Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरा सिनेप्लेक्सका पूर्व म्यानेजर गोविन्द रौनियार अनलाइन ठगीमा संलग्न,

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
पोखरा सिनेप्लेक्सका पूर्व म्यानेजर गोविन्द रौनियार अनलाइन ठगीमा संलग्न,
ShareTweetSend

पोखरा ट्रेड मल सञ्चालनसँगै त्यहाँ स्थित पोखरा सिने प्लेक्स हलको व्यवस्थापकीय जिम्मेवारी सम्हालेका गोविन्द बैजु रौनियार काठमाण्डौमा प्रहरी फन्दामा परेका छन् । डेढ वर्ष अघि अनलाइनमार्फत ठगी गरेका पीडितसँग काठमाण्डौ स्थित विशाल बजारमा आइतबार जम्काभेट भएपछि तत्काल प्रहरीको नियन्त्रणमा परे ।

पोखरामा लामो समय काम गरेर छाडेका गोविन्द विरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीमा ठाडो उजुरी परेको थियो । रौनियार कास्की छिर्ने बित्तिकै पक्राउ पर्ने थिए । तर, पीडितले नै स्वयं ठग नियन्त्रणमा लिएपछि काठमाण्डौं प्रहरी परिसरका एसपी अशोक सिंहको सक्रियतामा तुरुन्त काठमाण्डौ प्रहरीले पक्रियो । त्यतिबेलासम्म पीडित युवा सहितको समूहले रौनियारलाई उम्कन दिएको थिएन । काठमाण्डौ प्रहरी परिसर पुगेर ठगी गरेको १ लाख १२ हजार ४ सय रुपैंया फिर्ता गर्न सहमत भए ।

रकम फिर्तासँगै पीडितले नै सहमति पत्रमा हस्ताक्षर गरिदिएपछि थप कारबाही प्रक्रिया अघि बढाउन नसकिएको एसपी सिंहले बताए । ‘अनलाइन मार्फत ठगी कार्यमा संलग्न भएको देखियो । उजुरी परेको जम्मा एक जना, उनैले सहमति गर्छौं भनेपछि छाड्यौं ।’ एसपी सिंहले भने– ‘अनलाइनमार्फत ठगी गरेका छन् । अरुका नाममा बैंकमा, भारतसम्म पैसा हाल्न लगाएको पुष्टि भयो । अन्य पीडित पनि छन् भने हामीकहाँ आउनुस्, तत्काल कारबाही प्रक्रिया अघि बढाउँछौं ।’

डेढ वर्ष अघि ठगीः

घटना डेढ वर्ष अघिको हो । पोखरा नयाँबजारका समिर पौडेल भर्खरै बजारमा आएको नयाँ मोडलको आइफोन किन्ने सोचमा थिए । यसका लागि आफूले पैसा समेत जम्मा पारिसकेका थिए । अनि, २०७४ साउनमा उनले अलिबाबा डटकम भिजिट गर्न थाले । १२ सय डलरमा आइफोन अर्डर गरे । ह्वाट्सएपमा कुरा हुन थाल्यो । नम्बर पनि अमेरिकाकै भएर समिरले ठगिँदैछु भन्ने सुईंको समेत पाएनन् । सुरुमै आधा पेमेन्ट गर्न भनियो । नेपाली एजेन्टमार्फत काम हुने भनिएकाले भनिएबमोजिम नै पैसा हालिदिए । साउन ८ गते कृष्ण मोक्तानको नाममा मेगा बैंकमा ४१ हजार २ सय रुपैंया डिपोजिट गरिदिए ।

ह्वाट्सएपमा कुरा भईरहेको थियो । त्यसपछि, साउन १८ गते मेगा बैंकमै मोक्तानको खाता नंं. ०२६००५००१७००१ मा पुनः १५ हजार ४ सय जम्मा गरिदिए । साउन २४ गते मोक्तानकै नाममा १५ हजार ३ सय फेरि डिपोजिट गरे ।

तीन पटकमा कृष्ण मोक्तानको नाममा ७१ हजार ९ सय पठाईसकेका थिए । भदौ १९ गते गोविन्द बैजु रौनियारको नाममा सानिमा बैंकको खाता नं. ००६०००००००३०ए मा २० हजार ५ सय जम्मा गरिदिए ।

अन्तिम पटक इण्डिया एयरपोर्टमा सामान अड्कियो भनेर मोबाइल एप्बाट २० हजार पुनः पठाए । तर, सामान आएन । समिरले बल्ल ठगिएको थाहा पाए ।

उनले पटकपटक पैसा फिर्ता गरिदिन आग्रह गरे । तर, न पैसा आयो न त आइफोन नै । समिर आफू ठगिएको परिवारलाई समेत भन्न सकेनन् । भाइबर र म्यासेजमा रौनियारले प्रयोग गरिरहेको ९८४३२२२६६८ नम्बर सम्पर्कमै थियो ।

कास्कीमा पनि अशोक सिंह, काठमाण्डौमा पनि

भदौदेखि ४ महिना पर्खाईमै बित्यो । २०७४ पुस २ गते गण्डकन्यूजको सम्पर्कमा आए । पोखराको सिने प्लेक्सका म्यानेजर भएर काम गरिसकेका गोविन्दले आफ्नै नाममा पैसा हाल्न लगाउनु नै उनी प्रहरी फन्दामा पर्नुको मुख्य कारण बन्यो । मिडियाले समेत उनलाई चिन्थ्यो । त्यसैले तत्काल, कानुनी उपचारका लागि गण्डकन्यूजले सघायो ।

सोहि दिन जिल्ला प्रहरी कार्यालय कास्कीमा ठाडो उजुरी दिएपछि प्रहरीले मेगा बैंक र सानिमा बैंकमा पत्राचार गरेर नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर र ३ महिनाको स्टेटमेन्ट उपलब्ध गराउन भन्यो । कार्यालयका प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीले यसमा सहयोग गरे । बैंकले भोलिपल्ट सबै विवरण उपलब्ध गरायो । ३४ वर्षीय गोविन्द बैजु रौनियारको घर पर्सा जिल्ला, बीरगञ्ज १३ हो । उनी काठमाण्डौ र बीरगञ्ज बस्दै आएका छन् । कृष्ण मोक्तानको घर भने धनुषा जिल्ला लवटोली २ हो । (बैंकबाट प्राप्त विवरण समाचारको अन्तिममा हेर्नुहोस्)

एसपी अशोक सिंह सो समयमा कास्की प्रहरी प्रमुखका रुपमा कास्कीमै कार्यरत थिए । उनले तत्काल गोविन्दलाई फोन गर्दा आफ्नो खातामा २० हजार ५ सय आउँदा आफू आश्चर्यचकित भएको सुनाउँदै यसबारे थाहा नभएको बताए । ‘मलाई के थाहा ? मेरो खातामा कसले पैसा हालिदियो ? मलाई थाहा छैन ।’ यति सुनेपपछि एसपी सिंहको प्रेसर बढ्यो । उनले फोनमै नियन्त्रणमा लिएरै छाड्छु भनेर चेतावनी दिए ।

संयोग, अहिले वर्ष दिनपछि उनै एसपी सिंहले रौनियारलाई नियन्त्रणमा लिने मौका मिल्यो ।

बैंकबाट अर्को खुलासा

कास्की प्रहरीले बैंकसँग गोविन्द बैजु रौनियार र कृष्ण मोक्तानको विवरण उपलब्ध गराउनु भनेर पत्राचार गरेपछि सानिमा बैंकबाट अर्को खुलासा भयो । पहिल्यै क्षेत्रीय प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान समूहबाट समेत अनुसन्धान गर्नुपर्ने देखिएकाले विवरण माग भइसकेको रहेछ । बैंक तर्सियो । २०७३ भदौ १५ गते तत्कालिन क्षेत्रीय प्रहरी कार्यालयबाट तत्कालिन प्रहरी निरीक्षक कृष्णबहादुर कार्कीले हस्ताक्षर गरेको पत्रको प्रतिलिपी समेत प्राप्त भयो । क्षेत्रीय प्रहरी कार्यालयले के अनुसन्धानका लागि भन्नेबारे चाहिँ खुलेको छैन ।

यसरी परे पक्राउ

रौनियारले पुसदेखि चैतसम्म अर्को हप्ता, १० दिनपछि दिन्छु भन्दै टार्दै गए । तर, उनले आफ्नो नाममा पठाएको २० हजार ५ सय मात्र दिन्छु भन्ने अडान छाडेनन् । उनले दिन्नँ पनि भनेनन्, पैसा अहिले छैन दिन्छु मात्र भन्दै टारिरहे । यद्यपी, उनले आफू ठग नभएको, अरुले नै आफ्नो खातामा पैसा हालिदिएर ठग्न खोजेको जिकिर गरिरहे । कास्की प्रहरीमा प्रमुख पनि फेरिए । ठाडो उजुरी भएकाले जिल्ला बाहिर भन्ने अवस्था पनि थिएन भन्ने कास्की प्रहरीबाट जवाफ आयो ।

गत आइतबार पीडित समिर सहितका साथीहरु काठमाण्डौ विशाल बजार छिरे । संयोगवश रौनियार पनि त्यहाँ भेटिए । त्यसपछि तत्काल तीन जनाको घेरामा परिहाले । समिरले ठगिएको पैसा माग्दा पनि उनले दिएनन् । आफूले पनि बैंकमा अरुबाटै रकम आएकाले प्रहरीमा उजुरी दिएको भन्न भ्याए । नजिकै प्रहरी बिटमा पु¥याइयो । त्यसपछि एसपी अशोक सिंहले काठमाण्डौ प्रहरी परिसर ताने ।

त्यसपछि मात्रै रौनियारको बिलौना सुरु भयो । उनले आफूले रकम फिर्ता गर्न तयार रहेको तर प्रहरीमा मुद्धा नचलाउन आग्रह गरे । परिवारको डरमा रहेका समिरले काठमाण्डौमा मुद्धा चलाउनुभन्दा रौनियारबाट पाउनुपर्ने १ लाख १२ हजार ४ सय लिएर छाडिदिन उचित ठाने । रौनियारकै आग्रहलाई स्विकार गर्दै सहमति गरे । प्रहरी पनि उजुरीकर्ताबाटै मुद्धा चलाउन तयार नभएपछि अगाडि बढेन । उनको नाममा ठगीको अरु मुद्धा नपरेको तर उजुरी परेमा कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी
गण्डकी क्षेत्र

स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण
गण्डकी क्षेत्र

स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट
Breaking 1

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते
Breaking 2

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान
Main News 1

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
गण्डकी क्षेत्र

२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2026 June 24 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी

स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी

2026 June 27 मा प्रकाशित
स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

2026 June 27 मा प्रकाशित
स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

2026 June 27 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

2026 June 27 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews