Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा फेरि ठगिए सयौं युवायुवती, ‘ग्लोबल ओरियन्स’ को नेटवर्किङ जालोले डुबायो

रञ्जन अधिकारी रञ्जन अधिकारी
2022 March 6 मा प्रकाशित
पोखरामा फेरि ठगिए सयौं युवायुवती, ‘ग्लोबल ओरियन्स’ को नेटवर्किङ जालोले डुबायो
ShareTweetSend
  • एक वर्षमै घरजग्गा किन्न सकिने लोभ
  • करोड बढी आम्दानी गर्न सकिने लालच
  • तालिमको नाममा पैसा असुल्दै, औषधि भिडाउँदै
  • पोखरामा नक्कली कार्यालय स्थापना गर्दै, ठग्दै, कार्यालय सार्दै, भाग्दै
  • भारतीय कम्पनी नेपालमा दर्ता गरी नेपाली ठग्दै
  • तालिम पश्चात् नोकरी मिल्ने भन्दै भारतमा मानव तस्करी गर्दै

रञ्जन अधिकारी, पोखरा ।  सर्वसाधारण व्यापक ठगिएपछि प्रतिबन्ध लगाइएको नेटवर्किङ व्यवसायलाई सरकारले वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमावली २०७६ बनाएर डेढ वर्ष अघि धमाधम इजाजत बाँड्यो । गत वर्ष असारको मध्यपछि २ साताभित्रै आधा दर्जन बढी कम्पनी दर्ता भए । नेटवर्किङ व्यवसायको अवैध धन्दा चलाई लाखौं मानिस ठगी गरेकाहरु नै नयाँ कम्पनी खडा गरी सेटिङ मिलाएर उही प्रकृतिका व्यवसायमा फर्केको आरोप उनीहरुमाथि छ ।

गत वर्ष २९ असारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट नेपालमा व्यवसाय गर्न पाउने गरी इजाजतपत्र लिएको कम्पनी हो ‘ग्लोबल ओरियन्स नेपाल प्रालि’ । भारतको सिलगुढीमा खडा गरी कारोबार सुरु गरेको भनिएको यो कम्पनी ‘ग्लोबल ओरियन्स नेपाल प्रालि’को नाममा कम्पनी रजिष्टारको कार्यालयमा ०७७ जेठ २६ मा दर्ता भएको छ । सञ्चालक बसन्त पण्डित (नुवाकोट) को नाममा काठमाण्डौ १६, बालाजु ठेगाना रहने गरी काठमाण्डौ महानगरपालिका कार्यालयमा पनि असार २ गते दर्ता भएको छ । र, त्यसको भोलिपल्टै आन्तरिक राजश्व विभागमासमेत दर्ता गरिएको छ । यसले पोखरासहित धरान, इटहरी लमही, कोटेश्वर लगनखेल गरी देशभर २४ ठाउँमा विक्री कक्ष राख्न पाउने अनुमति लिएको छ ।

ग्लोबल ओरियन्सले भारततर्फ मानव तस्करी गरेको पुष्टि भएपछि नेपाल स्थित यसका एजेण्टहरु दुई वर्ष अघि नै पक्राउ परेका थिए । ओरियन्स नेटवर्किङ कम्पनीले तालिम दिन्छ र नोकरी पनि मिलाइदिएर छोटो समयमै लाखौं कमाईन्छ भन्दै युवायुवतीहरु ओसार्ने काम भएपछि सीमामा प्रहरीले कारबाही प्रक्रिया अघि बढाउँदा ओरिन्यस नेटवर्किङ कम्पनीका एजेण्टहरुले ग्रामीण भेगका किशोरकिशोरीलाई सिलगुढी लगेर बन्धक बनाएको प्रमाणित भएको थियो । दर्जनौं एजेण्टहरु मानव बेचबिखन मुद्धामा सजाय भोगेका छन् ।

चार वर्ष अघिदेखि नै मानव तस्करीको काम हुँदै आएकोमा डेढ वर्षअघि भने नेपालमा विधिवत् दर्ता भएको हो । सबै प्रक्रिया पूरा गरी सञ्चालित यो कम्पनीले उसको उद्देश्य अनुसार गर्नुपर्ने काम ‘वस्तुहरुको आयात निर्यात र कारोबार’ हो । तर यो कम्पनीको नाममा पोखरामा ठगीधन्दा चलेको छ ।

पोखरामा मात्रै झण्डै एक हजार जना युवायुवती ठगिएको सूची सार्वजनिक भएको छ । कास्की, स्याङ्जा, बागलुङ, नुवाकोटसम्मका दर्जनौं जिल्लाका युवायुवती ठगीमा परेका छन् । नयाँबजारमा खोलिएको कार्यालयबाट धेरै ठगिए । नयाँबजारपछि कार्यालय बुद्धचोक, रामबजार सरेको पीडितहरु बताउँछन् । त्यहाँ पुगेपछि पनि कति ठगिए बेहिसाब छ । एक जना जोडिनासाथ उसैमार्फत सञ्जाल फैलाउँदै ठगी धन्दा मौलाउँदा प्रायः साथीहरु तथा परिवारका सदस्यहरु नै ठगिन पुगेका छन् । त्यसैले पीडित कति भए भन्ने ठ्याक्कै संख्यामा भन्न पनि गाह्रो छ ।

साथीमार्फत् ओरियन्स पुगेकी धादिङकी निशा थापामगरलाई एक वर्षभित्रमै लाखौं कमाउन सकिने, पोखरामा घरजग्गा किन्ने कमाइ हुने लोभ देखाइयो । उनी चिनेजानेकै साथीमार्फत् नै त्यहाँ पुगिन्, ३५ हजार ठगिइन् । आफ्नो पैसा फिर्ता पाउन र थप कमाउन अरु मानिसहरु संलग्न गराउनुपर्ने नेटवर्किङ विधिका कारण ठगिनेहरु आफ्नै सम्पर्कभित्रका बढी छन् । पोखरा बसेर पढ्दै गरेकी स्याङ्जाकी रुमी मगर पनि चिनजानकी दिदीको जालोमा तानिएकी हुन् । आयुर्वेद औषधि बेच्न प्रारम्भिक तालिम भन्दै उनीसँग साढे १३ हजार मागियो, दिइन् तर १ वर्ष बित्दा पनि कामका लागि फोन आएन । एकजनाले कम्तीमा ३ जना मान्छे ल्याउनुपर्छ भनिएको थियो ।

भर्खरै प्लस टु पढेका किशोरकिशोरी धेरै ठगिएका छन् । कक्षा १२ पढ्ने संखुवासभाका १८ वर्षे सुजय तामाङको पनि १ लाख १५ हजार फसेको छ । उनलाई पनि महिनामै लाखौं कमाउने लालच देखाए । तर, औषधि भिडाएर कम्पनी नै नयाँबजारबाट गायब भयो, सञ्चालकहरु भागे । ओरियन्सको पोखरा शाखा राजु परियार र ईश्वर परियारले चलाएको पीडितहरुको भनाई छ ।कम्पनीको गलत धन्दाबारे प्रहरी र मिडियामा भनिदिने बताउँदा संचालक भनिन्नेहरुले उल्टै धम्की दिएको पनि पीडितले बताएका छन् । राजुले आफू बिरामी भएकोले बाहिर रहेको भन्दै प्रहरीकहाँ नजान धम्कीपूर्ण म्यासेज पठाएकोसमेत रुमीले गुनासो पोखिन् ।

ग्लोबल ओरियन्सले तालिम भन्दै पहिलो तहलाई १३ हजार ५ सय, दोस्रो तहलाई ३५ हजार र तेस्रो तहलाई १ लाख १५ हजार रुपैयाँ प्रतिव्यक्ति उठाएको छ । रुमी, निशा र सुजयले क्रमशः पहिलो, दोस्रो र तेस्रो तहको तालिम भन्दै पैसा बुझाएका हुन् । एकपछि अर्को प्रकृया पूरा गर्दै जानुपर्छ, तालिममा सहभागी हुनुपर्छ, मेडिकल गर्नुपर्छ, प्याकेजहरु लिनुपर्छ भन्दै पैसा थप्दै जाँदा डेढ लाखसम्म खर्चनेहरु छन् । लकडाउनकै अवधिमा फस्टाएको यो व्यवसायले धेरै युवायुवतीको जीवन अस्तव्यस्त बनाएको छ ।

तालिमपश्चात सुरुमा उनीहरुलाई विभिन्न सामान बेच्न लगाइएको थियो । ती औषधिजन्य सामान पनि म्याद गुज्रिएको पीडितको भनाइ छ । अरु मान्छे जोड्न नसके पैसा नपाउने भन्दै उनीहरुलाई औषधिहरु भिडाएर पठाउने गरेका थिए । जति धेरै सामान बेच्यो उति नै ‘स्टार’ पाउने र सोही अनुसार नगद बोनससहित, स्मार्टफोन, ल्यापटपलगायतको लोभसमेत देखाएर ठगी गरेको जनाएका छन् । करोडसम्मको फाइदा हुने, घरका ४ सदस्यसम्मलाई अन्तर्राष्ट्रिय भ्रमणको प्याकेज सुविधा रहेको भन्दै प्रभावित पारेका थिए ।

घरभेटीको माध्यमबाट पीडितहरु मिडियासमक्ष आईपुगे

ग्लोबल ओरियन्स नेपाल प्रालिले पोखरामै ३ ठाउँमा कार्यालय सारेको पीडितहरु बताउँछन् । रामबजारको कार्यालयबाट सञ्चालकहरु भागेपछि पीडितहरुले घरभेटी वेदकुमार श्रेष्ठलाई मिलेको आरोप लगाउँदै आएका छन् । दबाब झेल्न नसकेपछि श्रेष्ठ आफैले ठगी गरेको कम्पनीको पर्दाफास गर्ने भन्दै पीडितहरुलाई मिडियासमक्ष सार्वजनिक गरे ।

पत्रकारहरु माझ घरभेटी श्रेष्ठ भन्छन् – ‘म ग्लोबल ओरियन्स बसेको घरको भरभेटी हुँ । उनीहरुले मेरो घरको भाडा नै तिरेका थिएनन् । पछि, एक्कासी सम्पर्क विहीन भए । मैले धेरै प्रयास गरेपछि भाडा उठाएँ । मैले भाडा कस्ले दिने भनेर यहाँको प्रमुख विजय गुरुङलाई सोधेँ, उनले काठमाडौंको मान्छेको नम्बर दिनुभयो । उहाँ वसन्त पण्डित हुनुहुँदो रैछ, मैले फोन गर्दा उठेन तर म्यासेज गर्नुभएको थियो । पछि मैले प्रहरीलाई खबर गर्दिन्छु । पत्रकारहरु बोलाउँछु भनेपछि धेरै मेहनत गरेपछि पैसा पाएँ । अफिस खोज्दै धेरै पीडित मेरो घरमा आएपछि मैले नै उनीहरुलाई पत्रकारहरुसँग भेटाएको हुँ ।’

घरभेटी श्रेष्ठले आफूले भने घरको भाडा उठाउन सफल भएका छन् । उनले पत्रकारहरुलाई भनिदिन्छु भन्दै घरभाडा उठाउन सम्भव भएको हाक्काहाक्की सुनाउँछन् । घरभेटीले आफूले पैसा नपाएपछि पत्रकार देखाएर असुल गर्ने तर ठगी धन्दा चलिरहेकोबारे पहिल्यै केही नभनेकोमा पीडितहरु असन्तुष्ट छन् ।

श्रेष्ठका अनुसार उक्त संस्थाबाट पोखरामा ९ सय २९ जना प्रत्यक्ष ठगिएका छन् । उनीहरु सबैको नाम, सम्पर्क नम्बरसहित सार्वजनिक गरिएको छ ।

निवेदन परेको छ, प्रमाण पुगेको छैन, सप्रमाण आउनुहोलाः डिएसपी तिवारी

पीडितमध्ये ३ जना जिल्ला प्रहरी कार्यालयमा पुगी सोमबार निवेदन दिएका छन् । कार्यालयका प्रवक्ता डिएसपी सुन्दर तिवारीले ठाडो निवेदन मात्र परेको जानकारी दिँदै प्रमाणसहित ठगीमा पर्नेहरु आउन पनि अनुरोध गरेका छन् ।

धेरै जनासँग पैसा उठाइएको जानकारी प्राप्त भएको छ । कुन उद्देश्यका लाग उठाइयो । शर्त बमोजिम के भएन । रकम कसरी दिइयो ? सबै प्रमाणहरु त हुनुपर्छ । अब मिडियामै सार्वजनिक भएपछि अरु पनि सम्पर्कमा आउनुहुन्छ होला । प्रमाण पुग्नासाथ हामीले कारबाही प्रक्रिया अघि बढाइहाल्छौं । यद्यपी, हाम्रो तर्फबाट अनुसन्धान त भइरहेकै छ । सर्सती हेर्दा ठगिएकै देखिएको छ । प्रमाणसहित अघि बढ्नुपर्छः डिएसपी तिवारीले गण्डकन्यूजसँग भने ।

ग्लोबल ओरियन्सका प्रतिनिधि सम्पर्कमा आएनन्

ठगीबारे आएका गुनासोबारे संस्थासँग जानकारी लिन खोज्दा कम्पनी प्रतिनिधिसँग सम्पर्क हुन सकेन । नेपालस्थित कम्पनीका संचालक बसन्त पण्डितको फोन उठेन । पोखरा शाखाका प्रमुख भनिएका राजु परियार र ईश्वर परियार दुवैसँग पनि सम्पर्क भएन ।

पोखराको रामबजारस्थित ग्लोबल ओरियन्सकै प्रतिनिधिका रुपमा रहेका विजय गुरुङले पनि फोन उठाएनन् । कार्यालयबाट सबै भागिसकेको र एक जना मात्र बाँकी रहेको घरभेटी श्रेष्ठले खुलाए ।

 

ग्लोबल ओरियन्सको धन्दा

चार वर्षअघिदेखि मानव तस्करीको धन्दा चलाएको ग्लोबल ओरियन्स गत वर्षदेखि विधिवत् दर्ता भई नेपालमा कारोबार गरिरहेको छ । तर, वस्तुहरुको आयात निर्यात र विक्री गर्नुपर्ने कम्पनीले तालिमका नाममा पैसा उठाउँदै, औषधि दिएर ठग्दै, भाग्दै गरेको पाइएको छ ।

नेपाली युवकयुवतीलाई फसाइरहेको ओरियन्स भारतमा दर्ता रहेको नेटवर्किङ धन्धा हो । पश्चिम बङ्गाल, सिलगुढीस्थित सिटी सेन्टरमा ओरियन्स ग्लोबल मार्केटिङ प्रालिको ब्यानरमा कार्यालय रहेको भनिएको छ । एस सुमन नामक प्रमुख कार्यकारी अधिकृत र पिन्टुलाल नामक मार्केटिङ प्रमुखलगायतका नाम उल्लेख छ।

नेपालमा नेटवर्किङ धन्दा प्रतिबन्धित हुँदा पनि ४ वर्ष अघिदेखि नै यसका कारोवारीले नेपालभित्र लुकीछिपी गतिविधि गरेका थिए । ग्लोबल ओरियन्सको नाममा दर्जनौं पेजहरु फेसबुकमा भेटिन्छन् । त्यहाँ भारतमा दर्ता गरिएका कागजपत्रसहित नेपालका विभिन्न सरकारी निकायमा दर्ता भएका कागजपत्रहरु स्क्यान गरी पोष्ट गरिएका छन् । यसको अर्थ, ग्लोबल रिलायन्स आधिकारिक र विश्वसनीय संस्था भएकाले ठग्दैनौं भन्ने पार्न नै यी गोप्य कागजातहरु पनि फेसबुकमा सार्वजनिक गरिएको बुझ्न सकिन्छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको २ वर्ष अघिको रेकर्डमा १५ दिनमै ४५ जना युवतीलाई नाकाबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको उल्लेख छ । ओरियन्स नेटवर्किङ कम्पनीले तालिमपश्चात् काम दिलाउने प्रलोभनमा नेपाली सोझा युवतीलाई सिलगुढी लगेर अवैध होस्टेलमा बन्धक बनाइराख्ने गरेको पाइएको थियो । दोलखा, उदयपुर, महोत्तरीसम्मका एजेण्टहरु सक्रिय थिए ।

कसरी ठग्छ ग्लोबल ओरियन्सले ?

यस कम्पनीले प्रवेश गर्न शुरुमै रु. एक हजार तिराउँछ । तालिमको फाराम भर्न भन्दै ७ सय पनि लिन्छ । यसपछि तीन दिने तालीम भनेर सात हजार असुल्छ । तीन दिने तालिम पूरै लोभलालच र ठूला ठूला सपना देखाएर कलिला किशोरकिशोरीको ब्रेन वास गर्ने हो ।

महिनामै लाखौं कमाईने र केहि वर्षमै करोडपति बन्ने फोस्रो सपनामा भ्रमित पारिन्छ । यूनिटी झैं नेटवर्किङ जालो भएकाले जति अरु सदस्य विस्तार गरिन्छ, उति आफूलाई फाईदा हुने भएकाले साथीबाट साथी, आफ्नै परिवारका सदस्यहरुलाई उनीहरुले सँगै अघि बढाउँछन् । कलिलो दिमागलाई ‘ब्रेनवास’ गरेर सदस्य सञ्जाल विस्तार गर्न सिकाइन्छ ।

ओरियन्स कम्पनीकै फुड सप्लिमेन्ट बेच्न वा सुरुमा नयाँ तीन सदस्य खोज्न लगाइन्छ । क्यान्सर समेत निको हुने भन्दै लेबल नै नटाँसिएको औषधि भिडाइदिन्छ ।

जति धेरै बेच्न सक्यो उति नै प्वाईन्ट बढ्ने र फाइदा हुने भनिन्छ । वास्तवमा यो विक्री गर्ने काम चाहिँ कम्पनीको उद्देश्यसँग मिलाएर देखाउने दाँत मात्रै हो । भित्री काम सदस्य सञ्जाल विस्तार नै हो ।

तालिम लिएको दिनदेखि नै युवाहरु ठगिन सुरु हुन्छन् । धरौटीका लागि भन्दै अभिभावकलाई करकापमा पारेर पैसा झिकाउने, आफूले दुःख गरी कमाएको पैसा ओरियन्स कम्पनीका कारोवारीलाई लुटाउने गरेका छन् । सदस्य बनाएर पैसा असुलिसकेपछि बोनस र डायमन्ड पदवी बढाउने बहानामा आफ्नै नातागोता, फेसबुकका साथी र बेरोजगारलाई सदस्य बनाउन दबाब दिने गरेका छन् । यही काम मान्नेहरु अहिले आफू ठगिदाँसमेत आफू मार्फत आफ्ना साथी, नातागोता पनि ठगिएकाले ठगिएँ भन्दै सार्वजनिक हुन सकेका छैनन् । साथीसंगी नफसाएसम्म आफ्नो लगानी नउठ्ने भएकाले नयाँ सदस्यहरु नचाहँदा नचाहँदै एजेन्टमा रुपान्तरित हुन पुगेका हुन् ।

नेपालका रोल्पा, रुकुम, जाजरकोट, काभ्रेपलाञ्चोक, दोलखा, उदयपुर, दैलेखलगायत जिल्लाका धेरै ठगीमा परेका छन् । पोखरामा भने ओरियन्सले ठगेको पहिलो पटक सार्वजनिक भएको हो ।

केही महिना अघि मात्रै पोखरामा स्याङ्जा फेदीखोला–४ घर भएका २१ वर्षीय ठिटो कृष्णप्रसाद पौडेलले तालचोकमा पिजी रियल स्टेट एण्ड जब लिंक नामक कम्पनी खोलेर सयौंलाई जागिर कन्फर्म भन्दै २५ सय लिएर ठगेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसारमा संलग्न दुई ट्याक्टर नियन्त्रण
गण्डकी क्षेत्र

अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसारमा संलग्न दुई ट्याक्टर नियन्त्रण

by राम बहादुर रोकाहा
2025 September 3 मा प्रकाशित
१२ वर्षदेखि फरार अर्जुनचौपारीका अपहरण कसूरदार पोखराबाट पक्राउ
गण्डकी क्षेत्र

फरार कसूरदार पक्राउ: ७ वर्षअघि लागूऔषध मुद्दामा सजाय भोग्न बाँकी पौडेल पोखरामा समातिए

by राम बहादुर रोकाहा
2025 September 2 मा प्रकाशित
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
गण्डकी क्षेत्र

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण

by राम बहादुर रोकाहा
2025 September 2 मा प्रकाशित
अवैध ढुंगा ओसारपसारमा संलग्न ट्याक्टरसहित चालक नियन्त्रणमा
गण्डकी क्षेत्र

अवैध ढुंगा ओसारपसारमा संलग्न ट्याक्टरसहित चालक नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 September 1 मा प्रकाशित
पारिश्वर न्यौपानेकृत कवितासङ्ग्रह “सिरौँला” सार्वजनिक
कला/साहित्य

पारिश्वर न्यौपानेकृत कवितासङ्ग्रह “सिरौँला” सार्वजनिक

by राम बहादुर रोकाहा
2025 August 30 मा प्रकाशित
स्याङ्जामा कुटपिटपछि युवकको मृत्यु, दुईजना पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा लागूऔषधसहित दुई युवक पक्राउ

by राम बहादुर रोकाहा
2025 August 29 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसारमा संलग्न दुई ट्याक्टर नियन्त्रण

अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसारमा संलग्न दुई ट्याक्टर नियन्त्रण

2025 September 3 मा प्रकाशित
१२ वर्षदेखि फरार अर्जुनचौपारीका अपहरण कसूरदार पोखराबाट पक्राउ

फरार कसूरदार पक्राउ: ७ वर्षअघि लागूऔषध मुद्दामा सजाय भोग्न बाँकी पौडेल पोखरामा समातिए

2025 September 2 मा प्रकाशित
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण

2025 September 2 मा प्रकाशित
अवैध ढुंगा ओसारपसारमा संलग्न ट्याक्टरसहित चालक नियन्त्रणमा

अवैध ढुंगा ओसारपसारमा संलग्न ट्याक्टरसहित चालक नियन्त्रणमा

2025 September 1 मा प्रकाशित
पारिश्वर न्यौपानेकृत कवितासङ्ग्रह “सिरौँला” सार्वजनिक

पारिश्वर न्यौपानेकृत कवितासङ्ग्रह “सिरौँला” सार्वजनिक

2025 August 30 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews