Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पाेखरामा बाइक चोरेपछि एटीएम फुटाएर १४ लाख चोरी गर्ने अनिश एक महिना पछि पक्राउ [भिडियाे]

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 January 6 मा प्रकाशित
पाेखरामा बाइक चोरेपछि एटीएम फुटाएर १४ लाख चोरी गर्ने अनिश एक महिना पछि पक्राउ [भिडियाे]
ShareTweetSend

२१ वर्ष, ९ कक्षा, युट्युबबाट सिकेर चोरी

उमेर २१ वर्ष । पढाइ बल्ल ९ कक्षा । हार्डवयर पसलमा पनि काम गर्ने । नवलपुर देवचुली ५ घर भएका यी युवक हुन् भेडे भन्ने अनिश तामाङ । जसलाई एटीएम मेसिन फोडेर लाखौं रकम चोरी गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

युट्युबबाटै एटीएम मेसिनबारे जानीबुझी अनिश चोर्ने कार्यमा अग्रसर भएको अनुसन्धानमा खुलेको छ । पोखरा ३० डुँडाको मुख बस्ने अनिश लेखनाथको अर्घौचोक स्थित एनएमबी बैंकको एटीएम फोडेर १४ लाख बढी रकम लुटेर फरार भएका थिए ।

आइतबार जिल्ला प्रहरी कार्यालयमा सञ्चारकर्मीसँग भेटघाट गर्दै कास्की प्रहरी प्रमुख अजय केसीले घटनाबारे वेलिविस्तार लगाए– ‘गत साउन ३ गते राति २ बजे, कास्की प्रहरीलाई पोखरा महानगर–२७ तालचोकमा रहेको एनआईसी एशिया बैंकको मेसिन फोर्ने प्रयास भएको भन्ने सूचना बैंकको प्रधान कार्यालयबाट प्राप्त भयो । प्रहरी तत्काल एटीएम मेसिन भएको ठाउँ पुगे । तर, त्यहाँ प्रत्यक्ष प्रमाणका लागि केही भेटिएन ।

प्रहरीले मेसिन फोर्ने प्रयास भएको पत्ता लगायो । सीसी क्यामेराबाट हुलियाको आधारमा शंकास्पद व्यक्तिको खोजतलास भयो । बिहानै ३ बजेर १५ मिनेट जाँदा ग १० प २९६३ नम्बरको बुलेट मोटरसाइकल र हेल्मेट कोलेफाँटमा भेटियो । त्यस्तै, बिहान ६ बजे एनएमबी बैंक केन्द्रीय कार्यालयले पोखरा–३० अर्घौचोकमा रहेको एटीएम बुथमा रहेको मेसिन पनि फुटालेर चोरी भएको सूचना प्राप्त भयो ।

प्रहरी त्यहाँ पुग्दा मेसिन फोरिएको र दुई वटा क्यासकेटसहित नगद चोरी भएको देखियो । खोजतलास गर्ने क्रममा दुई वटा क्यासकेट फोरिएको अवस्थामा विचारी चौतारमा फेला प¥यो । प्रहरीले दुवै घटनास्थल फिङगर प्रिन्ट र सीसीटीभी फुटेज संकलन गरी मुचुल्का उठायो । दुवै एटीएम बुथमा एउटै हुलिया भएको व्यक्ति हो भन्ने पत्ता लाग्यो । एआईशी एसियाले फोड्ने प्रयास भएको तत्काल जानकारी गरायो । तर, लेखनाथ मात्र भनेकाले तीन वटा एटीएम रहेको पत्ता लगाई सबै ठाउँमा पुग्दा ५ मिनेटमात्र ढिलो हुन पुग्यो । यद्यपी, एनआईसी एशियामा चोर असफल भएको देखियो । तर, एनएमबी बैंकले बिहानमात्र जानकारी दियो । रकम चोरी भएको झन्डै चार घण्टा पछि बिहान छ बजे सूचना पाएको कास्की प्रहरीको दाबी छ।

एसपी केसीले भने, ‘त्यसपछि हामी गम्भीर भयौँ । प्रदेश प्रहरी, केन्द्रीय कार्यालयमा खबर गरी अनुसन्धान टोली गठन गरी थप अनुसन्धान अघि बढायौँ ।’

बुलेट मोटरसाइकल चोरीको लागि प्रयोग भएको खुल्न आएपछि मोटरसाइकल धनी खोजतलास गर्दा तालचोकका विजय गौतम रहेको र उनलाई सोधपुछ गर्दा सोही दिन राति मोटरसाइकल चोरी भएको बताए । एटीएम मेसिन भेन्डरको प्रतिवेदनमा एनएमबी बैंकको एटीएम मेसिनको चावी पूर्णरुपमा बन्द नगरेको देखिएको प्रहरीले जनायो । ‘बिमा गरेको हुन्छ सुरक्षाको विषयमा बैंक सिरियस देखिँदैनन्,’ एसपी केसीले भने, ‘प्रहरी प्रधान कार्यालयबाट सुरक्षाको लागि देशभर परिपत्र गरिएको छ ।’

पक्राउ परेका तामाङको साथबाट दुई वटा मोबाइल, १९ हजार नगद र कपडा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाइक पनि खरिद गरेको भेटिएको छ । प्रहरीले नेपाल भारत सिमाना नजिकै रुपन्देहीको बेलहियाबाट भदौ २ गते पक्राउ गरेको हो ।

भारत भाग्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पूर्वी नवलपुरको देवचुली नगरपालिका घर भएका तामाङले सिसुवास्थित माझापसल ट्रेडर्स (हार्डवेयर पसल) मा काम गर्दै आएका थिए । सोही ठाउँको लक्ष्मी आदर्श माविमा अध्ययन गर्ने तामाङ पहिलो पटकमा एटीएम मेसिन फुटाल्दा १४ लाख ७१ हजार ५ सय रुपैयाँ निकाल्न सफल भएका थिए । तर, उनको दोस्रो प्रयास भने असफल भयो । आरोपित भन्छन्, ‘मेसिनभित्र पसेपछि प्रयास गरेको सजिलै निकाल्न सकेँ । तर, अर्को एटीएममा दुवै चाबी लगाइएको रहेछ, निस्किएन ।’ अर्घौंचोकबाट एनएमबीको पैसा राख्ने कालो एउटा बक्स, सिसुवाबाट चोरी गर्न जानुअघि लगाएको सिल्भर रंगको एउटा हेल्मेट, कोलफाँटबाट मोसा र मेसिनभित्र जाँदा लगाएको एउटा हेल्मेट, डोडामुखबाट एउटा कालो सर्ट, सेतो लेस भएको एक जोर कन्भर्स जुत्ता र कालो ट्रयाक प्रहरीले भेटाएको छ ।

तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरी ७ दिनको म्याद गरिएको छ । चोरिएको रकम कहाँ लगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको एसपी केसीले बताए । ‘संलग्न को थिए ? पत्ता लगाउँदैछौं’ उनले भने । आरोपीतले सोही रात घरमा र बाहिर दुई पटकसम्म खाना खाएको हुँदा प्रहरीले घरपरिवारका सदस्यलाई पनि शंकाको घेरामा लिएको छ । ‘तामाङ ठूलो चोर त होइन तर, राम्रो लगाउँ र मिठो खाउँ भन्ने सोखिन रहेछ,’ एसपीले थपे, ‘खत्र्याङखुत्रुङ किनेको देख्दा रुची अनुसार अपुग भएर चोरी गरेको हो कि ?’

उनले मोटरसाइकल किनेको बुझिएको छ । बाँकी रकम साथीहरुसँग लेकसाइडमा दिनहुँ रमाईलो गर्ने, खाने, पिउने गरेर सकाएको भनेपनि प्रहरीलाई पत्यार लागेको छैन ।

प्रहरीले अन्य सतर्कता अपनाउन सबै बैंक तथा वित्तीय संस्थाका प्रदेश र शाखा प्रमुखलाई बोलाएर सुरक्षा सावधानीको लागि निर्देशन गरेको जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
गण्डकी क्षेत्र

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

by राम बहादुर रोकाहा
2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
गण्डकी क्षेत्र

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

by राम बहादुर रोकाहा
2026 September 5 मा प्रकाशित
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
गण्डकी क्षेत्र

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित
जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम
Breaking 1

जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

by राम बहादुर रोकाहा
2026 September 6 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ
Breaking 2

वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित
पुतलीबजारमा कपडा बैंकको तयारी
गण्डकी क्षेत्र

पुतलीबजारले बाढीपीडितका लागि २७ लाखभन्दा बढी सहयोग गर्ने

by राम बहादुर रोकाहा
2026 September 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

2026 September 5 मा प्रकाशित
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

2026 September 4 मा प्रकाशित
जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

2026 September 6 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ

वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ

2026 September 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews