Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराको फोहोर व्यवस्थापनमा सकस

फोहोर उठेन, स्थानीयबासी संघर्ष समिति गठनदेखि अदालतसम्म

गण्डकी न्यूज गण्डकी न्यूज
2023 July 31 मा प्रकाशित
पोखराको फोहोर व्यवस्थापनमा सकस
ShareTweetSend

पोखरामा पाँच दिनसम्म नउठेको फोहोर आइतबार बिहानै उठाइयो । फाल्ने ठाउँको टुङ्गो नलागेपनि उठाउन पोखरा महानगर बाध्य बन्यो । शनिबार दिउँसैदेखिको पानी रातभर परिरह्यो र चार दिनसम्म सडकमा थुप्रिएको फोहोर बगाइदिएपछि सबेरै सडक फोहोरले भरिए ।

सडक छेउमा थुप्रिएको फोहोर वर्षातले तितरबितर पारेपछि महानगरले खाली रहेकाे गाडीमा फोहोर उठाएर राख्ने जुक्ति लगाएको हो । तर, ल्यान्डफिल साइट क्षेत्रका स्थानीयको अवरोध जारी रहेकाले संकलित फोहोर त्यहाँ नलगी कहाँ फाल्ने भन्ने टुंगो नलाग्दासम्म फोहोर गाडीमै राखिने महानगरपालिकाले जनाएको छ । आइतबार फोहोर उठाएको ठाउँमा सोमबार भने फोहोर उठाइएको छैन ।

आइतबार पोखराका न्युरोड, नयाँबजार, पृथ्वीचोक, चिप्लेढुंगालगायत मुख्य बजार क्षेत्रका सडकमा थुप्रिएका फोहोरमात्रै उठाइएको हो । आइतबार बिहान ४ गाडी फोहोर संकलन गरिएको थियाे । पोखराको फोहोर संकलनमा दैनिक ३० बढी गाडी प्रयोग हुने गरेका छन् । ती गाडीले दैनिक १ सय टनभन्दा बढी फोहोर उठाउने गरेको महानगरको भनाई छ ।

महानगरपालिकाकी सरसफाइ शाखा प्रमुख कल्पना बरालले फोहोर फाल्ने विकल्पका लागि छलफल भइरहेको बताइन् । ‘आइतबारदेखि थुप्रिएको फोहोर उठाउन थालेका छौँ । फोहोर फाल्ने गरी छलफल गरिरहेका छौँ । टुंगो नलाग्दासम्म फोहोर गाडीमै राख्छौँ,’ उनले भनिन् ।

सामाजिक सञ्जालमा एकातिर पोखरा महानगर र मेयरको अकर्मण्यता र अर्कोतिर पोखराबासी पनि फोहोर सडकमै किन फाल्नुपर्ने ? भन्ने तर्कवितर्क देखिएको छ । अस्थायी ल्याण्डफील साइट ६ महिनाका लागि व्यवस्था गरिएकोमा ७ महिना हुँदासमेत दीर्घकालीन समाधानको उपाय नखोजेको, कर तिरेपछि फोहोर घरबाट बाहिर निकाल्ने हो र यसको व्यवस्थापन जसरी पनि महानगरले नै गर्नुपर्ने भन्दै मेयरकै कमजोरीको पनि विरोध भएको छ ।

महानगर प्रमुख धनराज आचार्यले डेंगु असर बढिरहेका बेला फोहोर उठाउन बन्द गरिँदा आफू दुखी भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘डेंगु बढिरहेको अबस्थामा फोहोर उठाउन नपाउदा हामी अत्यन्त दुखी छौं । आशा गरौं छिटोभन्दा छिटो समस्या समाधान हुनेछ । फोहोर उठाउने गाडी नआउँदासम्म प्रतीक्षा गरौं । कृपया सडकमा फोहोर नफालौं ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराको बाच्छेबुडुवा छाडेर वडा नं. ३२ को लामेआहालमा बिसर्जन हुँदै आएकोमा महानगरले सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले बिहीबारदेखि फोहोर फाल्न रोक लगाएपछि समस्या आएको हो । स्थानीयले २ साउनमा महानगरमा ध्यानाकर्षणसमेत गराएको थियो ।

६ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझ्दै मेयर धनराज आचार्य आफैँले ३ दिनभित्रमा स्थानीयको माग र सम्झौताअनुसार काम नभए बन्द गर्न भनेको स्थानीयको भनाई छ । ९÷१० गतेसम्म पनि माटोले पुर्ने, गन्ध हटाउने, धुलो उडाउने कार्य रोक्नेजस्ता कुनै पनि काम नभएपछि फोहोर रोक्न बाध्य भएको उनीहरुको भनाई छ ।
महानगरपालिकाले स्थानीयसँग सम्झौता गर्ने क्रममा एउटा समिति बनाएको थियो । समितिका सदस्यसचिव रहेका लोकदर्शन कोइराला लामेआहालको त्यो एउटा खोल्सो रहेको र त्यहाँ पहिरो गएको थियो भन्दै उक्त पहिरो रोक्नको लागि दोहोरो काम हुन्छ भनेर नभरिन्जेल फोहोर फाल्ने सहमति भएको बताए ।

अहिले फोहोर फालिरहेको उक्त ठाउँ धेरै मात्रामा भरिइसकेको उनले जानकारी दिए । त्यहाँ महानगरले जाली लगाउने काम सकेको र पर्खाल लगाउने काम पनि सकिने चरणमा रहेको उनले बताए ।

संघर्ष समिति गठनदेखि अदालत पुगे स्थानिय

पोखरा महानगरपालिका ३२ का रबिन केसीसहित ३ जनाले पोखरा महानगरपालिकाविरुद्ध महानगरपालिका भित्रबाट उठाएर फोहोर लामेआहालमा फल्नुपर्ने किन ? भन्दै बिहीबार मुद्दा दर्ता गराएका छन् । जसको सुनुवाइ साउन २१ गतेका लागि तोकिएको छ।

शनिबार स्थानीयको भेलाले संघर्ष समिति नै बनाएको छ । समितिले सम्झौताबमोजिम ६ महिना गुज्रिएकाले फोहोर फाल्न नदिने निर्णय गरेको छ । समितिका संयोजक इच्छाबहादुर गुरुङले घना बस्तीको बीचमा फोहोर फाल्दा दूर्गन्ध फैलिएको र रोगव्याधी देखिन थालेकाले अस्थायी ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने निर्णय भएको बताए ।

‘ल्यान्डफिल साइट वरपर घना बस्ती छ । नजिकै सेती नदी बगिरहेको छ । वरपर दुर्गन्ध फैलिएर बिहान–बेलुका खाना खान सक्ने अवस्था छैन,’ उनले भने, ‘डेंगीको प्रकोप फैलिएको बेलामा फोहोर व्यवस्थापनमा महानगरले ध्यान नदिँदा स्थानीय आक्रोशित हुनु स्वाभाविक हो ।’ समितिका सचिव भुवानीप्रसाद पौडेलले फोहोरको दुर्गन्धकै कारण वरपरका बस्तीका स्थानीयमा ज्वरो आउने, वाकवाकी लाग्ने समस्या देखिएको बताए ।

महानगर प्रमुख आचार्यले स्थानीयसँग संवाद चलिरहेकाले छिट्टै फोहोर उठ्ने भन्दै सडकमा नफालिदिन शनिबार सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए । सर्वसाधारणले सडकमै फोहोर थुपार्दा शनिबार राति परेको पानीले फोहोर बगाएर सडकभरि फिँजा¥यो । महानगरले एकाबिहानै सडकको फोहोर सोहोरेर फोहोर बोक्ने गाडीमा राखेको थियो ।

आचार्यले पोखरा–३३ भरतपोखरीमा टिकट काटेर हेर्ने किसिमको फोहोर प्रशोधन केन्द्र बन्ने दाबी गर्दै आएका छन् ।

स्थायी रुपमा बन्ने फोहोर प्रशोधन केन्द्रका लागि महानगरले गत चैत २२ मा ‘ग्लोबल टेन्डर’ आह्वान गरेको थियो । पाँच कम्पनीले आशयपत्र बुझाएकामा तीनवटा छनोट भए । तीनमध्ये चित्तबुझ्दो प्रस्ताव बुझाउँने एक कम्पनी छनोटमा पर्नेछ । ती ३ कम्पनीले काम सुरु गरेको १५ देखि १८ महिनासम्ममा प्रशोधन केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याउने गरी प्रस्ताव गरेका छन् ।

महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाका अनुसार प्रशोधन केन्द्रका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको छ । निजी र सार्वजनिक गरी झन्डै एक सय ५० रोपनी प्रशोधन केन्द्रका लागि आवश्यक पर्छ । निजी जग्गा रोक्का राखिएको छ । जग्गा प्राप्तिदेखि निर्माणसम्म जोड्दा प्रशोधन केन्द्र सम्पन्न भएर सञ्चालनमा आउन अझै दुई वर्ष लाग्ने देखिन्छ । ‘अस्थायी ल्यान्डफिल साइटका स्थानीयसँग पनि सम्बाद गरिरहेकै छौं,’ प्रवक्ता तिमिल्सिनाले भने, ‘प्रशोधन केन्द्र निर्माणको प्रक्रियालाई पनि सँगसँगै लगेका छौं ।’

अस्थायी ल्यान्डफिल साइटमा बर्खाका कारण माटो लगेर फोहोर पुर्न समस्या भएको उनले बताए । ‘पानी परिरहेकाले एक ठाउँबाट माटो लगेर ल्यान्डफिल साइटमा फोहोर पुर्न लैजाँदा हिलो भएर समस्या भयो,’ उनले भने, ‘हामी स्थानीयसँग संवादमै छौं । छिट्टै फोहोर उठ्छ ।’ पोखरामा हाल दैनिक २ सय टन फोहोर उत्पादन हुने गरेको छ ।

तस्वीर: सुदर्शन रञ्जित, सामाजिक सञ्जाल

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ
Breaking 1

अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

by राम बहादुर रोकाहा
2026 May 12 मा प्रकाशित
५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण
Breaking 2

५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण

by राम बहादुर रोकाहा
2026 May 12 मा प्रकाशित
बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद
Main News 1

बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद

by राम बहादुर रोकाहा
2026 May 12 मा प्रकाशित
जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला
गण्डकी क्षेत्र

जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
गण्डकी क्षेत्र

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई
Breaking 1

स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

2026 May 12 मा प्रकाशित
५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण

५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण

2026 May 12 मा प्रकाशित
बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद

बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद

2026 May 12 मा प्रकाशित
जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला

जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला

2026 May 11 मा प्रकाशित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

2026 May 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews