाशित
गण्डकी प्रदेशमै पहिलोपटक चरकमा ‘ओपन हर्ट सर्जरी’
ShareTweetSend

पोखरा । गण्डकी प्रदेशमै पहिलोपटक ओपन हर्ट सर्जरी गरिएको छ । पोखराको नागढुंगामा रहेको चरक मेमोरियल अस्पतालमा एक साताअघि गरिएकोमा बिरामी डिस्चार्ज हुने बेलाको खुशीयालीसँगै अस्पतालले प्रेस मिट गरी ओपन हर्ट सर्जरीबारे जानकारी दिएको हो ।

नेपालका बरिष्ठ मुटुरोग विशेषज्ञ उप–प्राध्यापक डा. अनिल भट्टराईको नेतृत्वको टोलीले पोखरा महानगरपालिका वडा नंं २०, भलामका ४५ वर्षीय विष्णु गौतमको मुटुको ओपन हर्ट सर्जरी सफलतापूर्वक गरेको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए ।

यो गण्डकी प्रदेशमै पहिलोपटक गरिएको सर्जरी हो । देशकै राजधानी काठमाण्डौबाहेक चितवन, बिराटनगर, धरानमा सुरु भइसक्दा पोखरामा हुन सकेको थिएन । चरकले ३ करोडको प्राविधिक उपकरण जडानगरेसँगै पोखरामा पनि सम्भव भएको हो । साउन २६ गते सर्जरी गरिएका बिरामी गौतम आइतबार डिस्चार्जसमेत हुँदैछन् । उनको मुटुको स्वास्थ्यअवस्था अहिले राम्रो छ ।

डा. भट्टराईका अनुसार गौतमको मुटुको दुई ठूला नसा ब्लक भएको थियो । अप्रेसन अवधि करिब ३ घण्टा लागेको थियो । पोखराका विभिन्न अस्पतालमा ट्रान्सक्याथेटर एओर्टिक भल्व इम्प्लान्टेसन (टिएभिआई) लगायत प्रविधिबाट मुटुको उपचार गरिँदै आएपनि छाति छिरेर अर्थात् ओपन हर्ट सर्जरी भने पहिलो पटक भएको हो ।

अब पोखरामै ओपन हार्ट सर्जरी सेवा सुरु भएकाले सर्जरी गर्न काठमाडौं जानुपर्ने बाध्यता हटेको डा. भट्टराईले बताए । चरकले इक्यूपमेन्ट जडान गरेपनि पूर्ण सर्जरीका लागि काठमाण्डौबाटै चिकित्सकीय टीम भने ल्याउनुपर्ने बाध्यता छ । अहिले पोखरामा एक जना मात्र यस सर्जरीका लागि सर्जन छन् । गौतमको डाक्टर भट्टराईको नेतृत्वमा अप्रेसन गरिँदा डाक्टरहरु कृष्णप्रसाद बस्याल, अर्जुन गुरुङ र मणीन्द्र बस्नेत सामेल थिए ।

‘अन्य धेरै कुरामा पोखरा अगाडि भए पनि मेडिकल साइन्समा हामी पछाडि नै छौं । अर्थात् चिकित्सातर्फ एकदमै कम विकास भएको छ । मुटुको ओपन हर्ट सर्जरी काठमाडौं, चितवनमा सुरु हुँदा पोखरामा हुन सकेको थिएन । अब पोखरामा पनि सुरु भएको छ । यसलाई निरन्तरता दिनुपर्छ’, उनले भने ।

पहिलो सर्जरी भएकाले निःशुल्क गरिएको अस्पतालले जनाएको छ । ओपन हार्ट सर्जरीका लागि अवस्था गरी खर्च लाग्ने चिकित्सकहरु बताउँछन् । सर्जरीका लागि सामान्यतया ५/६ लाख लाग्ने पनि डा. भट्टराईले बताए । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरमा मात्र मुटुका बिरामीले विपन्न शीर्षकमा १ लाख रुपैयाँ सहयोग पाउने तर अन्य ठाउँमा नपाइने भएपनि पोखराको चरकमा त्यो सुविधा शुरु भएको एमडी पोखरेलले बताए ।

ओपन हर्ट सर्जरीका लागि १ महिनाअघि नेपाल सरकारबाट स्वीकृत लिई आवश्यक सामाग्री जडान गरिएको पोखरेलले बताए । ‘हामी सर्जरीका लागि तयार भएका छौं । अब सबै तयार छौँ, सर्जरीका लागि काठमाण्डौका चिकित्सकसँग समन्वय गरेर सबै सर्जरी यहीँ गर्न सक्षम छौँ ।’ पोखरेलले भने ।

अस्पतालका एमडी पोखरेलका अनुसार ओपन हार्ट सर्जरी भनेको बिरामीलाई तुरुन्तै गर्नुपर्ने होइन, योजना बनाएर गर्नुपर्ने भएकाले चिकित्सकहरुलाई पोखरा डाक्न सकिने सुनाए । डाक्टर भट्टराईले भने पोखरामै आवश्यक जनशक्ति पोखरामा विकसित हुँदै जाने विश्वास व्यक्त गरे ।

पोखरामै ओपन हर्ट सर्जरी सफल हुँदा विष्णुकी पत्नी रीता गौतमले खुसी व्यक्त गरिन् । ‘उहाँ (श्रीमान) बिरामी भएपछि गण्डकी अस्पताल, मणिपाल लगे । त्यसपछि यहाँ (चरक) मा १ महिनाअघि ल्याएका हौं । अस्पतालको खर्च सबै अस्पतालले व्यहोरेको हो,’ उनले भनिन्, ‘काठमाडौं जानुपरेको भए धेरै खर्च लाथ्यो होला । यहाँ खर्च पनि भएन, आफ्नै ठाउँ दुःख पनि भएन ।’ साउदी अरबमा केही वर्ष बिताएर फर्किएपछि विष्णुलाई मुटुको समस्या देखिएको थियो ।

नेपालमा अहिले ओपन हर्ट सर्जरी नै बर्षेनी २ हजार, २५ सय को हुँदै आएको डा. भट्टराईले सुनाए । कार्डियोलोजीको इन्टर भेन्सन सहित वर्षमा ६ /७ हजार मुटुको उपचार हुने गरेको उनको भनाई छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल
गण्डकी क्षेत्र

स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल

by राम बहादुर रोकाहा
2025 December 7 मा प्रकाशित
४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन
गण्डकी क्षेत्र

४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन

by राम बहादुर रोकाहा
2025 December 7 मा प्रकाशित
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
गण्डकी क्षेत्र

वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 December 6 मा प्रकाशित
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
गण्डकी क्षेत्र

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

by राम बहादुर रोकाहा
2025 December 6 मा प्रकाशित
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
Main News 1

अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

by राम बहादुर रोकाहा
2025 December 5 मा प्रकाशित
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
गण्डकी क्षेत्र

‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने

by राम बहादुर रोकाहा
2025 December 5 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल

स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल

2025 December 7 मा प्रकाशित
४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन

४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन

2025 December 7 मा प्रकाशित
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा

वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा

2025 December 6 मा प्रकाशित
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

2025 December 6 मा प्रकाशित
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

2025 December 5 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews