Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सन्त दम्पतिका शान्त ‘बुद्ध’

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
सन्त दम्पतिका शान्त ‘बुद्ध’
ShareTweetSend

साँघुरो बाटो । अलिक टाढा टिनको छाना भएका घरहरु लहरै छन् । केहि हुल मानिसहरु बेलाबेलामा भित्र छिरेका देखिन्थे । कसैका मुखहरुमा ‘बुद्धको घर’ शब्द झुन्डिन्थे । अरु दिनभन्दा पोखरा बास्तोलाथरको त्यो भित्री सडक बढि नै व्यस्त थियो । किनकि उही हिजो कमैले चिन्ने, आज कमैले नचिन्ने ‘नेपाल आइडल’ बुद्ध लामाको घर त्यहीं पर्दछ । मध्यरातमा नेपाल आइडल उपाधि जितेको खबरपछि बुद्धको घर मिडिकर्मी मात्र होईन, आफन्त, शुभेच्छुकले घेरिए ।

बुद्धका बाबुआमालाई बधाई दिनेहरु बिहानतिर ओहिरिए । ठाउँ साँघुरो, दुवैतिर टिनका छाना, सुकुम्बासी बस्तीको झल्को दिने त्यो ठाउँमा ढोका बाहिरै केक काटेर बुद्धका गुरु, जिताउ अभियन्ता, समर्थकले खुशीयाली मनाए । उसो त बुद्धको परिवार त्यहाँ भाडामा बस्दै आएका हुन् । २०४६ सालमा धादिङबाट बुद्धका बाबुआमा पोखरा आएका हुन् ।

बुबा सन्तबहादुर, आमा सन्तमाया प्रफुल्लित मुद्रामा देखिन्थे । निमोनियाले अस्वस्थ भएका दाइ दोर्जे कोठाको झ्यालबाटै बाहिर चिहाउँथे । बुद्धकै अनुहार परेको दिदी आँचल आफन्तसँगै ब्यस्त थिईन् । बुद्ध जन्मेदेखि यो उपलब्धिसम्मको फेहरिस्त बताउन परिवारलाई शनिबार दिनभर जसो नै भ्याई नभ्याई थियो । नेपाल आइडल बन्नु अघि नै पोखरामा केहिले चिन्ने नाम बनिसकेको थियो ‘बुद्ध’ । पाँच वर्ष अघि बिग आइकनमा सहभागी हुँदा चौथो बनेका बुद्ध यो ठाउँमा पुग्नेमा निर्णायकहरु ढुक्क थिए । उही बेला सुनिल थापाले बुद्धलाई भनेका थिए ‘बुद्ध लामा सानो पटका, ठूलो धमाका हुन् ।’ आखिर त्यो सानो पटाका अहिले आवाजको ठूलो धमाका बनेर विस्फोट भए । आयोजक बिग एफएमका अध्यक्ष महेश भण्डारीले त्यसैबेला उनको प्रस्तुतिपछि भनेझैं पोखरा बुद्ध लामाको पनि शहर भनेर अहिले चिनिन पुगेको छ ।

आफ्नो छोरो नेपाल आइडल भएको हेर्ने चाहना हरेक आमाबाबुलाई हुने नै भयो । शुक्रबार जब राति हुँदै गयो, सन्तबहादुरको आश मर्दै गयो । किनकि टेलिभिजनमा कतारको स्टेज होईन, केहि दिन अघिको टुँडिखेल देखाईरहेको थियो । ‘टिभीमा पुरानो मात्र देखायो । कता फेसबुकतिर आउँछ भन्थे, सादा मोबाईलमा के हेरौं ? थिएन ।’ निरक्षर उनी थप्छन्– ‘राति पौने दुई बजे बुद्धले नै फोन गरेर बा म जितेँ, नेपाल आइडल भए नि भनेपछि म त यत्ति खुशी त भईनँ ।’

केहि मिनेट ढिलै भएपनि उनीहरुलाई फरक परेन किनकि यति ठूलो खबर आफ्नै छोरोको मुखबाट पहिलोपटक सुन्न पाए । ‘झण्डै बेहोस् हुन लागेको । मन ढुक ढुक भयो । रुन मन लाग्यो । अचम्मै भयो नि ?’ – सन्तबहार शान्त बने– ‘नजितेको भए पनि के गर्ने त ? यति धेरै माया पायो । सबैले चिनेको त अस्ति एक छिन आउँदैमा थाहा थियो ।’

उनले पोखरादेखि धादिङसम्म, तामाङ समाजदेखि क्षेत्री ब्रँह्मण समाज सम्म सम्झिए । ‘आज मृरो छोरोले सबैको कृपाकै कारण जित्या त हो । जितेर आउ भनेर पठाएको थिएँ । हाम्रो त आशिर्वाद मात्र थियो ।’ उनले भने– ‘दुनियाँको भाडा मैले कहिले तिरुँला । पोखरा समाज, मेरो धादिङ समाज, तामाङ समाज, गुरुङ समाज, बाहुन समाज, क्षेत्री समाज सबैलाई धन्यवाद छ ।’

उनले खुशीमा काममा पनि नगएको सुनाए । ‘सबले पार्टी खुलाउनुपर्छ भन्थे । रोपेको फल पहिले फलोस्, पाकेको फल खाम्ला नि भन्थेँ । अब खुलाम्छु नि । ’ खित्का छाडेर हाँसे । पोखरा लेखनाथ महानगरपालिकाको सरसफाई विभागमा रहेर पोखरालाई २५ वर्षदेखि सफा गर्दै आएका सन्तबहादुरको दुःखको दिन अब सकिए जस्तो भान हुन्छ । झण्डै तीन दशक अघि धादिङको लापा ३ कपुरगाउँ (हाल रुबीभ्याली ५) छाडेर आएका उनले दुःख त्याग्न सकेनन् । पोखरामा ओत लगाउने झुप्रो समेत ठड्याउन सकेनन् । उनले थपे – ‘धादिङबाट भोट गर्नेहरुले मन दुखाउनुभाछरे भन्ने सुनेँ । धादिङकै नागरिकता छ बुद्धको पनि । आफ्नो ठाउँ कहाँ बिर्सनु ? धादिङ समाजले पनि सहयोग गरेको छ ।’

आमा सन्तमायालाई छोराछोरी दुःख पाउँछन् कि भनेर सधैं पिर लाग्थ्यो । अब बुद्धको पिर टरेको छ । ‘अब पढाउन नसकेपनि भोकले मर्दैन । पाँच महिना अघि पोखराबाट गयो । कहाँ सुत्यो होला? भोकभोकै छ कि ? अझै पनि लाग्छ । आफू नखाएर हुर्काको छोरो हो । ’ आमाको ममता पोखिन्– ‘बराल गुरुकहाँ बोकेरै पु¥याउँथे । जहाँ गएपनि च्याम्पियन । पढाई पनि राम्रो । कहिले कराँते मा जान्छु, गायक बन्छु भन्छ । जे सोच्छ त्यो पूरा हुन्छ । मेरो कान्छो काखमै छ जस्तो लाग्छ ।’ पाँच महिनामा एक छिन घर आउँदा पनि १० मिनेटमै सरहरुले लिएर हिँडेपछि मन नै कटक्क खाएको उनले सुनाईन् । यतिबेला उनले छोरो काठमाण्डौमै भेटिसकेकी छिन् ।

सन्त दम्पतीलाई जित्न पैसो पेल्नुपर्ने थाहा भएपछि हुँदैन होला जस्तो लागेको थियो । ‘हामी त कहाँ सक्छम् त नि ? गरे सबैले । दिनभर कमाएर बेलुका खानुपर्छ । यस्तो टिनको एउटा कोठा, त्यो पनि भाडामा बस्नुपर्छ । जिन्दगी भाडामै बित्यो जस्तो लाग्थ्यो ।’ सन्तमायाले थपिन्– ‘आशा टुटेको थियो । छोराहरुलाई मैले के गर्ने ? कस्तो जिन्दगी पाएछु जसतो लाग्थ्यो । छोराहरुलाई केहि गर्न नसक्ने भएँ भनेर रुन्थेँ । आशा डुलेको थियो ।’ सन्तमाया अरुका घरमा कपडा धुने, भाँडा माझ्ने गरेर घरको गर्जो टार्थिन् ।

सन्तबहादुर र सन्तमायाका कान्छो छोरो बुद्ध नाम जस्तै शान्त स्वभावका छन् । उनले कसैलाई पिरेनन् । कोहिसँग रिसाएनन् । यही भन्छन्, उनका बुबाआमा, गुरुजन, साथीभाइ । एउटा दाइ विदेश छन् । अर्को दाइ दोर्जे अहिले बिरामीले थलिएका छन् । दिदी धनमाया (आँचल) सँगै छिन् । भिनाजु बुद्धलाई बोकेर हिँड्छन् । बुद्धका हरेक अभावलाई पूर्ति गर्ने उनै भिनाज मनोज बास्तोला हुन् । बुद्धको पहिलो खुसी भिनाजुसँगै कतारमै साटे ।

बुद्धका बाबुआमाले बुद्धभन्दा बढि प्रशंसा आफ्नै ज्वाईं मनोजकै गर्छन् । ‘कहिल्यै केहिमा कमी हुन दिएनन् । सबै ईच्छा पूरा गर्ने भिनाजु नै हो । गितारदेखि खेलकुदका सामानसम्म ।’ बुद्धकी आमा सन्तमायाले भनिन्– ‘दिदी भिनाजुकै कारण बुद्धले खुट्टा टेके । जे पनि भेनाले पु¥याउँथ्यो ।’ रेडक्रसमा लागेर सेवाभावमा समर्पित बुद्ध एसएलसी पास गरेको महेन्द्र उमाविमै पढ्दै आएका छन् ।

बुद्ध बिग आइकनपछि पोखरामै संगीत सिकेरै बसे । पहिले तीन वर्ष त्रिवेणी संगीतालयमा नबराज बरालको प्रशिक्षणमा रहेका बुद्ध पछिल्लो समय गुरुकुल संगीतमा तीर्थराज पोखरेलसँग संगीत सिक्दै थिए । बुद्ध जिताऔं अभियानको नेतृत्व गरेर हिँडेका गुरुद्वय अहिले हर्षविभोर छन् । अहिलेजस्तो खुशी कहिल्यै नमानेको सुनाउँछन् ।

नेपाल आइडलमा सहभागी हुनुपूर्व उनी पोखराकै सबैभन्दा पुरानो दोहोरी साँझ ‘पोखरा दौतरी साँझ’मा ८ हजार मासिक तलबमा गीत गाउँथे । झण्डै दुई वर्ष गीत गाएका उनी कोहिसँग नराम्रो भएनन् । गीत गाउने भएपनि बाद्यवादक नआउँदा सबै प्रकारका बाजा बजाउने क्षमता बुद्धमा छ । सञ्चालकद्वय बीरेन्द्र केसी र निर्मल भण्डारी पनि बुद्धलाई जिताउन उसैगरि तात्तिए ।

नेपाल आइडलमा पहिलो अडिसनदेखि नै निर्णायकहरुको मनमा बसेका बुद्ध टप १८ देखि टप ३ छनौटसम्म एक पटक मात्र डेन्जर जोनमा परे । उनलाई देश विदेशबाट उल्लेख्य भोट आयो । विदेश बस्नेहरुबाट अनलाईन भोटिङमा उनले सबैलाई माथ गरे र ग्राण्ड फिनालेमा कूल प्राप्त भोटमा आधा बढि भोट बुद्धकै नाममा रह्यो र बुद्धले इतिहास रचे ‘पोखराका बुद्ध पहिलो नेपाल आइडल’ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

गण्डकी लोकतारामा स्याङ्जाकी बत्ती चम्किइन्
कला/साहित्य

गण्डकी लोकतारामा स्याङ्जाकी बत्ती चम्किइन्

by राम बहादुर रोकाहा
2026 May 26 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा फरार दुई जना पक्राउ

by राम बहादुर रोकाहा
2026 May 26 मा प्रकाशित
स्याङ्जा–कास्कीका खानेपानी योजनामा विद्युत् खर्चमा ४८ लाख बढी अनुदान
गण्डकी क्षेत्र

स्याङ्जा–कास्कीका खानेपानी योजनामा विद्युत् खर्चमा ४८ लाख बढी अनुदान

by राम बहादुर रोकाहा
2026 May 26 मा प्रकाशित
पढाइसँगै तरकारी खेती, पञ्चकन्या माविका विद्यार्थी आत्मनिर्भरतर्फ
Breaking 1

पढाइसँगै तरकारी खेती, पञ्चकन्या माविका विद्यार्थी आत्मनिर्भरतर्फ

by राम बहादुर रोकाहा
2026 May 25 मा प्रकाशित
६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा
Breaking 1

सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने

by राम बहादुर रोकाहा
2026 May 23 मा प्रकाशित
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
Breaking 2

बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा

by राम बहादुर रोकाहा
2026 May 23 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

गण्डकी लोकतारामा स्याङ्जाकी बत्ती चम्किइन्

गण्डकी लोकतारामा स्याङ्जाकी बत्ती चम्किइन्

2026 May 26 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ

स्याङ्जामा फरार दुई जना पक्राउ

2026 May 26 मा प्रकाशित
स्याङ्जा–कास्कीका खानेपानी योजनामा विद्युत् खर्चमा ४८ लाख बढी अनुदान

स्याङ्जा–कास्कीका खानेपानी योजनामा विद्युत् खर्चमा ४८ लाख बढी अनुदान

2026 May 26 मा प्रकाशित
पढाइसँगै तरकारी खेती, पञ्चकन्या माविका विद्यार्थी आत्मनिर्भरतर्फ

पढाइसँगै तरकारी खेती, पञ्चकन्या माविका विद्यार्थी आत्मनिर्भरतर्फ

2026 May 25 मा प्रकाशित
६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा

सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने

2026 May 23 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews