Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

महरा काण्डलाई सम्झाउने सशस्त्र एसएसपी काण्ड: मदिरा, सेक्स र मनी !

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
महरा काण्डलाई सम्झाउने सशस्त्र एसएसपी काण्ड: मदिरा, सेक्स र मनी !
ShareTweetSend

रञ्जन अधिकारी, पोखरा । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र कुमार अधिकारीले यही माघ १ गते ३० वर्षे सेवा अवधिका कारण अवकास पाउँदै थिए । जागिरे जिवनको समाप्तितिर रहेका ५२ वर्षीय अधिकारी यही बेला यौन काण्डमा मुछिन पुगे, त्यो पनि आर्थिक लेनदेन नमिल्दा ।

साउन १ गतेदेखि लागू हुने गरी असार २९ गते भएको १७ एसएसपीको सरुवा लिस्टमा एसएसपी अधिकारी पनि छन् । हाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन, पोखराका प्रमुख उनी त्यहाँबाट प्रधान कार्यालय, हलचोक, कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा भए । उनको स्थानमा मानव श्रोत विभागबाट बिदुर खड्का आउँदैछन् ।

सरुवापछि पोखरा छाड्ने तरखरमा रहेका अधिकारीले काठमाण्डौ जानुअघि इन्जोय गर्ने प्लान बनाए ।  पहिलेदेखि नै चिनजानमा रहेकी चितवन बस्ने एक ३० वर्षीया युवतीलाई उनले लामापाटन स्थित क्वार्टरमै बोलाए । उनी अधिकारीले बोलाउँदा आइरहने युवती रहेको बुझिएको छ । बुधबार पनि उनी पहिले झैं आईन् । दाङ [*] घर भएकी ति युवती (बलात्कार मुद्धा रहेकाले वास्तविक नाम गोप्य) चितवनबाट पोखरा आइन् । सशस्त्र प्रहरीकै भगौडा सिपाही उनले आफूलाई अर्कै नामले [*] चिनाउँदै आएकी थिइन् । उनको फेसबुक र भाइबरमा नाम पनि [*] छ ।

उनी भरतपुर ४ मा डेरामा परिवासँग बस्दै आएकी छिन् । श्रीमान् समेत साथमै छन् । पोखराबाट एसएसपीले बोलाएपछि बिहान साढे ५ नै उनी भरतपुरबाट स्कुटर चढेर पोखरा हानिइन् । बिहान साढे ८ बजेतिर पोखरा आइपुगिन् । लामापाटन पुग्दा ९ बज्नै लागेको थियो । युवती आफैले एसएसपीलाई गेटमा सोध्यो भने भाञ्जी हो, छाडिदिनु भन्नु है भनेर म्यासेज गरिन् । त्यतिबेला एसएसपी निवासमा थिएनन् । उनी सरासर कोठामा गईन् । एसएसपी आउन ढिला भएपछि खाना मागेर खाइन् र एसएसपीकै क्वार्टरमा बसिरहिन् ।

एसएसपी अधिकारी आए । चिया पिउने समयमा मदिरापान सुरु भयो । रसरंगमा झुमे । एसएसपी फिट्टु हुने गरी पिएपनि युवतीले धेरै पिइनन् । नशा लाग्दै गएपछि युवतीले १० लाखको डिमाण्ड गरिन् । दुई जनाबीच विवाद सुरु भयो । पैसा नदिए बलात्कार केसमा फसाइदिने उनको नियत रह्यो । त्यसपछि, डिमाण्डमा टसमस भइनन् । एसएसपीले ५ लाख लिऊ, अरु म जुटेपछि दिन्छु भनेर अनुनयविनय गरे । आफ्नो इज्जत, प्रतिष्ठा, जागिर जोगाइदिन आग्रह गरे । उनले तत्काल ५ लाखको जोहो गरे । एक डिएसपी पनि बोलाएर युवतीसँग मोलमोलाई सुरु भयो । युवती मानिनन् ।

उनी रिसाइन् । टेबलका सिसा फुटाइन् । रक्सीका गिलासहरु पनि फुटे । बेडरुमदेखि कोठाका सामान छरपस्ट बने । पैसा खोजेर आउँछु भनेर ५ लाख दराजमा राखेर एसएसपी निस्किए । केहीबेरपछि मोबाइल अफ भयो । रक्सीले झ्याप भएका एसएसपी झाडीमा लडेका रहेछन् ।

यता, युवतीमा अब एसएसपी भागे भन्ने ठानेर आक्रोश बढ्यो । यतिबेला दिउँसो साढे १ बजिसकेको थियो । युवती बर्बराउँदै ‘एसएसपीले बलात्कार गरे, खाना खुवाउन बोलाएका थिए, लठ्याउने औषधि खुवाए’ भनेर नेपाल प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरिन् । एसएसपी नै बलात्कार काण्डमा मुछिएपछि जिल्ला प्रहरी कार्यालय, कास्कीमा तरंग आयो ।

फोन रिसिभ गरेका प्रहरी झसंग भए । तत्काल जिल्ला कमाण्डर एसपी जीवनकुमार श्रेष्ठलाई घटनाबारे जानकारी गराए । त्यसपछि प्रदेश प्रहरी प्रमुख डिआईजी घनश्याम अर्याललाई घटनाबारे जानकारी गराइयो । तत्कालै ती महिला भएको ठाउँमा प्रहरी परिचालन भयो । प्रहरी एसएसपी क्वार्टर पुग्दा कोठामा युवती मात्र थिइन् । साँच्चै प्रहरी आएपछि उनी झसँग भइन् । श्रीमानले थाहा पाउँछ भनेर अब केस अघि नबढाए हुन्न भन्न पो थालिन् । प्रहरीले उनलाई मेडिकल चेकजाँचका लागि अस्पताल लगे । एसपी श्रेष्ठले कार्यक्षत्र रहेको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख इन्स्पेक्टर प्रकाश थापालाई नेतृत्व गरेर लामापाटन जान आदेश दिए । तर अधिकारी भेटिएनन् । उनी झाडीमै लडिरहेका थिए ।

फेरि, एसपीले जिल्ला प्रहरी कार्यालय कै डिएसपी सुवास हमालको नेतृत्वमा अर्को टोली पठाए । उनी अझै भेटिएनन् । गाडी र पिएसओ भित्रै थिए, मान्छे कहाँ छ ? पिएसओलाई समेत अत्तोपत्तो छैन । वडा प्रहरी र जिल्ला प्रहरी दुवै टोलीले एसएसपी नभेटिएको रिपोर्टिङ गरे । सुरक्षा निकायकै वरिष्ठ अधिकारी यति ठूलो काण्डमा मुछिएपछि एसपी श्रेष्ठले माथिल्लो निकायमा खबर गरिरहेका थिए । एसएसपी नभेटिएको जानकारी पुनः डिआईजी अर्याललाई गराए । लगत्तै अर्यालले एसपी श्रेष्ठलाई आफै फिल्डमा जान आदेश दिए । एसपी श्रेष्ठ लामापाटनमा पुगेको केहीबेरमा सशस्त्रको प्रदेश कार्यालयका रुपमा रहेको मुक्तिनाथ बाहिनीका डिआईजी कविन्द्रमान श्रेष्ठ, एसएसपी सहितको टोली घटनास्थल पुग्यो । (डिआईजी श्रेष्ठ पनि असार २९ गते नै भएको १४ डिआइजी सरुवा सूची अनुसार प्रधान कार्यालय जाँदैछन् ।)

एसएसपी अधिकारी गेट बाहिर नगएको गेटमा ड्युटी गर्नेले बताए । गाडी र पिएसओ पनि भित्रै रहेकाले पनि बाहिर नगएको अनुमान लगाइयो । लामापाटन क्षेत्र ठूलो एरियामा फैलिएको छ । झाडीहरु पनि भएकाले प्रहरीले झाडीतिर खोज्न सुरु गरे । झाडीमा लडिरहेको अवस्थामा उनी भेटिए ।

तत्काल एसएसपी अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको मुचुल्का उठाउने काम भयो । यो काम एसपी सहितको टोलीले नै ग¥यो । सो क्रममा सामानहरु छरपस्ट, गिलास सिसाहरु फुटेको प्रमाण संकलन भयो । यस्तै, भियाग्रा जस्तै काम गर्ने एलेग्रा नामक ४ वटा ट्याबलेट भएको एक पत्ता सकिएको अवस्थामा, विर्य पुछिएको भनिएको रुमाल सबै बरामद गरियो । पौने ६ बजेतिर एसएसपी अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्की पु¥याइएको थियो ।

घाँटीमा चक्कु राखेर मुख थुनेको भनेर युवतीले बयान दिएकी छन् । शारीरिक बल प्रयोग गरेको भनिएपनि स्वास्थ्य जाँचका क्रममा कुनै बलजफ्ती भएको पुष्टि नभएको श्रोत बताउँछ । श्रोत भन्छः – ‘अब काठमाण्डौ जाने भएको कारण युवतीलाई दिइएका यसअघिका केही शर्त पूरा गर्नुपर्ने थियो होला । त्यही क्रममा १० लाख मागिन् । ५ लाखमात्रमा उनले मानिनन् । ५ लाखको जोहो गर्न एसएसपी निस्किए, तर रक्सी लागेका उनी झाडीतिर नै ढले । धेरै समय फोन हान्दा ब्याट्री सकियो होला । जब मोबाइल अफ भयो त्यसपछि प्रहरीलाई खबर गरिन् । प्रहरी पुगेर श्रीमानलाई थाहा हुन्छ यो लफडामा नफसम् भनेपछि यदि ५ लाख पनि दराजमा चाबी नलगाएको अवस्थामा हुन्थ्यो भने त्यही बोकेर उनी चितवन गइसक्ने रहेछ ।’

ति युवती विहीबार १ बजे नै प्रहरीलाई म जान्छु भनेर हिँडिसकिन् । एसएसपी अधिकारी हिरासतमा छन् । ‘अहिले उहाँ नेपाल प्रहरीको नियन्त्रणमा हुनुहुन्छ ।’ डिएसपी हमालले भने । ‘बयान लिने काम भएको छैन ?’ भन्दा हमालले थपे- ‘२१ दिन बाँकी छ । अनुसन्धान अघि बढ्दै जान्छ नि ।’

दिनदहाडै संगठनका वरिष्ठ अधिकारीले सुरक्षाकर्मीकै चोघेराभित्र स्थित क्वार्टरमा गरेको यस्तो हर्कले संगठनको बदनाम भएको छ । यसअघि सशस्त्रका डिआईजी रञ्जन कोइराला श्रीमती मारेको प्रमाणित भएपछि हिरासतमै छन् । सशस्त्र मुख्यालयले बुधबार नै एसएसपी अधिकारीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई पत्र पठाइसकेको छ ।

यसअघि, पूर्व सभामुख कृष्णबहादुर महरासँग जोडिएको बलात्कार काण्डभन्दा पनि बढी पुगेर यहाँ युवतीले आर्थिक लेनदेनमा कुरा नमिलेपछि फसाएको देखिन्छ । पहिलेदेखि नै मोजमस्ती गर्ने स्वभाव र सम्पर्कमा रहेकी युवतीलाई थप ५ लाख  दिन नसकेकै कारण युवतीको ब्ल्याकमेलिङको शिकार बन्न पुगे एसएसपी अधिकारी । जीवनको उत्तरार्द्ध र प्रतिष्ठित पेशाको अन्तिम समयतिर उनी खोरमा जाक्किने भए । बुढ्यौली बैंशको उन्मादलाई काबुमा राख्न नसक्दा कर्म अनुसारको फल अधिकारीले भोग्नेछन् ।

  • अद्यावधिक गरिएको – [*] अनुसन्धानमा बाधा पुग्ने भएकाले प्रहरीको अनुरोधमा फेक नाम समेत हटाइएको ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अवैध सात तोला सुनसहित वालिङ्का अर्याल पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा एकै दिन आठ फरार प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2025 June 7 मा प्रकाशित
स्याङ्जामा ट्रक पछाडि स्कुटर ठक्कर खाँदा एक युवतीको मृत्यु
गण्डकी क्षेत्र

स्याङ्जामा ट्रक पछाडि स्कुटर ठक्कर खाँदा एक युवतीको मृत्यु

by राम बहादुर रोकाहा
2025 June 6 मा प्रकाशित
गल्याङ नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

गल्याङ नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

by राम बहादुर रोकाहा
2025 June 7 मा प्रकाशित
अवैध रुपमा जडिबुटी संकलन गर्ने तीनजना नियन्त्रणमा
गण्डकी क्षेत्र

अवैध रुपमा जडिबुटी संकलन गर्ने तीनजना नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 June 4 मा प्रकाशित
प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा हुने
Main News 1

प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा हुने

by राम बहादुर रोकाहा
2025 June 7 मा प्रकाशित
सेवा प्रवाह सहज बनाउन स्याङ्जा प्रशासनमा विद्युतीय टोकन सिस्टम सुरु
Breaking 1

सेवा प्रवाह सहज बनाउन स्याङ्जा प्रशासनमा विद्युतीय टोकन सिस्टम सुरु

by राम बहादुर रोकाहा
2025 June 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अवैध सात तोला सुनसहित वालिङ्का अर्याल पक्राउ

स्याङ्जामा एकै दिन आठ फरार प्रतिवादी पक्राउ

2025 June 7 मा प्रकाशित
स्याङ्जामा ट्रक पछाडि स्कुटर ठक्कर खाँदा एक युवतीको मृत्यु

स्याङ्जामा ट्रक पछाडि स्कुटर ठक्कर खाँदा एक युवतीको मृत्यु

2025 June 6 मा प्रकाशित
गल्याङ नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

गल्याङ नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

2025 June 7 मा प्रकाशित
अवैध रुपमा जडिबुटी संकलन गर्ने तीनजना नियन्त्रणमा

अवैध रुपमा जडिबुटी संकलन गर्ने तीनजना नियन्त्रणमा

2025 June 4 मा प्रकाशित
प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा हुने

प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा हुने

2025 June 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews