Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पत्रकार अधिकारीमाथि हातपात र घिमिरेमाथि दुर्व्यवहारको पत्रकार सम्बद्ध संघसंस्थाद्वारा भर्त्सना

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
पत्रकार अधिकारीमाथि हातपात र घिमिरेमाथि दुर्व्यवहारको पत्रकार सम्बद्ध संघसंस्थाद्वारा भर्त्सना
ShareTweetSend

पोखरा । नेपाल पत्रकार महासंघ कास्की सदस्य एवं नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी उपाध्यक्ष रञ्जन अधिकारीमाथि समाचार संकलनका क्रममा भएको हातपातको घटनाप्रति चौतर्फी विरोध भएको छ ।

विभिन्न सञ्चारसम्बद्ध संघसंस्थाले सो घटनाको निन्दा गर्दै दोषीलाई कडा कारबाहीसहित सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन राज्यसँग माग गरेका छन् । पत्रकार महासंघका महासचिव रोसन पुरी, गण्डकीका महासचिव गोविन्द सुवेदी, कास्कीका सचिव माधव बराल, प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल र सचिव प्रदीप पौडेल, खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव विजय नेपाल, अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष कमल सुवेदीले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा गरेका छन् ।

सहकर्मी पत्रकारलाई संरक्षण गर्दै समाचार संकलनका क्रममा पत्रकार अधिकारीमाथि हातपात भएको थियो । जागिर लगाइदिन्छु भन्दै सर्वसाधारणबाट लाखौं रुपैयाँ ठगेको अभियोगमा कास्की प्रहरीले स्याङ्जाका कृष्णप्रसाद पौडेललाई पक्राउ गरेको थियो ।

हेर्नुहोस् समाचारः कृष्णको कर्तुत: स्टार होटलमा मासुभात खुवाएर सयौँलाई खुलेआम ठगे [भिडियो]

सो सम्बन्धमा पीडितको आवाजसहित सत्यतथ्य समाचार संकलनका लागि आइतबार गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय कास्की परिसर पुगेका पत्रकार अधिकारीमाथि ठगी काण्डका पीडितबाटै फोटो/भिडियो खिचेको निहुँमा हातपात भएको थियो । पत्रकार अधिकारीमाथि एक्कासि हातपात गरी उनले खिचेको फोटो/भिडियो मेटाउनसमेत लगाई अनुनयविनय पश्चात छाडिदिएका थिए । ठगी गर्ने अफिसको प्रचार गरेको भन्दै मिडिया र पत्रकारसँग पीडितहरुले आक्रोश पोखिरहेका थिए । यस कार्यमा पत्रकार अधिकारी भने संलग्न थिएनन् । तर, उनी निशानामा परे ।

अधिकारीलाई हातपात गर्नु अघि पत्रकार प्रल्हादचन्द्र घिमिरे (फेवा टेलिभिजन) माथि दुर्व्यवहार भएको थियो । त्यस समय रिपोर्टिङमा पत्रकार ढाकामोहन (गणेश) बराल (पोखरा न्यूज) पनि खटिएका थिए । दुर्व्यवहारमा परेका घिमिरे भीडबाट सुरक्षित भएपछि बराल र घिमिरे सँगै बाहिरिए भने अधिकारी त्यहाँको माहौलको दृश्य कैद गर्दै थिए । सोहि क्रममा एक्कासी ‘पत्रकारलाई कुट्’ भन्दै अधिकारीमाथि जाइलागेका हुन् । अधिकारीलाई हातपात गरेपछि त्यहाँ रहेका अन्य सञ्चारकर्मीहरु क्यामेरा लुकाएर बाहिरिएका थिए ।

पत्रकारमाथि हातपातमा उत्रने काठमाण्डौ कलंकी घर भई पोखरा ७ मासबार बस्ने युवराज लामा र पोखरा २७ तालचोकका नवराज शर्मा लगायत ४ जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । उनीहरुलाई पछि छाडेका थिए ।

पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रद्वारा घटनाको भर्त्सना

समाचार संकलनका क्रममा नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्यद्वय रञ्जन अधिकारीमाथि भएको हातपात र प्रल्हादचन्द्र घिमिरेमाथि भएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै भाद्र २७ गते आइतबार ठगी आरोपमा पक्राउ परेका व्यक्तिको विषयमा समाचार संकलनका लागि जिल्ला प्रहरी कार्यालय कास्की पुगेका पत्रकार अधिकारीले फोटो खिचेको निहुँमा ठगी काण्डका पीडित भनिएका युवराज लामा र नवराज शर्मालगायतले आक्रोस पोख्दै पत्रकारमाथि हातपात र दुर्व्यवहार गरेको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ – ‘नागरिकलाई सुसूचित गराउने धर्म निर्वाह गरिरहेका पत्रकारमाथि हातपात र दुर्व्यवहार हुनु प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ यो घटनाको कडा शब्दमा भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षित रूपमा पत्रकारिता गर्ने वातावरण बनाउन स्थानीय प्रशासनसँग माग गर्दछ ।’

पत्रकारमाथि भएको भौतिक आक्रमण घटनाको पत्रकार महासंघ गण्डकीद्वारा भर्त्सना

नेपाल पत्रकार महासंघ गण्डकीले कास्की शाखाका साधारण सदस्य एवं क्रियाशील पत्रकार रञ्जन अधिकारी माथि समाचार संकलन गरेर फर्कने क्रममा भएको भौतिक आक्रमणको घटनाको निन्दा गरेको छ ।

महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अधिकारीमाथि आक्रमण र कास्की शाखाकै साधारण सदस्य एवं क्रियाशील पत्रकारहरु ढाकामोहन (गणेश) बराल र प्रल्हादचन्द्र घिमिरेमाथि भएको दुव्र्यवहारका साथै अन्य पत्रकारलाई दिइएको धम्कीको घटनाप्रति नेपाल गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा उल्लेख छ– ‘रोजगारी दिने भन्दै ठगी गर्ने पक्राउ गरिएको र त्यसबाट पीडितको विषयमा आइतबार जिल्ला प्रहरी कार्यालयमा समाचार संकलन गर्न गएका रञ्जन अधिकारी, गणेश बराल र प्रल्हादचन्द्र घिमिरेसहित अन्य पत्रकारलाई समेत लक्षित गर्दै ‘पत्रकारलाई नछोड्ने’ भन्दै जिल्ला प्रहरी कार्यालयको गेट अगाडिबाटै पीडित पक्षको आवरणमा धम्की दिइएको थियो । पत्रकार सधैं पीडितकै पक्षमा रहने पत्रकारलाई त्यही समूह मध्येबाट काठमाडौं–१४ कलंकी घर भई हाल पोखरा ३१ मासबार बस्ने युवराज लामा र पोखरा ३० तालचोकका नवराज शर्माले पत्रकार रञ्जन अधिकारी माथी गेट अगाडि नै आक्रमण गरेका थिए ।’

विज्ञप्तीमा थप भएिको छ – ‘उनीहरुले पत्रकार अधिकारीले प्रयोग गरेका सञ्चार सामग्री समेत नियन्त्रणमा लिँदै खिचिएका र लेखिएका सामग्री नष्ट गरेका थिए । यसरी पत्रकार माथी आक्रमण गरिनु, सञ्चार सामग्री नियन्त्रणमा लिँदै सामग्री नष्ट गरिनु र समग्र पत्रकारलाई नै नछाड्ने धम्कि दिनु पे्रस स्वतन्त्रा विरोधी काम भएको हाम्रो ठहर छ । पत्रकार र उनीहरुको पेशा प्रति नै हातोत्साहित बनाउन खोज्ने यस किसिमका आक्रमण र धम्कीको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति निन्दा सहित भर्त्सना गर्दछ । र, यस घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउँदै पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावारण निर्माण गर्न सम्बन्धित निकायमा माग गर्दछ ।’

प्रहरी कार्यालयको गेटमै पत्रकार कुट्नेलाई तारेखमा छाड्दा प्रश्न उब्जियोः महासंघ कास्की

नेपाल पत्रकार महासंघ कास्कीका सदस्य पत्रकार रञ्जन अधिकारीलाई हातपात भएको र सदस्य पत्रकार प्रल्हादचन्द्र घिमिरेलाई जिल्ला प्रहरी कार्यालय, कास्की अगाडि मिति २०७८ भदौ २७ गते, आइतबार भएको दुर्व्यवहारप्रति पत्रकार महासंघ, कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ कास्कीका सचिव माधवप्रसाद बरालले सोमबार विज्ञप्ति जारी गर्दै जागिर लगाइदिने भन्दै लाखौं ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्तिको विषयमा समाचार सकंलनमा पुगेका पत्रकार अधिकारीले भिडियो र फोटो खिचिरहेको बेलामा ठगी काण्डमा पीडित भन्नेहरूले पत्रकारमाथि आक्रोश पोखेर मोबाइल खोस्दै हातपात गरेको घटनाको महासंघ निन्दा र भर्त्सना गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ – ‘अधिकारीमाथि भएको आक्रमण र घिमिरेलाई गरिएको दुव्र्यवहार प्रेस स्वतन्त्रता माथिकै आक्रमण भएको ठहर पत्रकार महासंघ कास्कीको छ । घटनामा संलग्न दोषी पोखरा ७ मासबार बस्ने युवराज लामा र पोखरा २७ तालचोक बस्ने नवराज शर्मालाई कानुनी कारबाही गर्न पत्रकार महासंघ जोडदार माग गर्दछ ।’

जनताको सुरक्षामा २४ घण्टा खटिने प्रहरीकै कार्यालय अगाडि पत्रकारमाथि हातपात हुनु र घटनामा संलग्नलाई तारिखमा छोड्नुले सुरक्षा व्यवस्थामा पनि प्रश्न उब्जिएको बरालले जनाएका छन् । पत्रकारलाई निर्वाध रूपमा समाचार संकलनको वातावरण बनाउन सम्बन्धित निकायको पत्रकार महासंघले ध्यानाकर्षण गराएको छ ।

उपाध्यक्ष अधिकारीमाथि भएको हातपात र दुर्व्यवहारको घटनाको मञ्चद्वारा निन्दा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले उपाध्यक्ष रञ्जन अधिकारीमाथि हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मञ्चका महासचिव विजय नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै पत्रकार महासंघ कास्कीका सदस्यसमेत रहेका अधिकारीमाथिको यो घटना निन्दनीय भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ – ‘राज्यको चौथो अंगमाथि दिनदहाडै हातपात तथा दुर्व्यवहारको घटना पटक-पटक दोहोराइदिनुले सिंगो पत्रकारिता क्षेत्रमाथि नै धावा बोल्ने काम भएको ठहर गरिएको छ ।’

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ:

पत्रकारलाई हातपात र दुर्व्यवहार भएकोमा अनलाइन पत्रकार संघ, गण्डकीको ध्यानाकर्षण

पोखरा । अनलाइन पत्रकार संघ गण्डकीले पत्रकार रञ्जन अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्की अगाडि भएको हातपात तथा पत्रकार ढाकामोहन (गणेश) बराल र प्रल्हादचन्द्र घिमिरेलाई आइतबार भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष कमल सुवेदीद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘पोखराका क्रियाशील पत्रकार रञ्जन अधिकारी माथि समाचार संकलन गरेर फर्कने क्रममा भएको भौतिक आक्रमण र यस अनलाइन पत्रकार संघ गण्डकीका सल्लाहकार ढाकामोहन (गणेश) बराल र क्रियाशील पत्रकार प्रल्हादचन्द्र घिमिरे माथि भएको दुर्व्यवहारका साथै अन्य पत्रकारलाई समेत दिइएको धम्कीको घटनाप्रति अनलाइन पत्रकार संघ गण्डकीको गम्भिर ध्यानाकर्षण भएको छ ।’

‘जागिर लगाइदिने भन्दै लाखौं ठगेको आरोपमा पक्राउ परेका व्यक्तिको विषयमा समाचार संकलनमा पुगेका पत्रकारहरुलाई आक्रोश पोखेर हातपात तथा दुरव्यवहार गरेको घटनाको अनलाइन पत्रकार संघ गण्डकी घोर भत्सर्ना गर्दछ । यसरी पत्रकार माथि आक्रमण, दुर्व्यवहार गरिनु र समग्र पत्रकारलाई नै नछाड्ने धम्कि दिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको हाम्रो ठहर छ । साथै, यस घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउँदै पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावारण निर्माण गर्न सम्बन्धित निकायमा माग गर्दर्छौ ।’ –विज्ञप्तीमा भनिएको छ ।

पत्रकारमाथिको आक्रमणको प्रेस युनियन, कास्कीको निन्दा

नेपाल पत्रकार महासंघ कास्कीका सदस्य रञ्जन अधिकारीमाथि हातपात र नेपाल प्रेस युनियन कास्कीका सदस्य समेत रहेका पत्रकार प्रल्हादचन्द्र घिमिरेमाथि दुव्यर्वहार भएको घटनाप्रति नेपाल प्रेस युनियन, कास्कीले घोर भत्र्सना गरेको छ ।

प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा जागिर लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा हालै पक्राउ परेका कृष्ण पौडेलको विषयमा समाचार संकलनका लागि पुगेका पत्रकार अधिकारीले फोटो/भिडियो खिचिरहेको अवस्थामा पोखरा–७ मासबारका युवराज लामा र पोखरा–२७ तालचोकका नवराज शर्माले उल्टै पत्रकारमाथि आक्रोश पोख्दै फोटो/भिडियो डिलिट गर्न लगाई मोबाइल खोसेर हातपात गरेको घटनाको युनियनले निन्दा एवं भत्र्सना गरेको छ ।

साथै, जिल्ला प्रहरी कार्यालय कास्की गेट नजिकै पत्रकारमाथि भएका यसप्रकारको घटनाको युनियन कास्कीले घोर भत्र्सना गर्दै आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरिएको छ ।

समाचार संकलनका क्रममा हुने सम्भावित यसप्रकारका आक्रमणका गतिविधि तत्काल बन्द गर्न समेत माग गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
Breaking 2

मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

by राम बहादुर रोकाहा
2026 March 21 मा प्रकाशित
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
Main News 1

स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

by राम बहादुर रोकाहा
2026 March 21 मा प्रकाशित
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
Main News 1

ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

by राम बहादुर रोकाहा
2026 March 21 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
Main News 1

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Breaking 2

६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
Main News 1

भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ

टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ

2026 March 21 मा प्रकाशित
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

2026 March 21 मा प्रकाशित
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

2026 March 21 मा प्रकाशित
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

2026 March 21 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा

2026 March 19 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews