Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराको वडा नं. २१ वा ३३ मा ल्याण्डफिल साइट सार्ने तयारीमा महानगर

वडा नं. १७ मा सेग्रिगेशन सेन्टर

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
पोखराको वडा नं. २१ वा ३३ मा ल्याण्डफिल साइट सार्ने तयारीमा महानगर
ShareTweetSend

पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरणले अंग्रेजी नयाँ वर्ष २०२३ को जनवरी १ बाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि प्राधिकरणले मंसिर १४ गतेदेखि परीक्षण उडान गर्ने तयारीसमेत गरिसकेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार मंसिर १४ गतेदेखि एक सातासम्म विमानस्थलमा एरो थाईको जहाजले यान्त्रिक उडान गर्नेछ । तर, विमानस्थल सञ्चालनको मूख्य समस्याको रुपमा देखिएको ल्याण्डफिल साइटबारे पोखरा महानगरले हालसम्म निर्णय गर्न सकेको छैन । ल्याण्डफिल साइट नयाँ स्थानमा स्थानान्तरण नगर्ने बेलासम्म विमानस्थल सञ्चालनमा ल्याउन सम्भव छैन ।

प्राधिकरणले पोखरा महानगरपालिकालाई बारम्बार पत्र काटेर ल्याण्डफिल साइटबारे निर्णय गर्न ताकेता गरेको छ । यसैको दबाबमा परेका पोखराका मेयर धनराज आचार्यले भित्री रुपमा ल्याण्डफिल साइट सार्ने तयारी गरेका छन् । उनले यसका लागि पोखराको वडा नंं. २१, ३३, २२ र १७ लाई जोड दिँदै तयारी थालेका छन् । यसमध्ये पनि कास्कीको पोखरा वडा नं. २१ र स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ५ सीमानामा पर्ने बक्रेक नजिकै ल्याण्डफिल साइट स्थापनाको लागि जोडबल गरिएको छ । जसका लागि पोखरा महानगरपालिका र पुतलीबजार नगरपालिकाका प्रमुखसहितको बैठक बसी दुई पक्षीय सहमति गरी समितिसमेत गठन भइसकेको छ ।

पोखरातर्फ वडा नं. २१ को केही भूभाग र पुतलीबजार वडा नं. ५ तर्फको मूख्य जमिन क्षेत्र रहने गरी स्थानीयसँग जग्गाको विषयमा छलफल गरी प्रक्रिया अघि बढाउन ७ सदस्यीय समिति गठन भएको पुतलीबजारका मेयर तुल्सीराम रेग्मीले जानकारी दिए । पुतलीबजार ५ का वडाध्यक्ष अर्जुनबहादुर कार्की संयोजक रहेको समितिमा पोखरा वडा नं. २१ का अध्यक्ष दीपकप्रसाद सुवेदी, कृस्तिका पूर्व गाविस अध्यक्ष पूर्णबहादुर थापा, पोखरा महानगरपालिकाका ईञ्जिनियर नेत्र तिमिल्सिना, पुतलीबजारका ईञ्जिनियर गोविन्द दोरङ्गा, सदस्यसचिव धनप्रसाद कोइराला र जग्गाधनी शेरबहादुर शाही (कृष्ण) रहेका छन् ।

समितिले चुनाव लगत्तै कामकारबाही अघि बढाउने गरी छलफल टुंगिएको मेयर रेग्मीले जानकारी दिए । यता, समितिका सदस्यसमेत रहेका पोखरा २१ का अध्यक्ष दीपकप्रसाद सुवेदीले भने समिति बनेपनि उक्त स्थानमा ल्याण्डफिल साइट बनाउने विषय जटिल रहेको बताए । ‘स्थानीयबासीको सहमति र सर्वपक्षीय छलफल विना पोखरा २१ लाई डम्पिङ साइट बनाउन दिनेछैनौँ ।’– सुवेदीले भने ।

वडा नं. २१ मा ल्याण्डफिल साइट बनाउन नदिने भए समितिमा किन बस्नुभयो त ? भन्ने प्रश्नमा सुवेदीले भने – ‘दुई वटै पालिकाबाट समिति बनाउने विषयमा टुंगो लागिसकेको रहेछ । मलाई फोन गरेर बोलाउनुभयो । कार्यपालिका सदस्य भएकाले मेयरको प्रस्तावलाई हुन्न भन्न मिलेन । यो छलफलकै विषय हो ।’

जुनसुकै मूल्यमा पनि ल्याण्डफिल साइटको लागि विकल्प तयार पार्नुपर्ने बाध्यतामा रहेका पोखराका मेयर आचार्य भने केही गरी पोखरा २१ मा सहमति नजुटेमा तनहूँको सीमा क्षेत्र पर्ने गरी पोखराको वडा नं. ३३ मा ल्याण्डफिल साइट बनाउने तयारीमा छन् । त्यसका लागि ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई उनले ठाउँ खोज्न र सहमतिको वातावरण तयार गर्न भनिसकेका छन् ।

यस विषयमा बुझ्दा वडाध्यक्ष अधिकारीले भने – ‘मेयरसाबले विकल्पको रुपमा धेरै ठाउँमा हेर्नुभएको छ । हिजो अस्ति २२ तिर पनि हेर्नुभयो । २१ र ३३ मा पनि छलफल भएको हो । ३३ भित्रका पनि चार पाँच ठाउँमा हेर्ने कार्य भएको छ । हालसम्म डाँडा क्षेत्रका २ ठाउँ, गैह्राको डम्फे भन्ने ठाउँमा हेरिएको छ । तल्लो ठाउँको जग्गा उपयुक्त देखिएको छैन ।

हाल केन्द्रित गरिएका वडामध्ये जुनसुकैमा पनि ल्याण्डफिल साइट रहन सक्ने बताउँदै वडाध्यक्ष अधिकारीले ३३ मा आउने भए स्थानियको सहमतिमै हुने गरी पहिले जस्तो नभई व्यवस्थित र नयाँ प्रविधियुक्त बनाइने उल्लेख गरे ।

उता, पोखरा वडा नं. २२ का अध्यक्ष हिमलाल बरालले २२ मा सम्भाव्यता अध्ययनका लागि भन्दै महानगरबाट मेयरसहितको टोली आएकाले आफू पनि सहभागी भएको प्रतिक्रिया दिए । यसबारेमा वडा नं. २२ मा थप केही कार्य अघि नबढेको उनले स्पष्ट पारे ।

सहभागीबाट प्राप्त तस्वीर

वडा नं. १७ मा फोहोरको वर्गिकरण गरेर ल्याण्डफिल साइटमा लग्ने योजनामा मेयर

मेयर धनराज आचार्य भने जुनसुकै ठाउँमा ल्याण्डफिल साइट तयार पारिएपनि फोहोरलाई साइटमा लैजानुपूर्व वर्गीकरण गरेर लैजाने योजनामा रहेका छन् । त्यसका लागि पोखरा वडा नं. १७ लाई उनले उपयुक्त ठाउँ ठानेका छन् । सो बारेमा मेयर आचार्यले वडाध्यक्ष राधिका शाही योगीसमक्ष प्रस्तावसमेत राखेका छन् ।

मेयर आचार्यले फोहोर वर्गिकरणका लागि वडाको पावरहाउस क्षेत्रमा सेग्रिगेशन सेन्टर स्थापना गर्नको लागि आफूसँग सोधेको वडाध्यक्ष शाहीले बताईन् । त्यसबाहेक पनि खाली ठाउँहरु भएमा सम्भावना खोज्नको लागि मेयर आचार्यले आफूलाई भनेको भएपनि पोखरा १७ मा त्यस्तो ठाउँ नरहेको भनी जवाफ दिएको वडाध्यक्ष शाहीले बताईन् । वडाध्यक्ष शाहीले १७ मै फोहोर वर्गिकरण गर्ने आन्तरिक रणनीतिमा मेयर रहेको देखिएको उल्लेख गरिन् ।

यस विषयमा पोखराका मेयर आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट समयमै व्यवसायिक उडान गराउन पहल गर्ने सबैको दायित्व रहेको भन्दै ल्याण्डफिल साइटको विषय पनि छिट्टै टुंगो लाग्ने प्रतिक्रिया दिए । ‘हामी अहिले चुनावको मुखमा छौँ । ल्याण्डफिल साइटको लागि उपयुक्त स्थान खोज्ने कार्य भइरहेको छ । कुन स्थान भन्नेबारेमा ५/६ गतेमा औपचारिक रुपमा बाहिर आउनेछ ।’ – आचार्यले भने– ‘अहिले यसबारेमा बोल्दा चुनावी फण्डामात्र हुन्छ । यो बारे जे हो त्यही त्यतिबेला नै सार्वजनिक गर्नेछौँ ।’

मेयर आचार्यले ल्याण्डफिल साइटकै कारण विमानस्थल सञ्चालनमा अवरोध नआउने जिकिर गरे ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
गण्डकी क्षेत्र

स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
गण्डकी क्षेत्र

माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित
दमौली कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
अपराध/सुरक्षा

१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
अपराध/सुरक्षा

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

by राम बहादुर रोकाहा
2026 September 16 मा प्रकाशित
पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
कास्की

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

by रञ्जन अधिकारी
2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
Breaking 1

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु

2026 September 17 मा प्रकाशित
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

2026 September 17 मा प्रकाशित
दमौली कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्

2026 September 17 मा प्रकाशित
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

2026 September 16 मा प्रकाशित
पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

2026 September 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews