Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

‘बिहानी’ले देख्न पाइनन् बिहानी

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
‘बिहानी’ले देख्न पाइनन् बिहानी
ShareTweetSend

पोखरा । पोखराको नयाँबजार र न्यूरोडको बीचको भाग। सभागृहपथको सडकबाट थोरैभित्र बिहानी खाजाघर लेखिएको बोर्ड टाँगिएको छ। यो सानो खाजाघर आफ्नी सानी छोरीको नामबाटै जुराएकी थिईन् बीना थापा मगरले। अब बिहानी यही बोर्डमा मात्रै छिन्। यस धर्तीमा छैनन्। आईतबार साँझ खाजाघरकै अघिल्तिर पेटीमा खेलिरहेकी बिहानीले भोलिपल्टको बिहानी देख्नै पाइनन्। राति नै उनको प्राणपखेरु उड्यो।

खाजा घर अगाडि नै निट एण्ड क्लिन सर्भिस प्वाईन्ट छ। जहाँ गाडी धुने काम गर्दथे एक १४ वर्षीय पुन थरका किशोरले। बिहानीको ज्यान उसैले लिए। आइतबार साँझ ७ बजे घरबाट हराएकी बिहानी राति १० बजे मृत भेटिइन्। प्रहरीले शव पत्ता लगाउन र अभियुक्त पक्रन ढिलाई गरेन।

प्रहरीसामु खेलौना विवादमा हत्या गरेको पुनले स्विकारेका छन्। बयानका क्रममा आफ्नो घर, बाबु आमा नभएको अभियुक्तले बताएको प्रहरीले जनाएको छ। उनी गाडी धुने सर्भिस प्वाईन्टमै अर्का साथीसंग बस्दै आएका थिए। मृतक बालिकाकी बाबु कृष्ण रोक्कामगर नेपाली सेनाका जागिरे हुन् भने आमा बिना थापा होटल सञ्चालन गरेर बस्दै आएकी छिन्। विहानी कान्छी छोरी हुन्।

उनका दाई शरद ९ वर्षका छन्। दाजु बहिनी दुवै रामघाटस्थित मेट्रोपोलिटन एकेडेमीमा पढ्दै आएका छन्। मृतक बालिका एलकेजीमा अध्ययनरत थिइन्। उनको परीक्षा चलिरहेको परिवार श्रोतले जानकारी दिएको छ। मृतकका बुबा नवलपरासीबाट पोखरा फकदैं छन्।

एक ग्यारेज अगाडी पोखरा सभागृहको पर्खालको आडको खाली जग्गामा बिहानीलाई बोराहरु, बालुवाले छोपेको अवस्थामा भेटिएको थियो। अभियुक्त पुन काम गर्ने ठाउँ र बालिकाको कोठा नजिकै रहेकाले दुवै जना हराएपछि पुनलाई फेला पारेपछि बालिकाको अवस्था पत्ता लागेको स्थानीयले बताए। टाउकोमा चोट लागेको अवस्थामा उनको शव भेटिएको थियो। बालिकाको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।

अभियुक्तका घरपरिवार छैनन्, मापसे गरेछन्ः स्थानीय

कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बलात्कार भएको केही कुनै प्रमाण फेला नपरेको बताए। उनले बालकले बयानका क्रममा पनि खेलौनाकै विषयमा विवाद हुँदा ढुङ्गा प्रहार गरेपछि मृत्यु भएको जनाए।

प्रहरी स्रोतका अनुसार अभियुक्तले दिएको बयान यस्तो छ, ‘म त्यही गाडी धुने काम गर्छुु म १४ वर्षको भएँ। मेरो घर छैन। बुबा आमा पनि छैन। हामी सँगै खेलेको हो। खेल्दा रिस उठेर मैले ढुङ्गाले हानेको हो। ढुङ्गाले हानेपछि टाउकोबाट रगत आयो र रुन कराउन लाग्यो। उसको ममीले मलाई मार्छ भनेर बोराले घाँटी कसेर मारेँ। अनि आएर ग्यारेजको गाडी मुनी आएर सुतेँ। मलाई उनीहरुले फेला पार्‍यो।’

मृतक बालिकाको घरमा पुगेर बालिकाकी आमा भेटेपछि अभियुुक्त पुनः काम गर्ने ग्यारेजमा पुग्दा अभियुक्त काम गर्ने निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा बाहिर गेट बन्द थियो। भित्र पस्दा सञ्चालक टेकबहादुर गुरुङकी आमा, एक छिमेकी, गाडी धुने काम गर्ने दुई महिला र सञ्चालक गुरुङकी मंगोलियन पत्नी मात्र थिए। सञ्चालक गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको उनकी पत्नीले बताइन्।

आठ वर्ष अघि नेपाल आएकी गुरुङकी पत्नी एरेका बल्ल बल्ल नेपाली बोल्न सक्ने रहेछन्। छिमेकी, उनकी आमा र एरेकाले अभियुक्त पुनबारे जानकारी गराए।

एरेकाले भनिन्ः ‘त्यो केटा एक महिना एक हप्ता पनि भएको थिएन, यहाँ काम गरेको। सधैं गाडी धुन आउने ट्याक्सी ड्राइभरले एउटा दुःख पाएको फुच्चे छ। काम पनि राम्रो गर्छ। ६ दिन मैले नै मेरो घरमा राखेँ, अब काममा लगाउनुपर्‍यो भनेपछि काममा राखेको हो। दुःख पायो भनेर काममा राखेको। अर्को टेक मगर भन्ने पनि छ। त्यो पनि ३ महिना जति भयो। २ जना संगै काम गथे। यहीं कोठामा सुत्थे। टिभी राखिदिएको छु। यति राम्रो सुत्ने ठाउँ छ। माया गरेर राखेको हो। हिजो दुई जना मिलेर रक्सी खाएछन्। अनि यस्तो भयो। कपडाहरु यही हो सबै बाहिर निकालिदिएँ।’

ग्यारेजमै रहेकी एक छिमेकीले आफ्नो छोरा पनि केटाहरु सुत्ने कोठामै टिभी हेरिरहँदा पुन चाहिँ खाना नै नखाई बाहिर निस्केको, टेक चाहिँ टिभी हेर्दै भात खाईरहेको जानकारी दिइन्। ‘साइकल पनि छैन। त्यो केटा पनि छैन। दुई जना रक्सी खाए। त्यो चाहीँ चाँडै भात पनि नखाई हिँड्यो। पछि बच्चा हरायो भन्ने भयो। सबैले खोज्न थाले। टेके पनि संगै खोज्न थाल्यो। यस्तो गरेछ।’ उनले भनिन् ।

अभियुक्तलाई चिनेजानेका जति सोझो र हाँसिरहने स्वभावको रहेको बताउँछन्। ‘सानो थियो, कोहीसंग बोल्थेन। राम्रो, गोरो थियो। अनाथ भन्थे सबैले। उसले आफ्नो डायरी लेख्ने गरेको थियो रे। आफूले थाहा पाएदेखि भोगेको कुरा सबै लेखेको भन्ने सुनेको थिएँ। स्याङ्जामा अंकल अण्टीकहाँ बस्दा हेला गरेर पोखरा आएको भन्थे।’ – नजिकै बस्ने किसान कार्कीले सुनाए।

प्रहरीले उनले लेखेको डायरी र बच्चा मारेपछि रगत लागेको कपडा समेत बरामद गरेको जनाएको छ। प्रहरी स्रोतका अनुसार डायरीमा मायाका कुराहरु समेत छन्।

‘खेलौनाकै कारण यसरी मार्न सक्छ ?’

नाबालिका छोरीको हत्या भएपछि अर्धमुर्छित आमा बिना थापामगर सामान्य अवस्थामा र्फकन सकेकी छैनन्। बिहान १० बजेतिर बालिकाको घर खोज्दै जाँदा हत्या गरिएको स्थानबाट ५० मिटर दूरीमा छोरीकै नाममा खोलिएको बिहानी खाजा घर भेटियो। सटर कोठाकै बीचमा ढोका राखेर दुर्इवटा कोठा बनाइएको छ। छिमेकी दुर्इ जना महिलाहरु संगै थिए। बालिकाकी आमा बिना ओछ्यानमा लडिरहेकी थिइन्। उनी बोल्ने अवस्थामा थिइनन्। बेलुकादेखि पानीसमेत खाएकी थिइनन्। एकछिनपछि घटनाबारे छिमेकीहरुले भन्न सुरु गरेपछि उनी केही सम्हालिन् र घटनाबारे यसरी बेलिबिस्तार लाइन्।

‘हाम्रो घर पाल्पाको बिरकोट वडा नं. १ हो। मेरो श्रीमान आर्मी हुनुहुन्छ। नवलपरासीमा हुनुहुन्छ। एउटा छोरा र छोरी मात्रै हो। छोरा शरद ९ वर्षको भयो। छोरी बिहानी ५ पूरा भएकी थिइन्। म पोखरा २ वर्ष अघि आएको हो। पहिले अमरसिंहमा बस्थेँ। त्यहाँ पनि ६ महिनाजति खाजा घर चलाएँ। स्कूल नजिक भएकाले बाबुनानीलाई त्यहीँ नजिकै मेट्रोपोलिटन एकेडेमी पढाएँ। नानीको अहिले एलकेजीको परीक्षा चलिरहेको छ। यता नयाँबजार आएको एक वर्ष बढी भयो।

हिजो, आइतबार बेलुकी पनि बाहिर पेटीतिर खेलिरहेकी थिइन्। मकहाँ महिनाबारी खाना खानेहरु छन्। म खाना बनाउँदै थिएँ। ७ बजेतिरबाट नानी देखिएन, अबेरसम्म नआएपछि उसको दाईले त्यो केटा र नानी खेलिरहेको भन्यो। त्यो केटा काम गर्ने ठाउँमै सुत्थ्यो। अभियुक्त ठीक अगाडिको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा गाडी धुने काम गर्दै आएका थिए। त्यहाँ पुग्दा त्यो केटा रहेनछ। त्यसपछि सबै ठाउँमा खोज्न थाल्यौं। सधैं कोठामै सुत्थ्यो, रहेनछ।

पुलिसलाई खबर गरिसकेका थियौं। २० मिनेट जतिमा पुलिस आयो। केटालाई उसकै काम गर्ने ठाउँमा राखिएको गाडी मुनि भेटियो। उसले मैले मारेँ भन्यो। म नानीलाई हेर्न पनि पाइनँ। पुलिसले नै सबै लग्यो। नानीबाबुका बुबा आउँदै हुनुहुन्छ। खेलौना नदिएर भनेको छ अरे। खेलौनाकै कारण त्यत्रो ठूलो मान्छेले बच्चा मार्छ ? अनाथ भनेको छ । १४ वर्ष नै भयो भन्ने के छ ? ठूलो पनि हुन सक्छ उमेरमा। त्यसरी मारेर, कसरी लुकाउने भनेर जानेको मान्छे बालक हुन्छ ? एकदमै गहिरो गरि छानविन हुनुपर्छ। मेरी छोरी मार्नेलाई कडा कारबाही हुनुपर्छ।’

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
गण्डकी क्षेत्र

स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
गण्डकी क्षेत्र

माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित
दमौली कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
अपराध/सुरक्षा

१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
अपराध/सुरक्षा

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

by राम बहादुर रोकाहा
2026 September 16 मा प्रकाशित
पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
कास्की

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

by रञ्जन अधिकारी
2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
Breaking 1

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु

2026 September 17 मा प्रकाशित
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

2026 September 17 मा प्रकाशित
दमौली कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्

2026 September 17 मा प्रकाशित
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

2026 September 16 मा प्रकाशित
पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

2026 September 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews