Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पत्रकार शुद्धिकरणको प्रस्तावक चौतारी हो, दायाँबायाँ नहोस्ः अध्यक्ष बस्नेत [भिडियाेसहित]

११ बुँदे पोखरा घोषणापत्र जारी

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 6 मा प्रकाशित
ShareTweetSend

नेपाल पत्रकार महासंघ यतिबेला सदस्य शुद्धिकरण अभियानमा छ । राजनीतिमा लागेकाहरु, सरकारी जागिरेहरु, मूख्य पेशा अर्कै भएकाहरुलाई सदस्यता नविकरण नगर्ने मापदण्ड बनाएपछि यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ ।

हालै प्रेस युनियनका अध्यक्ष शिव लम्सालले राजनीतिक आस्थाका आधारमा सदस्यता खारेज नगर भनिरहँदा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले भने दायाँबायाँ नगरी १५ बुँदे मापदण्ड अक्षरशः पालना गर्न खबरदारी गरेका छन् ।

मुख्यतः प्रेस चौतारीकै प्रस्तावमा लुम्बिनी मिडिया सम्मेलनले १५ बुँदे मापदण्ड जारी गरेको बताउँदै अध्यक्ष बस्नेतले यसको कार्यान्वयनका लागि चौतारीले जिल्ला जिल्लाबाट दबाब दिने बताए । उनले बिना हिच्किचावट मापदण्ड अनुसार सदस्यता नविकरण गर्न पनि शाखाहरुलाई आग्रह गरे ।

प्रेस चौतारी कास्कीको २५ औं वार्षिक साधारणसभामा बस्नेतले अब पत्रकारिता पेशामा अरु हाबी भए, पत्रकारको संस्थामा पत्रकार नै हुनुपर्छ भनेर पत्रकार शुद्धिकरणका लागि प्रस्ताव गरेको बताए । ‘चौतारीको तर्फबाट मेरो प्रस्तावमा यूनियनका अध्यक्ष शिव लम्साल र प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलसहित हामी छलफल गरी पत्रकार शुद्धिकरण गर्ने निर्णय गरी पत्रकार महासंघको सुर्खेतमा सम्पन्न साधारणसभामा प्रस्ताव लिएर गयौँ । साधारणसभाले महासचिवको नेतृत्वमा एक समिति बनायो र लुम्बिनीको मिडिया सम्मेलनले १५ बुँदे मापदण्ड बनाई जारी गर्‍याे ।’ बस्नेतले भने– ‘पत्रकार महासंघका साथीहरु अब तपाईहरु ब्याक हुनुहुन्छ कि अघि बढ्नुहुन्छ ? अगाडि बढे भात नै खानुभएछ भनौंला, ब्याक भए घाँस खाने हुनुहुँदो रहेछ भनौंला भनेर पब्लिक फोरममा बोल्न बाध्य हुनेछु भनेको थिएँ । अगाडि बढ्नुभयो । १५ बुँदे मापदण्लाई दृढताका साथ कार्यान्वयन गर्नुहोला । ब्याक हट्ने अवस्था छैन । व्यक्ति हेरेर होइन, मापदण्ड हेरेर कार्यान्वयन गर्नुस्, हामी चौतारीका कति सदस्य जान्छन् भनेर हिसाब गरेका छैनौँ ।’

प्रेस चौतारीका महासचिव हिरामान लामाले कास्की जिल्ला संगठन देशभरकै शाखामध्ये सर्वोत्कृष्ट रहेको बताउँदै पत्रकारको हकहितमा अग्रणी संस्थाको रुपमा लागिरहन आग्रह गरे ।

प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष प्रेस स्वतन्त्रता सेनानि पुण्य पौडेलले अग्रजको आत्मसम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्दै पेशाको शुद्धिकरणमा प्रेस चौतारीले भूमिका खेल्नुपर्ने सुझाव दिए । नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले नेकपा एमालेको जनसंगठनमध्ये प्रेस चौतारी कास्की गर्वलायक संगठन रहेको उल्लेख गर्दै सत्यतथ्य, निष्पक्ष पत्रकारिता र क्रियाशीलताको हिसामा चौतारीमा आस्थावान पत्रकार नै अगाडि रहेको उल्लेख गरे ।

प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज सुष्मा पौडेलले श्रमजीवि पत्रकारको एकमात्र संगठन प्रेस चौतारी रहेकाले वास्तविक पत्रकारको हकहितको पक्षमा सधैं लडिरहने बताइन् ।

केन्द्रीय सदस्य एवं कास्की जिल्ला ईञ्चार्ज रुद्र श्रीष मगरले अत्यन्त सक्रिय शाखाका रुपमा रहेको कास्कीलाई पाएको बताउँदै पत्रकारको हकहितमा सधैं यस्तै पर्फमेन्सको अपेक्षा गरे ।

प्रेस चौतारी गण्डकीका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले कास्की शाखाको सक्रिय गतिविधिको प्रशंसा गरे ।

नेपाल पत्रकार महासंघ, कास्कीकी अध्यक्ष बिमला भण्डारीले पत्रकार शुद्धिकरणको मापदण्ड पूर्णतः लागु गर्ने विश्वास दिलाउँदै यो, त्यो, मेरो, तिम्रो नभनी कास्की शाखा अघि बढ्ने उल्लेख गरिन् ।

प्रेस युनियन कास्कीका अध्यक्ष बासुदेव मिश्र, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले पत्रकार महासंघ शुद्धिकरणको सवालमा कहिँकतै चुक्न नहुने बताए ।

प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको साधारणसभाको बन्द सत्रमा सचिव रञ्जन अधिकारीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गिरीधारी पोखरेलको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।

साधारणसभाले ११ बुँदे पोखरा घोषणापत्र पनि जारी गरेको छ । घोषणापत्रमा पत्रकार शुद्धिकरणको मापदण्ड अक्षरशः लागु गर्नुपर्ने विषयलाई नै प्रमुख जोड दिइएको छ ।

प्रेस चौतारी नेपाल कास्की शाखा

पोखरा घोषणापत्र

प्रेस चौतारी नेपाल, कास्की शाखाको २५ औं वार्षिक साधारण सभा कास्की शाखा अध्यक्ष अर्जुन गिरीको अध्यक्षता र प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा मिति २०८० जेठ २२ गते पर्यटकीय नगरी पोखरामा सम्पन्न भयो । साधारण सभाले ११ बुँदै पोखरा घोषणापत्र जारी गरेको छ ।

१. नेपाल पत्रकार महासंघले शुरुवात गरेको सदस्यता शुद्धिकरण अभियानमा प्रेस चौतारी नेपालको पूर्ण समर्थन गर्दै यसलाई अक्षरस पालना गर्न नेपाल पत्रकार महासंघसमक्ष यो साधारण सभा जोडदार माग गर्दछ ।

२. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी प्रेसमाथि हुँदै आएको सवैखाले गलत क्रियाकलाप बन्द गर्न र प्रेसप्रति जिम्मेवार बन्न सरकार, सम्बद्ध सवैसंग आग्रह गर्दछ ।

३. सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षदेखि बृद्धि हुने गरी ल्याएको श्रमजीवि पत्रकारको न्युनतम पारिश्रमिक कडाइका साथ कार्यान्वयन गर्न यो साधारण सभा माग गर्दछ ।

४. विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजीवि पत्रकारहरुले नियमित रुपमा श्रमको उचित मुल्य नपाएको र विभिन्न बाहनामा सञ्चार माध्ययममा कार्यरत पत्रकार कर्मचारीहरु हटाउने योजनाहरु सार्वजनिक भइरहेको हुँदा प्रेस चौतारी नेपालको यस विषयमा गम्भीर ध्यानकर्षण भएको छ । मौजुदा पत्रकार कर्मचारीलाई न्युनतम नियमित र दीर्घकालीन रुपमा पारिश्रमिक उपलब्ध गराउन सवै सञ्चार माध्ययमसमक्ष माग गर्दछ ।

५. अर्थ मन्त्रालयले बजेट नदिएका कारण जेठ १५ देखि विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापनको भुक्तानी रोक्ने भनी सञ्चार माध्ययमलाई पत्राचार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । अर्थ मन्त्रालयलाई तुरुन्त बजेट उपलब्ध गराउन र आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गर्दछ ।

६. सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई आस्थाको आधारमा गरिएको विभेद र अन्यायप्रति गम्भीर ध्यानाकर्षण भएको छ । आस्थाका आधारमा कामबाट हटाउने वा हट्न बाध्य पार्ने क्रियाकलाप बन्द गर्न र सरकारी सञ्चार माध्ययममा श्रमजीवि पत्रकारहरुको दीर्घकालीन रोजगारीको ग्यारेन्टी गर्न यो साधारण सभा माग गर्दछ ।

७. संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, कार्यान्वयन र नेपाली समाजको सर्वाङ्गीण विकास र रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका श्रमजीवि पत्रकारहरुद्धारा मोफसलमा सञ्चालित साना लगानीका सञ्चार माध्यमहरु धरासयी बन्दै गएको अवस्थामा यसलाई जोगाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई विषेश योजना र बजेटको व्यवस्था गर्न माग गर्दछ ।

८. आम सञ्चार क्षेत्रमा नयाँ प्रविधिको तीब्र विकास भइरहेको अवस्थामा प्रविधिको विकाससँगै नयाँ प्रतिभाहरुलाई प्रेस चौतारी नेपालमा संगठित गरी प्रेस चौतारी नेपाललाई श्रमजीवि पत्रकारहरुको अग्रणी संगठनको रुपमा लैजाने यो साधारण सभा दृढ संकल्प र प्रण गर्दछ ।

९, वर्तमान सरकार नागरिक र नागरिकका सवालप्रति अनुदार देखिएको, सत्ता स्वार्थका लागि विदेशमा गएर आफ्नो भूमि साट्न समेत तयार रहेको अभिव्यक्ति आउनु अत्यान्त निन्दनीय छ । यसप्रकारका असंवैधानिक र राष्ट्रहितविरुद्धका अभिव्यक्ति तुरुन्त सच्याउन जोडदार आग्रह गर्दछ ।

१०. गहिरिँदै गएको आर्थिक संकटलाई समाधान गर्न सरकार गम्भीर नदेखिँदा पर्यटन क्षेत्रमा समेत नकरात्मक प्रभाव परेकाले पोखरासहित देशभरका पर्यटन क्षेत्रको पुनर्उत्थानका लागि विषेश प्याकेज ल्याउन प्रेस चौतारी नेपाल जोडदार माग गर्दछ ।

११. प्रेस चौतारी नेपाल कास्की शाखाको २५ औं साधारण सभा भव्यताको साथ सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने सवैप्रति धन्यवाद ज्ञापन गर्दछ ।

घोषणापत्र तयारी समिति
संयोजकः रुद्र श्रीस मगर
सदस्यः आश गुरुङ
सदस्यः रोशनी गुरुङ
सदस्यः कमल सुवेदी
सदस्यः खिमा गुरुङ

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप
Breaking 1

स्याङ्जामा लागूऔषधसहित दुईजना पक्राउ

by राम बहादुर रोकाहा
2026 April 28 मा प्रकाशित
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा
Breaking 2

राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा

by राम बहादुर रोकाहा
2026 April 28 मा प्रकाशित
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
Main News 1

स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण

by राम बहादुर रोकाहा
2026 April 28 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै
Main News 1

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

by राम बहादुर रोकाहा
2026 April 27 मा प्रकाशित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
Main News 1

चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

by राम बहादुर रोकाहा
2026 April 26 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ
Breaking 2

११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ

by राम बहादुर रोकाहा
2026 April 25 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप

स्याङ्जामा लागूऔषधसहित दुईजना पक्राउ

2026 April 28 मा प्रकाशित
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा

राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा

2026 April 28 मा प्रकाशित
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण

स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण

2026 April 28 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

2026 April 27 मा प्रकाशित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

2026 April 26 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews