Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

बेगनासकी ब्लड क्यान्सर पीडित बालिकाको उपचार गर्न सहयोगको याचना [भिडियोसहित]

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
बेगनासकी ब्लड क्यान्सर पीडित बालिकाको उपचार गर्न सहयोगको याचना [भिडियोसहित]
ShareTweetSend

पहिलो सन्तान (छोरो) ४ वर्ष पुग्दा छोरी जन्मिइन् । पोखरा ३१, बेगनासका देवबहादुर सापकोटा दम्पतीको दैनिकी खुशीसाथ बित्दै थियो । देव साउदी गए । दुई वर्ष बसेर फर्किए । त्यसपछि कोरोना महामारीका कारण फर्कन पाएनन् । बेरोजगार बने । पोखराकै बिस्कुट फ्याक्ट्रीमा काम पाएको बल्ल २ महिना भयो ।

देवबहादुर र कोपिला बेगनास घर भएपनि शिशुवामै बस्दै आएका छन् । यो जोडीलाई पहिले खानबस्नको समस्या थिएन । फूलका कोपिला जस्ता हुर्कँदा छोराछोरीमध्ये छोरीलाई गम्भिर रोग लाग्यो । ब्लड क्यान्सरबाट ३ वर्षकी छोरी थलिएकी छन् । उनको उपचार गर्नमा पिरलो छ ।

सापकोटा दम्पतीको भोकनिँद हराएको वर्ष दिन पुग्न लाग्यो । गत साउनदेखि दुई वर्षकी छोरीमा स्वास्थ्य समस्या देखापर्न सुरु भयो । निरन्तर मुखमा घाउ आउने, ज्वरो आउने, जिब्रो सुनिने हुन थाल्यो । त्यसपछि पोखरा मेडिकल हल आएर जँचाए । सामान्य जँचाएर औषधि लिएर फर्किए । दाँत कालो हुने, गिँजा कुहिने समस्या आएपछि पद्य नर्सिङ होम पनि पुगे । त्यहाँबाट मनिपाल वा काठमाण्डौ जानुस् भनेपछि उनीहरु असोज ७ गते काठमाण्डौ शिक्षण अस्पताल पुगे । ‘२ हप्ता बढी काठमाण्डौ बस्यौँ । त्यसपछि एण्टिबायोटिक चलाइयो । दुई महिना छोरी ठीक भइन् । अब त भयो कि भनेको भएन । फेरि काठमाण्डौ गयौँ ।’ – बुवा देव भन्छन्– ‘पुस १० तिर फेरि काठमाण्डौ गयौँ । ब्लड क्यान्सर पुष्टि भयो । त्यसपछि पुस अन्तिममा त्यहीँबाट भरतपुर क्यान्सर हस्पिटल जान रिफर गरेपछि गयौँ ।’

चितवन पुगेर कोठा नै लिएर पनि उपचार गराएको सापकोटा दम्पती बताउँछन् । तर, पैसाको अभाव भएपछि घर फर्के । ‘अबको उपचार विधि भनेको किमो चढाउने नै हो । त्यो सुरु गर्नासाथ १० लाखको जोहो गर्नुपर्छ । बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएमा २० लाख त चाहिन्छ । ६ महिना हस्पिटल बस्नुपर्ने, ३ वर्षसम्म उपचार गर्नुपर्छ भनेपछि नसक्ने भएकाले फर्केका हौँ ।’ देव थप्छन् ।

घरमै रहँदा चैतमा फेरि हनहनी ज्वरो आएपछि मनिपाल पनि उनीहरु पुगे । ३ दिनमा ५० हजार खर्चेपछि हस्पिटलले पनि क्यान्सरको उपचार हुँदैन भनेर फेरि फर्काइदिएको आमा कोपिला रानाभाट सापकोटा बताउँछिन् ।

क्षेत्रीय अस्पतालमा निःशुल्क सेवा तर क्यान्सर उपचार सम्भव छैन

असार १ मा ज्वरो १०४ पुगेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको क्षेत्रीय अस्पतालमा उनीहरु पुगे । अहिले पनि बच्चालाई सोहि अस्पतालको बच्चा वार्डको आइशोलेसन कोठामा राखी उपचार गरिएको छ ।

अस्पतालका बालरोग विभाग प्रमुख वरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले उपचारमा ढिलाई गर्न नहुने सुझाउँछन् । ‘क्यान्सर रोगको उपचार हाम्रो अस्पतालबाट सम्भव छैन । तर, रोगको विस्तार, फैलावटलाई रोक्न, ब्याक्टेरियाको सम्भावित अन्य संक्रमणबाट जोगिन, क्यान्सरका कारण स्वास्थ्यमा देखिएका समस्याहरु जस्तै, ज्वरो कम गर्न, घाउ भएमा फैलन नदिने जस्ता उपाय र उपचार अस्पतालबाट गरिरहेका छौँ ।’ डा. बास्तोला भन्छन् – ‘ज्वरो आएपछि ईमर्जेन्सीमा आउनुभएको रहेछ । त्यसपछि हामीले भर्ना गरी एउटा कोठा उपलब्ध गराएका छौं । अक्सिजन पनि छ । हस्पिटलभित्रको औषधि निःशुल्क छ । उपचारका लागि कुनै शुल्क लिएका छैनौं । खानको व्यवस्था पनि फ्री नै छ ।’

डा. बास्तोलाका अनुसार समयमै उपचार गरेमा निको हुने अवस्था अझै ६० प्रतिशत छ । उनी थप्छन्: ‘हामीकहाँ आउनुभएपछि हामीले बच्चाको रिपोर्ट हेरेर हतोत्साही नहुन सुझाव दियौँ । क्यान्सर भन्ने बित्तिकै आश नै मारिहाल्छन्, उपचार सम्भव छ तर ढिलासुस्ती हुनुहुँदैन ।’

अहिले बच्चालाई ए.एल.एल. एक्यूट लिम्फोसाइटीक ल्यूकेमिया (ब्लड क्यान्सर) भएको हो । डा. बास्तोलाको अनुसार अहिलेको अध्ययन अनुसार ए.एल.एल. भएका बिरामी किमोथेरापीबाटै ६० प्रतिशत बाँच्ने सम्भावना हुन्छ । प्रारम्भिक चरणमै भएकाले बच्चाको उपचार पनि सम्भव छ । बच्चा बचाउन सबै परिवार, घर आफन्त, सहयोगी मनहरु लागेमा बच्चाको ज्यान जान पाउँदैन ।

डा. बास्तोलाका अनुसार यसको उपचार नेपालमै सम्भव छ । बोन म्यारो ट्रान्सप्लान्ट काठमाण्डौको सिभिल हस्पिटलमै हुन्छ । सबैलाई बोन म्यारो ट्रान्सप्लान्ट गर्न पर्दैन । ६० प्रतिशत जतिलाई किमोथेरापीबाटै पनि निको भएको छ ।

आर्थिक सहयोगको लागि अपिल

सापकोटा परिवारले दिप्तीको उपचारको लागि सहयोगको याचना गरेको छ । सहयोग उपलब्ध हुनासाथ किमोथेरापी सुरु गर्ने परिवारको योजना छ । थेरापी सुरु गरेपछि निरन्तर गर्नुपर्ने हुन्छ ।

बुवा देबबहादुर सापकोटाको सम्पर्क नम्बर 9828582695 हो । ठूलीआमा मञ्जु रानाभाटलाई पनि 9804177920 मा सम्पर्क गर्न सकिनेछ । बुवा देवबहादुर सापकोटाकै नाममा गरिमा बिकास बैंकमा 08510900876683000001 नम्बरको खाता छ । यस्तै, सेञ्चुरी बैंकमा पनि 0010000304CR खाता नम्बरमा रकम जम्मा गर्न सकिनेछ । ‘दिप्ती सापकोटा बचाऔँ अभियान’ सञ्चालन गर्ने परिवारको योजना रहेको छ ।

[अभिभावककै आग्रह र सहमतिमा बच्चाको तस्वीर र भिडियो सार्वजनिक गरिएको व्यहोरा जानकारी गराउँदछौँ ।]

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
Breaking 1

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
Breaking 2

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
Main News 1

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews