Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरा महेन्द्रपुलको मूख्य सडक भलपानीले भासियो, घरहरु जोखिममा [भिडियो]

रञ्जन अधिकारी रञ्जन अधिकारी
2021 August 23 मा प्रकाशित
पोखरा महेन्द्रपुलको मूख्य सडक भलपानीले भासियो, घरहरु जोखिममा [भिडियो]
ShareTweetSend

पोखरामा निरन्तरको वर्षासँगै मूख्य बजार क्षेत्र महेन्द्रपुलको जमिन भासिएको छ । आइतबार बेलुकीदेखिको अविरल वर्षाका कारण पोखरा महेन्द्रपुलको सडक भासिएको हो । स्थानिय सेलवेज डिपार्टमेण्टल स्टोर्स अगाडि गरिमा विकास बैँकको आडको जमिनमा भ्वाङ परेको हो ।

सडक भाँसिदा आधा दर्जन घरहरु जोखिममा परेका छन् । आइतबार बेलुकी पानी परेपछि नै भ्वाङ पर्न सुरु भएको स्थानियले बताएका छन् । पानी पर्ने क्रम बढ्दै गएपछि भलपानीले खाल्डो ठूलो बनाउँदै लगेको थियो । पछि विजुलीको पोल र सडकपेटी समेत भत्किन पुगेको थियो ।

सडक भाँस्सिदा पार्किङ गरी राखिएको नानो कार खाल्डोमै पर्न लागेकोमा तत्काल स्थानीयवासी र प्रहरीको टोलीले उचालेर सुरक्षित स्थानमा सारेका थिए । भासिएको ठाउँमा प्रहरी र स्थानीयको सहयोगमा ढुंगा गिट्टीले पुरेर पानी तर्काउने काम भइरहेको छ । पोखरामा निरन्तर झरी परिरहेको छ ।

घरहरु जोखिममा, स्थानिय त्रसित

भलपानी खाल्डो हुँदै घरमुनी छिरेपछि स्थानीयवासी त्रसित बन्न पुगेका छन् । विन्ध्यवासिनी र नदिपुरदेखि पालिखेचोक हुँदै आएको भलपानी खाल्डोमा छिरेर भित्रभित्रै जमिनमा बगेपछि स्थानीयवासीले खतरा महसुस गरेका छन् । यो भ्वाङका कारण आधा दर्जन घरहरु जोखिममा परेका छन् । खाल्डोमा भलपानी पसेका कारण त्यो पानी जमिन मुनी कहाँसम्म पुग्यो ? कुन दिन अरु घरहरु पनि भासिने हो ? भन्ने त्रासमा उनीहरु छन् ।

खानेपानी लाइन विस्तारपछि व्यवस्थित नगर्दा जोखिम

लगानीका हिसाबले मेलम्ची पछिको देशकै दोस्रो ठूलो पोखरा खानेपानी सुधार आयोजनाको काम अहिले भइरहेको छ । जाइकाको करिब पाँच अर्बको सहयोगमा निर्माण भइरहेको आयोजनाको पानी वितरणका लागि पोखरा बजारमा कूल ९६ किमी पाइपलाइन विस्तार गरिँदैछ । खानेपानी संस्थानले छुट्टै १४ किमी पाइपलाइन विस्तारको कामसमेत अघि बढाइरहेको छ ।

खानेपानीको लाइन सडक क्षेत्रमै रहने भएकाले दायाँ बायाँ नै गहिरो खनेर पाइप विछ्याइएको छ । खनिसकेपछि माटोले पुरेर छाडिएको छ । सोहि कारण पनि पानी जमिन मुनि छिर्न सकेको हो । पाइप विछ्याएपछि माटोले मात्र पुरेर छाडिदिँदा भ्वाङ परिरहने पोखराको जमिन झनै कमजोर बनेको हो ।

जोखिमपूर्ण जमिन, भारयुक्त भवन

महेन्द्रपुल क्षेत्र सेती नदितर्फ पूरै भिर छ । डिलडिलमा अग्ला अग्ला घरहरु बनेका छन् । पूरानो बस्ती यहाँ मापदण्ड कायम छैन, कसैले मानेका पनि छैनन् । त्यसैले पनि सडकतर्फबाट जमिनमा पानी पसेमा निकै जोखिम छ ।

भूगर्भविद्हरुले सेति नदी आसपासका क्षेत्रलाई अति जोखिमपूर्ण कमजोर धरातल भन्दै ती क्षेत्रमा बस्न नहुने, घर बनाउन नहुने सुझावसँगै चेतावनी दिँदै आएका छन् ।

महेन्द्रपुलमात्र हैन, पोखराका धेरै ठाउँमा जमिन भासिएका छन् 

पोखराको अर्मलास्थित ठुलीबेसीफाँटमा आठ वर्ष अघि एकाएक जमिन भासियो । त्यसअघि पनि पोखरामा बर्सेनि जमिन भासिन्थ्यो । पोखरा शहरको मध्यभागमै जमिन भासिन्थे । तर, साना भ्वाङ पर्ने हुनाले खास चर्चाको विषय हुँदैनथ्यो । अर्मलामा भने निकै ठूला भ्वाङ परे ।

पोखरा नगर क्षेत्र र आसपासका अधिकांश स्थानका जमिन कमजोर रहेको विभिन्न अध्ययनले देखाएका छन् । सन् १९९८ मा खानी तथा भूगर्भ विभाग र जियो साईन्स ईन्स्टिच्यूट अफ जर्मनीले पोखराको भौगर्भिक अवस्थाको अध्ययनपछि दिएको प्रतिवेदनमा भौगोलिक सतह कमजोर भएको प्रतिवेदन दिएको थियो । प्रतिवेदनमा अर्मला, बिन्ध्यवासीनी, नदीपुर, अर्चले, महेन्द्रपुल, मालेपाटन, छोरेपाटन, सिमलचौर, सितापाईला लगायत सेतिनदीको पश्चिमतर्फको भाग कमजोर भएको जनाएको थियो ।

पोखराको जमिनमुनि कमेरो माटो छ । बर्षामा कमेरो माटो बगेर जाने गर्छ । आकाशको पानीले निकास नपाउनु तथा घरको छतको पानीको उचित व्यवस्थापन नहुनु पनि जमिन भासिनुको कारण भएको विज्ञ बताउँछन् । भू–बनावटको ख्यालै नगरी निर्माण गरिएका भौतिक संरचनाका कारण जमिन भासिएको उनीहरुको भनाइ छ ।

पोखरा छोरेपाटन स्थित गुप्तेश्वर महादेव गुफा माथिका बस्ती झनै खतरानक रहेको छ । डेभिडफल्स नजिकै बाटोमा गाडी गुड्दा समेत जमिन थर्किन्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन
गण्डकी क्षेत्र

४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन

by राम बहादुर रोकाहा
2025 December 7 मा प्रकाशित
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
गण्डकी क्षेत्र

वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 December 6 मा प्रकाशित
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
गण्डकी क्षेत्र

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

by राम बहादुर रोकाहा
2025 December 6 मा प्रकाशित
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
Main News 1

अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

by राम बहादुर रोकाहा
2025 December 5 मा प्रकाशित
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
गण्डकी क्षेत्र

‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने

by राम बहादुर रोकाहा
2025 December 5 मा प्रकाशित
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
खेलकुद

बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई

by राम बहादुर रोकाहा
2025 December 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन

४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन

2025 December 7 मा प्रकाशित
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा

वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा

2025 December 6 मा प्रकाशित
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

2025 December 6 मा प्रकाशित
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

2025 December 5 मा प्रकाशित
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने

‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने

2025 December 5 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews