Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

जर्मनीमा नाटक देखाउन गएका पोखराका चार जना गायब ! कहिले आइपुग्छन्?

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 April 29 मा प्रकाशित
जर्मनीमा नाटक देखाउन गएका पोखराका चार जना गायब ! कहिले आइपुग्छन्?
ShareTweetSend

पोखराको नाट्य रंगमञ्चलाई दशकौंपछि रंगिन बनाउँदै अघि बढेका नाट्यकर्मीलाई विदेशी हावाले छोयो ? युथ क्रियशन थियटर जस्तो गर्विलो संस्थाको नाम जोडेर जर्मनी पुगेका टोलीका एक तिहाई सदस्य जर्मनीमै कहाँ छुटे ? किन छुटे ? पूर्व योजना नै थियो ? कलाकारहरु विदेश पुग्ने बित्तिकै उतै हराउने रोगले पोखरेली कलाकारलाई पनि समात्यो ?

एक हप्ता अघि जुलाई ३ मा जर्मनी उडेको नाटक घेरोको टोलीमा १२ जना रहेकोमा ८ जना मात्रै फर्किए । ४ जना अझै फर्किएका छैनन् । यो खबर थाहा पाउनेको जिब्रोमा माथिका वाक्यहरु झुण्डिएका छन् । पोखरा हुँदै काठमाण्डौं र सुर्खेतमा मञ्चन भइसकेको नाटक ‘घेरो’ जर्मनीमा देखाउने अवसर युथ क्रियशन थियटरलाई जुट्यो । लोकसंगीत महोत्सवमा ‘घेरो’ नाटक देखाउन जर्मनी स्थित डोमिनाको निमन्त्राणमा युथ क्रियशन थियटरका १० जना र संयोजन गर्ने २ जना गरी १२ जनाको टोली जर्मनी उडेका थिए ।

पोखराबाट थियटरका अध्यक्ष कपिल शर्मा, सचिव सौगात पोखरेल, नाटकका लेखक केदार पौडेल, कलाकारहरु सम्झना अधिकारी शर्मा, अञ्जना पौडेल (संरचना), मधुसुदन पौडेल, विमल पौडेल, शर्मिला बस्नेत, लक्ष्मण डुम्रे, रामहरि अधिकारीका साथमा काठमाण्डौबाट सरोज अर्याल, सन्दिप डंगोल टोलीमा थिए । शर्मा नाटकका लेखक केदार पौडेलकी पत्नी हुन् । उनी कलाकार नभए पनि नाटककै टोलीमा मिलाएर पौडेलले सँगै लगेका थिए ।

एक हप्तापछि नेपाल फर्कने बेलामा पोखराकै ४ जना गायब भए । मधुसुदन पौडेल, शर्मिला बस्नेत, अञ्जना पौडेल (संरचना) र सम्झना अधिकारी शर्मा टोलीसँगै फर्केनन् । यद्यपी, सम्झनाको १० दिनको भिसा म्याद रहेकाले उनी आउँदै गरेको सूचना प्राप्त भएको सचिव पोखरेलले ढिलो गरी जानकारी दिएका छन् ।

सचिव पोखरेलका अनुसार आफ्नो भने भिसा म्याद ६ दिनलाई मात्रै थियो । त्यसैले एक दिन अगावै फर्किए । ७ जना भोलिपल्ट फर्किए । तर, ४ जना समूहलाई नै थाहै नदिई जर्मनीमै छुटे । अब सेप्टेम्बरमा ‘घेरो’ नाटक लिएर क्यानडा जानुपर्ने समूहका चार जना जर्मनीमै हराएको घटनाले अब अन्य मुलुकबाट भिसामा समस्या हुने भन्दै भन्दै पोखरेलले दुःख प्रकट गरे ।

‘जर्मनीमा नाटक दुई शो थियो । कल्चरल शो पनि थियो । नाटक शो पछि कल्चरल शो ८ जनाले मात्र ग¥यौं । जुलाई ६ मा हामी वर्कशपमा जुट्यौं । मधुसुदन र सम्झना टाउको दुख्यो भनेर होटलबाट निस्केनन् । खाना खाएर फर्कदाँ शर्मिला, अञ्जनाको लगेज ब्यागहरु होटलमै थिए, मान्छे थिएनन्’ – सचिव पोखरेलले भने – ‘क्यानडा शो सेप्टेम्बरमा छ । युरोपको भिसा लागिसकेपछि भाग्न पर्दैन । जे गरे बेठीक गरे । संस्थाले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे लगेका हौं । पत्रकार सम्मेलन गरेर सम्झौता पत्र नै देखाउँछौं, आधिकारिक धारणा नै सार्वजनिक गर्छौ ।’

सचिव पोखरेलले ४ जना जर्मनीमै सम्पर्कविहीन भएपछि आयोजकलाई खबर गरेको जनाउँदै नेपाल फर्कने बित्तिकै जर्मनी राजदुतावासमा पनि चार जना हराएको बारे निवेदन दिएको जानकारी दिए । युथ क्रियशन थियटरलाई मानव ओसारपसार गरेको आरोप समेत लाग्न सुरु भएको भन्दै उनले खण्डन गरेका छन् । संस्थागत रुपमा लेनदेन गरेको, कमिशन लिएको जस्ता कुरा सोच्नै नहुने भन्दै कसैले यस्तो गरेको भएमा संस्थाले नै कारबाही गर्ने र सार्वजनिक गर्ने बताए । थिएटरका अध्यक्ष कपिल शर्मा काठमाण्डौमा रहेकाले विहीबार उनी पोखरा फर्केपछि बैठक बसी थप निर्णय गर्ने उनले जनाएका छन् ।

चार जना उतै फरार भएको समाचार सार्वजनिक भएपछि हल्लाखल्ला मच्चिएको छ । नाट्यकर्मी विष्णु गौतमले फेसबुकमै लेखेका छन् ‘युथ क्रियसन थिएटर मानब तस्करीमा नाम लेखायो भन्ने अपुष्ट जानकारी आयो । कुरा के हो सौगात पोख्रेल र कपील शर्मा जी ? तलको फोटोबाट चार जनालाई जर्मनमा बेचेको हो र युथ क्रियसनले ?’

फरार भएकामध्ये कलाकार मधुसूदन पौडेलले आफू पोर्चुगल पुगेको सोहि कमेन्टमा जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘ म अहिले पोर्चुगल छु, मलाई कुनै संस्थाले पैसा खाएर यहाँ ल्याएको हैन । म आफ्नो राजी खुशीले आएको हुँ । जर्मनबाट सबैमा जानकारी गराउन चाहान्छु । हो मेरो कारण पर्न गएको असुविधाप्रति क्षमा चाहान्छु’

जर्मनीबाट पोर्चुगल पुगिसकेको पौडेलको प्रतिक्रियापछि अब उनी जर्मनीमा ११ दिनको भिसा म्याद बाँकी रहेर त्यहीं रहेको भन्ने औचित्य रहेन । ११ दिनको भिसा रहेको नाटक लेखक केदार पत्नी सम्झना भने फर्कदैं रहेकाले सचिव पोखरेलले पनि लगातार दुई स्टाटस पोष्ट गरेका छन् ।

उनको स्टाटसमा उल्लेख छः

साथीहरुले गलत कुराको बिरोध गरेर समाचार लेख्नु भो । त्यो लेख्न नि पर्थ्यो तर नभागेको मान्छेलाई पनि भाग्यो भन्नुभएको छ । पर्सि ति ब्याक्ति सहित भागेकाहरुको बारेमा संस्थाले आफ्नो आधिकारीक धारणा सार्बजानिक गर्ने छ । उनिहरु सबैको भिसा डेट एकै दिन सकिने थिएन । सबैभन्दा कम भिसा डेट मेरो एक हप्ताको थियो बढी हुनेको एघार दिन थियो । अनेक बहाना बनाएर लुकेकाहरुलाई लुकाउन सहयोग कोहिकसैले गरेको वा आर्थिक लेनदेनमा सामेल भएको पाईएमा जो कोहीलाई कारबाही गर्न संस्था तयार छ । उनिहरु हाम्रो सम्पर्कबाट हराए लगत्तै हामीले आयोजकलाई खबर गरेका हौं । यो बारे हाम्रो संस्थाको धारणा छिट्टै सार्बजानिक गर्ने छौं । संस्थाले लुकेकाहरुप्रति शुन्यशहनसिलता अपनाएर कारबाही गर्नेछ । सबै कलाकारलाई देश फर्कने सामुहिक प्रतिबद्धता गराएर हामी शो का लागि गएका थियो । र अर्को महत्बपुर्ण कुरा उनिहरुलाई टु वे को टिकट काट्न लगाएका थियौं ।

उनीहरुले महोत्सवमा जुलाई ५ र ६ गते २ दिन नाटक मञ्चन गरेका थिए । गण्डकी क्षेत्रमा बोलिने लवज, भाषा, शैलिलाई टपक्क टिपेर बालन शैलीमा बनाइएको उक्त नाटक ‘घेरो’ गएको जेठ २४ गते काठमाडौंको सर्वनाम थिएटरमा मञ्चन भएको थियो । उक्त नाटक पोखरा अन्तर्रा्ष्ट्रिय नाटक महोत्सवमा समेत मञ्चन गरिएको थियो । पुरातन, रुढीवादमाथिको प्रहार रहेको नाटक स्थानीय जनजीवनको स्वाद चखाउन सफल रहेकाले निकै रुचाईयो । नाटक सुर्खेतमा समेत देखाइसकिएको छ । केदार पौडेलले लेखेको नाटकमा युवा रंगकर्मी तथा युथ क्रियसन थिएटरका अध्यक्ष कपिल शर्माको निर्देशन रहेको छ । नाटकमा लेखक केदारको अभिनय समेत रहेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री
Breaking 1

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न
Breaking 2

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट
Main News 1

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
गण्डकी क्षेत्र

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
गण्डकी क्षेत्र

स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

2026 August 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews