Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

डान्स पार्टी गरेर विद्याश्रमलाई दान

सहयोग कुर्दै संस्कृत गुरुकुल 

गण्डकी न्यूज गण्डकी न्यूज
2023 August 13 मा प्रकाशित
डान्स पार्टी गरेर विद्याश्रमलाई दान
ShareTweetSend

स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं. २ साविक चिलाउनेबास–२, काफलटारी स्थित संस्कृत गुरुकुल बेद विद्याश्रममा सहयोग जुटेको छ । मुष्ठीदानमा चलिरहेको विद्याश्रमलाई पोखराबाट युवाको टोलीले खाद्यान्न सहयोग गरेका हुन् । यही विद्यालयको बारेमा ‘सहयोग कुर्दै संस्कृत गुरुकुल’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

विद्याश्रमलाई आवश्यक पर्ने खाद्यान्न लिएर युवा समूह विद्यालयमै पुगेको हो । गत माघमा ओजन क्लबमा डान्स पार्टी आयोजना गरेर बचेको रकम आयोजकले सामाजिक कार्यमा खर्च गरेका हुन् । यस्तै, फेसबुक समूह ‘वी आर वान’ का तर्फबाट पनि सहयोग प्रदान गरिएको संयोजक सूर्य तिमिल्सिनाले जानकारी दिए । यस्तै, स्याङ्जा फेदीखोला गाउँपालिका घर भएका न्यू एरा पार्टी प्यालेसका घनश्याम सुवेदीले पनि एक बोरा चामल सहयोग गरे ।

रियाज तिमिल्सिना, अशोक सेढाईं र सन्देश क्षत्री मिलेर माघ ६ गते ‘दि वाईल्ड लिजेण्ड नाईट’ डान्स पार्टी आयोजना गरेका थिए । सो पार्टीबाट संकलित रकमलाई यसरी उपयोग गरिएको हो । ‘युवालाई समेटेर कार्यक्रम गरियो । मनोरञ्जन प्राप्त भयो । बचत रकम सामाजिक कार्यमा खर्च गर्ने सोच आयो ।’ अशोक सेढाईंले भने– ‘यति विकट ठाउँमा आएर थोरै भएपनि सहयोग गर्न पाउँदा गौरव अनुभूति भएको छ ।’

टोलीले चामल, आलु, दाल, तेल लगायतका खाद्यान्न सामाग्री विद्याश्रम व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद उपाध्याय, प्राचार्य रामचन्द्र तिमिल्सिनालाई हस्तान्तरण गरे । ‘हामी पनि सामाजिक सेवामा डान्स पार्टी गरेरै यसरी समाहित हुन सक्छौं है भन्ने लाग्यो’ – रियाजले भने– ‘आज कम्तिमा आफ्नो धर्म, संस्कृतिमा लागेकाहरुसँग मिसिन पाउँदा खुशी लागेको छ ।’

विद्यालय व्यवस्थापन समिति अध्यक्ष उपाध्यायले आफै पढ्ने उमेरका युवाहरुले आफ्नै तहमा कार्यक्रम गरी अवशेष रकमबाट अन्नदान गरेकोमा खुशी प्रकट गर्दै अरु युवालाई पनि प्रेरणा मिल्ने बताए । प्राचार्य तिमिल्सिनाले कति युवाहरु दुव्र्यसनीमा फस्ने, डिस्को डान्स पार्टीहरुमा रम्ने मात्र गरिरहँदा त्यही समूहमा यस्ता युवाहरु हुन गर्वको कुरा भन्दै यस्तै सत्मार्गमा अघि बढ्न शुभेच्छा प्रकट गरे । टोलीमा आशिष पुरी, सन्दिप सापकोटा लगायत सहभागी थिए ।

ब्राह्मण बस्ती धेरै रहेको सो क्षेत्रमा २०२४ साल अघिदेखि नै आश्रम बनेपनि २०६२ सालबाट यसरी माध्यमिक तह सम्मै संस्कृत पठनपाठन हुने गरी विद्यालय सञ्चालनमा आएको हो । गुरुकुलमा अहिले १२ जिल्लाका ६५ जना विद्यार्थीहरु पढ्छन् । विद्याश्रमको आम्दानी स्रोत केहि छैन तर झण्डै ७० जनालाई नियमित भोजन र बासको व्यवस्था गर्नुपर्ने हुन्छ । तत्कालिन उपराष्ट्रपतिलाई नै आतिथ्यता गराएर महायज्ञ सञ्चालन गरी पैसा जुटाएर भवन ठड्याईएको छ तर रकम अभावले पूरा हुन सकेको छैन । दुर्गम स्थान भएकै कारण दाताको नजर पर्न नसकेको उक्त आश्रम सहयोगको पर्खाइमा रहेको छ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन
Breaking 1

कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
गण्डकी क्षेत्र

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
गण्डकी क्षेत्र

२९ वर्षपछि पक्राउ परे लागूऔषध मुद्दाका फरार प्रतिवादी

by राम बहादुर रोकाहा
2026 September 30 मा प्रकाशित
कालीगण्डकी जलविद्युत ‘ए’बाट विद्युत् उत्पादन बन्द
गण्डकी क्षेत्र

बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि सञ्चालनमा आउने

by राम बहादुर रोकाहा
2026 September 28 मा प्रकाशित
कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा
गण्डकी क्षेत्र

कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा

by राम बहादुर रोकाहा
2026 September 27 मा प्रकाशित
मौरीपालक कृषक लामिछानेको नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३, क्षेत्रीय सदस्य पदमा उम्मेदवारी
कास्की

मौरीपालक कृषक लामिछानेको नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३, क्षेत्रीय सदस्य पदमा उम्मेदवारी

by गण्डकी न्यूज
2026 September 27 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन

कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन

2026 October 1 मा प्रकाशित
गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

2026 October 1 मा प्रकाशित
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

२९ वर्षपछि पक्राउ परे लागूऔषध मुद्दाका फरार प्रतिवादी

2026 September 30 मा प्रकाशित
कालीगण्डकी जलविद्युत ‘ए’बाट विद्युत् उत्पादन बन्द

बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि सञ्चालनमा आउने

2026 September 28 मा प्रकाशित
कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा

कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा

2026 September 27 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews