Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

जनप्रतिनिधि नै ढुंगाबालुवा तस्कर, निकम्मा वडाध्यक्ष, त्रासमा स्थानीय

शत्रु लाग्योः वडा सदस्य

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
जनप्रतिनिधि नै ढुंगाबालुवा तस्कर, निकम्मा वडाध्यक्ष, त्रासमा स्थानीय
ShareTweetSend

पोखरा । सिंहदरबार गाउँगाउँ पुग्यो । गाउँको सरकार गाउँमै बन्यो । तर, चुनिएका प्रतिनिधि विकासको साटो गाउँ विनाशमा लागेपछि स्थानीय जनताका लागि अर्को विडम्बना के हुन सक्छ ? कास्कीको सानो गाउँपालिका ‘रुपा गाउँपालिका’ मा जनप्रतिनिधि नै नदीजन्य पद्धार्थ तस्करीमा लागेका छन् । आफ्नो गाउँठाउँको श्रोत साधन मार्फत वडा, गाउँपालिकालाई सम्पन्न बनाउनुपर्ने ठाउँमा कोहि आफै सम्पन्न बन्ने ध्याउन्नमा छन्, कोहि तस्करकै ढाकछोप गर्न दिलोज्यान दिन्छन् ।

अहिले रुपा गाउँपालिकाको वडा नं. ७ क्षेत्रका मादीघाटदेखि सडकका छेउछाउ, जंगल जताततै ढुंगा र बालुवाका थुप्रो देख्न सकिन्छ । पिप्लेदेखि कुनाकोमुख, मादवेशी, खाकटे, दुवाचौर लगायतका क्षेत्रमा एक हजार घन मिटर बढी ढुंगा बालुवाका थुप्रो छन् । आधा बढी निकासी भईसकेको स्थानीय बताउँछन् । यी ढुंगाबालुवाको अवैध तस्करीमा वडा सदस्य मोतिकुमार श्रेष्ठ संलग्न छन् । वडा अध्यक्ष दयासागर सुवेदी रोक्ने भन्दा पनि तस्करी बचाउन उद्धत छन् । स्थानीय भने यी दुईका विरुद्धमा एक बचन चुँक्क बोल्न समेत सक्दैनन् ।

रुपा गाउँपालिकाले साउनदेखि नै मादीघाटको टेण्डर आह्वान गरेको हो । असोजदेखि नदिजन्य पद्धार्थ निकाल्न पाइन्छ । टेण्डर प्राप्त गर्नेले चालू आर्थिक वर्षको अन्तिमदिनसम्म निकाल्ने अधिकार पाउँछ । तर, वडा नं. ७ क्षेत्रका मादी किनार घाटका लागि पाँच पटक आह्वान हुँदा पनि टेण्डर नै नपरेको गाउँपालिका प्रमुख नवराज ओझा बताउँछन् ।

उनका अनुसार रुपा गाउँपालिका अन्तर्गतका क्षेत्रबाट मादी नदिको ढुंगा, बालुवा, गिट्टीका लागि कूल ३३ लाखको टेण्डर आह्वान भयो । वडा नं. १ क्षेत्रमा ७ लाख, वडा नं. ३ क्षेत्रमा २१ लाख र वडा नं. ७ क्षेत्रमा ५ लाखको टेण्डर आह्वान गर्दा १ र ३ नं. वडामा गरी २८ लाख गइसक्यो । तर वडा नंं ७ मा ५ पटकसम्म आह्वान हुँदा कसैले पनि टेण्डर हालेनन् । जानकारका अनुसार स्थानीय क्षेत्रका युवाहरुले अरु जान दिँदैनन् । उनीहरु बढी रकम भयो भनेर टेण्डर हाल्दैनन् । यसबीचमा सबै जना मिलेर आफूखुशी ढुंगा बालुवा निकाल्दै तस्करी गरिरहे । जसको नाईके बनेका छन् – वडा सदस्य मोतिकुमार श्रेष्ठ । तर उनी दुई थुप्रो मात्र आफ्नो रहेको जिकिर गर्छन् ।

बुधबार गाउँपालिका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, ईञ्जिनियरसहितका टोली, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी, पत्रकार, उद्योग वाणिज्य संघका प्रतिनिधिले मादीघाट क्षेत्रको अवलोकन गरेको हो । नदि किनार, सडक तथा जंगलमा राखिएका ढुंगा, बालुवाको मूल्यांकन गरी सिल गरेको छ । अब त्यसको अनुगमन प्रहरीले गर्ने र कारबाही प्रक्रिया अघि बढ्ने गाउँपालिका प्रमुख ओझाले बताए । ढुंगाबालुवा निकाल्ने समूहलाई शुक्रबार गाउँपालिका कार्यालयमा बोलाइएको छ ।

वारीको ढुंगाबालुवा, पारीको कागजपत्र

मादी नदिले कास्कीका मादी र रुपा गाउँपालिका छुन्छन् । मादी गाउँपालिकाले ६४ लाखमा आफ्नो क्षेत्रमा टेण्डर गरी दिइसकेको गाउँपालिका प्रमुख बेदबहादुर गुरुङले जानकारी दिए । रुपा ७, कुनाको मुख पारी क्षेत्र लमजुङको मध्यनेपाल नगरपालिका हो । लमजुङका स्थानीय युवाहरुले २ लाख ५२ हजारमा टेण्डर प्राप्त गरेको कागज बोकी हिँडेका छन् । काम भने सबै वारी रुपा गाउँपालिकामा भइरहेको छ । वारी नै सामान थुपार्नेदेखि रुपाका सडक सडक ढुंगा बालुवाले भरिएका छन् । दुवाचौरमा त सडकभन्दा धेरै तल जंगलको छेको पारेर घरपछाडि ढुंगा राखिएको भेटियो ।

प्रहरीको पहुँच नभएको यहाँ मिलेमतोमै तस्करी भइरहेको छ । बुधबार अनुगमन टोलीले ढुंगा बालुवा सिल गरेर फर्कदैं गर्दा एक हुल युवाहरुले बाटो छेके । उनीहरुले पारीपट्टी टेण्डर पाएको र उता निकास नभएर यताबाट ओसारपसार गरेको भन्दै ढुंगाबालुवा ओसार्न अवरोध नगर्न आग्रह गरे । स्थलगत अनुगमनमा पारीपट्टीसम्म ट्याक्टर पुगेपनि पारीबाट थोरै ल्याउने र नदि वारी क्षेत्रबाट ढुंगाबालुवा झिक्ने गरेको देखियो ।

अनुगमन टोली पुग्नेबित्तिकै दुई दर्जन बढी संख्यामा युवाहरु पुगेका थिए । गाउँपालिका प्रमुख ओझाले कार्यालयमै छलफल हुने भन्दै कागजपत्र नियन्त्रणमा लिएर पठाए ।

तस्करकै पक्षमा वडाध्यक्ष

वडा अध्यक्ष दयासागर सुवेदी आफै शंकास्पद भूमिकामा देखिए । आफ्नो स्रोत साधनको संरक्षण गर्दै सही उपयोग गरी वडा सम्पन्न बनाउनुपर्ने दायित्व बोकेका उनी सडक छेउमै घर भएर पनि आफूलाई केही थाहा नभएको हाक्का हाक्की बताउँछन् ।

अनुगमन टोलीसँग ‘कसैले टेर्दैन, रातिराति यसरी चोरी निकासी गर्छन्, दर्जनौ बाइकमा आएर मेरै घर अगाडि हर्न बजाएर च्यालेञ्ज दिन्छन्’ भनेर दुःखेसो पोखेका उनी ढुंगाबालुवा तस्कर समूहका अगाडि पुरै फेरिए । पारीबाट ल्याउने ठाउँ छैन भन्दै जवाफ दिएका उनी केटाहरुले बदमासी गर्दैनन् भनेर बचाउ गर्न थाले । हजारौं टन ढुंगा बालुवा घरअगाडिबाटै तस्करी हुँदा पनि उनको गैरजिम्मेवार जवाफ छ – ‘१०, २० वटा ढुंगो त साँधकिलो छुट्याउन पनि ओसार्छन् ।’

वडा अध्यक्ष सुवेदीले तलतिर पारीबाट ढुंगा बालुवा ल्याउने कुतर्क गरिरहँदा ति युवाको समूहले तलतिरबाट ट्याक्टर जाँदैन, माथिबाटै ल्याउँछौ भन्दै थिए । वडा अध्यक्ष एक पछि अर्को गरी तस्करी समूहलाई जोगाउन उद्दत देखिए । उनी स्थानिय इन्द्रायणी आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक समेत हुन् । यसअघि सो घाटमा ढुंगा बालुवा झिक्न दिएर विद्यालयले नै २ लाख वार्षिक आम्दानी गर्दै आएको सुवेदीले जनाए ।

गाउँले त्रसित

वडा सदस्य श्रेष्ठ, वडा अध्यक्ष नहुँदा विश्वासपात्र भएकै कारण कार्यवाहक बनेर वडा चलाउँछन् । राजनीतिक आस्था र डरका कारणले पनि वडा अध्यक्ष यसरी लाचार बनेको एक स्थानीय नाम नबताउने शर्तमा बताउँछन् । ‘अध्यक्षज्यूको त उमेर पनि गईसक्यो । तस्करीमा वडा अध्यक्ष आफै संलग्न त छैनन् होला । उनलाई रिचार्ज हालिदिए पुग्छ । बाइक चढाउँछन्, हिँड्छन् । मोति, चन्द्रका छोरा उत्तमहरु नै संलग्न छन् । पारीका केटाहरु मिलाएका छन् । अध्यक्ष त एउटै पार्टी भएकैले पनि पनि यसरी जोगाएका हुन् ।’ स्थानीयले भने । उनीहरु नेपाली काँग्रेस पार्टीबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

वडा अध्यक्षले राति राति ढुंगा बालुवा चोर्ने काम भएको भनिरहँदा गाउँलेहरु भने दिउँसै ढुंगा बालुवा निकासी भइरहेको सुनाउँछन् । ‘स्काभेटर, डोजर लगाएर गरिएको काम होईन, मान्छेले राति राति हजारौं टन ढुंगाबालुवा कसरी झिक्न सक्छ ? सबै दयासागर अध्यक्षलाई नै थाहा छ । उहाँले थाहा नभएको जस्तो गर्नुहुन्छ । लाज मर्दो ।’ गाउँलेहरु पछि खुल्दै गए ।

स्थानीय देउराली युथ क्लबका अध्यक्ष गौतम श्रेष्ठले पनि गैरजिम्मेवार जवाफ दिए । ‘अब राति राति कसले ढुंगा बालुवा चोर्छ हामीलाई थाहा हुने कुरा भएन । ढुंगाबालुवा ओसारपसार भइरहेको छ भन्ने कुरा हामीले भन्नै पर्दैन, सबैलाई थाहा छ ।’

सुरुमा त वडा सदस्य मोति श्रेष्ठका बारे गाउँले चुईंक्क पनि बोलेनन् । दुवाचौर पुगेपछि एक स्थानीयले आफ्नो घर पछाडि थुपारिएको सयौं घटनमिटर ढुंगा थाहा नभएको बताईरहेका थिए । अन्तिममा उनले भने – ‘थाहा पायौं भन्यो भने हामी आफै असुरक्षित हुन्छौं । बोल्दैनौं । छोरीलाई पढ्न त लैजान ल्याउने गर्नुपर्छ यहाँ । दर्जनौं आउँछन्, गाँजा खान्छन्, हल्ला गर्छन् ।’ उनले यसो भनिरहँदा ईलाका प्रहरी कार्यालय हंसपुर, मुकाम डाँडाकोनाकबाट गएका प्रहरी निरीक्षक कृष्णप्रसाद अर्याल सँगै थिए ।

वडा अध्यक्षलाई पत्रकार टोलीले ¥याख्¥याख्ती पारेपछि बल्ल उनले दुःखको पोको फुकाएः ‘तपाईंहरु आज आउनुभयो, हामी बस्ने यहीं हो । यहाँ बसेर हेर्नुस्, हामीले बोल्ने बोली तपार्ईहरुले नै बोल्नुहुन्छ ।’ यसरी गाउँकै युवाहरुबाट गाउँले त्रसित छन् । पारीबाट समेत आउने टोले गुण्डा हुलियाका केटाहरुहरुले अशान्त बनाएको यि भनाईहरुबाट प्रस्ट हुन्छ । सुरक्षा निकायले समेत ध्यान दिनुपर्ने जरुरी देखिन्छ ।

शत्रु लाग्योः वडा सदस्य

वडा सदस्य श्रेष्ठसँग दुई ट्याक्टर छन् । उनले दुई थुप्रो मात्र आफ्नो भएको पनि सुनाए । वडा सदस्य श्रेष्ठले आफूले गरिखाएको अरुले देखिनसकेको प्रतिक्रिया दिए । र, यो कामलाई अवैधानिक ठान्दैनन् । ‘ढुंगा बालुवा लमजुङ घाटबाट ल्याएका हौं । मैले उहाँहरुबाट प्रति ट्याक्टर ५ सय रुपैंया दिएर किनेको हुँ । उताबाट निकासी गर्ने ठाउँ छैन । पहिले पनि यसरी नै यहाँ काम हुँदै आएको हो ।’ श्रेष्ठले भने – ‘टेण्डर नै महंगो प¥यो । पहिले २ लाखमा हुन्थ्यो । त्यसैले कसैले हालेनन् । यो काम अवैध होईन, व्यवसायिक पाटाले हेर्दा ठीक हो । यहाँ टेण्डर खुलेको छैन । उपभोक्ताको माग छ । जनप्रतिनिधि हुँ । ढुंगा बालुवा चाहियो भनेपछि मैले स्थानीयलाई उपलब्ध गराउनु मेरो दायित्व हो । उताबाट ल्याएर पनि मैले ढुंगाबालुवा उपलब्ध गराएको छु ।’

उनले रातिमा ड्युटी गरेर हेर्न नसक्ने भन्दै ३ बजेदेखि ट्याक्टर आएर काम सुरु गर्ने देखेको बताए । उनले थपे – ‘म आफूले पनि नबुझेको हुन सक्छ । जनप्रतिनिधि भएर काम नै गर्न पाउँदैन भन्ने हो भने ठीक छ । यसअघि पनि चिट दिएर यसरी नै धेरै चेकपोष्ट पार गर्दै पोखरा सम्म पु¥याउँदै आएको हो ।

प्रति ट्याक्टर ढुंगा १८००, बालुवा २२-२५ सय स्थानीय क्षेत्रमा उपलब्ध गराउँदै आएको छु ।’ पिप्ले क्षेत्रमा घर बनाईरहेका एक स्थानीयलाई सोध्दा उनले १८ सय रुपैंयामा ढुंगा किनेको जनाए ।

कडाइ गर्दै गाउँपालिका

बुधबार केहि गाउँ डुलेका गाउँपालिका प्रमुख ओझाले स्थानीयलाई आफ्नो श्रोत साधनको संरक्षण गरेमात्र त्यसमार्फत बजेट हुने र गाउँ विकास हुने भएकाले यसरी गैरजिम्मेवार नागरिक नबन्न आग्रह गर्दै हिँडे । ‘आधा ढुंगाबालुवा बेचिसकेपछि अनुगमन किन ?’ भन्ने प्रश्नमा प्रमुख ओझाले आफूले थाहा पाउनासाथ एक्शनमा उत्रेको बताए । उनले भने – ‘पहिले एक दुई लाख आउने ठाउँमा २८ लाख आउने बनाईसक्यौं । यो सुरुवाती चरण हो । सबैले आज देखे यहाँ वडा अध्यक्षदेखि सदस्य, गाउँलेहरुको भूमिका के रह्यो ? वडा अध्यक्षकै घरगाउँमा यस्तो भईरहेको कुरा उहाँहरुले मलाई जानकारी गराउनुपर्ने थियो । वास्तविकता के हो छर्लंगै भयो नि ।’ अब यस्तो मनपरी, अवैध काम हुन नदिने र कसैलाई नछाड्ने बताए । स्थानीयले गाउँपालिका प्रमुखलाई वडामा ३-४ चोटी भन्दा देख्न नपाएको गुनासो गर्दै नियमित रुपमा वडामा आउन पनि आग्रह गरेका छन् । गाउँपालिकाले आम्दानीको ६० प्रतिशत र प्रदेशले ४० प्रतिशत लिन्छ ।

अनुगमनमा गाउँपालिका प्रमुख नवराज ओझा, उपप्रमुख लालसुवा गुरूङ, वडा ७ अध्यक्ष दयासागर सुवेदी, ईलाका प्रहरी कार्यालय हंसपुर, मुकाम डाँडाको नाक प्रहरी निरीक्षक कृष्णप्रसाद अर्याल, जिल्ला प्रशासन कार्यालय कास्की नासु राजेश पौडेल, गाउँपालिका प्रशाशकीय अधिकृत युवराज अर्याल, लेउवा संघ सदस्य हरिराज घिमिरे, गाउँपालिका ईञ्जिनियर वीरेन्द्र तिवारी, पत्रकारहरु सहभागी थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
Breaking 1

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा

by राम बहादुर रोकाहा
2026 March 22 मा प्रकाशित
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
Breaking 2

मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

by राम बहादुर रोकाहा
2026 March 21 मा प्रकाशित
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
Main News 1

स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

by राम बहादुर रोकाहा
2026 March 21 मा प्रकाशित
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
Main News 1

ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

by राम बहादुर रोकाहा
2026 March 21 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
Main News 1

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Breaking 2

६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा

2026 March 22 मा प्रकाशित
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ

टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ

2026 March 22 मा प्रकाशित
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

2026 March 21 मा प्रकाशित
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

2026 March 21 मा प्रकाशित
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

2026 March 21 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews