Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

तनहुँको मानहुँकोटमा १० हजार बढीको भिड, ३ किलोमिटर जाम (फोटो फिचर)

गण्डकी न्यूज गण्डकी न्यूज
2023 March 8 मा प्रकाशित
तनहुँको मानहुँकोटमा १० हजार बढीको भिड, ३ किलोमिटर जाम (फोटो फिचर)
ShareTweetSend

किरण श्रेष्ठ, तनहुँ । तनहुँको मानहुँकोटमा शनिबार आन्तरिक पर्यटकको ठुलो भिड लागेको थियो । जिल्लाको व्यास नगरपालिका वडा नम्बर ५ मा रहेको मानहुँकोटमा तनहुँ र छिमेकी जिल्लासंगै देशका विभिन्न स्थानबाट पर्यटकहरु ठुलो संख्यामा शनिबार मानहुँकोट आएका थिए ।

शनिबार मात्रै १० हजारभन्दा बढी पर्यटकले मानहुँकोट भ्रमण गरेको व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

शनिबार अहिलेसम्मकै धेरै संख्यामा पर्यटक मानहुँकोटमा आएको वडाअध्यक्ष श्रेष्ठले बताए । ‘मानहुँकोट आन्तरिक पर्यटकको घुँइचो लागेको थियो ।’ वडाअध्यक्ष श्रेष्ठले भने ‘यसठाउँको व्यवस्थापनमा अझैँ धेरै काम गर्न बाँकी रहेको छ ।’

मानहुँकोटमा भ्यु टावरको काम अघि बढेको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार अब बाँकी रहेको बाटो पनि छिट्टै नै कालोपत्रे हुने तयारीमा रहेको छ ।

छैन कोरोनाको डर !

मानहुँकोटमा अहिले हरेक दिन आन्तरिक पर्यटकको भिड लागेको देख्न सकिन्छ । दैनिक रुपमा देशका विभिन्न भागबाट यहाँ पर्यटकहरु आउने गरेका छन् । मानहुँकोट पुग्ने प्रायको मुखमा मास्क देखिदैन ।

न भौतिक दुरी नै कायम गर्छन । तनहुँमा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । कोरोना संक्रमणबाट तनहुँका १४ जनाको मृत्यु भईसकेको छ । विशेषगरी बिहानको सुर्यदयको समयमा घुइचो लागेको देख्न सकिन्छ । अहिले सामाजिक संजाल फेसबुक, टिकटक, युटुब लगाएतमा मानहुँकोट फोटो, भिडियो भाइरल भईरहेको छ ।

घुम्न जानेले फोहोर व्यवस्थापन नगर्दा समस्या

पर्यटक बढेसंगै मानहुँकोटमा फोहोर समेत बढेको छ । दैनिक सयौको संख्यामा आन्तरिक पर्यटक मानहुँकोट पुग्ने गरेका छन् । दैनिक जाने पर्यटकले आफुले लागेको खानेकुराबाट निस्कने फोहोर व्यवस्थापन नगर्दा फोहोरको थुप्रो बढ्न थालेको हो । सूर्योदय, बादलले ढाकिएको सुन्दर दृश्य र हिमाल हेर्नको लागि मानहुँकोटमा आउने क्रम पछिल्लो दिनमा बढिरहेको छ ।

दिँउसो घुम्न जाने तथा जाडो महिना सुरु भएसंगै रात्रि बसाई (क्याम फायर) का लागि मानुङकोटमा बस्ने समुहले लैजाने खानेकुरामा निस्कने गरेको प्लास्टिक जन्य, सिसाका बोतल लगाएतका फोहोरको थुप्रो देखिने गरेको छ ।

आफुले लागेको सामग्रीबाट निस्कने फोहोरको उचित व्यवस्थापन नगरिदिदा मानहुँकोटमा फोहोरको थुप्रो थुप्रिन थालेको छ ।पछिल्लो समय सामाजिक संजाल फेसबुक, टिकटक, युटुबदेखि विभिन्न माध्यमबाट मानहुँकोटको प्रचारप्रसार भईरहेको छ । मानहुँकोटमा पर्यटकको भिड लागेको छ ।

मानहुँकोटबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्य देखिने भएकाले यस क्षेत्रमा विशेषगरी बिहान र साँझ पर्यटकको भिड लाग्ने गरेको छ । मानहुँकोटमा सरसफाई गर्न सफाई कर्मचारी राख्ने तयारी भईरहेको व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले बताए ।

मानहुँकोटबाट के के देखिन्छ ?

मानहुँकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ लगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ । मानहुँकोट प्राकृतिक सुन्दरताले धनी भएपनि पर्याप्त पूर्वाधार निर्माण नहुँदा अझै सोचे जति विकास हुन छैन ।

छैन सार्वजनिक शैचालय र पार्किङ्ग

पछिल्लो समय अत्याधिक ठुलो संख्यामा पर्यटक पुग्ने गरेको मानहुँकोटमा सार्वजनिक शौचालय भने छैन । सार्वजनिक शौचालय नहुँदा बाहिरबाट मानहुँकोट पुग्ने पर्यटकलाई दिशा पिसाब गर्न समस्या हुने गरेको देखिन्छ । शनिबार चितवनबाट मानहुँकोट घुम्न आएकी पुजा भट्टराईलाई पनि सार्वजनिक शौचालय नहुँदा पिसाब गर्न समस्या भएको बताईन ।

उक्त विषयमा स्थानिय सरकारले छिटो भन्दा छिटो कदम चाल्नुपर्ने भट्टराई बताउछिन । उनिजस्तै मानहुँकोट पुग्ने हजारौ पर्यटकलाई उस्तै खाले समस्या झेल्नु परेको छ ।

त्यस्तै मानहुँकोटमा अर्को समस्या भनेको पार्किङ्गको हो । शनिबार नै सो दृश्य प्रष्ट रुपमा देख्न सकिन्थ्यो । ठुलो संख्यामा पर्यटक जाँदा सवारीसाधन पार्किङ्ग गर्ने ठाउँको अभाव देखिएको थियो । सोही कारण सवारीसाधन सडकछेउमै पार्किङ्ग गरिएको थियो ।

सडकको दुवै छेउमा सवारी साधन पार्किङ्ग गरिदिदा सडक जाम भएको थियो । मानहुँकोट जाने र फर्कनेको भिड अनि त्यहिमाथि सडकमा गरिएको अव्यवस्थित पार्किङ्गले करिब ३ किलोमिटर जाम भएको थियो ।

दमौलीबाट मानहुँकोट घुम्न पुगेका गोविन्द तिमल्सेनाले शनिबार जत्तिको भिड अहिले सम्म मानहुँकोटमा नदेखेको बताए । उनले भने ‘मानहुँकोट धेरै पटक आको थिए तर आज जस्तै जाम नै पर्ने गरि भिड भने देखेको थिइन् ।’ पार्किङ्गको लागी व्यवस्थित स्थान बनाउनुपर्ने तिमल्सेना बताउछन् ।

त्यस्तै सरसफाईमा विशेष ध्यान दिनुपर्ने हेटौडाबाट मानहुँकोट घुम्न आएका प्रसुज मैनालीले बताए । उनले भने ‘जो घुम्न आउनुहुन्छ उहाँहरुले गरेको फोहोर उहाँहरुले नै सफा गरेर फर्किनुपर्छ ।’ उनि अगाडि भन्छन ‘घुम्न जादाँ आफ्नो पाईलाको डोप मात्रै छोडेर फर्किने हो नकी फोहोर ।’ हरेक पर्यटकीय गन्तव्य सफा राख्नु सबैको दायित्व भएको मैनालीले बताए ।

आइतबार व्यास नगरपालिकाको बोर्ड बैठक मानहुँकोट मै बस्ने तयारी भएको नगरपालिकाका प्रवक्ता एवं व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिए । ‘भोलिको बैठकले सार्वजनिक शौचालय बनाउने निर्णय गर्ने तयारी रहेको छ ।’ वडाअध्य्क्ष श्रेष्ठले भने ‘अब अर्को हप्तादेखि पार्किङ्गलाई पनि व्यवस्थित बनाउछौ ।’ उनले भने ‘अब तिव्र गतिमा काम अगाडि बढाउछौ ।’

सरसफाई, सार्वजनिक शौचालय र पार्किङ्गको अत्यावश्यक देखिएको आदिवासी जनजाति महासंघ तनहुँकी अध्यक्ष एवं व्यास-४ की वडासदस्य बसुन्धारा घर्तिले बताईन । उनले भनिन अब मानहुँकोटमा बुद्धको विशाल मुर्ति, नेपालको झण्डा र आदिबासी संग्रालय बनाउनुपर्ने अध्यक्ष घर्तिले बताईन । उनले भनिन ‘अब हरेक जातजातीको संस्कृति संग्रालय बनाएर राख्नुपर्छ ।’

कसरी पुग्ने ?

तनहुँको सदरमुकाम दमौली बजारबाट पृथ्वी राजमार्ग हुँदै पोखरा जाने क्रममा व्यास नगरपालिका-५ चापाघाट आउँछ । चापाघाट हुँदै मानहुँकोट पुग्न सवारी साधानमा २० देखि २५ मिनेट समय लाग्छ ।

मानुङकोट पुग्न दमौलीबाट जीप पनि पाईन्छ । दमौलीदेखि करिब ८ किलोमिटरको दुरीमा रहेको मानहुँकोटको सडक १.५ किलोमिटर कालोपत्रे र बाँकी कच्ची रहेको छ ।

सङ्घीय सरकारको बजेटमार्फत् मानहुँकोट जाने बाटो कालोपत्रेका लागि करीब पाँच किलोमिटर नाला निर्माण सम्पन्न भइसकेको छ । पाँच किलोमिटर सडक कालोपत्रेका लागि ग्राभेल गर्ने कामलाई समेत अगाडी बढाउन लागिएको व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले बताए । चालु आर्थिक वर्षभित्रै कालोपत्रे सम्पन्न गरिसक्ने लक्ष्य छ । सोही वडाको चापाघाटदेखि अलैचेसम्मको डेढ किमि सडक पहिल्यै कालोपत्रे भइसकेको छ ।

© 2020, गण्डक न्यूज. 

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री
Breaking 1

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न
Breaking 2

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट
Main News 1

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
गण्डकी क्षेत्र

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
गण्डकी क्षेत्र

स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

2026 August 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews