Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

‘इतिहास, संस्कृति र सम्पदा जोगाए मात्रै समृद्धिको यात्रा सम्भव’

संग्रहालय ऐन ल्याउनुपर्नेमा जाेड

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 20 मा प्रकाशित
‘इतिहास, संस्कृति र सम्पदा जोगाए मात्रै समृद्धिको यात्रा सम्भव’
ShareTweetSend

पोखरा । ‘विकसित देशको भ्रमण गर्दा सबैभन्दा पहिले हामी म्युजियम नै पुग्छौँ । घुम्न जाने ठाउँ नै संग्रहालय हो । किनकि, संग्रहालयबाट त्यो देशको इतिहास, संस्कृति, जीवनशैली बुझ्छौँ’– प्रदेश संग्रहालय पोखराकी प्रमुख करूणा राईले भनिन् – ‘जुन देशले इतिहास, संस्कृति, सम्पदा जोगाएका छन् । समृद्ध छन् । संग्रहालय राजश्व संकलनको आधारमात्र होइन, संस्कृति संरक्षणको मूख्य थलो पनि हो ।’

प्रदेश संग्रहालयले मंगलबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशमा रहेका अमूर्त सांस्कृतिक सम्पदा सम्बन्धी टक शो कार्यक्रममा प्रमुख राईले यहाँका संग्रहालयका समष्टिगत विवरण प्रस्तुत गरिन् । उनले गण्डकी प्रदेशका ११ जिल्लामा गरी कूल ७२ वटा विभिन्न प्रकारका संग्रहालय रहेको जानकारी दिँदै ४१ वटा प्रस्तावित एवं निर्माणाधिन अवस्थामा रहेको जनाइन् । धेरै संग्रहालय स्थानिय स्तर वा व्यक्तिगत तबरबाटै सञ्चालनमा रहेको तथ्यांक पनि प्रस्तुत गरिन् । साथै, संग्रहालय ऐनको अभावमा कति कामहरु गर्न नसकेको भन्दै सरोकारवालालाई ध्यानाकर्षण पनि गराइन् ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका शिक्षण सहायक लक्ष्मण श्रेष्ठले बाह्र भैरव नृत्य बारे कार्यपत्र प्रस्तुत गरे । पोखरामा नेवार जातिको प्रवेश विषयमा सोधपत्र तयार गरिसकेका श्रेष्ठले बाह्र भैरव नृत्य पोखराले जोगाउन सकेकोमा गर्वबोध गर्दै यसलाई निरन्तरता दिइरहनुपर्नेमा जोड दिए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ गोरे गुरुङले लोपोन्मुख ज्यू मामा नृत्यबारे कार्यपत्र प्रस्तुत गरे । यसैगरी, सम्मरबहादुर गायकले परम्परागत लोकबाजा सारङ्गीबारे जानकारी दिए । लालबहादुर गायक र गोविन्द गायकले प्रस्तुति पनि राखे ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले इतिहास बोल्ने र संस्कृति झल्काउने सम्पूर्ण सम्पदा नेपालका गौरव हुन् भन्दै यही गौरवलाई जोगाएरै समृद्धिको यात्रा बढाउन सकिनेमा जोड दिए । सम्पदा मासेर आधुनिक संरचना निर्माण गर्नुलाई समृद्धिको अर्थमा बुझ्न नहुने उनको भनाइ थियो ।

इतिहासविद् प्रा.डा. दिलबहादुर क्षेत्रीले हाम्रो इतिहास गर्विलो रहेकाले नयाँ पुस्तामाझ हाम्रो विगत, संस्कार र संस्कृति हस्तान्तरण गर्नुपर्ने उल्लेख गरे ।

विम्वकवि प्राज्ञ रमेश श्रेष्ठले संस्कृति अवलम्बनमा समयानुकुल ध्यान दिइनुपर्नेमा जोड दिए । धर्म र संस्कारका नाममा अल्झियौँ भने पुस्तान्तरण नहुने भएकाले समायानुकुल परिवर्तन गर्दै संस्कृति हस्तान्तरण गर्नु हामी सबैको दायित्व भएकोमा उनको जोड थियो ।

कार्यक्रममा सहभागीहरुलाई विभिन्न शेसनमा हाम्रा मूर्त र अमूर्त सांस्कृतिक सम्पदाका बारेमा जानकारी गराइएको थियो ।

विवेकशील मानव जातिले आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी निर्माण वा रचना गरेका यावत् सिर्जना अनुरूपको जीवनशैली नै मानव संस्कृति हो । मानवले निर्माण वा रचना गरेका सिर्जनाहरू भौतिक र अभौतिक गरी दुई किसिमका हुन्छन् । दुवै किसिमको सिर्जनाहरूलाई संस्कृतिक रूपमा सम्बोधन गर्ने गरिन्छ । कुनै भौगोलिक क्षेत्रमा बसोबास गर्ने मानव समुदाय वा समुदायहरूलाई सिर्जना तथा अवलम्बन गरेका संस्कृतिलाई त्यसै क्षेत्रको नामबाट सम्बोधन गर्ने गरिएको पाइन्छ ।

वर्तमान नेपालको सीमाभित्र इतिहासका विभिन्‍न कालखण्डमा बसोबास गरेका विभिन्‍न मानव समुदाय वा मानव समुदायहरूले सिर्जना गरेर छाडेका र हालसम्म बसोबास गरी रहेका हाम्रा विभिन्‍न जाति एवं समुदायका पुर्खाहरूले सिर्जना र अवलम्बन गरी हामीलाई जिम्मा लाएर गएका भौतिक सम्पदा र त्यस अनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति हो ।

प्राचीनकालदेखि परम्परागत प्रचिलत र मान्यताहरूको आधारमा हुँदै आएको संस्कृति सम्पदाहरूको संरक्षण एवं व्यवस्थापन कार्यले प्राचीन स्मारक संरक्षण ऐन, १०१३ लागू भएपछि कानुनी आधार प्राप्त गरेको हो ।

सरकारले आगामी वर्ष राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने भएको छ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा नेपाली संस्कृति प्रवर्द्धनमा विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। राष्ट्रिय संस्कृति नीति २०६७ लाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएको छ ।

नेपाल सरकारले मूर्त सांस्कृतिक सम्पदा महासन्धि १९७२ र अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि २००३ को मर्म र पक्ष राष्ट्रको दायित्वका आधारमा पूरा गर्दै आएको छ । यसर्थ संस्कृतिको माध्यमबाट नेपालको पहिचान र अखण्डता अझै बलियो हुन जाने हुँदा यसलाई अझै प्रभावकारी र वैज्ञानिक ढङ्गबाट अगाडि बढाउन, ‘अमूर्त सांस्कृतिक सम्पदा संरक्षण’ ऐनको निकै ठूलो आवश्यक पनि रहेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा–२ का उम्मेदवार मल्लले बुझाए चुनावी खर्च विवरण
Breaking 1

स्याङ्जा–२ का उम्मेदवार मल्लले बुझाए चुनावी खर्च विवरण

by राम बहादुर रोकाहा
2026 March 15 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै
Breaking 2

पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित

by राम बहादुर रोकाहा
2026 March 15 मा प्रकाशित
आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग
Main News 1

आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग

by राम बहादुर रोकाहा
2026 March 15 मा प्रकाशित
आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश
Main News 1

आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश

by राम बहादुर रोकाहा
2026 March 15 मा प्रकाशित
गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष
Main News 1

गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष

by राम बहादुर रोकाहा
2026 March 14 मा प्रकाशित
निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई स्याङ्जामा सम्मानसहित बिदाइ
Main News 1

निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई स्याङ्जामा सम्मानसहित बिदाइ

by राम बहादुर रोकाहा
2026 March 13 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा–२ का उम्मेदवार मल्लले बुझाए चुनावी खर्च विवरण

स्याङ्जा–२ का उम्मेदवार मल्लले बुझाए चुनावी खर्च विवरण

2026 March 15 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै

पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित

2026 March 15 मा प्रकाशित
आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग

आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग

2026 March 15 मा प्रकाशित
आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश

आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश

2026 March 15 मा प्रकाशित
गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष

गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष

2026 March 14 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews