Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

लाइसेन्स लिन लाइन

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
लाइसेन्स लिन लाइन
ShareTweetSend

 पोखरामा लामो समयपछि मोटरसाईकलका लागि लाइसेन्स आवेदन खुल्यो । अहिले आवेदन प्रक्रियाका लागि टोकन मात्र बाँडिएको हो । दर्ता त सुरु भएकै छैन । मोटरसाईकलको लाईसेन्स लिनका लागि मात्रै पहिलो चरणमै १३ हजार चार सयले टोकन लिएका छन् । स्कुटर लाइसेन्सका लागि आवेदन सुरु भएकै छैन ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, गण्डकी कार्यालय परिसरमा यही भदौ ११, १२ र १४ गते गरी तीन दिनसम्म मोटरसाईकलका लागि टोकन बाँडियो । अघिल्लो दिन १० गते मध्येरात देखि नै थामिनसक्नुको भिड थियो । भिडलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज नै गर्नुपरेको थियो । भिड तेस्रो दिनसम्मै जारी रह्यो । निर्धारित समयभित्र यति युवाले मोटरसाईकलका लागि ट्रायल दिन टोकन लिए । ‘अहिले त टोकन मात्र बाँडिएको हो । कम्प्युटर ईन्ट्री भएको भए तीन दिनमा यतिको संख्या कहाँ ईन्ट्री गर्न सकिन्थ्यो ?’ – टोकन दिने कक्षमा खटिएका नासु भरत भुषालले भने– ‘अबको चरण चाहिँ यसरी फटाफट हुँदैन । फोटो खिच्नेदेखि अनलाईन आवेदन गर्दा धेरै समय लाग्छ ।’

लाइसेन्सका लागि युवाहरुले ठूलो सास्ती खेपेका छन् । आवश्यकताले सवारी साधन किनिसकेकाहरु बल्ल लाईसेन्सका लागि आवेदन दिन लाईनमा उभिएको पनि भेटिए । ट्राफिक चेकपोष्ट छक्याउँदै मोटरसाईकल चलाउनुपर्ने बाध्यता रहेको उनीहरु हाक्काहाक्की सुनाउँछन् । राज्यप्रतिको गुनासो त झन् लाइसेन्स नभएर घरबाट मोटरसाईकल नकिनिदिएका युवाहरुलाई थियो ।

‘सवारी चलाउने सीप छ । राज्यलाई राजश्व तिरेर नागरिकले पाउने अधिकार लाईसेन्स पाउँ भन्दा पनि यस्तो बिजोक ?’ – ईञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस लामाचौरमा कम्प्युटर ईञ्जिनियर अन्तिम सेमेस्टर पढ्ने राजकिरण छत्कुलीले प्रश्न गरे– ‘वर्षौं भयो सहज किसिमले लाईसेन्स नपाएको । कहिले ट्रायल विधि चेञ्ज भयो भनेर रोकिदिन्छ, कहिले के ? तेस्रो दिनमा बल्ल आज टोकन लिएको छु । अब लाईसेन्स हात पर्ने कहिले हो ?’

कार्यालयका अनुसार हरेक हप्ता फरक–फरक प्रकृतिका सवारीको आबेदन लिईनेछ । डोजर लोडर पछि भदौ १, २ र ४ गते हेभी र मिनी गाडीका लागि टोकन बाँडिएको छ । हेभी मिनीका लागि मात्रै आठ सयले टोकन लिईसके । उनीहरुको दर्ता प्रक्रिया अझै सुरु भएको छैन । यही भदौ १८, १९ र २० गते स्कुटरका लागि टोकन बाँडिनेछ ।

मोटरसाईकलको तुलनामा स्कुटर चलाउने महिलाहरुको संख्या कम भएपनि मोटरसाईकलमा भर्नेहरुले समेत टोकन लिने भएकाले आठ हजार पुग्ने अनुमान छ । त्यसपछि ट्याक्सीको लाईसेन्सको लागि टोकन बाँडिने छ । पहिलो पटक नै अपेक्षा भन्दा बढी आवेदन परेपछि व्यवस्थापनको लागि चुनौति बनेको छ । टोकन लिएका आवेदकहरुलाई क्रमानुसार फाराम भर्नको लागि सुचना मार्फत जानकारी बोलाईने कार्यालयले जनाएको छ । सुरुमा टोकन लिनेबाट क्रमशः आवेदन दर्ता, लिखित, ट्रायल हुँदै पास हुनेले लाईसेन्स पाउँछन् । लिखितमा पास भएपछि तीन पटकसम्म प्रयोगात्मक परीक्षामा सहभागी हुन सक्नेछन् ।

एक दिनमा बढीमा दुईसय फाराम मात्र कम्युटरमा चढाउन सक्ने क्षमता भएको कार्यालयले पहिलो आवेदनको परिक्षा सक्न पनि एक बर्ष लाग्ने अवस्था रहेको छ । सर्भर नचलेको अवस्थामा त्यो पनि सम्भव हुदैन । अन्य सवारीसाधनको आवेदन, सरकारी बिदाका कारण आवेदकहरु लामो पखाईमा रहनेछन् । अझै टोकन लिन छुटेकाहरु स्वतः एक वर्षसम्म यहाँबाट लाइसेन्स पाउनबाट बञ्चित हुने देखिन्छ ।

कार्यालयका निमित्त प्रमुख सुन्दर शर्माले साधन, स्रोतले भ्याएसम्म यथासक्य चाँडो लाईसेन्स हात पार्ने गरी काम गर्ने बताए । ‘सबै प्रकारका सवारी चालक अनुमति पत्र लिन चाहनेहरुलाई मिलाएर ट्रायल लिने हो । प्रक्रियागत हिसाबले सबैलाई मिलाएर अघि बढ्दा लामो समय त अवश्य लाग्छ ।’ शर्माले भने– ‘यदि हाम्रो क्षमता पर्याप्त हुने हो भने त्यही अनुसार आवेदन प्रक्रिया छिटो अघि बढ्थ्यो । फोटो खिच्ने, विद्युतीय हस्ताक्षर सहित सबै अनलाईनमै बायोमेट्रिक गर्दा धेरै समय लाग्छ ।’

उनका अनुसार अब बाँडिने सबै लाईसेन्स स्मार्ट लाईसेन्स हो । नयाँ लाइसेन्स र नविकरण गर्नेहरुलाई पनि अब स्मार्ट लाईसेन्स बाँड्ने प्रक्रिया सुरु भईसकेको छ । त्यसैकारण ट्रायल पास गरेपछि पनि लाईसेन्स हात पर्न दुई महिना समय लाग्छ ।

अहिले पोखरा स्थित कार्यालयमा जनशक्ति पनि अभाव भएको शाखा अधिकृत भरतमणि बरालले जानकारी दिए । पहिलो दिन नै युवाहरुको भिड व्यवस्थापन हुन नसक्दा कठिन भएको उल्लेख गर्दै उनले कार्यालयमा कम्प्युटर र कम्प्युटर अपरेटरको कमी भएको बताए । ‘अहिले त टोकन बाँड्दा कम्प्युटर प्रयोग भएन । अब बायोमेट्रिक प्रणालीमा आवेदन लिएपछि कठिन हुन्छ ।’ उनले भने– ‘नविकरण शाखा पनि बन्द गर्नुभएन । नियमित काम भईरहेको हुन्छ । यति धेरै भिडलाई छिटो लाईसेन्स प्रदान गर्न हामी पनि चाहन्छौं ।’

टोकन बाँड्ने बेलादेखि नै विचौलिया सक्रिय छन् । उनीहरुले पैसा दिनुस्, लाईन बस्न पर्दैन भन्दै पैसा माग्ने गरेको लाईनमा बसेका युवाहरुले गुनासो गरेका छन् । यसैगरी कार्यालय अगाडि नै लहरै खोलिएका पसलहरुमा मनोमानी बढ्दो छ । फोटोकपी गरेदेखि १० रुपैंया नै लेखिएको टिकटलाई समेत २०/२५ रुपैंयासम्म बेचेको गुनासो युवाहरुले गरेका छन् । यस विषयमा शाखा अधिकृत बरालले युवाहरु नै भ्रष्ट आचरण भएकाहरुलाई निषेध गर्नुपर्ने बताए । हाक्काहाक्की १० रुपैंया टिकटलाई २५ रुपैंयामा बेचिरहँदा प्रहरी, प्रशासनलाई खबर गर्न लाईसेन्स लिन योग्य युवाहरु हिच्किचाउन नहुने उनको भनाई छ ।

लाईसेन्स प्रक्रिया रोकिदाँ समस्यामा परेको अर्को पक्ष भनेको ड्राईभिङ प्रशिक्षण व्यवसाय गर्नेहरु हुन् । ‘सिकेर समेत लाईसेन्स पाईदैन । त्यसैले लाईसेन्स ट्रायल खुलेपछि बल्ल सिक्न आउने हुन् यो भन्दा अचम्मको कुरा के हुन सक्छ ?’ ड्राईभिङ स्कुल संघ गण्डकीका अध्यक्ष उमेश सिके भन्छन्– ‘राज्य एक पछि अर्को नियम मात्र बनाएर बसेको छ । वर्षौदेखि नागरिक समस्यामा छन् ।’

अन्र्तराष्ट्रिय मापदण्डको परिक्षा प्रणाली बनाएको पनि झण्डै ४ बर्ष भैसकेको छ । भौतिक पूर्वाधार नभएको, स्मार्ट लाईसेन्स प्रदान गर्ने भन्दै मुलुकभर लाईसेन्सको लागि ट्रायल नै नियमित नभएको अवस्था छ । लिखित परीक्षा सहित ट्रायल प्रणाली परिवर्तन गरेसँगै पोखरामा लाईसेन्सका लागि यातायात कार्यालय समेत छुट्टाईएको अवस्था छ । कार्यालयलाई २६ जना कर्मचारीको दरबन्दी छ । चार जना त रिक्त नै छन् । यस्तो अवस्थामा कर्मचारी अपुग छ । विशेष गरी प्राविधिक कर्मचारीको खाँचो छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
कृषि

अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट

by राम बहादुर रोकाहा
2026 June 13 मा प्रकाशित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
गण्डकी क्षेत्र

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

by राम बहादुर रोकाहा
2026 June 11 मा प्रकाशित
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
खेलकुद

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

by राम बहादुर रोकाहा
2026 June 10 मा प्रकाशित
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
Breaking 1

सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

by राम बहादुर रोकाहा
2026 June 9 मा प्रकाशित
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
Breaking 2

पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

by राम बहादुर रोकाहा
2026 June 9 मा प्रकाशित
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
Main News 1

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान

by राम बहादुर रोकाहा
2026 June 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट

अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट

2026 June 13 मा प्रकाशित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

2026 June 11 मा प्रकाशित
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

2026 June 10 मा प्रकाशित
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

2026 June 9 मा प्रकाशित
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

2026 June 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews