Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

श्रीमती प्रअ रहेको विद्यालयबारे समाचार लेख्नेलाई धम्की दिने श्रेष्ठ प्रहरी नियन्त्रणमा

एक हप्तासम्म झुलायो प्रहरीले

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
श्रीमती प्रअ रहेको विद्यालयबारे समाचार लेख्नेलाई धम्की दिने श्रेष्ठ प्रहरी नियन्त्रणमा
ShareTweetSend

नवलपरासी घर भई पोखरा-११ काहुँ बस्दै आएका श्रीकृष्ण श्रेष्ठलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । काहुँको कालिका माध्यमिक विद्यालयले फर्जी बिल बनाएर निःशुल्क पाइने पुस्तक विक्री गरिरहेको बारे समाचार गत ६ साउनमा गण्डकन्यूजले प्रकाशन गरेको थियो ।

  • काहुँको कालिका माविमा व्यापार: सरकारी अनुदान लिने, निःशुल्क किताब फर्जी चलानी बनाई बेच्ने [भिडियो]

समाचारका लागि बुझ्ने क्रमदेखि नै विद्यालयकी प्रधानाध्यापक निर्मला मानन्धरको श्रीमान् हुँ भन्दै श्रीकृष्णले पत्रकार रञ्जन अधिकारीलाई आफू पनि अनलाइनको पत्रकार रहेको भन्दै पटकपटक फोन, म्यासेज गरिरहेका थिए । समाचार प्रकाशन भएपछि तीन दिनसम्म आफूलाई भेट्न भनिरहे । विषयसँग सम्बन्धित व्यक्ति नै नभएकाले पत्रकार अधिकारीले भेटेनन् । लगातार फोन र म्यासेजले पत्रकार अधिकारी आजित थिए । विभिन्न नम्बरहरु प्रयोग गरी तनाव दिएका थिए ।

त्यसपछि श्रेष्ठले धम्कीपूर्ण भाषामा नभेटे राम्रो नहुने भन्दै चेतावनी दिए । त्यतिमात्र होइन पत्रकार विरुद्ध नै मान्छे परिचालन गरी चरित्रहत्या गर्न श्रेष्ठ उत्रिए । मुख्यमन्त्री पनि नवलपरासीको भएको, तलदेखि माथिसम्म हाम्रै सरकार भन्दै अघि बढे । बाध्य भएर पत्रकार अधिकारीले श्रेष्ठ विरुद्ध कानुनी उपचार खोज्न अघि बढे । तर, कास्की प्रहरी र साइबर ब्यूरोले हप्तादिनसम्म झुलाएपछि यो केस नै लाग्दैन भनेर पन्छियो । पत्रकार अधिकारीको समर्थनमा प्रेस चौतारी कास्की अघि बढेपछि बल्ल प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले आरोपी श्रेष्ठलाई शनिबार पूर्वान्ह १० बजे कार्यालयमै झिकाई नियन्त्रणमा राखिएको जानकारी दिएका छन् ।

नक्कली पत्रकार प्रयोग

प्रिन्सिपलका श्रीमान् श्रीकृष्ण श्रेष्ठ प्रहरीसँगको छलफलमा पनि घाँटीमा प्रेस कार्ड नै झुण्डाएर पुगेका थिए । अधिकारी नजाँदै पत्रकार महासंघमा श्रेष्ठ पुगे र महासंघको नेतृत्वसँगै प्रहरी कार्यालय छिरे । उनले भिरेको प्रेस कार्ड जुन अनलाइन मिडियाको थियो, ति मिडियाका सञ्चालक रघुनाथ वाग्लेले आफ्नो मिडियामा औपचारिक रुपमा नभएको, अर्को अनलाइन दर्ताको प्रक्रियामा रहेको भनेर पन्छिएका थिए ।

छलफलमा कुरा नमिलेपछि बाहिरिने क्रममा कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीकै रोहबरमा छुटाउन प्रस्ताव गरेका थिए । पछि, वाग्ले नै जिप्रका पुगी साक्षी बसेका थिए । श्रेष्ठ घर फर्किए । उनको खटनपटनमा रहेका अनलाइन पत्रकार हुँ भन्ने सफल सुवेदीले अघिल्लो रात फेसबुकमा सार्वजनिक गरेको ३१ मिनेटको पत्रकार अधिकारी विरुद्धको भिडियो पुनः युट्युबमा अपलोड गरेका थिए ।

त्यतिबेलासम्म विद्यालयले गलत गरेको पुष्टि भइसकेपछि पनि नियामक निकाय पोखरा महानगरपालिका, शिक्षा महाशाखाले विद्यालयलाई कारबाही प्रक्रिया अघि बढाइसकेको थियो । त्यसपछि पनि समाचार गलत बनाउन श्रेष्ठ र सुवेदीहरु लागिपरेका थिए । सफल सुवेदी आबद्ध मिडिया अनाधिकृत रुपमा सञ्चालन भइरहेको र उनी पनि पत्रकार नरहेको पुष्टि भइसकेको छ ।

सत्ताको धाक

प्रिन्सिपल मानन्धरका श्रीमान श्रेष्ठले सुरुबाटै मुख्यमन्त्रीको गाउँठाउँ नवलपुरको हुँ, तलदेखि माथिसम्म हाम्रै सरकार, हेरौंला के गर्दोरहेछ भनेर निकटकासँग भन्दै हिँडेको खुलेको थियो ।

श्रेष्ठले पटक-पटक पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीलाई फोन गरिरहन्थे । भण्डारी काँग्रेस निकट यूनियनमा आबद्ध पत्रकार भएकाले पनि श्रेष्ठ पछि लागेको हुनसक्छ । श्रेष्ठले ‘पत्रकार महासंघको नेतृत्व नै हाम्रो साथमा छ’ भन्दै हिँड्थे । फेसबुकमा प्रदेश मुख्यमन्त्री, मन्त्रीहरुको तस्वीर राखेर ‘शो’ गर्दै आएका छन् । जो सबै काँग्रेस पार्टीका हुन् ।

सुरुदेखि नै श्रेष्ठले सत्ताको पावर देखाएर अघि बढ्दा घटनाले ठूलो रुप लिएको हो । समाचार लेखेको कालिका माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार क्षेत्री माओवादी सम्बद्ध हुन् । पत्रकार अधिकारी सोझो हिसाबमा कानुनी उपचारमा अघि बढ्दा असहयोग भएपछि ९ दिनपछि मात्र प्रेस चौतारी संरक्षणमा उत्रिएको हो ।

प्रहरीको शंकास्पद भूमिका

अधिकारीले साउन ९ गते निवेदन दिएकोमा सरकारी वकिलसँग बुझ्छु भन्दै कास्की प्रहरीले २ दिन होल्ड गरेकाे थियाे । डिएसपी हमालले ‘साइबर क्राइम नै आकर्षित हुन्छ’ भनेपछि जिप्रका कास्कीबाट साउन ११ गते काठमाण्डौ साइबर ब्यूरो फरवार्ड गरेको थियो । १३ गते साइबर ब्यूरोले ‘यो अभद्र व्यवहार लाग्छ, साइबर क्राइम आकर्षित भएन’ भनेपछि पुनः जिप्रका कास्की नै फर्काएको थियो । त्यसपछि एसपी रमेश थापाले डिएसपी २ दिन बिदा बसेको भनेपछि २ दिन फेरि होल्ड भएको थियो । १५ गते कास्की प्रहरीले ‘यो केस प्रहरीबाट अघि बढ्दैन’ भनेपछि बल्ल पत्रकार अधिकारीले पत्रकार सम्बद्ध संघसंस्थालाई घटनाबारे जानकारी गराएका थिए ।

‘त्यसो भए कसैलाई कल, म्यासेजबाट धम्की दिँदा केही पनि कानुनी उपचार नहुने भाे ? जसलाई जे धम्की दिएपनि भो नि ? यस्ता केस प्रहरीकहाँ यस अघि किन आउँथे ? अब किन आउने ? केही कारबाही नै गर्न नसकिने हो ?’ भन्दै अधिकारीले जुनै हालतमा आफू कानुनी उपचार खोज्दै अघि बढेको बताए । पत्रकारका संघसंगठनको चर्को खबरदारीपछि श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।

पत्रकार सम्बद्ध संघसंस्थाको चर्को आपत्ति

समाचार लेखेकै विषयमा यसरी सत्ताको धम्की दिँदै पत्रकार विरुद्ध आक्रमण सुरु भएपछि पत्रकार सम्बद्ध संघसंस्थाले चर्को आपत्ति जनाएका छन् । पत्रकार महासंघ गण्डकी, पत्रकार महासंघ कास्की, प्रेस चौतारी कास्की, प्रेस युनियन कास्की, प्रेस संगठन कास्की, अनलाइन पत्रकार संघ गण्डकी, खेलकुद पत्रकार मञ्च गण्डकीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । प्रेस चौतारी कास्कीले पत्रकार महासंघ भवनमा तालाबन्दी नै गरेको छ ।

 

 

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री
Breaking 1

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न
Breaking 2

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट
Main News 1

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
गण्डकी क्षेत्र

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
गण्डकी क्षेत्र

स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

2026 August 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews