Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरा महेन्द्रपुलको मूख्य सडक भलपानीले भासियो, घरहरु जोखिममा [भिडियो]

रञ्जन अधिकारी रञ्जन अधिकारी
2021 August 23 मा प्रकाशित
पोखरा महेन्द्रपुलको मूख्य सडक भलपानीले भासियो, घरहरु जोखिममा [भिडियो]
ShareTweetSend

पोखरामा निरन्तरको वर्षासँगै मूख्य बजार क्षेत्र महेन्द्रपुलको जमिन भासिएको छ । आइतबार बेलुकीदेखिको अविरल वर्षाका कारण पोखरा महेन्द्रपुलको सडक भासिएको हो । स्थानिय सेलवेज डिपार्टमेण्टल स्टोर्स अगाडि गरिमा विकास बैँकको आडको जमिनमा भ्वाङ परेको हो ।

सडक भाँसिदा आधा दर्जन घरहरु जोखिममा परेका छन् । आइतबार बेलुकी पानी परेपछि नै भ्वाङ पर्न सुरु भएको स्थानियले बताएका छन् । पानी पर्ने क्रम बढ्दै गएपछि भलपानीले खाल्डो ठूलो बनाउँदै लगेको थियो । पछि विजुलीको पोल र सडकपेटी समेत भत्किन पुगेको थियो ।

सडक भाँस्सिदा पार्किङ गरी राखिएको नानो कार खाल्डोमै पर्न लागेकोमा तत्काल स्थानीयवासी र प्रहरीको टोलीले उचालेर सुरक्षित स्थानमा सारेका थिए । भासिएको ठाउँमा प्रहरी र स्थानीयको सहयोगमा ढुंगा गिट्टीले पुरेर पानी तर्काउने काम भइरहेको छ । पोखरामा निरन्तर झरी परिरहेको छ ।

घरहरु जोखिममा, स्थानिय त्रसित

भलपानी खाल्डो हुँदै घरमुनी छिरेपछि स्थानीयवासी त्रसित बन्न पुगेका छन् । विन्ध्यवासिनी र नदिपुरदेखि पालिखेचोक हुँदै आएको भलपानी खाल्डोमा छिरेर भित्रभित्रै जमिनमा बगेपछि स्थानीयवासीले खतरा महसुस गरेका छन् । यो भ्वाङका कारण आधा दर्जन घरहरु जोखिममा परेका छन् । खाल्डोमा भलपानी पसेका कारण त्यो पानी जमिन मुनी कहाँसम्म पुग्यो ? कुन दिन अरु घरहरु पनि भासिने हो ? भन्ने त्रासमा उनीहरु छन् ।

खानेपानी लाइन विस्तारपछि व्यवस्थित नगर्दा जोखिम

लगानीका हिसाबले मेलम्ची पछिको देशकै दोस्रो ठूलो पोखरा खानेपानी सुधार आयोजनाको काम अहिले भइरहेको छ । जाइकाको करिब पाँच अर्बको सहयोगमा निर्माण भइरहेको आयोजनाको पानी वितरणका लागि पोखरा बजारमा कूल ९६ किमी पाइपलाइन विस्तार गरिँदैछ । खानेपानी संस्थानले छुट्टै १४ किमी पाइपलाइन विस्तारको कामसमेत अघि बढाइरहेको छ ।

खानेपानीको लाइन सडक क्षेत्रमै रहने भएकाले दायाँ बायाँ नै गहिरो खनेर पाइप विछ्याइएको छ । खनिसकेपछि माटोले पुरेर छाडिएको छ । सोहि कारण पनि पानी जमिन मुनि छिर्न सकेको हो । पाइप विछ्याएपछि माटोले मात्र पुरेर छाडिदिँदा भ्वाङ परिरहने पोखराको जमिन झनै कमजोर बनेको हो ।

जोखिमपूर्ण जमिन, भारयुक्त भवन

महेन्द्रपुल क्षेत्र सेती नदितर्फ पूरै भिर छ । डिलडिलमा अग्ला अग्ला घरहरु बनेका छन् । पूरानो बस्ती यहाँ मापदण्ड कायम छैन, कसैले मानेका पनि छैनन् । त्यसैले पनि सडकतर्फबाट जमिनमा पानी पसेमा निकै जोखिम छ ।

भूगर्भविद्हरुले सेति नदी आसपासका क्षेत्रलाई अति जोखिमपूर्ण कमजोर धरातल भन्दै ती क्षेत्रमा बस्न नहुने, घर बनाउन नहुने सुझावसँगै चेतावनी दिँदै आएका छन् ।

महेन्द्रपुलमात्र हैन, पोखराका धेरै ठाउँमा जमिन भासिएका छन् 

पोखराको अर्मलास्थित ठुलीबेसीफाँटमा आठ वर्ष अघि एकाएक जमिन भासियो । त्यसअघि पनि पोखरामा बर्सेनि जमिन भासिन्थ्यो । पोखरा शहरको मध्यभागमै जमिन भासिन्थे । तर, साना भ्वाङ पर्ने हुनाले खास चर्चाको विषय हुँदैनथ्यो । अर्मलामा भने निकै ठूला भ्वाङ परे ।

पोखरा नगर क्षेत्र र आसपासका अधिकांश स्थानका जमिन कमजोर रहेको विभिन्न अध्ययनले देखाएका छन् । सन् १९९८ मा खानी तथा भूगर्भ विभाग र जियो साईन्स ईन्स्टिच्यूट अफ जर्मनीले पोखराको भौगर्भिक अवस्थाको अध्ययनपछि दिएको प्रतिवेदनमा भौगोलिक सतह कमजोर भएको प्रतिवेदन दिएको थियो । प्रतिवेदनमा अर्मला, बिन्ध्यवासीनी, नदीपुर, अर्चले, महेन्द्रपुल, मालेपाटन, छोरेपाटन, सिमलचौर, सितापाईला लगायत सेतिनदीको पश्चिमतर्फको भाग कमजोर भएको जनाएको थियो ।

पोखराको जमिनमुनि कमेरो माटो छ । बर्षामा कमेरो माटो बगेर जाने गर्छ । आकाशको पानीले निकास नपाउनु तथा घरको छतको पानीको उचित व्यवस्थापन नहुनु पनि जमिन भासिनुको कारण भएको विज्ञ बताउँछन् । भू–बनावटको ख्यालै नगरी निर्माण गरिएका भौतिक संरचनाका कारण जमिन भासिएको उनीहरुको भनाइ छ ।

पोखरा छोरेपाटन स्थित गुप्तेश्वर महादेव गुफा माथिका बस्ती झनै खतरानक रहेको छ । डेभिडफल्स नजिकै बाटोमा गाडी गुड्दा समेत जमिन थर्किन्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

तीन सन्तान जन्माउने परिवारलाई कालीगण्डकीको आर्थिक सहयोग
गण्डकी क्षेत्र

कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ

by राम बहादुर रोकाहा
2026 July 25 मा प्रकाशित
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान
गण्डकी क्षेत्र

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक
कला/साहित्य

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी
Breaking 1

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण
Breaking 2

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती
Main News 1

विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

तीन सन्तान जन्माउने परिवारलाई कालीगण्डकीको आर्थिक सहयोग

कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ

2026 July 25 मा प्रकाशित
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

2026 July 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews