Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

होटल म्यानेजमेन्ट पढ्न पहिलो रोजाईमा ‘NTHMC’ नै किन ? [अन्तर्वार्ता]

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
होटल म्यानेजमेन्ट पढ्न पहिलो रोजाईमा ‘NTHMC’ नै किन ? [अन्तर्वार्ता]
ShareTweetSend

पछिल्लो पुस्ताको आकर्षण होटल म्यानेजमेन्ट पढाईमा बढ्दै गएको छ । यस विषय पढ्नका लागि मुलुककै ख्यातीप्राप्त कलेज हो नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज । सन् १९९९ मा शिक्षा क्षेत्रमा केही गर्ने हुटहुटी जागेका पोखरामा स्थापित नामहरु मिलेर यो कलेजको स्थापना भयो । पोखराको वडा नं. १४ छिनेडाँडामा २६ रोपनी क्षेत्रफलमा स्थापित कलेज पहिलो रोजाईमा पर्दछ । पोखरा ४, गैह्रापाटनमा सिटी कलेज पनि संचालन भइरहेको छ । प्लस टू होटल म्यानेजमेन्ट र ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) प्रोग्रामका कक्षा मूख्य कलेज छिनेडाँडामै हुन्छ भने बीबीए र बीबीए–बीआईका कक्षा गैह्रापाटनमा हुँदै आएको छ । कलेजका अध्यक्ष हुन् पोखराका चिरपरिचित नाम अशोक पालिखे ।

सुरुवातमा ७ जना बाट बीएचएमका कक्षा मात्र हुने गरेकोमा माग र समयको आवश्यकताअनुरुप सन् २००१ देखि प्लस टु र २००४ देखि बीबीए र सन् २००९ देखि बीबीए–बीआई कक्षा थपिएको छ । हाल कलेजमा ७५० जना विद्यार्थी रहेको प्रिन्सिपल प्रकाश रेग्मी बताउँछन् ।

कलेज सम्बन्धित रहेर गण्डक न्यूजका सञ्जय रानाभाटले कलेजका प्रिन्सिपल प्रकाश रेग्मीसँग गरिएको थप कुराकानीः

नेपालमा होटल म्यानेजमेन्ट पढाई अहिले त धेरै कलेजमा छन्, पोखरामै पनि विभिन्न विद्यालयहरुले सञ्चालन गरेका छन् । तपाईंको कलेज नै किन रोज्ने ?

एक त हाम्रो कलेज परिचित नाम हो । दुई दशकसम्मको अनवरत प्रयास र गुणस्तरीय शिक्षाकै कारण आज कलेजको नाम स्थापित भएको हो । कलेजले नाफामूलक भन्दा पनि सेवा मुूलक भावनालाई आत्मसाथ गर्दछ । शहरको कोलाहलबाट टाढा, अत्यन्त खुल्ला र रमणीय स्थानमा रहेकाले पनि पढ्ने वातावरण अनुकूल छ । विद्यार्थीहरुलाई आवतजावतमा सहज होस् भनेर कलेजको आफ्नै ७ वटामा बसहरु छन् । अन्य कलेजले जस्तो बस भाडा लिँदैन । विद्यार्थीलाई बिहानको खाना कलेजमै व्यवस्था छ ।

कलेजमा विद्यार्थीलाई सहज होस् भनेर पोखरामै पहिलो कलेज जहाँ लिफ्टको व्यवस्था गरिएको छ । यसरी सुविधा सम्पन्न ३ वटा आफ्नै बिल्डिङ छन् । सुन्दर मनमोहक वातावरण, स्वीमिङ पुल, बास्केट बल कोर्ट , भलिबल कोर्ट, लाइब्रेरी, कम्प्युटर ल्याब, तारे होटेलमा प्रयोग हुने सम्पूर्ण सामानहरु, सुविधा सम्पन्न रेष्टुरेन्ट, सभाहल साथै चाईनिज भाषा सिकाउने टिचरको पनि व्यवस्था रहेको छ । त्यसैले होटल म्यानेजमेनट, टुरिज्म विषय पढ्न जति सुविधा  छ, सबै हाम्रै कलेजमा उपलब्ध भएकाले पनि अरु किन रोज्ने ? विद्यार्थीहरुले आएर आफै बुझ्न पनि सक्नुहुनेछ ।

विद्यार्थीहरुलाई कसरी भर्ना लिइन्छ ? कस्ता विद्यार्थीहरुले यो विषयमा अध्ययन गर्न सक्छन् ?

विद्यार्थीहरुले हामी काहाँ भर्ना हुन आउँदा विभिन्न चरणहरु पार गर्नुपर्छ । शुरुमा त कलेजले एउटा सूचना जारी गर्छ । ईच्छुक विद्यार्थीले हाम्रो वेबसाइट , फेस्बुक पेज या कलेजमा उपस्थित भएर फर्म भर्नुपर्ने हुन्छ । यो फर्म निश्चित समयसम्मको लागि मात्र उपलब्ध हुन्छ ।

यसरी फर्म भर्ने सम्पूर्णको विगतको शैक्षिक प्रमाण पत्रको मूल्याङ्न पश्चात कलेजले आन्तरिक परिक्षा लिन्छ । जसमा विद्यार्थीको समग्र ज्ञान कस्तो छ ? कुनै पनि कुराको विश्लेषण कसरी गर्छ ? नेचर कस्तो छ ? कस्तो सोच राख्छ ? लगायत व्यवहारिक र सैद्धान्तिक परीक्षा सहित विद्यार्थी र अभिभावकको  अन्तर्वार्ता लिइन्छ । यसरी कक्षा ११ मा १०८ जना भर्ना गरिन्छ । तीमध्ये १० जनाले छात्रवृत्तिको अवसर पाउँछन् । बीएचएमा ९६ मध्ये १० जनालाई छात्रवृत्ति, बीबीए र बीबीए–बीआईमा प्रत्येक संकायमा ४८ जना भर्नामध्ये ५ जनालाई छात्रवृत्ति दिइन्छ । यसरी सम्पूर्ण प्रकिया पूरा गरिसकेपछि मात्र कलेजमा भर्ना गरिन्छ ।

[bs-quote quote=”हामीहरुले पछिल्लो पटक गरेको सर्वेक्षणमा हालसम्म हाम्रो विद्यार्थी ४३ वटा देशमा रोजगारी गरिरहेका पायौं । यस्तो देख्दा हामीहरुलाई धेरै न खुशी लाग्छ । हाम्रा कुनै पनि विद्यार्थीहरु बेरोजगार भएर बसेका छैनन् । कुनै न कुनै पेशामा या बैदेशिक यात्रामा हुनुहुन्छ ।” style=”style-2″ align=”left” author_name=”Prakash Regmi” author_job=”Principal, NTHMC” author_avatar=”https://www.gandaknews.com/wp-content/uploads/2020/09/Prakash-regmi.jpg” author_link=”https://www.facebook.com/REGMI.PRAKASH”][/bs-quote]

होटेल म्यानेजमेन्ट पढ्न गाह्रो छ, बढी खर्च लाग्छ भन्ने अधिकांश अभिभावको गुनासो छ नि, वास्तवमा यो पढाई कस्तो हो ? कति खर्च लाग्ने हो ?

हजुर, नाफाभन्दा सेवामूलक ध्येयका साथ खोलिएको हुँदा न्यून शुल्कमा विद्यार्थीले पढ्न पाएका छन् । हाम्रो शिक्षा भनेको नेपालमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति निमार्ण गर्ने हिसाबले हुन्छ ।

हाम्रो यस कलेजमा पढेर अन्तर्राष्ट्रिय बजारमा गएपछि अन्य मुलुकहरु मेक्सिको, अमेरिका, दुबै,यूके जमर्न , अष्ट्रेलिया जहाँ पढे पनि समान सेवा सुविधा पाउँछन् । विदेशमा होटल म्यानेजमेट पढ्न करोडौं खर्च गर्छन । हामीहरुकोमा यस्तो छैन । प्लस टु पास गर्न लगभग  ३ लाख, ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) को लगभग  ७ लाख , बीबीए–बीआईको लगभग  ४ लाख २४ हजार लाग्छ । यसरी अन्तरष्ट्रिय बजारको भन्दा धेरै कममा हामीहरु सेवा दिईरहेका छौँ ।

होटेल म्यानेजमेन्ट पढेर विद्यार्थीहरुका भविष्यको स्कोप कस्तो छ । कुन कुन देशमा रोजगारीको अवसर पाएका छन् ?

हालसम्म ९ सय बढी विद्यार्थी पास आउट भईसकेका छन् । उनीहरुले कतिले स्वदेशमै विभिन्न रोजगारी गरेका छन् । कतिले आफ्नै व्यवसाय गरेका छन् । धेरै जसो विद्यार्थीहरु आफ्नो फर्दर पढाई सकेर विदेशमै रोजगारी पनि गरेका छन् । हामीहरुले पछिल्लो पटक गरेको सर्वेक्षणमा हालसम्म हाम्रो विद्यार्थी ४३ वटा देशमा रोजगारी गरिरहेका पायौं । यस्तो देख्दा हामीहरुलाई धेरै न खुशी लाग्छ । हाम्रा कुनै पनि विद्यार्थीहरु बेरोजगार भएर बसेका छैनन् । कुनै न कुनै पेशामा या बैदेशिक यात्रामा हुनुहन्छ । कलेजलाई इन्टरनेशनल एशोसिएसन अफ होटल स्कुल (ईहोफा) ले गत वर्ष मान्यताप्राप्त कलेजको रुपमा प्रमाणपत्र समेत दियो । यसखालको प्रमाणपत्र पाउने एनटीएचएमसी पोखराकै  पहिलो हो ।

ईहोफाबारे भन्नुपर्दा विश्वका ५९ देशका होटल म्यानेजमेन्ट पढाउने कलेजका प्रिन्सिपल र निर्देशक सम्मिलित अन्तर्राष्ट्रियस्तरको संगठन हो । यसरी हाम्रा विद्यार्थीहरुलाई यहाँ पढ्दा पढ्दै विभिन्न ११ मुलुकमा पेड इन्टर्नसीप (काम सिक्दै पैसा कमाउँदै) अवसर पनि मिल्छ । कलेजले हालसम्म चीन, कुवेत, कतार,दबै जमर्न मलेसिया, सिंगापुर, थाइल्याण्ड, माल्दिभ्स, बहराइन, हङकङ लगायतका देशमा विद्यार्थीलाई इन्टर्नसीपका लागि पठाउने गरेको छ । यहाँका विद्यार्थी होटल लगायत रिसोर्ट, रेष्टुरेन्ट, बैंक, मल्टिनेशनल कम्पनी, हस्पिटल, विमान कम्पनी, एयरपोर्ट, टुरिष्ट गाइड, ट्राभल एजेन्सी, बेकरी जताजतै जान सक्छन् । यहाँ पढेका विद्यार्थीको माग स्वदेश देखि विदेशमा माग अधिक छ ।

अन्त्यमा, केही छ आफ्ना कलेजबारे भन्नुपर्ने कुरा ?

कलेजलाई स्थापित गर्न प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, शिक्षक एवं कर्मचारी सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु । सम्पूर्ण अभिभावक विद्यार्थीहरुलाई एक पटक कलेजम आएर सबै कुरा बुझेर जान आग्रह गर्दछु । हामी अब छिटै दशैं पछि प्लस टुको परिक्षा सकिने बितिकै ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम),बीबीए र बीबीए–बीआईका   को भर्ना लिनेछौं । सबैले एक पटक कलेजमा आएर बुझन र आफ्नो सिट सुरक्षित गर्न अनुरोध गर्दछु । आफ्ना कलेजबारे केही कुरा अभिभावक विद्यार्थीमाझ बुझाउने मौका दिनुभयो । धन्यवाद ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती
Breaking 1

वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती

by राम बहादुर रोकाहा
2026 March 26 मा प्रकाशित
स्याङ्जामा ४ हजारभन्दा बढी विद्यार्थी एसईईमा, केन्द्र संख्या घट्यो
Breaking 2

स्याङ्जामा ४ हजारभन्दा बढी विद्यार्थी एसईईमा, केन्द्र संख्या घट्यो

by राम बहादुर रोकाहा
2026 March 26 मा प्रकाशित
भीरकोटको पूर्वाधार योजना विवादमा अल्झिँदा काम सुस्त
Main News 1

भीरकोटको पूर्वाधार योजना विवादमा अल्झिँदा काम सुस्त

by राम बहादुर रोकाहा
2026 March 26 मा प्रकाशित
दुई विद्यालयका एक सय विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकद्वारा शैक्षिक सामाग्री सहयोग
Main News 1

दुई विद्यालयका एक सय विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकद्वारा शैक्षिक सामाग्री सहयोग

by राम बहादुर रोकाहा
2026 March 26 मा प्रकाशित
स्याङ्जामा एसइई केन्द्र घटे, २१ मा सीमित
Main News 1

स्याङ्जामा एसइई केन्द्र घटे, २१ मा सीमित

by राम बहादुर रोकाहा
2026 March 25 मा प्रकाशित
स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु
Main News 1

स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु

by राम बहादुर रोकाहा
2026 March 25 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती

वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती

2026 March 26 मा प्रकाशित
स्याङ्जामा ४ हजारभन्दा बढी विद्यार्थी एसईईमा, केन्द्र संख्या घट्यो

स्याङ्जामा ४ हजारभन्दा बढी विद्यार्थी एसईईमा, केन्द्र संख्या घट्यो

2026 March 26 मा प्रकाशित
भीरकोटको पूर्वाधार योजना विवादमा अल्झिँदा काम सुस्त

भीरकोटको पूर्वाधार योजना विवादमा अल्झिँदा काम सुस्त

2026 March 26 मा प्रकाशित
दुई विद्यालयका एक सय विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकद्वारा शैक्षिक सामाग्री सहयोग

दुई विद्यालयका एक सय विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकद्वारा शैक्षिक सामाग्री सहयोग

2026 March 26 मा प्रकाशित
स्याङ्जामा एसइई केन्द्र घटे, २१ मा सीमित

स्याङ्जामा एसइई केन्द्र घटे, २१ मा सीमित

2026 March 25 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews