Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पार्वती हिँडेरै अस्पताल पुगिन्, फर्किनन्

मध्यान्ह १२ बजे हिँडेर गईन्, सुई लगाएपछि २ बजे फिँज काट्दै श्वास बन्द गरिन्

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
पार्वती हिँडेरै अस्पताल पुगिन्, फर्किनन्
ShareTweetSend

श्रीमान् छैनन् । दुवै छोरा विदेश । ज्यान सञ्चो नहुँदा पोखरा कुँडहरकी पार्वती बिक एक्लै अस्पताल पुग्थिन् । गण्डकी हस्पिटल भनेर चिनिने घर नजिकैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेर जचाउँथिन्, औषधि लिएर फर्किन्थिन् । निमोनिया बिग्रेकाले स्वास्थ्यमा समस्या थियो । दम पनि बढेर श्वास फेर्न गाह्रो हुन्थ्यो । परिवारका अनुसार पार्वतीको स्वास्थ्यमा समस्या यही हो।

सोमबार बिहान पार्वतीले पेट पोल्यो भनेपछि मध्यान्ह १२ बजे छोराले हिँडाएरै अस्पताल लगे । ठूलो छोरो अमृत गत महिनामात्रै नेपाल फिरेका हुन् । साथमा बहिनीका छोरा अनमोल पनि थिए । छोराहरुसँग ठमठम हिँडेर अस्पताल पुगेकी पार्वती २ घण्टामै धर्ती छाडिन् । पार्वतीको मृत शरीर शवगृहमै लडिरहेको छ ।

४६ वर्षीया पार्वतीले दिउँसो २ बजेर १९ मिनेटमा अन्तिम श्वास फेरिन् । २५ वर्षअघि कान्छो छोरो गर्भमै हुँदा विदेश जान्छु भनी घरबाट निस्केका श्रीमान् आजसम्म फर्केर आएनन् । पेटको त्यही छोरो कतारमा छन् । पार्वती अब फर्किनन्, घरमा अमृत मात्र छन् । दुई घण्टा अघि हिँडेर गएको मान्छे कसरी मर्छ ? अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सक नर्ससँग परिवारको प्रश्न यही छ ।

डा. पूजा शर्मासहितका टोलीले पार्वतीलाई सुरुमा हेरेका थिए । २ बजेपछि डा. आविष्कार सहितले हेरे । चिकित्सकहरुले निकै चिन्ताजनक अवस्थामा रहेको भनेका छन् तर दुई घण्टा बीचमा साथमा रहेका दुई छोराहरुलाई डाक्टरहरुले औषधि ल्याउन भन्नु बाहेक केहि भनेका छैनन् । यसमा अस्पताल प्रशासन नराम्ररी चुकेको छ ।

अस्पतालबाट भएको लापरबाही विरुद्ध सशक्त रुपमा उत्रने भन्दै मृतक पक्षले मंगलबार खड्कबहादुर बिकको संयोजकत्वमा एक समिति समेत गठन गरेको छ । ६ बुँदे माग लिएर टोली अस्पताल प्रशासन समक्ष लामो समय वार्तामा बसेपनि सहमति जुटेन । अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले बिरामीमा स्वासप्रश्वास समस्या, बान्ता हुने, एक हप्तादेखि च्यापेको र अक्सिजनको मात्रा कम भएको जानकारी मृतकका परिवारलाई दिए । तर, अस्पतालको यो प्रष्टिकरण मान्न पीडित पक्ष तयार छैन ।

‘आमालाई आकस्मिक कक्षको बेडमा राखेर हामी दाजुभाइ औषधि किन्न गयौं ।’ अमृतले भने – ‘औषधि लिएर आउदा एकजना महिला डाक्टर आएर हचुवाको भरमा नर्सलाई स्टक औषधि ठोक्दे भन्नुभो, सुई लगाएपछि आमाले यिनीहरुले मलाई मार्ने औषधि दिए म मर्ने भए भनेको एकछिनमै आमाको मुखबाट फिज आयो लगतै आमाको मृत्यु भयो ।’

निर्देशक आचार्यकै अगाडि मृतकका छोरा अमृतले प्रश्न बसाईरहे– यदि मेरो आमाको स्वास्थ्य यति धेरै जटिल थियो भने आफै कसरी हिँडेर आउनुभयो ? ईमर्जेन्सीमा ल्याएको बिरामीलाई किन अन्त सारियो ? परिवारलाई जानकारी दिनुपर्ने हैन ? सुई लगाएपछि निलै भएर फिँज किन काट्यो ? अस्पतालका नर्स सुई नाडीमै छाडेर किन भागिन् ? डाक्टर किन बिरामीको अन्तिम अवस्थामा पनि कोहि थिएन ? सुई ठोक्दे भन्ने शब्द प्रयोग गरेर डाक्टर पूजाहरु कता भागे ?’ पीडित पक्षका यस्ता जिज्ञासाको चित्तबुझ्दो स्पष्टीकरण दिन निर्देशक डा. आचार्यले सकेनन् ।

वार्तामा डा. आविष्कार, इमर्जेन्सी इन्चार्ज लगायत सहभागी थिए । सही औषधि नै चलाएको भन्दै उनीहरुले श्वासप्रश्वासमा कम अक्सिजन, क्रोनिक बिरामी भएकोले रोगकै कारण बिरामीको मृत्यु भएको जिकिर गरे ।

संघर्ष समितिका संयोजक खड्कबहादुर बिकले २ घण्टा बीचमा अस्पतालले विरामी बचाउने कुनै प्रयास नगरेको गुनासो गरे । नसकेको खण्डमा अन्त रिफर गरेको भए अन्त समेत लैजान सकिनेमा अस्पतालले लापरबाहीपूर्वक ज्यान लिएको उनको ठोकुवा छ । वार्तामा सहभागी रमेश बिकले दुई छोराहरु साथमै हुँदा समेत डाक्टरले केहि नभन्नु, केहि मिनेट अगाडि हङकङमा रहेकी छोरीसँग गफ गरेको मान्छे बाबु मलाई मारे यिनीहरुले भनेर अन्तिम श्वास फेर्नुमा औषधिकै प्रभाव र दमको बिरामीलाई स्वास्थ्यको हेक्का नै नराखी अक्सिजन चढाएर अस्पतालले गम्भिर लापरबाही गरेको आरोप लगाए ।

अस्पतालमा ठूलोे डाक्टर कसैले नहेरी बिना चेकजाँच हचुवाको भरमा निर्दयी तवरले औषधि चलाएर अस्पतालले बारम्बर यस्ता घटना दोहोराएर उल्टै पुलिस प्रशासन पनि आफूहरुलाई नै आएर धम्क्याउने गरेको गुनासो उनीहरुको छ ।

अस्पतालका निर्देशक डा. आचार्यले भने यदि जानाजान लापरबाहीपूवर्क विरामी मृत्यु भएका खण्डमा सो पुष्टि भएमा आफूले कारबाहीका लागि कुनै कसर बाँकी नराख्ने बताए । अस्पताल प्रशासनसमक्ष पीडित पक्षले लापबारहीपूर्वक बिरामीको ज्यान लिने चिकित्सक, नर्सलाई कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति, रोजगारीको व्यवस्था, यस्ता घटना दोहोरिन नदिन व्यवस्थापकीय सुधार लगायतका माग राखेको छ ।

प्रशासनसँग सहमति नजुटेपछि अब पीडित पक्षले बुधबार जिल्ला प्रशासन कार्यालयमा सिडिओलाई ध्यानाकर्षण गराउने, अन्यथा प्रशासन घेराउ गर्ने बताएको छ । सोमबार दिउँसै देखि ठूलो संख्यामा पीडितका आफन्त अस्पतालमा भेला भएका छन् । मंगलबार पनि उनीहरु शव नबुझी अस्पताल प्रशासनले क्षमायाचना सहित उचित क्षतिपूर्तिको माग गर्दै अस्पतालमा नै रहे ।

यसअघि पनि गत चैत २२ गते पोखरा पस्र्याङका संगिता परियारको साढे २ बर्षको छोरा रोहितको उपचारका क्रममा ज्यान गएको थियो । सामान्य ज्वरो आएपछि दुई दिन अघि भनाए भएका रोहितलाई बिहान ६ बजे ईन्जेक्सन लगाएकोमा ८ बजे तिर बच्चाको मुत्यु भएको भन्दै आफन्तले केहि दिन आन्दोलन समेत गरेका थिए ।

त्यसअघि, गत फागुन २७ गते एक सुत्केरीको ज्यान जाँदा पनि अस्पतालमा उत्तिकै तनाव भएको थियो । निर्मलपोखरीकी ३२ वर्षीया धनमाया पोख्रेलले सामान्य रुपमा छोरा जन्माएकोमा अत्यधिक रक्तश्राव भएको भन्दै दुई पटकसम्म शल्यक्रिया गर्दा मृत्यु भएको भन्दै आफन्त आन्दोलित बनेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा
Breaking 1

स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा

by राम बहादुर रोकाहा
2026 July 13 मा प्रकाशित
नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण
Breaking 2

नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण

by राम बहादुर रोकाहा
2026 July 13 मा प्रकाशित
स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले
Main News 1

स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले

by राम बहादुर रोकाहा
2026 July 13 मा प्रकाशित
मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ
गण्डकी क्षेत्र

मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 July 12 मा प्रकाशित
मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ
गण्डकी क्षेत्र

मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 July 9 मा प्रकाशित
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
गण्डकी क्षेत्र

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

by राम बहादुर रोकाहा
2026 July 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा

स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा

2026 July 13 मा प्रकाशित
नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण

नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण

2026 July 13 मा प्रकाशित
स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले

स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले

2026 July 13 मा प्रकाशित
मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ

मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ

2026 July 12 मा प्रकाशित
मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ

मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ

2026 July 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews