Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा युवतीको रहस्यमय मृत्यु, ‘म पनि गण्डकीमा हामफाल्छु, सँगै जलाइदिनू’ चिट छाडेर श्रीमान् बेपत्ता

रञ्जन अधिकारी रञ्जन अधिकारी
2025 April 30 मा प्रकाशित
पोखरामा युवतीको रहस्यमय मृत्यु, ‘म पनि गण्डकीमा हामफाल्छु, सँगै जलाइदिनू’ चिट छाडेर श्रीमान् बेपत्ता
ShareTweetSend

गत मंगलबार पोखरा वडा नं. १ अधिकारी टोल स्थित एक घरमा भाडामा दिइएको कोठाभित्रबाट दुर्गन्ध फैलियो । ढोकामा चाबी लगाइएको थियो । छिमेकीले थाहा पाए र प्रहरीलाई खबर गरे । ताला फोडेर हेर्दा युवतीको शव कुहिन लागिसकेको अवस्थामा खाटमै भेटियो । युवतीको घाँटीमा कसिएको डाम थियो । शवनजिकै ‘राधेराधे’ लेखिएको सल भेटिएको थियो । झ्यालहरू पनि लगाएर छाडिएकाले शव कुहिने अवस्थामा पुगेको थियो ।

ति मृतक युवती हुन्, बाजुराको जगन्नाथ गाउँपालिका–१ बस्केनाकी १८ वर्षीया निरुता शाह । उनीसँग श्रीमान् गणेश विष्ट सोहि कोठामा बस्दै आएका थिए । २७ वर्षीय गणेश भने कोठामा थिएनन् । ३ दिन अगाडि नै उनले कोठा छाडिसकेका थिए । शव छेउमा उनै श्रीमान् गणेशले लेखेर छाडेको कागजको टुक्रा भेटियो । उनले आफू काममा गएको, ठेकेदारसँग पैसा मागेर फर्कँदा निरुता कोठाभित्रै झुण्डिरहेको अवस्थामा फेला परेको, त्यसपछि झुन्डिएको डोरी काटेर खाटमा सुताएर छाडेको उक्त चिटमा लेखेका छन् ।

पत्रको सार छः त्यो दिन ठेकदारसँग पैसा माग्न गएको थिएँ । कोठा फर्कंदा निरुतालाई झुण्डिएको भेटेँ र कपडाको पासोबाट छुटाएर राखिदिएँ । मैले उसका लागि घर परिवार त्यागेर पोखरा आएँ । टेस्ट गर्दा बच्चा नबस्ने देखिएपछि उनी दुःखी थिइन् । अब ऊ नै नबाँचेपछि म पनि बाँच्न सक्दिनँ । उनले मलाई छाडेर गइन् । म पनि बाँचेर अर्थ छैन । म गण्डकीमा हाम फाल्छु । मेरो लास गण्डकीमा फेला पार्नुभयो भने उसको लाससँगै जलाइदिनुहोला ।

निरुता र गणेश उक्त कोठामा भाडामा बस्दै आएका थिए । निरुता पढ्नका लागि कैलाली घोडाघोडीको सुख्खड बजारस्थित काकाको घरमा बसेकी थिइन् । कालीकोटको नरहरिनाथ नगरपालिका–१ घर भएका गणेश पनि सुख्खडमा आफ्नो दाइसँग बस्दै आएका थिए । सोहि बेला गणेश र निरुताको चिनजान भयो र पछि प्रेमसम्बन्धमा जोडिए ।

२०७७ भदौमा दुवैले भागेर विवाह गरे । गणेशले कालीकोटकै घरमा निरुतालाई लगे । गणेश ज्यामी काम गर्ने गर्थे भने निरुता पढ्न जान्थिन् । पछि उनीहरूको सम्बन्धमा दरार आयो । निरुता गत वैशाखमा आफ्नै घर बाजुरा फर्किइन् ।

उनको शरीरभरि नीलडाम थियो । गणेशले कुट्न थालेको माइती पक्षले थाहा पायो र छोरीलाई माइतमै राखियो । उसो त पहिल्यै निरुता र गणेशको सम्बन्धबारे दुवैको घरमा थाहा थियो । उनीहरूको सम्बन्ध दुवै परिवारलाई रुचेको भने थिएन । गणेशले कुटेर निरुता माइत फर्केपछि उनी अब घर नजाने बाचा गरेकी थिइन् ।

कैलालीमा रहेका गणेशले फेरि निरुतालाई पछ्याउन थाले । माया गरेर बिहे गरेको श्रीमान् सुध्रिएछ भनेर निरुता फेरि गणेशसँगै जिवन अघि बढाउन राजी भइन् । फोनमा कुराकानी बाक्लियो । छुटिएको ५ महिनापछि नै फेरि भेटे । त्यसपछि गणेशले निरुतालाई पोखरामा जाउँ, उतै काम गरौं, जीवन काटौँ भनेर फकाएर पोखरा ल्याए । उनीहरु पोखरा आएको यही भदौ २ गते मात्रै हो । उनले गणेशसँगै पोखरा आएको खबर आमा र दिदीलाई दिएकी थिइन् । त्यसपछि पोखरा १ अधिकारी टोलमा कोठा भाडामा बस्न थाले । यहाँ उनीहरुले कलैया घर भनेर वास्तविक नाम समेत नभनेको अहिले खुलासा भएको छ । गणेश दिनभरी ज्यामी मजदुरी गर्थे, निरुता कोठामै बस्थिन्, बाहिर छिमेकीहरुसँग पनि धेरै नबोल्ने उनीहरुले बताएका छन् ।

मंगलबार एक्कासी छोरीको मृत्युको खबर सुनेपछि बुवा नन्दबहादुर शाह बाजुराको कोल्टी विमानस्थलबाट नेपालगन्जसम्म जहाजमा र नेपालगन्जबाट बस चढेर बिहीबार बिहान पोखरा आइपुगेका छन् ।

परिवार भन्छः सधैं कुटिरहने गणेशले मार्न नै यति टाढा पोखरा ल्याएको हो, नत्र चाबी लगाएर भाग्छ ?

निरुताको परिवार आफ्नी छोरीको हत्या नै भएको जिकिर गर्छन् । निरुताले आत्महत्या गर्नै नसक्ने उनीहरुको ठहर छ । बिहीबार पोखरा आइपुगेका नन्दबहादुरले गणेशविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कास्की श्रोतले जनाएको छ ।

बाबु नन्दबहादुर भन्छन्ः ‘आत्महत्या भएको भए भित्रबाट चुकुल लगाएको हुनुपर्ने हो नि त । बाहिरबाट चाबी लगाइएको छ । यो भनेको त्यही गणेशले नै मारेर बाहिरबाट चाबी लगाएर भागेको हो । पहिले कुटेर पुगेन । मार्न नै पोखरा ल्याएको रहेछ । चिन्ने जान्ने कोहि छैनन नि त पोखरामा । नत्र कालिकोट, कैलालीमै बस्न सक्थ्यो ।’

गणेशले प्रयोग गर्ने फोन ‘स्विच्ड अफ’ छ । पोस्टमार्टम रिपोर्टपछि मात्रै हत्या वा आत्महत्या भन्ने खुल्ने प्रहरीले जनाएको छ । निरुताको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा
Breaking 1

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

by राम बहादुर रोकाहा
2026 June 15 मा प्रकाशित
वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज
Breaking 2

वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

by राम बहादुर रोकाहा
2026 June 15 मा प्रकाशित
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
Main News 1

अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट

by राम बहादुर रोकाहा
2026 June 15 मा प्रकाशित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
गण्डकी क्षेत्र

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

by राम बहादुर रोकाहा
2026 June 11 मा प्रकाशित
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
खेलकुद

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

by राम बहादुर रोकाहा
2026 June 10 मा प्रकाशित
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
Breaking 1

सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

by राम बहादुर रोकाहा
2026 June 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

2026 June 15 मा प्रकाशित
वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

2026 June 15 मा प्रकाशित
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट

अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट

2026 June 15 मा प्रकाशित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

2026 June 11 मा प्रकाशित
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

2026 June 10 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews