Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

दया जाग्यो, माया पलायो

अपांगता भएकी बेसहारा महिला र योगी बाबाबीचकाे प्रेम

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
दया जाग्यो, माया पलायो
ShareTweetSend

पोखरा । विन्ध्यवासिनी मन्दिर दर्शन गर्न कोहि सिढी उक्लदैंछन् । देवी पुजेर फर्कनेहरु दीनदुःखीलाई केहि पैसा दिँदैछन् । त्यही समूहको अघिल्तिर सानी नानी फुरुक्क पर्दै स्कुल जान हतारिएकी छिन् । सेतो सर्टलाई नीलो स्वीटरले छोपेको छ । निलो फ्रक, पछाडी रातो झोला, दुई तिर रातो रिबनले बाँधेको कपाल, निधारमा पहेंलो टीकाले चिटिक्कै छिन् । जुत्ताको मात्र अभाव देखिन्थ्यो । नजिकैकी महिला चियामा बिस्कुट घुलाउँदैछिन् । छेवैमा दुई वैशाखी आफै ढलिरहेका छन् ।

मन भएकाहरुबाट पाउने दान थापेर अशक्त आमाले तीन वर्षीया छोरी स्कूल पठाएको दृश्य देखियो । नजिकै पुग्दा ति सानी नानीले फोटोको लागि ‘शान्ति’ को भाव झल्कने दुई औंलो ठड्याएर ‘पोज’ दिईन् । फोटो खिचेपछि उनी मुसुक्क हाँसेर चिया गिलास लिएर यताउति दगुर्न थालिन् । मन्दिर उक्लने सिढिँ नजिकै वैशाखी लिएर भक्तजनको दानको आशामा बसेकी कमला माझीले तीन वर्षकी छोरीलाई नजिकै पढ्न पठाउने रहिछन् ।

नजिकै अर्का योगी बसेका छन् । उनको काखमा नाबालक छन् । पुषको ठण्डीमा छोरोको शरीरको तल्लो भाग ह्वाङ्गै छ । योगीको काखमा बसेका बालक कमला तिर आउन खोजिरहेका छन् । ‘अनि यो बाबु नानीको बुबा खोई त नि ?’ प्रश्न सोध्न नभ्याउँदै कमलाले जवाफ फर्काईन् — ‘उहाँ नै त हुनुहुन्छ नि ।’ कमलाको उत्तरमा होमा हो मिलाए बाबाले पनि– ‘मै हुँ, मैले नै सँगै राख्दै आएको छु ।’ तर पछि कमलाले नै भेद खोलिन् । नानीको बुबा चाहिँ जन्मने बित्तिकै खसिसकेका रहेछन् । ‘काठमाण्डु थियौं । बुढा बित्नुभो । अनि छोरी लिएर पोखरा आएको ।’– उनले भनिन् । बाबा हरिनाथ योगीसँग पोखरा आउनेबित्तिकै कमलाको भेट भएको विन्ध्यवासिनी मन्दिर परिसरमै हो ।

योगीलाई चार वर्षदेखि सिढिँको पल्लोपट्टी पुजासामाग्री, धार्मिक पुस्तकका साथ त्रिशुल ठड्याएर भक्तजनलाई टीका लगाउन ठिक्क परेर बस्दै आएको भेटिन्छ । कमला काठमाण्डुबाट पोखरा फर्केपछि भक्तजनबाट केहि दान पाउने आशामा बाबा नजिकै बस्न थालिन् । उसो त कमलाले काठमाण्डुमा पनि स्वयम्भूमा बसेर यसरी नै हातमुख जोड्दै आएकी थिईन् । त्यहाँ जानु अघि पनि यसरी नै गुजारा चलेको थियो ।

कमलाले दिनभरी यसरी मागेको पैसा साँझ भएपछि आवारा केटाहरुले लुट्ने गर्दा रहेछन् । यसको साक्षी उनै हरिनाथ थिए । ‘काखमा भर्खरै जन्मेकी नानी थिईन् । दिनभरी नजिकै माग्न बस्थिन् । रात परेपछि खाते केटाहरु, गँजडी केटाहरुले लुट्थे । मेरै आँखा अगाडि कति लुटिईन् लुटिईन् ।’ – योगीले भन्दै गए— ‘तपाईंहरुले यस्ता मान्छेलाई अपनाउनुहुन्छ त ? मलाई दया लाग्यो । चार महिने सुत्केरी थिईन् । न कसैले खाने कुरा दिन्छ ? न रात काट्ने ठाउँ छ । त्यसैले मैले संगै राखेको । माया पनि पलायो । छोरो पनि भयो । यही हो ।’ योगी मुखै छोपिने जुंगा स्याहार्दै फिस्स हाँसे । उनले हरिनाथ योगीको छोरो काशीनाथ योगी हुनुपर्छ भनेर नाम नै काशीनाथ राखिदिएका छन् । ‘अनि छोरीको नाम नि ?’, ‘उसको बुबाले निरुता राखिदिएका रे हामीले पनि निरुता नै भन्छम् ।’ बाबाको कुरा सुनेपछि नजिकै बसेकी निरुता मुसुक्क मुस्काईन् ।

५२ वर्षका योगीले आफ्नो घर दाङ घोराही नगरपालिका १० भएको र चार वर्षअघि पोखरा आएको सुनाए । बाबा भन्दा झण्डै आधा उमेर कम कमलाको विगत भने तीतो छ । स्याङ्जा खिलुङदेउराली घर भएकी २९ वर्षीया कमलाको जन्मदेखि नै बायाँ गोडा चल्दैनन् । यताउति हिँड्न पनि वैशाखी चाहिन्छ । घरतिरै रहेका बेला एउटा मजदुरले उनलाई बिहे गर्छु भन्दै भगाए । उनलाई अझै पनि आफ्नो पहिलो श्रीमान्को नाम थर थाहा छैन । ‘खोई पर्वत कुश्माका रे । राम्री केटी देख्यो । तिम्रो खुट्टा नि छैन । म लैजान्छु पाल्छु भनेर लगेछन् ।’ — योगीले रहस्य खोले– ‘के को पाल्नु ? पोखरा ल्याएपछि पृथ्वीचोकमा बसपार्कतिर माग्न पठाउने अनि आफू मोज गर्न थालेछन् ।’ योगीको कुरा नसकिँदै कमलाले थपिन् – ‘पोखराबाट काठमाण्डु लगेर स्वयम्भूमा माग्न बस्न भन्यो । मैले बटुलेको सबै पैसा रक्सी खान्थ्यो । दिनदिनै कुट्थ्यो । पछि रक्सी खाँदा खाँदै म¥यो ।’

श्रीमान् बित्दा छोरी जन्मेको दुई महिनामात्रै भएको थियो । सुत्केरी महिला देखेपछि प्रहरीले स्याङ्जा माईती थाहा हुनासाथ बस चढाएर पोखरातर्फ फकाईदिए । त्यसपछि कमला विन्ध्यवासिनी मन्दिर सम्झेर त्यहाँ पुगिन् । ‘साह्रै गाह्रो थियो हजुर । न खान पाईयो न सुत्न पाईयो । बाबाले आपत्मा ठूलो गुन लगाउनुभयो । सबै भगवान्कै खेल ।’ कमला बाबातिर हेर्दै खुशीभाव प्रकट गरिन् । अहिले कमला बाबासँग मन्दिर पछाडी कोठा भाडामै लिएर बस्दै आएकी छिन् ।

योगीले फेरि भने – ‘मैले अवला नारीलाई दया गरेको हुँ । नत्र चार महिनाकी सुत्केरी स्याहारेर कसले पाल्छ ? त्यसमाथि उनी अपांग छिन् । माया बसेपछि पाएको छोरो नि १३ महिना पुग्यो । ल हेर्नुस् त ?’ कमला लजाईन् । ‘आफ्नो छोरो जस्तै छोरीको माया लाग्छ त ?’, प्रश्न सुनेपछि बाबालाई दिक्क लागेछ क्यारे, भनिहाले– ‘हे भगवान् , नत्र हुर्कनै पाउने थिएन नि । चार महिनादेखि स्याहारेको छु ।’

मागेरै छोरी पढाउने अपांगता भएकी महिला देखेपछि सुरु भएको कुराकानी बिट मार्दै गर्दा पत्रिकामा छाप्छु । एउटा फोटो परिवारकै खिचम् ? भन्ने आग्रह नसकिदैं उनले हतारिएर गुनासो पोखिहाले – ‘हेर्नुस् न बाबु सरकारी सहयोग नै मिलेको छैन । अपांगता भत्ता पाईएन ।’, ‘ तपाईंको श्रीमतीले नागरिकता बनाउनुभएको छैन ?’, ‘नागरिकता पनि छ । यहाँ जानुपर्ने ठाउँ गएँ । स्याङ्जा नै जानुपर्छ भन्छन् । म यति साना छोराछोरी लिएर कमलाको माईती ठाउँमा यस्तो मान्छे कसरी जाऊँ ?’

दयाबाट सुरु भएर दुईतर्फी मायामा भिजेको यो जोडी देखेर जान्नेबुझ्नेहरु दंग पर्छन् । ‘आउँदा कस्तो थियो ? सानी नानी । झुत्रे झाम्रो थियो ।’ – नजिकै पुजासामाग्री बेच्दै आएकी गंगा भण्डारीले भनिन् – ‘बुढाले खुब माया गर्छन् । माग्न पनि संगै बस्छन् । छोरीलाई तीन वर्षमै नजिकैको पाठशालामा पठाएका छन् ।’

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप
Breaking 1

स्याङ्जामा लागूऔषधसहित दुईजना पक्राउ

by राम बहादुर रोकाहा
2026 April 28 मा प्रकाशित
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा
Breaking 2

राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा

by राम बहादुर रोकाहा
2026 April 28 मा प्रकाशित
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
Main News 1

स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण

by राम बहादुर रोकाहा
2026 April 28 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै
Main News 1

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

by राम बहादुर रोकाहा
2026 April 27 मा प्रकाशित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
Main News 1

चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

by राम बहादुर रोकाहा
2026 April 26 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ
Breaking 2

११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ

by राम बहादुर रोकाहा
2026 April 25 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप

स्याङ्जामा लागूऔषधसहित दुईजना पक्राउ

2026 April 28 मा प्रकाशित
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा

राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा

2026 April 28 मा प्रकाशित
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण

स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण

2026 April 28 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

2026 April 27 मा प्रकाशित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

2026 April 26 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews