Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

ट्याक्सी चालकले छुटेको सामान नबुझाएपछि कोरियन पर्यटक हैरान, बैदाम प्रहरीको कामप्रति सन्तुष्ट

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
ट्याक्सी चालकले छुटेको सामान नबुझाएपछि कोरियन पर्यटक हैरान, बैदाम प्रहरीको कामप्रति सन्तुष्ट
ShareTweetSend

पोखरा । लेकसाइडको सडकमै खसेको चार लाख भेटिँदा होस् या गत महिना बिजी बी रेष्टुराँमा साथमा रहेको युवकले चोरेको आइफोन पत्ता लगाउँदा होस्, सीसी क्यामेरा नै सहयोगी बन्यो । लेकसाइड क्षेत्रमा सीसी क्यामेरा जडानले चोरी वा हराएका सामान मात्र फेला परेका छैनन्, अपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न समेत सहयोग पुगेको बताउँछन् वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्की ।

प्रहरी टोलीले शुक्रबार साँझ पनि पर्यटकले ट्याक्सीमा बिर्सिएको सामान १६ घण्टाको अनुसन्धानपछि पत्ता लगाएर बुझाए । पासपोर्ट, डेढ लाख रकम लगायतका अमूल्य कागज जस्ताको तस्तै हात परेपछि ती दुई कोरियन पर्यटकले सीसी क्यामेरा नै सहयोग गरे । उनीहरुले भने – ‘सीसी क्यामेराकै कारण हामीले गुमाएको पासपोर्ट लगायतका सामान फिर्ता पायौं । अब कुनै चिन्ता विना कोरिया फर्कन पायौं । डिएसपी कार्की सहितका टीमलाई धन्यवाद छ । हाम्रो सामान फिर्ता गर्न सहयोग पु¥याएको सीसी क्यामेराले हो । हामी एउटा थप्न चाहन्छौं ।’ उनीहरुले उपहार स्वरुप डिएसपी कार्कीलाई करीब ५५ हजार बराबरको एक थान नाइट भिजन सीसी क्यामेरा नै हस्तान्तरण गरे ।

घटना विवरणः

कोरियन नागरिक प्रोफेसर किम कु हायुन र उनका साथी कलाकार तथा योग गुरु उ सीइ हो पोखरामा छन् । शुक्रबार साँझ अनन्य मित्रहरु सुरेश रानाभाट, केशव शरण लामिछाने लगायतलाई भेट्न उनीहरु होटलबाट कोरियन रेष्टुरेन्ट तर्फ लागे । ट्याक्सीमा अम्बोट सम्म आए । उनीहरु झरे । पछि पो झल्याँस्स भए । ‘लौ ! झोला नै छैन ।’ झोलामा करिब १ लाख ५० हजार नेपाली नगद, पासपोर्ट, बैंकको चेकबुक लगायतका अन्य कागजात थियो । त्यसपछि, मित्र रानाभाटलाई सम्पर्क गरे । एकछिन ट्याक्सी फर्केर आएर दिन्छ कि भनेर पर्खिए पनि । अहँ, ट्याक्सी फर्किएन । होटल नै फर्केर कोठामा चेकजाँच गरियो । झोला रुममा छैन । ट्याक्सीमा नै छुटेको निश्चित भयो । तर, ट्याक्सी नम्बर थाहा छैन । त्यसपछि, सिधै वडा प्रहरी कार्यालय बैदाम पुगेर जाहेरी दिए । उनीहरुलाई पैसाको भन्दा पनि पासपोर्ट नभएपछि नेपालबाट कसरी फर्कने भन्ने चिन्ताले धेरै सताएको थियो ।

घटना बारे जानकारी पाए पश्चात वैदाम प्रहरीले उनीहरु ट्याक्सी चढेको स्थान खहरेदेखि झरेको स्थान अम्बोटसम्मको रुटमा सो समयमा गुड्ने सबै ट्याक्सीको सीसी क्यामरा मार्फत विवरण तयार ग¥यो । रातभर डिएसपी नविन कार्की सहितको टीम लागिप¥यो । शंकास्पद देखिएका सवै ट्याक्सीलाई अनुसन्धानको घेरामा राखी खोजतलास शुरु गर्योे । अन्ततः १६ घण्टा पछि प्रहरीले ग १ ज ३७३३ नम्बरको ट्यासीलाई धेरै शंका लागि कार्यालयमा ल्याई सोधपुछ गर्दा सोही ट्याक्सीमा छुटेको खुल्न आयो । सामान ट्याक्सीमै सुरक्षित फेला पर्यो । कोरियनहरुको खुशीको सीमा रहेन हर्षले आँशु झारे । प्रहरीलाई कयौंपटक नमस्ते गर्दै धन्यबाद दिए । डिएसपी कार्कीले उनीहरुका सामान हस्तान्तरण गरे । लगत्तै, उनीहरुले पनि सीसी क्यामेराकै कारण आफूहरुको खुशी फर्किएको भन्दै तत्काल सीसी क्यामेरा किनेर कार्कीको हात खाली रहन दिएनन् ।

नेपाली मित्र सुरेश रानाभाटले नेपाल प्रहरीको यो तत्परता र सहयोगभावको सन्देशले अन्तर्राष्ट्रिय स्तरमै नेपालको छवि उँचो रहने बताए । ‘जब घटनाबारे भन्यौं, त्यसपछि प्रहरी तत्काल एक्शनमा उत्रियो । सामान फिर्ता पाउन सफल भयौं ।’ उनले भने– ‘यसले नेपाल प्रहरीप्रतिको दृष्टिकोण सकारात्मक बन्छ । पर्यटकहरु पनि साह्रै खुशी हुन्छन् । प्रहरीको यो कामप्रति म गौरव गर्छु ।’

ट्याक्सी चालकः कोहि फिर्ता दिन्छन्, कोहि लुकाउँछन्

कति ट्याक्सी चालक इमान्दार हुन्छन् । हामीले समाचारहरुमा पनि देख्छौं । लाखौं रकम, गरगहना, महंगा मोबाइल फोनहरु फिर्ता गरिदिएर इमान्दारिताको उदाहरण प्रस्तुत गर्छन् । तर, कतिले भने फिर्ता गर्दैनन् । यदि ग १ ज ३७३३ नम्बरको ट्यासी चालकले आफूले थाहा पाउने बित्तिकै प्रहरीलाई बुझाएको भए प्रहरी र पर्यटक दुवैले हैरानी व्यहोर्नुपर्ने थिएन । उनले डिक्कीमा सामान राखिसकेका थिए ।

गत साता मात्रै पोखराका ट्याक्सी चालक, डुङ्गा चालक तथा व्यवसायीलाई ‘पर्यटन आतिथ्यता तथा पर्यटक सुरक्षा’ सम्बन्धी तालिम दिइयो । उनीहरुलाई पर्यटकीय क्षेत्रमा पर्यटकलाई आतिथ्यताका क्रममा गर्नुपर्ने व्यवहार, सुरक्षा लगायतका सन्दर्भमा सहजीकरण गरिएको हो । यस्तै घटना नहोस् भनेर नै नेपाल पर्यटन बोर्ड पोखरा र वडा प्रहरी कार्यालय बैदाम कास्की मिलेर अभिमुखीकरण तालिम दिएको हो । तर, ट्याक्सी चालक नै यस्ता चोर प्रवृत्तिको भएपछि यस्ता तालिम प्रभावकारी कसरी हुन्छ ?

यस घटनामा ट्याक्सी चालकले ईमान्दारिता नदेखाउँदा १६ घण्टासम्म प्रहरीले अनुसन्धानमा समय खर्चनु परेको र विदेशी नागरिकले तनाव व्यहोर्नुपरेको डिएसपी नविन कार्कीले बताए । ‘आफ्नो देशको गरिमा बढाउन र पर्यटकलाई अझ बढि आकर्षित गर्न सवै ईमान्दार हुन जरुरी छ ।’ उनले भने ।

लेकसाइडमा दुई दर्जन सीसी क्यामेरा

पोखराको लेकसाइड क्षेत्रमा दुई वर्ष अघि पर्यटन परिषद्को अग्रसरतामा एक दर्जन सीसी क्यामेरा राखियो । अहिले ४ वटा मात्र काम गर्छ । ६ वटा मर्मतका क्रममा रहेको र एक हप्ताभित्रै पुनः जडान गरिने डिएसपी कार्कीले बताए । उनी बैदाम कार्यालय प्रमुख भएपछि २१ वटा थप सीसी क्यामेरा जडान भइसकेको छ ।

रेबानले सडक महोत्सवको छेको पारी ८ वटा नाइट भिजन सीसी क्यामेरा जडान ग¥यो । हालसम्म खहरदेखि फिस्टेलसम्म सीसी क्यामेरा छ । अब मर्मत भएपछि सहीदचोक सम्म सीसी क्यामेरा जडन हुने कार्कीले बताए । १३ लाख जति लागतमा थप क्यामेरा जडान भइसकेका छन् । अझै भित्री भागमा सीसी क्यामेरा छैनन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति
गण्डकी क्षेत्र

सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति

by गण्डकी न्यूज
2026 October 3 मा प्रकाशित
शव पोस्टमार्टममा तोकिएकोभन्दा बढी रकम असुलेको आरोप
गण्डकी क्षेत्र

शव पोस्टमार्टममा तोकिएकोभन्दा बढी रकम असुलेको आरोप

by राम बहादुर रोकाहा
2026 October 3 मा प्रकाशित
कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने
Breaking 1

कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग
Breaking 2

कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन
Main News 1

कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
गण्डकी क्षेत्र

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

जापानमा रहेका काशी भण्डारीको नयाँ गीत ‘देशै पियारो’ सार्वजनिक

जापानमा रहेका काशी भण्डारीको नयाँ गीत ‘देशै पियारो’ सार्वजनिक

2026 October 3 मा प्रकाशित
दक्षिण कोरियामा २१ औं बहुसांस्कृतिक कार्यक्रम `माम्फ´ हुने

दक्षिण कोरियामा २१ औं बहुसांस्कृतिक कार्यक्रम `माम्फ´ हुने

2026 October 3 मा प्रकाशित
सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति

सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति

2026 October 3 मा प्रकाशित
शव पोस्टमार्टममा तोकिएकोभन्दा बढी रकम असुलेको आरोप

शव पोस्टमार्टममा तोकिएकोभन्दा बढी रकम असुलेको आरोप

2026 October 3 मा प्रकाशित
कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने

कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने

2026 October 1 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews