Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

‘समाचार’ का कारण मन्टेश्वरीबाट शिक्षिका निकाला

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
‘समाचार’ का कारण मन्टेश्वरीबाट शिक्षिका निकाला
ShareTweetSend

पोखरा । विद्यालयबारे गलत समाचार सम्प्रेषण भएको विवादमा शिक्षिकाको जागिर चट् भएको छ । एक दैनिक पत्रिकामा समाचार प्रकाशन भएको सन्दर्भमा यसकाे सत्यतथ्यबारे एक शिक्षिकाले आपत्ति जनाएपछि विद्यालय सञ्चालक रुष्ट बने । बाल दिवस अवसरमा भदौ २९ मा आयोजित कार्यक्रम बढाईं चढाईं मिडियासामु पु¥याएको भन्दै शिक्षिकाहरुबीच फेसबुक ग्रुप म्यासेन्जरमा कुराकानी थियो ।

शिक्षिकाहरु नै विद्यालयको हित नचाहेको महसुस गरेका सञ्चालकले जागीरबाटै हटाउने निर्णय गरेपछि घटनाले यो रुप लिएको हो । पोखरा २, नयाँ बसपार्क, बेशीमार्गस्थित लिटिल लनर्स मन्टेश्वरी एण्ड एकेडेमीका संस्थापक दीपु भारीले शिक्षिका पुनम थापामगरलाई यही विषयमा विद्यालयको जिम्मेवारीबाट हटाएका हुन् । घटना सम्बन्धमा दुवैले एक अर्कालाई दोषारोपण गरेका छन् । समाचारमा आएका कपोलकल्पित नामका बारेमा भएको बहसले विशाल रुप लिएपछि शिक्षिकाले तीन वर्षे जागीरबाट हात धुनुपरेको छ ।

‘एक त म मिडियाकर्मी हुँ । गलत समाचारलाई गलत भनेको हुँ । यति भन्दैमा उहाँले मलाई निक्लन भन्नुभो । कि राजीनामा दिनुस् कि बच्चा कुटेको भनेर निर्णय गराउँछु भनेर धम्की दिनुभयो ।’–शिक्षिका मगरले भनिन् – ‘प्राईभेट संस्था हो सरकारी होईन । मन लागे राख्छु, नलागे राख्दिनँ भनेर भन्नुभाको छ । कल रेकर्ड सुरक्षित छ । यस्तो आरोप लगाएर निकाल्न पाईन्छ ?’

आफूलाई अनुचित मानसिक दबाब दिएको भन्दै शिक्षिकाले सो घटनाबारे खुलासा गरिन् । मिडियालाई कसरी प्रयोग गरिएकाे छ ? पत्रकार नपुगेका कार्यक्रममा आयोजक संस्थाले नै कार्यक्रमबारे जानकारी टिपाएर वा मेल गरिदिएर कसरी असत्य समाचार बन्छन् ? भन्ने रहस्य पनि याे घटनाले उजागर गरेको छ ।

शिक्षिका थापा मगर सञ्चारकर्मी समेत हुन् । उनी हाल पोखरा टेलिभिजनमा कार्यरत छिन् । यसअघि रेडियो सिटी पोखरामा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गर्थिन् भने बिग एफएममा रिसेप्सनिष्टका रुपमा सञ्चार संस्थामा छिरेकी थिइन् । गलत सामाग्री मिडियासामु पु¥याउँदा आफू मिडियाकर्मी भएको नाताले राम्राे नलागेको र यस विषयमा साथीहरुसँग कुराकानी भएको उनले खुलाइन् । ‘समाचार सत्य, निष्पक्ष हुनुपर्छ । म मिडियामा समेत आबद्ध भएकाले आफ्नै विद्यालयबारे बढाईचढाईं गरी समाचार पत्रिकामा आएपछि हामी साथीहरुबीच कुरा भएकै हो’–उनले भनिन्–‘पत्रिकासँगै सम्बन्धित व्यक्तिसँग यस विषयमा कुराकानी गरेको थिएँ । समाचार लेख्नेलाई सोध्नुभएछ । लेख्नेले फेरि सरसँग कुरा पु¥याउनुभएछ । अनि मलाई मानसिक तनाव दिने काम शुरु भो ।’

संस्थापक भारीको फेसबुकमा समाचारको कटिङ पोष्ट भएपछि शिक्षिकाहरु अचम्मित बने । समाचारमा संस्थापकका छोरा र श्रीमतीको नाम संलग्न छ । मन्टेश्वरीमा नपढ्ने बच्चाको नाम पनि देखेपछि शिक्षिकाहरुबीच हाँसोमजाक चल्यो । उनीहरु फेसबुक ग्रुप च्याटमा कुरा गरेका थिए । अन्ततः संस्थापक भारीसमक्ष कुरा पुगेपछि घटनाले यो रुप लिएको हो । केही शिक्षिकाले अवमूल्यन गरी शब्द प्रयोग समेत गरेका थिए ।

संस्थापक भारीले सोमबार विद्यालय खुलेपछि शिक्षिका थापामगरलाई बोलाएर सोधखोज गरे । ‘एक त म मिडियाकर्मी हुँ । गलत समाचारलाई गलत भनेको हुँ । यति भन्दैमा उहाँले मलाई निक्लन भन्नुभो । कि राजीनामा दिनुस् कि बच्चा कुटेको भनेर निर्णय गराउँछु भनेर धम्की दिनुभयो ।’–शिक्षिका मगरले भनिन् – ‘प्राईभेट संस्था हो सरकारी होईन । मन लागे राख्छु, नलागे राख्दिनँ भनेर भन्नुभाको छ । कल रेकर्ड सुरक्षित छ । यस्तो आरोप लगाएर निकाल्न पाईन्छ ? मंगलबार बिदाको दिन डान्स क्लास थियो । सबैलाई बोलाएछन् तर मलाई बोलाइएन ।’

आफूले गलत कुरा नबोलेको र विद्यालयको अहित नचाहेकोले आफूले राजीनामा नदिने जवाफ दिँदा संस्थापक भारीले विद्यालय आएपनि अब पढाउनुनपर्ने, अन्य मिसहरुसँग नबोल्न, मासिक तलब मात्र लिएर जान भनेको शिक्षिका मगरले बताइन् । अन्य शिक्षिकाहरु बिमला गुरुङ, सवनम गुरुङ, वीनिता गुरुङलाई पनि छुट्टै बोलाएर माफी माग्न लगाइएको थियो ।

यसैबीच, संस्थापक भारीले भने आफूले गलत समाचार नदिएको भन्दै प्रतिवाद गरेका छन् । ‘समाचारको विषयमा पत्रकारलाई नै थाहा होला । कार्यक्रम भएको हो । कसले जानकारी गरायो थाहा छैन । हामी समाचारकै लागि यसअघि कतै कसैलाई भनेका छैनौं’–भारीले भने–‘पत्रकारले के लेख्यो हामीलाई पत्रकारिता थाहा हुन्न । तपाईंहरु अनुसन्धान गर्नुस् । त्योभन्दा बढी जान्न मन भए यहाँ आउनुस्, छानविन गर्नुस् । आन्तरिक कुरा बाहिर लैजाने कस्तो मान्छे हो त नि ?’ भारीले आफ्नो मन्टेश्वरी प्राइभेट लिमिटेड रहेकोले कसलाई राख्ने, नराख्ने भन्ने बारे आफ्नो निर्णयमा भरपर्ने जवाफ दिए ।

मण्टेश्वरी एशोसिएसन कास्कीकी अध्यक्ष अरुणा शेरचनसँग मण्टेश्वरी सञ्चालन प्रक्रिया र स्टाफ, कर्मचारी हायर÷फायर नियमबारे बुझ्न खोज्दा उनीसँग सम्पर्क भएन । दोस्रो पटकको फोन प्रयासमा मोबाइल म्यासेजमा आफू बैठकमा रहेको र आधा घण्टापछि फोन गर्न भनेपछि पछि फोन गर्दा समेत फोन उठेन ।

पाँच वर्षअघि स्थापित उक्त मन्टेश्वरीमा अहिले तीन कक्षासम्म पढाई हुन्छ । सो मन्टेश्वरी अतिरिक्त क्रियाकलापमा निकै सक्रिय छ । बाल दिवसका दिन औपचारिक कार्यक्रम नराखिए पनि बालबालिकालाई भेला गराई केक काटेर प्रतिभा प्रस्फुटन कार्यक्रम राखेको थियो ।

[आदर्श समाज राष्ट्रिय दैनिक, पोखरामा २०७४ असोज ४ गते समेत प्रकाशित]

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती
Breaking 1

वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती

by राम बहादुर रोकाहा
2026 March 26 मा प्रकाशित
स्याङ्जामा ४ हजारभन्दा बढी विद्यार्थी एसईईमा, केन्द्र संख्या घट्यो
Breaking 2

स्याङ्जामा ४ हजारभन्दा बढी विद्यार्थी एसईईमा, केन्द्र संख्या घट्यो

by राम बहादुर रोकाहा
2026 March 26 मा प्रकाशित
भीरकोटको पूर्वाधार योजना विवादमा अल्झिँदा काम सुस्त
Main News 1

भीरकोटको पूर्वाधार योजना विवादमा अल्झिँदा काम सुस्त

by राम बहादुर रोकाहा
2026 March 26 मा प्रकाशित
दुई विद्यालयका एक सय विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकद्वारा शैक्षिक सामाग्री सहयोग
Main News 1

दुई विद्यालयका एक सय विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकद्वारा शैक्षिक सामाग्री सहयोग

by राम बहादुर रोकाहा
2026 March 26 मा प्रकाशित
स्याङ्जामा एसइई केन्द्र घटे, २१ मा सीमित
Main News 1

स्याङ्जामा एसइई केन्द्र घटे, २१ मा सीमित

by राम बहादुर रोकाहा
2026 March 25 मा प्रकाशित
स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु
Main News 1

स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु

by राम बहादुर रोकाहा
2026 March 25 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती

वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती

2026 March 26 मा प्रकाशित
स्याङ्जामा ४ हजारभन्दा बढी विद्यार्थी एसईईमा, केन्द्र संख्या घट्यो

स्याङ्जामा ४ हजारभन्दा बढी विद्यार्थी एसईईमा, केन्द्र संख्या घट्यो

2026 March 26 मा प्रकाशित
भीरकोटको पूर्वाधार योजना विवादमा अल्झिँदा काम सुस्त

भीरकोटको पूर्वाधार योजना विवादमा अल्झिँदा काम सुस्त

2026 March 26 मा प्रकाशित
दुई विद्यालयका एक सय विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकद्वारा शैक्षिक सामाग्री सहयोग

दुई विद्यालयका एक सय विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकद्वारा शैक्षिक सामाग्री सहयोग

2026 March 26 मा प्रकाशित
स्याङ्जामा एसइई केन्द्र घटे, २१ मा सीमित

स्याङ्जामा एसइई केन्द्र घटे, २१ मा सीमित

2026 March 25 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews