Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा डिजिटल माध्यमबाटै यौन धन्दाः कारबाट घरमै डेलिभरी

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 March 7 मा प्रकाशित
पोखरामा डिजिटल माध्यमबाटै यौन धन्दाः कारबाट घरमै डेलिभरी
ShareTweetSend

पोखराको बाग्लुङ बसपार्क क्षेत्र नै बदनाम गर्ने गरी दशक अघि यौनधन्दा सञ्चालित थियो । तत्कालिन एसपी बसन्तकुमार लामाले यस विरुद्ध कडा अपरेशन चलाएपछि त्यहाँबाट तितरबितर भएका यौन व्यवसायी टोलटोलमा छरिए । कतिपय भित्री टोलमा रेष्टुरेन्ट एण्ड बारको नाममा यौन धन्दा व्यवसाय चलि नै रहेको गुनासो स्थानियले गरेका छन् । फोन फोनबाट मोलमोलाई गरी ट्याक्सी चालकले ग्राहकसम्म यौनव्यवसायी लग्ने गरेको घटना पनि नौलो रहेन । पछिल्लाे समय भने डिजिटल माध्यमको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने गरेकाे पाइएकाे छ । यसमा संलग्न समूहहरु एकपछि अर्को गरी पक्राउ परेका छन् ।

कास्की प्रहरीले एक साता अघि (१४ फागुनमा) यौन धन्दा चलाउने गिरोहका दुई सदस्य पक्रियो । भोलिपल्टै यो गिरोहका नाइके पक्राउ परे । नाइके पोखरा ७ मुस्ताङचोकका ३० वर्षीय नारायण पोखरेल हुन् । उनकी प्रेमिका सिन्धुपाल्चोकको चौतारा नगरपालिका, ६ ठूलीधाराकी २२ वर्षकी पूजा थापा मगर र बाँके चिसापानी ९ का २२ वर्षीय विशाल योगी हुन् । यो समूह विरुद्ध मानव बेचबखन तथा ओसारपोसार मुद्धा अघि बढेको छ । यसअघि दुई समूह समातिसकिएको कास्की प्रहरीले बताएको छ ।

यौन व्यवसायमै संलग्न रहेकी किशोरीले प्रहरी गुहारेपछि यिनीहरु समातिएका हुन् । ती किशाोरीले प्रहरीलाई १४ फागुनको मध्यरात १२ बजे फोन गरेर आफू पीडित भएको भन्दै गुहार मागेकी थिइन् । जानकारी पाएलगत्तै कास्की प्रहरीका इन्स्पेक्टर मुकेश न्यौपानेको नेतृत्वमा चार जनाको टोली खटिएको थियो । त्यही रात लेकसाइडको जरेवरबाट पूजा र विशाललाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए ।

मुख्य योजनाकार एवं यो समूहका नाईके नारायण पोखरेललाई प्रहरीले १५ फागुनमा घेरा नै हालेर रामबजारबाट समातेको हो । अघिल्लो रात डेरामा नभेटिएका उनी भोलिपल्ट पक्राउ परेका हुन् ।

कारमार्फत् घरमै युवती डेलिभरी

अनलाइन यौनधन्दा चलाउने मुख्य योजनाकार नारायण र पूजाको जोडी हो । उनीहरुले यस्तो व्यवसाय गर्नका लागि सामाजिक सञ्जाललाई मूख्य हतियार बनाएका छन् । विभिन्न फेक आइडी र आफ्नो पहिचान नखुल्ने मोबाइल नम्बरबाट भाइबर, ह्वाट्सएप जस्ता आइडी बनाउने र त्यसमार्फत् नै यौनसम्पर्क गर्न चाहनेका लागि विभिन्न सूचना जारी गर्ने गर्दथे । त्यसपछि ग्राहकले उनीहरूलाई सम्पर्क गर्दथे । उनीहरूले आफ्नो सम्पर्कमा भएका युवतीका तस्वीर ग्राहकलाई पठाउने र ग्राहकले रोजेका युवती छान्दथे ।

रेट मिलेपछि ठाउँ निश्चित गर्दथे । विशालले ‘होम डेलिभरी’को काम गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार विशालले कार प्रयोग गरेर युवतीलाई ग्राहकसम्म पु¥याउँथे । युवतीलाई ग्राहकसम्म लैजान प्रयोग गरिँदै आएको निलो रंगको ग२च ४८२४ नम्बरको कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो गिरोहले लेकसाइडमा कोठा भाडामा लिई यौन धन्दा चलाउने गरेको प्रहरीले जनाएको छ । विभिन्न होटेलमा माग अनुसार महिला उपलब्ध गराइदिने भन्दै उनीहरुले धन्दा चलाएको खुलेको हो । ‘यौन व्यवसाय गर्न बाध्य पार्ने अनि कोठा मिलाएर राख्ने गरेका रैछन्,’ प्रहरी निरीक्षक मुकेश न्याैपानेले भने ।

जति कम उमेर, त्यति महँगो मूल्य

प्रहरीका अनुसार उनीहरूले उमेर समूह हेरेर युवतीहरूको मूल्य तोक्थे । १८ वर्षभन्दा मुनिको माथिको फरक–फरक रेट तोकिने गरेको जाहेरीवालाले प्रहरीलाई बताएका छन् । १८ वर्षभन्दा मुनिका युवतीको १७ हजार रुपैयाँ प्रतिरात र त्योभन्दामाथि उमेर समूहका युवतीको १५ हजार रुपैयाँ प्रतिरातसम्म ग्राहकबाट लिने गरेको पाइएको छ । अर्थात् जति कम उमेर, त्यति महँगो मूल्य ।

यसरी महँगो मूल्यमा युवतीको माग गर्नेहरू प्रायः छोटो समयका लागि पोखरा आउने पर्यटकहरू रहेको प्रहरी स्रोत बताउँछ । ‘अधिकांश पोखरा घुम्न आएकाहरू नै ग्राहक हुँदा रहेछन् । पोखराका नियमित ग्राहक पनि हुने रहेछन्,’ प्रहरी निरीक्षक न्याैपाने भन्छन्, ‘जाहेरी दिनेहरू सात महिना, तीन महिना र एक महिनादेखि यो समूहसँग जोडिएको पाइएको छ ।’

लेनदेन नमिल्दा प्रहरीलाई गुहार

प्रहरीको सम्पर्कमा आएका युवतीहरु सुरुमा सहमतिमै देहव्यापारमा लागेका हुन् । पछि उनीहरुनै प्रहरीको सम्पर्कमा आउनु भने आश्चर्यको विषय बनेको छ । यस्ता घटना लेनदेन नमिल्दा सार्वजनिक हुने गरेका छन् ।

यो घटना सार्वजनिक हुनुको एउटा कारण आर्थिक पाटो पनि हो । ग्राहक खोज्नेले मोटो रकम असुल्ने र युवतीले कम रकम पाउँदा मनमुटाव भएको प्रहरीको अनुमान छ ।

महिनामै लाखौं कमाईको आशमा देहव्यापार

अहिलेसम्म देहव्यापारमा संलगन तीन जना युवती प्रहरीको सम्पर्कमा आएका छन् । यसमा संलग्न अधिकांश महिला दुर्गम क्षेत्रबाट आएको देखिएको छ । यौन व्यवसायमा लागेकाहरू सामान्य लेखपढ गरेका र स्याङ्जा, सिन्धुपाल्चोक, पर्वत, म्याग्दी, बाग्लुङ लगायत जिल्लाका ग्रामीण भेगबाट पोखरा आएका हुन् । कसरी पोखरा ल्याइन्थ्यो भन्नेबारे प्रहरी अनुसन्धानरत छ ।

केही युवतीको बयान अनुसार उनीहरुलाई प्रलोभन, धम्की र यातना दिएर यौन व्यवसायमा लगाउने गरेको खुलेको छ । केही युवती देहव्यापारमा लागेको एक वर्ष पनि पुगेको छैन । होटलमा काम लगाइदिने भन्दै ल्याए पनि विस्तारै यौन व्यवसायमा संलग्न गराएको र अहिले बारम्बार यातना दिएको उनीहरुको दाबी छ ।

महिनामा लाखौं कमाएर पोखरामै स्थापित हुन सकिने प्रलोभन दिई यौन धन्दामा लगाइएको प्रहरी अनुसन्धानमा खुलेको छ । सुरुवाती दिनमा राम्रो आम्दानी भए पनि पछिल्ला दिनमा विस्तारै ब्ल्याकमेलिङ गर्दै मानसिक यातना दिने, ग्राहकसँगको सम्बन्धपछि पैसा नदिने, यौन व्यवसायमा संलग्न छ भन्दै परिवारलाई सुनाइदिने, समाजमा बदनाम गरिदिने धक्की दिने गरेपछि प्रहरीकहाँ उजुरी गर्न आइपुगेको उनीहरुले बताएका छन् ।

‘ग्राहकसँग धेरै पैसा उठाउने यौन व्यवसायमा संलग्नलाई सुरुमा ४/५ हजार दिने, पछि पैसा नै नदिने र मानसिक यातना दिने गरेको खुलेको छ ।’ प्रहरी निरीक्षक न्याैपाने बताउँछन् ।

गिरोहका नाइकेका चार डेरा

यो घटनाका नाइके नारायण पोखरेललाई देखेर प्रहरी नै चकित परेको छ । अनुसन्धान गर्दै जाँदा प्रहरीले पोखरामा उनको चार वटा डेरा भेटेको छ । पोखरा १७, रातोपहिरामा उनी बस्छन् । छिमेकी वडा पोखरा, ७ मा उनको अर्को डेरा छ । त्यहाँ श्रीमती बस्छिन् । प्रेमिका पूजालाई लेकसाइडको स्ट्रीट नम्बर ३ मा डेरामा राखेका छन् भने आमाबुवालाई नजिकै स्ट्रीट नम्बर ७ मा राखेका छन् ।

‘ऊ एकदमै चलाख रहेछ । चार जना चारतिर राखेको छ । त्यस्तो हुँदा कसैले शंका नै गर्न सक्दैन,’ प्रहरी निरीक्षक न्याैपाने बताउँछन् । पोखरेलसहित पक्राउ परेका तीनै जनालाई बिहीबार आठ दिनको म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ । मानवबेचविखन तथा ओसारपोसार मुद्दामा कास्की जिल्ला अदालतबाट बिहीबार म्याद थप गरिएको हो ।

उनीहरूकै सहयोगमा प्रहरीले यस्तै क्रियाकलापमा संलग्नको खोजी गरिरहेको छ । प्रहरीले पक्राउ परेका र पीडितबाट अरु गिरोहको पनि सुइँको पाएको छ । प्रहरी निरीक्षक न्याैपानेले भने, ‘यो घटनाको अनुसन्धान गर्दा अरु पनि संलग्न रहेको सूचना पाएका छौँ । भनेजस्तो भए अरु पनि समातिन सक्छन् ।’

युवतीलाई ग्राहकसम्म लैजान प्रयोग गरिँदै आएको कार

 

 

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा छ फरार दोषी पक्राउ
गण्डकी क्षेत्र

मोटरसाइकल चोरी आरोपमा एक युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 June 30 मा प्रकाशित
स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी
गण्डकी क्षेत्र

स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण
गण्डकी क्षेत्र

स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट
Breaking 1

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते
Breaking 2

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान
Main News 1

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा छ फरार दोषी पक्राउ

मोटरसाइकल चोरी आरोपमा एक युवक पक्राउ

2026 June 30 मा प्रकाशित
स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी

स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी

2026 June 27 मा प्रकाशित
स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

2026 June 27 मा प्रकाशित
स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

2026 June 27 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews