Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कोभिडका बिरामीलाई ‘तातो भात’ अभियानमा प्रशासनको ‘लात’ !

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
कोभिडका बिरामीलाई ‘तातो भात’ अभियानमा प्रशासनको ‘लात’ !
ShareTweetSend

पोखरा । तीन हप्तादेखि लकडाउन छ । १५ बैशाखदेखि निरन्तर छ । हुनेखानेलाई त आराम छ । हुँदा खानेहरुलाई न माम छ, न दाम छ । सम्पन्नलाई त रोगको मात्र डर हो, विपन्नलाई रोगभन्दा भोकको बढी डर छ ।

गण्डकी प्रदेशकै एकमात्र डेडिकेटेड कोभिड हस्पिटल ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल’ मा प्रायः मध्यम र निम्न आर्थिक अवस्थाकै बिरामी भर्ना भएका छन् । उनीहरुले गत आइतबारदेखि आजसम्म बेलुकीको खाना बसेकै ठाउँमा निःशुल्क खान पाए । अब भोलिदेखि टुंगो छैन । अस्पताल परिसरका होटल तथा रेस्टुरेन्ट पूर्ण रूपमा बन्द भएपछि पाँच दिन अघिदेखि विवेकशील साझा पार्टीका उर्जाशील युवाहरुले ‘कोभिड बिरामीलाई तातो भात’ अभियान सञ्चालन गरेका थिए ।

उनीहरुले अस्पतालमा भर्ना भएका कोभिड बिरामी, उनीहरूका कुरुवा र आइसोलेसन वार्डमा कार्यरत स्वास्थ्यकर्मी गरेर दैनिक झण्डै २ सय जनालाई खाना खुवाउँदै आएका हुन् । तर ५ दिनमा २ पटक विज्ञप्ति निकालेर कास्की प्रशासनले भाँजो हालेको छ । प्रशासनको यो अनुदार नीतिप्रति विवेकशील साझाका युवाहरु भन्छन्ः ‘हाम्रो तातोभात अभियानमा प्रशासनले लात नै हान्यो ।’

कोभिड बिरामीका लागि लेकसाइडको ‘गडफाडर पिज्जेरिया’ को भान्सामा खाना तयार हुन्थ्यो । आवश्यक सामाग्री मनकारीहरुले दान गर्थे । उनीहरुबाट सहयोग संकलन गरी भान्सासम्म लगेर पकाएर बिरामी र कुरुवासम्म दिनदिनै पु¥याउँथे । यस्तो महामारीमा युवाहरुको यो काम चानचुने काम होइन । ‘आवश्यक स्वास्थ्य मापदण्ड अपनाएरै गरेको काममा प्रशासन किन बाधक बन्यो ?’ भन्दै उनीहरु अचम्म मान्छन् । आफ्नो कामको फेसबुकमा लाइभ हान्छन्, सोध्छन् – ‘९ जना छम् हामी, सुरक्षाका लागि स्वास्थ्य मापदण्ड हेर्नुहोस्’ भन्दै प्रश्न राख्छन् ।

जेठ २ गतेदेखि नै विवेकशील साझाले ‘तातो भात’ अभियान सुरु गरेको थियो । यसलाई जनस्तरबाट समेत राम्रो साथ सहयोग मिलेको थियो । सामाजिक सञ्जालमा राम्रो काम भएकाले प्रचारप्रसार पनि थियो । भोलिपल्टै प्रशासनले सूचना निकाल्यो र भन्योः ‘कतिपय संघसंस्थाबाट अस्पतालका कोभिड १९ संक्रमित विरामी तथा तिनका कुरुवाहरुलाई खानपानको व्यवस्था गर्ने, विपन्न असहायहरुलाई राहत वितरण गर्ने साथै आइसोलेसन सेन्टर निर्माण तथा सञ्चालन गर्ने जसता कार्यहरु सञ्चालन गरेको भन्ने बुझिन आएको छ । त्यस्ता कार्यहरु एकद्वार नीति अन्तरगत जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय एवं स्थानिय तहको समन्वयमा मात्र सञ्चालन गर्नुपर्ने राष्ट्रिय नीति रहेको छ । तसर्थ, त्यस्ता सामाजिक कार्य सञ्चालन गर्दा डीसीसीएमसीको सहमति र स्थानीय तहको समन्वयमा मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउनु ।’

त्यसपछि पनि ‘तातो भात’ अभियान जारी नै रह्यो । यो सूचनापछि वैधानिकता कायमका लागि युवाहरु पुनः प्रशासन कार्यालय पुगी अनुमतिका लागि अनुरोध गरे । जेठ ६ गते पुनः अर्को विज्ञप्ति जारी गरियो र भनियो– ‘केहि संघसंस्थाहरुले संक्रमित तथा निजको कुरुवाहरुलाई खाना खुवाउनका लाग अनुमति माग गरेकोमा उक्त कार्य सञ्चालन गर्दा स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गराउन कठिन भई संक्रमण फैलावटको जोखिम समेत उच्च रहने हुँदा हाललाई अनुमति नदिने भनि निर्णय भएको छ ।’ त्यसपछि ११ वटा विभिन्न मापदण्ड पूरा गरेर मात्र कार्य गर्न आदेश दिइएको छ ।

पार्टीका केन्द्रिय सदस्य दीपक पौडेलले विवेकशील साझाको अभियानमा जिल्ला प्रशासन कार्यालयले राजनीतिक आँखाबाट हेरेर भाँजो हालेको बताएका छन् । उनले भनेका छन्ः ‘किन विभिन्न संघसंस्था भन्नुपर्यो । एमाले पार्टीलाई विवेकशील साझाले गरेको अभियान मन परेन भने भइहाल्यो ।’ अर्का केन्द्रिय सदस्य अर्जुन खनालले फेसबुकमा सरकारविरुद्ध कडा आक्रोश पोखेका छन् – ‘सरकार !! घुस, भ्याक्सिन र कात्रोमा कमिसन खान/खुवाउन मिल्ने तर भोको पेटलाई तातो भात खुवाउन नमिल्ने??’

पार्टीका प्रदेश सदस्य तथा अभियानका विभाग प्रमुख अशोक खड्काले शुक्रबार खाना खुवाएपछि प्रशासनसँग थप छलफलपछि नयाँ मोडालिटीमा अभियान जारी राख्ने बताए । उनले गण्डकन्यूजसँग भने– ‘लगातार ६ दिनसम्म हामीले अभियान सञ्चालन गरेका थियौँ । तर, प्रशासनले पटक पटक आदेश जारी गरेपछि हामी विधि मान्ने पार्टी भएको हुँदा नयाँ मोडालिटी अनुसार नै अघि बढ्छौं । सहयोगी हातहरुको साथ अझै मिल्नेछ । हाम्रो अभियान जारी छ ।’

पार्टीको पोखरा महानगर संयोजक अजय श्रेष्ठ, सहसंयोजक बिपना कुँवर लगायत हप्तादिनदेखि अभियानमा सक्रिय छन् ।

सिडिओ गौतम भन्छन्ः ‘कोरोना संक्रमण फैलनुभएन’

यस विषयमा प्रतिक्रिया लिँदा कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले प्रशासन अनुदार, गैरजिम्मेवार नभएको भन्दै संक्रमण फैलन नदिन उपयुक्त कदम चालेको बताए । ‘तपाईं आफै भन्नुस् न, लात हानेको हुन्छ हामीले ? हामीले त भिडभाड नगरौं । यो संक्रमण फैलावटलाई रोकौं पो भनेको हो । उहाँहरु एकद्वार प्रणाली अन्तर्गत स्थानिय तहसँग समन्वय गरेर पनि अघि बढ्न सक्नुभो नि ।’

‘के विवकेशील साझाले मापदण्ड अनुसार काम गरेनन् भन्नुभएको हो ?’ भन्ने प्रश्नमा गौतमले भने- ‘होइन त्यसो भनेको हैन, तर यो बेला संक्रमण फैलन नदिन सबै लाग्नुपर्छ ।’

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि

by राम बहादुर रोकाहा
2026 February 17 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
अपराध/सुरक्षा

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम
Breaking 1

प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र
Breaking 2

स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य
गण्डकी क्षेत्र

जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने
Main News 1

स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि

गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि

2026 February 17 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

2026 February 16 मा प्रकाशित
प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम

प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम

2026 February 16 मा प्रकाशित
स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

2026 February 16 मा प्रकाशित
जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

2026 February 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews