Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पहुँच पुग्नेलाई सिधै खोप, नपुग्नेहरु दिनभर लाइनमै !

पोखरामा खोप केन्द्रहरु जात्रा झैं भद्रगोल

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
पहुँच पुग्नेलाई सिधै खोप, नपुग्नेहरु दिनभर लाइनमै !
ShareTweetSend

पोखरा महानगरपालिका क्षेत्रमा पनि कोभिड विरुद्धको खोप अभियान जारी छ । हिजो र आज दुई दिन मात्रै तोकिएकाले पनि खोप केन्द्रहरुमा भिडभाड बढेको छ ।

स्वास्थ्य मन्त्रालयले खोप जेष्ठ नागरिक, विद्यालय/क्याम्पसका शिक्षक र कर्मचारीहरु, सार्वजनिक सवारीका चालक/परिचालक, अत्यावश्यक सेवामा संलग्न कर्मचारी, खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई लगाउने भने बमोजिम यस वर्गमा परेकाहरु अहिले खोप केन्द्रमा लाइन बसिरहेका छन् ।

पोखराकै नयाँबजार स्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पनि यतिबेला दुई वटा लामो लाइनमा खोप लगाउन वर्षे झरीको परवाह नगरी उभिइरहेका छन् । हिजो पनि उस्तै भिड थियो ।

तर, अधिकांश खोप केन्द्रहरुमा अनियमितता भइरहेको गुनासो आइरहेको छ । लाइन बस्नेहरु लाइनमै रहने, लाइन नसर्ने, पहुँचवालाहरु भित्रभित्रै पसी कार्ड बनाएर खोप लगाएको ट्वाल्ल हेर्न बाध्य छन् । सबै खोप केन्द्रहरुमा जात्रा झैं भीड छ । न कुनै भौतिक दूरी कायम छ, न त स्वास्थ्य मापदण्ड नै अपनाइएका छन् ।

पोखराका शिक्षक विक्रम पौडेलले आफू दिनभर लाइन बसेको तर पालो आउने बेलामा आजलाई सकियो भनेर पठाइदिएको सामाजिक सञ्जालमार्फत् नै बताएका छन् । उनले लेखेका छन्- ‘सरकारको मापदण्ड पनि छ । सुरक्षाकर्मी पनि छन् । कुन मापदण्डका मान्छेको सुई लगाउने ? पालो कति बेला ? भन्ने ठेगान छैन । न कुपनको व्यवस्था छ, न व्यवस्थित गर्ने मान्छे । खुसुखसु चोर बाटोबाट इष्टमित्र छिरेकै छन् । केही बर्षअघि बिहान ४ बजेबाट पेट्रोल पम्ममा लाइन बसेर दिउँसो १२ बजेतिर पालो आउनै लाग्यो भन्ने बेला लौ तेल सकियो भनेर सटर तानेको याद आयो। करिब ३ घन्टा लाइन बसियो, ३.३० बजे नै लौ आजलाई भ्याक्सिन सकियो घर जानोस् भन्ने आदेश कर्मचारीले सगर्व दिएपछि हजुर वरिष्ठ हस्त नमस्ते भनेर फर्केर आइयो ।’

खोप नियमित रुपमा जारी रहन्छ, अनावश्यक भिड नलाग्नुहोस्ः सहायक सिडिओ

भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाउन भनिएका सम्पूर्ण व्यक्तिहरु एकै पटक आउनु र भोलिका दिनमा पनि खोप पाउन कठिन हुन्छ कि ? भन्ने अविश्वासका कारण पनि भीड बढी भएको सहायक सिडियो कृष्णचन्द पौडेलले बताए।

पौडेलले कास्कीमा निरन्तर खोप लगाइने भएकोले हतार गरेर अनावश्यक भिडभाड हुने गरी जम्मा नहुन अनुरोध गरेका छन् । खोप लगाउन आउँदा संक्रमित व्यक्तिहरु पनि आउन सक्ने सम्भावना प्रबल भएको हुँदा स्वास्थ्यको मापदण्ड प्रयोग गर्दै भौतिक दुरी कायम गरी सुरक्षित तरिकाले खोप लगाउन आम अमुदायलाई उनले अनुरोध गरे ।

खोप लगाउने आमनागरिक र व्यवस्थापन पक्षलाई सहज होस् भनी सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मी, कर्मचारी, सवारी चालक र अन्य अत्यावश्यक सेवा संलग्न व्यक्तिहरुलाई कास्कीमा अहिले सञ्चालन भइरहेका खोप केन्द्रमा नभई छुट्टै ठाउँमा विशेष तरिकाले खोप लगाउने व्यवस्था गर्न लागेको सहायक सिडियो पोडेलले जानकारी गराए।

प्रशासनको अनुगमन

खोप कार्यक्रमलाई पारदर्शी र व्यवस्थिति बनाउनको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले अनुगमन गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीका सहायक सिडियो कृष्णचन्द्र पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रशान्त शर्मा, पत्रकार महासंघ कास्कीबाट पदम श्रेष्ठ बुधबार अनुगमनमा सहभागी थिए।

पोखरा महानगरपालिका वडा नं. ५, ६, ७ ८ र ९ मा अनुगमन गर्दा सम्पूर्ण वडामा ४ सय डोज खोप उपलब्ध भएको वडामा कार्यरत कर्मचारीले जानकारी गराएका थिए। माग गरिए बमोजिम खोप उपलब्ध गराउँदा खोप विग्रन सक्ने कारणले गर्दा निश्चित मात्रामा खोप उपलब्ध गराएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले जानकारी गराएको थियो।

निश्चित तापक्रममा राखिएको खोप निकालिसकेपछि ३ घण्टा भित्र लगाइसक्नुपर्ने र खोप केन्द्रमा सुरक्षित राख्ने स्थान नभएकोले एकैचोटी धेरै खोप ल्याउन नमिलेको मन्त्रालयले जानकारी गराएको थियो।

आवश्यकताअनुसार खोप केन्द्रलाई १ सय देखि २ सय डोज खोप थप गरिएको जानकारी गराएको थियो।व्यवस्थापनमा वडाकार्यलयका जनप्रतिनिधि तथा कर्मचारी, प्रहरी र नागरिक समाजहरु भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट असार २९ गतेबाट देशव्यापी रुपमा खोप लगाउने आह्वानले गर्दा कास्की जिल्लाका अधिकांश वडामा ठूलो मात्रामा भिड बन्न पुगेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण
गण्डकी क्षेत्र

पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण

by राम बहादुर रोकाहा
2026 September 12 मा प्रकाशित
अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने

by राम बहादुर रोकाहा
2026 September 11 मा प्रकाशित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
गण्डकी क्षेत्र

स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु

by राम बहादुर रोकाहा
2026 September 10 मा प्रकाशित
आवश्यक परे नेतृत्व छाड्न तयार छु : कांग्रेस सभापति गगन थापा
गण्डकी क्षेत्र

आवश्यक परे नेतृत्व छाड्न तयार छु : कांग्रेस सभापति गगन थापा

by राम बहादुर रोकाहा
2026 September 10 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना

by राम बहादुर रोकाहा
2026 September 10 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा फरार तीन प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2026 September 10 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण

पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण

2026 September 12 मा प्रकाशित
अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने

अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने

2026 September 11 मा प्रकाशित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु

स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु

2026 September 10 मा प्रकाशित
आवश्यक परे नेतृत्व छाड्न तयार छु : कांग्रेस सभापति गगन थापा

आवश्यक परे नेतृत्व छाड्न तयार छु : कांग्रेस सभापति गगन थापा

2026 September 10 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना

2026 September 10 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews